Skip to main content

Posts

Showing posts from April, 2022

कार्यदल गठन

कार्यदल गठन : शिक्षक सरुवाको हल्ला फेरि चल्न थाल्यो

जेठ ३० भित्र कार्यसम्पादन मूल्यांकन फाराम बुझाउन देशभरका शिक्षकहरुलाई अनुरोध

  काठमाडौं ।  शिक्षक सेवा आयोगले सामुदायिक विद्यालयमा कार्यरत शिक्षकहरूलाई कार्यसम्पादन मूल्यांकन फाराम भर्न अनुरोध गरेको छ ।  आयोगले बिहीबार सूचना जारी गर्दै आगामी जेठ ३० गतेभित्र कार्यसम्पादन मूल्यांकन फाराम भर्न र दर्ता गराउन सबै शिक्षा विकास निर्देशनालयहरू, शिक्षा विकास तथा समन्वय इकाइहरू र स्थानीय तहहरूलाई अनुरोध गरेको हो । २०७८ चैत मसान्तभित्रै बुझाउनुपर्ने कार्यसम्पादन मूल्यांकन फाराम कोरोना महामारीका कारण विद्यालय बन्द रहेकाले फाराम भर्न, दर्ता गर्न नसकिएको र वैशाख महिनाभर परीक्षा, नयाँ भर्नालगायत कार्यहरू रहेकोले सबै शिक्षकहरूलाई जेठ मसान्तभित्र मूल्यांकन फाराम बुझाउने समय तोकिएको छ । शिक्षक सेवा आयोग (११ औं संशोधन) नियमावली २०७८ बमोजिम हुनेगरी कार्यसम्पादन मूल्यांकन फाराम भर्न आयोगले आग्रह गरेको छ । 

डिमजनता स्कुलका विद्यार्थीहरु एस.इ.इ परीक्षामा सहभागी हुँदै ...........

श्री डिमजनता माध्यविद्यालयका विद्यार्थीहरु यस बर्षको  बैसाख ९ गते देखि संचालन हुने एस इ इ  परीक्षामा समावेश हुन जाँदैछन् । गत बर्ष  कोरोना महामारीको कारण विद्यालयले नै रा.प.बो.मा अंक पठाइ रिजल्ट निकालेको थियो । यस बर्ष पनि डेढ महिना कोरोनाको तेश्रो लहरले पढाइ भएको थिएन । यस बर्ष ७२ जनाले एस इ इ परीक्षामा सामेल हुने जानकारी विद्यालयले जानकरी गराएका छन् ।

सामुदायिक विद्यालयमा शैक्षिक गुणस्तर वृद्धि

  कास्की ।  पोखरा महानगरपालिका–३३ भरतपोखरीस्थित शिशु कल्याण माविको पक्की भवन निर्माण सम्पन्न भएको छ । राष्ट्रिय पुनःनिर्माण प्राधिकरणको ९१ लाख ८३ हजारको लागतमा दुईतले आठकोठे पक्की भवन बनेको हो । नवनिर्मित उक्त भवनको गण्डकी प्रदेशका अर्थमन्त्री रामजीप्रसाद बराल (जीवन) ले भवनको शुभारम्भ गर्दै प्राविधिक शिक्षामा जोड दिनुपर्ने आवश्यकता औँल्याए । स्वरोजगार सिर्जना गर्नका लागि समाजवादी शिक्षा आजको आवश्यकता रहेको उल्लेख गर्दै उनले संस्थागत विद्यालयको विरोध गर्नुभन्दा सामुदायिक विद्यालयमा शैक्षिक गुणस्तर वृद्धि गर्नुपर्नेमा जोड दिए ।  पोखरा–३३ का वडाध्यक्ष शिवप्रसाद आचार्य, पूर्वअध्यक्ष प्रवीन आचार्य, विद्यालयका सल्लाहकार डिल्लीराम बराल, वालादेवी आमा समूहका अध्यक्ष देवी आचार्य, स्थानीय शिक्षाप्रेमी कृष्ण अधिकारी, रामचन्द्र अधिकारीलगायतले शिक्षाको महत्वमाथि प्रकाश पारेका थिए । 

वैशाख ७ गतेभित्र विवरण पठाउन विद्यालयहरूलाई केन्द्रकाे निर्देशन

काठमाडौं ।  शिक्षा तथा मावन स्रोत विकास केन्द्रको समावेशी शिक्षा शाखाले यहि वैशाख ७ गतेभित्र विपन्न लक्षित छात्रवृत्ति फाराम भर्ने र भराउन विद्यालयहरूलाई अनुरोध गरेको छ । केन्द्रले २०७८ चैत ३० गते विद्यालयहरूलाई पत्र पठाउँदै सोबारे अनुरोध गरेको हो ।चैत ३० गतेसम्म फाराम भर्ने म्याद राखी सूचना प्रकाशित गरिएको र हालसम्म विद्यालयहरूबाट विवरण आउनेक्रम जारी भएकाले सोही मितिबाट लागु हुनेगरी वैशाख ७ गतेभित्र फाराम भरेर केन्द्रको ठेगानामा पठाउन अनुरोध गरिएको छ ।

शिक्षाबारे गन्थन र मन्थन

 शिक्षाबारे गन्थन र मन्थन   Share   Tweet   Share   Email   Share शिक्षालाई जीवन र जगतका लागि अपरिहार्य अवयवको रुपमा मानिन्छ । नेपालमा शिक्षा गुरुकुलबाट प्रारम्भ भएको लिखत प्रमाण भएता पनि ब्यवहारिक रुपमा शिक्षाको शुरुवाति क्षेत्र भने आमाले छोरीलाई र बाबुले छोरालाई जीवन सञ्चालन गर्न घरायसी कामकाजमा परामर्श तथा म्यानुफेक्चरिङ्ग शिक्षा दिएको कुरा जग जाहेर नै छ र जुन शिक्षा आज पनि उत्तिकै जीवन्त र सार्थक मानिन्छ । नेपालले शिक्षा विकासको क्रममा गुरुकूल , संस्कृत , पाठशाला हुँदै औपचारिक , अनौपचारिक र अरितिकको रुप धारण गरी विश्वको अत्याधुनिक शिक्षा ( Post Modern Education ) लाई पछ्याउदै आएको पाईन्छ । अहिले सूचना तथा सञ्चारको कारणले गर्दा सिङ्गै  संसार विश्व ग्रामको परिभाषाभित्र सिमित रहेको परिप्रेक्षमा नेपालमा पनि शैक्षिक परिवर्तनको प्रभाव पर्नु स्वभाविकै हो भने अर्कोतर्फ नेपालमा पटक पटक हुँने राजनीतिक परिवर्तनका कारणले शिक्षा क्षेत्र प्रभावमा पर्दै आएको छ । सन् १९६० को दशकदेखि हालसम्म विश्वमा शिक्षाले फड्को मार्ने क्रम जारी रहेको भएता पनि नेपाली शिक्षा भने २००७ सालमा प्रजातन्त्रको स्थापना भए

डिमजनता स्कुलमा कृषि शिक्षाको आवश्यकता

    Share   Tweet   Share   Email   Share साधना पाठक ।  सर्लाही जिल्ला मधेश प्रदेश अन्तर्गत एक तराई जिल्ला हो। यो जिल्लालाई कृषि पकेट जिल्ला मानिन्छ । प्राकृतिक स्रोत र साधन ले भरिपूर्ण यो जिल्ला कृषि क्षेत्रको लागी निकै महत्वपूर्ण जिल्ला मानिन्छ ।  आर्थिक रुपले सकृय जनसंख्याको करिब ८० प्रतिशत जनसंख्या कृषि क्षेत्रमा आत्मनिर्भर छ । त्यसकारण पनि सल्यान जिल्लाको आर्थिक मेरुदण्ड भनेको कृषि नै हो । यस जिल्लाको कुल क्षेत्रफलको करिब ८०प्रतिशत भुभाग खेति योग्य मानिन्छ । कृषि क्षेत्रमा प्रचुर सम्भावना बोकेको भएतापनि विभिन्न कारणहरुले गर्दा यो क्षेत्रमा उल्लेख्यनिय प्रगति भने हुन सकेको छैन । परम्परागत खेती प्रणाली, सिचाईको असुविधा, उत्पादीत बस्तुका लागि बजारको असुविधा, यातायात, आर्थिक तथा प्राविधिक सहयोग नहुनु नै कृषि क्षेत्रको प्रमुख चुनौति मानिन्छ ।  अधिकाशं मानिसहरु कृषि पेसामा संलग्न भएको कारणले गर्दा यहाँका मानिसहरुको रोजाई प्राविधिक शिक्षा अर्थात कृषि शिक्षा नै हुन गएको छ । छोटो समयमा, कम लागतमा र कम अंक (एस.एल.सी.) मा ल्याएर पढन पाईने र पढाई पछि तुरुन्त जागिर पाइने अथवा आफुले पढेको कुराल

Message From Chairmain

मानव सभ्यताको थालनी सँगै समूह, समुदाय र संगठनको अवधारणाको विकास हुँदै गयो । समुह एवंम संगठन संरचना मार्फत नै मानवले सोच, वृद्धि र भौतिक साधनको परिचालन गरि जीवन यापनको प्रगति पथमा अगाडी पढदै गयो । यसर्थ मानव सभ्यताको विकास सँगसँगै व्यवस्थापकीय इतिहास धेरै पूरानो भएता पनि आधुनिक व्यवस्थापनको धारण बिसौ शाताब्दीको शुरुलाई लिन सकिन्छ । व्यवस्थापनको प्राचीन रोमको सभ्यता र इजिप्टको विकासमा गाँसिएको छ । रोमन क्याथोलिक चर्च प्लेटो, शुकरात जस्ता दार्शनिकहरुले यस सम्बन्धी अब धारणलाई उजागर गर्ने काम गरे सुमेरियम सभ्यता, मिश्र मेसोपोसियम सभ्यता र चिनको सभ्यताले समेत व्यवस्थापन कार्यमा विशेष योगदान दिईएको मानिन्छ । व्यवस्थापनको मध्यकाललाई १८ औ शताब्दीको अन्त्य देखि २० औ शतब्दीको शुरुवातलाई लिइएको छ । जसमा पूर्व बैज्ञानिक व्यवस्थापन युगमा रोबर्ट ओईन र चाल्स डेविज जस्ता उधोगपतिले विशेष योगदान दिए भने आधुनिक व्यवस्थापनको युगमा फेडरिक टेलर जस्ता व्यक्तिले विशेष योगदान  दिए ।  विद्यालय वा संगठनको कर्मचारी तन्त्रमा अधिक र नियमहरुबाट स्पष्ट पारिएको तल देखि माथिल्लो श्रेणी सम्मको दर्जाको किटान हुनुपर्दछ

शैक्षिक सुधारका लागि सरकारले छनोट गर्यो २० कार्यक्रम

काठमाडौं ।  गण्डकी प्रदेश सरकारले चालु आर्थिक वर्षदेखि कार्यान्वयनमा ल्याएको ‘प्रदेश प्रमुख शैक्षिक सुधार कार्यक्रम’ का लागि ३४० विद्यालय छनोट गरेको छ । गण्डकी प्रदेश प्रमुख शैक्षिक सुधार कार्यक्रम कार्यान्वयन मापदण्ड, २०७८ ले निर्धारण गरेका कार्यक्रमका लागि प्रदेश भित्रका ३४० विद्यालय छनोट गरिएको हो ।  छनोटका परेका विद्यालयले मापदण्डले निर्देशन गरेका कार्यक्रम सञ्चालन गर्नप्रति विद्यालय दुई लाखदेखि सात लाख सम्म रकम प्रदेश सरकारले प्रदान गर्ने भएको छ । छनोट गरिएका २० कार्यक्रमहरू  १. प्रारम्भिक बालविकास केन्द्रमा सिकाइ सामग्री व्यवस्थापन २. वैदिक तथा धार्मिक शिक्षा प्रदान गर्ने संस्थाहरूलाई प्रोत्साहन अनुदान ३.आधारभूत विद्यालयमा विज्ञान प्रयोगशाला सुदृढिकरण ४.विपन्न तथा न्यून सिकाइ उपलब्धि भएका (कक्षा ८–१०) विद्यार्थीहरूसँग प्रदेश प्रमुख कार्यक्रम ५. माध्यमिक विद्यालयमा विज्ञान प्रयोगशाला सुदृढिकरण ६. माध्यमिक विद्यालयमा आइसीटी ल्याव विस्तार ७. माध्यमिक विद्यालयमा गणित शिक्षा प्रयोगशाला स्थापना र विकास ८. माध्यमिक विद्यालयमा एसटीइएम ल्याव स्थापना र सञ्चालन ९. प्राविधिक धार तथा व्यवसायि

विद्यालय जोगाउन जुक्ति

अछामका भरत साउद बाग्लुङको काठेखोला गाउँपालिका-५ स्थित करलिम आधारभूत विद्यालयलको कक्षा ३ मा पढ्छन् । उनलाई विद्यालयले निःशुल्क पढाइसहित छात्रावासको सुविधा दिएको छ । उनसँगै अछामका ८, बैतडी र हुम्लाका एक/एक जना विद्यार्थी सो विद्यालयमा पढ्छन् । विद्यालय सेवा क्षेत्र बाहिरको निसीखोला गाउँपालिकाका १२ जना विद्यार्थी पनि त्यहाँ अध्ययनरत छन् । परिवारको आर्थिक स्थिति कमजोर भएका, अभिभावकविहीन र पढाइबाट बञ्चित बालबालिकालाई विद्यालयले छात्रावासमा राखेर पढाउने गरेको छ । जिल्ला बाहिरका विद्यार्थीलाई पनि करलिममा ल्याएर पढाउने योजना यत्तिकै बनेको भने होइन । करलिम तीव्र बसाइँसराइले प्रभावित गाउँ हो । सुविधाका लागि शहर र विदेशको मोहले घरहरू रित्तिँदै गए । जसको प्रभाव विद्यालयमा पनि पर्यो । विद्यार्थी घट्न थाले । विद्यालय नै संकटमा पर्ला कि भन्ने चिन्ताले करलिमवासीलाई पिरोल्न थाल्यो । उनीहरूले गाउँ पनि उजाडिन नदिने र विद्यालय पनि जोगाउने उपाय रचे । त्यस अभियानमा सबैभन्दा बढी करलिमबाट अध्ययन र रोजागारीमा गएका प्रवासीहरूले नै ठूलो आडभरोसा दिए । त्यसकै उपज विद्यालयमा सुविधायुक्त छात्रावास खुलेको छ । बैतडीसम

यसरी पनि गर्न सकिन्छ विद्यालय सुधार

 

ह्यारीले बनाइदिएको विद्यालय जीर्ण, शिक्षकलाई तलब दिन चन्दा संकलन

  ०७२ सालको महाविनाशकारी भूकम्पको केन्द्र गोरखा थिलथिलो भयो । विद्यालय र सार्वजनिक भवन मात्रै होइन, मान्छेका घरहरू समेत खण्डहर बने । भूकम्पबाट धार्चे र बारपाक क्षेत्र सबैभन्दा बढी प्रभावित भए । लामो समय विद्यालयनै खुलेनन् । बिस्तारै चउरमा बालबालिका राखेर पढाई हुन थाल्यो । चउरमै बसिरहेका विद्यार्थीको पीडा देख्न नसकेर टीम रूविकन (बेलायती सेनाबाट अवकास प्राप्तहरूको संस्था) ले धार्चे गाउँपालिकास्थित लापूबेँशीको प्रभात किरण माविको भवन बनाइदिने निधो गर्याे । भूकम्प गएको केही समयमै विद्यालय बन्ने भएपछि गाउँलेहरू खुसी भए । विदेशीहरू आएर धमाधम काम गर्न थाले । केही समयपछि नौ जनाको टोली पनि थपियो, विदेशी नै । गाउँलेहरूले ठाने उनीहरूपनि स्वंसेवक होलान । सँगसँगै माटो बोके, गारो लगाए । केही दिनपछि हल्ला चल्न थाल्यो, बेलायती तत्कालीन राजकुमार गोरखाको विकट गाउँमा विद्यालय बनाउन गए । समाचार सुनेपछि गाउँलेहरू मुखामुख गर्न थाले । अलि दिन बितेपछि थाहा भयो, आफैंसँग ढुंगामाटो बोकिरहेका व्यक्ति बेलायती राजकुमार प्रिन्स ह्यारी रहेछन् । ‘निकै साधारण मान्छे । सबैसँग मिल्ने, दुःखमा पनि रमाउने,’ स्थानीय हसिमान गु

धमाधम प्रविधिसँग जोडिँदै विद्यालय

  तेह्रथुम ।  प्रविधिको विकाससँगै इन्टरनेटको पहुँच गाउँगाउँमा पुग्न थालेपछि तेह्रथुम जिल्लाका विद्यालयहरू डिजिटल प्रविधिसँग जोडिन थालेका छन् । जिल्लाको ग्रामीणस्तरमा रहेका विद्यालयहरूमा समेत पछिल्लो समय एन्टरनेट जडान भएपछि डिजिटल प्रविधिसँग जोडिएका हुन् । केही वर्षअघिसम्म कागजात पत्रमार्फत सम्प्रेषण गर्दै आएका विद्यालयहरू आफ्नै कार्यालयबाट इमेल गर्न थालेका छन् । विद्यार्थी, अभिभावक, शिक्षक र समुदायलाई एकै साथ सूचना प्रविधिमा जोड्न तेह्रथुमका चारवटा माध्यमिक विद्यालयमा डिजिटल साक्षरता अभियान सुरु भएको छ । प्रदेश १ सरकारको सामाजिक विकास मन्त्रालयले डिजिटल साक्षरता अभियान सुरु भएपछि शिक्षकका साथै विद्यार्थीहरूलाई समेत पठनपाठनमा सहज भएको छ । ई-एजुकेसनको माध्यमबाट सिंगो समुदायलाई कम्प्युटर प्रविधिमा जोड्ने उद्देश्यले ‘प्रदेश समृद्धिको आधार, शिक्षामा डिजिटल पूर्वाधार’ नाराका साथ मेन्छ्यायेम गाउँपालिकाको गौखुरी मावि र श्रीजुङ मावि, फेदाप गाउँपालिकाको जनज्योति मावि र छथर गाउँपालिकाको भगवती माविमा एकै साथ डिजिटल साक्षरता अभियान सुरु भएका छन् । विद्यालयमा डिजिटल प्रविधिबाट पढाइ सुरु भएपछि पुस्तक

केन्द्रलाई सबै किसिमका विद्यालयको विवरण पठाउन अन्तिम समय सीमा नाघ्यो ।

  काठमाडौं ।  शिक्षा तथा मानव स्रोत विकास केन्द्रको शैक्षिक सूचना तथा व्यवस्थापन शाखाले यहि चैत १७ गते बिहीबार स्थानीय तहलाई पत्र लेख्दै  मंगलबारभित्र सबै किसिमका विद्यालयको विवरण पठाउन अनुरोध गरेको थियो । आगामी आर्थिक वर्ष २०७९/०८० को बजेट विनियोजन प्रयोजनका लागि सत्यापन गर्न प्रारम्भिक बालविकास केन्द्र, विद्यालय, विशेष विद्यालय संख्या, घुम्ति विद्यालय संख्या, प्राविधिक धार सञ्चालित विदालय संख्या लगायतको विवरण पठाउन सबै स्थानीय तहलाई अनुरोध गरेको हाे ।

दलहरूको शक्ति परीक्षणकाे थलो बन्याे विद्यालय व्यवस्थापन समिति

  खोटाङका सामुदायिक विद्यालयको व्यवस्थापन समिति राजनैतिक दलको शक्ति परीक्षण गर्ने थलो बन्दै गएको छ । व्यवस्थापन समिति चयनका क्रममा हुने निर्वाचनलाई विशेषगरी कांग्रेस, एमाले, नेकपा माओवादी केन्द्र, जनता समाजवादी र नेकपा एकीकृत समाजवादीले शक्ति परीक्षणको थलो बनाउन थालेका हुन् । सामुदायिक विद्यालयमा स्थानीय तह निर्वाचनकै झल्को दिनेगरी व्यवस्थापन समितिको निर्वाचन हुने गरेको छ । पछिल्लो समय गठबन्धन दलले एउटा प्यानल र एमालेले अलग्गै प्यानल खडा गरेर अभिभावकलाई भिडाउने गरेको छ । निर्वाचन परिणामलाई दलका नेताले दलीय निर्वाचनकै परिणामका रूपमा लिने गरेका छन् । प्यानलले जितेको अवस्थामा नेताहरूले नै सामाजिक सञ्जालमा खुसी प्रकट गर्ने र बधाई दिने गरेको देख्न सकिन्छ । दुई साताको अन्तरालमा जिल्लाको ऐंसेलुखर्क गाउँपालिका–३ ऐंसेलुखर्कस्थित त्रिभुवन मावि र दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–१५ बिजयखर्कस्थित पञ्चकन्य माबिमा गठबन्धन र एमालेले छुट्टाछुट्टै प्यानल खडा गरेर व्यवस्थापन समितिको निर्वाचन गराएको छ । पञ्चकन्य माविको व्यवस्थापन समितिका लागि सोमबार दलीय आधारमा निर्वाचन भयो । निर्वाचनमा एमाले समर्थितहर

विद्यालयमा पालैपालो खाजा बनाउँदै अभिभावक

  बाग्लुङकाे काठेखोला गाउँपालिका–७ रेशकी आशा गुरुङको दुई महिनापछि विद्यालयमा खाजा बनाउने पालो आयो । विद्यालयले खबर गरेपछि उनी सबै काम छाडेर विद्यालयमा खाजा बनाउन पुगिन् । विद्यालयको चेमनागृहमा दिनभर लगाएर खाजा बनाएपछि गुरुङको काम बालबालिकालाई खाजाको भाग लगाइदिने हो । प्राथमिक तहका सबै विद्यार्थीले खाजा खाइसकेपछि मात्र उनी घर फर्किइन् । रेश नुन्थला माध्यमिक विद्यालयमा गुरुङका दुई छोराछोरी अध्ययनरत छन् । गुरुङमात्रै होइन, उक्त विद्यालयमा प्राथमिक तहमा अध्ययन गर्ने सबै विद्यार्थीका अभिभावकको पालो हरेक दुई महिनामा आउँछ । सरकारले उपलब्ध गराएको निःशुल्क खाजा कार्यक्रमअन्तर्गत रेश नुन्थला माविले अभिभावकले नै खाजा बनाएर खुवाउने कार्यक्रम बनाएको हो । विद्यालयले अभिभावककै सल्लाहमा बनाएको सो नियमले अहिले सबैलाई सजिलो भएको छ । ‘खाजा खर्च दिएर पठाउनुभन्दा यहीँ खाजा बनाएर खुवाउँदा केटाकेटी खुसी छन्, ताजा पनि हुन्छ’, गुरुङले भनिन्, ‘दुई महिनामा एकपटक विद्यालय आउँदा यहाँको वातावरणबारे हामीलाई जानकारी हुन्छ, सरहरूलाई सल्लाह दिन पाइन्छ ।’  सामुदायिक विद्यालयप्रति अभिभावकको चासो बढाउनकै लागि अनिवार्य खाज

आ-आफ्नो भूमिका निर्वाह गर्न विद्यालय र स्थानीय तहलाई प्रारम्भिक बालविकास शाखाको अनुरोध [पत्र]

  काठमाडौं ।  शिक्षा तथा मानव स्रोत विकास केन्द्रको प्राम्भिक बालविकास शाखाले यहि चैत २१ गते विद्यालय र स्थानीय तहलाई पत्र पठाउँदै ‘सबै बालबालिका विद्यालय पठाऔं, शिक्षा प्राप्त गर्ने अधिकार सुनिश्चित गरौं’ नारा कार्यान्वय गर्न अनुरोध गरेको छ । सो नारा कार्यान्वयनका लागि विद्यालय र स्थानीय तहले गर्नुपर्ने भूमिक बुँदागत रूपमा उल्लेख गर्दै केन्द्रले एक जना शिक्षकलाई विद्यार्थी भर्ना कार्यक्रमको सम्पर्क व्यक्ति तोकी सूचना, सम्पर्क र समन्वयको जिम्मेवारी दिन विद्यालयलाई अनुरोध गरेको छ ।  त्यसैगरी केन्द्रले आफ्नो क्षेत्र भित्रका विद्यालय उमेरका शतप्रतिशत बालबालिका समयमै विद्यालय भर्ना गराई भर्ना सकिए लगत्तै विद्यालयबाहिर बालबालिका नभएको स्वघोषणा गर्न स्थानीय तहलाई अनुरोध गरेको छ ।  पत्र हेर्नुहोस् 

सामुदायिक विद्यालयको गुणस्तरीय छलाङ

  केही वर्षअघि गुणस्तरीय शिक्षाका लागि संस्थागत विद्यालयमा जानेको लर्को लाग्थ्यो । सामुदायिक विद्यालयमा अध्ययन गर्ने कुरा विद्यार्थीलाई लाजको विषय हुन्थ्यो भने अभिभावकको प्रतिष्ठाको विषय बन्थ्यो तर अहिले अवस्था फेरिएको छ । पछिल्ला पाँच वर्षमा बुटवलका सामुदायिक विद्यालयमा अध्ययन गर्ने विद्यार्थीको सङ्ख्या बढेको बढ्यै छ । सङ्ख्या धेरै भएपछि सामुदायिक विद्यालयलाई विद्यार्थी थेग्न गाह्रो भइरहेको छ । सजिलै भर्ना हुने अवस्था नभएपछि नेताको भनसुन गराएर समेत बालबालिका भर्ना गराउन अभिभावक विद्यालय पुग्छन् ।  समुदायले हेर्ने दृष्टिकोण बदल्न सामुदायिक विद्यालयले जोडतोडले मेहनत गरे, तीनै तहका सरकारले शिक्षामा लगानी गरे । बुटवलका सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर उकास्न बुटवल उपमहानगरपालिकाले विशेष लगानी गर्यो र योजना बुन्यो । नयाँ संरचना निर्माण र विज्ञान प्रयोशाला  निर्माणले  सामुदायिक विद्यालयको मुहार नै फेरियो । बुटवलको कान्ति माविमा अहिले झण्डै पाँच हजार विद्यार्थी अध्ययन गर्छन् । यस वर्ष गत वर्षभन्दा एक हजारले विद्यार्थी बढेका हुन् । दक्ष जनशक्ति, आवश्यक भौतिक संरचना र नतिजा राम्रो भएकै कार

शिक्षा क्षेत्रमा २० प्रतिशत बजेट छुट्याउन अनेरास्ववियु क्रान्तिकारीको माग

काठमाडौं ।  नेकपा माओवादी निकट अखिल (क्रान्तिकारी) ले कुल बजेटको २० प्रतिशत शिक्षा क्षेत्रमा छुट्याउनु पर्ने माग गरेको छ । आगामी आर्थिक वर्षको बजेटमा युवा तथा विद्यार्थीबाट सुझाव मागेका अर्थमन्त्री जनार्दन शर्मालाई बिहीबार अखिल क्रान्तिकारीको तर्फबाट १७ बुँदे सुझाव बुझाइएको हो । सुझावमा आधारभूत शिक्षालाई अनिवार्य र निशुल्क गरिनुपर्ने, माध्यमिक शिक्षा निशुल्कको अधिकारलाई पूर्ण कार्यान्वयन गर्नुपर्ने, हरेक वर्ष एउटा आवासिय सुविधासहितको विद्यालय स्थापना गर्नुपर्ने, हरेक मावि तहको विद्यालयमा प्रयोगशाला हुनुपर्ने लगायतका सुझावहरु क्रान्तिकारीले दिएको छ ।  अनेरास्ववियु क्रान्तिकारीले अर्थमन्त्रीलाई बुझाएको सुझावपत्र यस्ताे छः माननीय अर्थमन्त्री ज्यू, अर्थ मन्त्रालय  सिंहदरबार काठमाडौं  बिषय : सुझाव सम्बन्धमा   उपरोक्त सम्बन्धमा माननीय अर्थमन्त्री द्वारा नयाँ आ.व. ०७९/०८० को लागि युवा विद्यार्थी बाट सुझाव संकलन कार्यक्रम राख्नुभएकोमा हाम्रो संगठन अखिल (क्रान्तिकारी) को तर्फबाट सराहना गर्दछौं । तपाईं कोभिड -१९ बाट थिलथिलो भएको अर्थतन्त्र, बदलिएको विश्व  परिवेश र जटिल भुराजनीतक जस्ता परिवेशले स

Followers