Skip to main content

ब्रिक्स (BRICS) के हो ? नेपाल किन गएनन् भाग लिन ?

सामुदायिक विद्यालयको गुणस्तरीय छलाङ


 केही वर्षअघि गुणस्तरीय शिक्षाका लागि संस्थागत विद्यालयमा जानेको लर्को लाग्थ्यो । सामुदायिक विद्यालयमा अध्ययन गर्ने कुरा विद्यार्थीलाई लाजको विषय हुन्थ्यो भने अभिभावकको प्रतिष्ठाको विषय बन्थ्यो तर अहिले अवस्था फेरिएको छ ।

पछिल्ला पाँच वर्षमा बुटवलका सामुदायिक विद्यालयमा अध्ययन गर्ने विद्यार्थीको सङ्ख्या बढेको बढ्यै छ । सङ्ख्या धेरै भएपछि सामुदायिक विद्यालयलाई विद्यार्थी थेग्न गाह्रो भइरहेको छ । सजिलै भर्ना हुने अवस्था नभएपछि नेताको भनसुन गराएर समेत बालबालिका भर्ना गराउन अभिभावक विद्यालय पुग्छन् । 

समुदायले हेर्ने दृष्टिकोण बदल्न सामुदायिक विद्यालयले जोडतोडले मेहनत गरे, तीनै तहका सरकारले शिक्षामा लगानी गरे । बुटवलका सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर उकास्न बुटवल उपमहानगरपालिकाले विशेष लगानी गर्यो र योजना बुन्यो । नयाँ संरचना निर्माण र विज्ञान प्रयोशाला  निर्माणले  सामुदायिक विद्यालयको मुहार नै फेरियो ।

बुटवलको कान्ति माविमा अहिले झण्डै पाँच हजार विद्यार्थी अध्ययन गर्छन् । यस वर्ष गत वर्षभन्दा एक हजारले विद्यार्थी बढेका हुन् । दक्ष जनशक्ति, आवश्यक भौतिक संरचना र नतिजा राम्रो भएकै कारण विद्यालयमा आकर्षण बढेको कान्ति माविका प्रधानाध्यापक गोविन्द ज्ञवाली बताउँछन् । ‘संस्थागत विद्यायमा खर्च बढी छ । न्यूनतम खर्चमा गुणस्तरीय शिक्षा लिन सकिने भएपछि विद्यार्थी सामुदायिक विद्यालयमा आउँछन्’, प्रअ ज्ञवालीले भने, ‘सामुदायिक विद्यालयमा पढ्ने विद्यार्थीलाई छात्रवृत्ति दिने सरकारको निर्णयले गर्दा पनि सकारात्मक प्रभाव परेको हो ।’

पछिल्ला पाँच वर्षमा बुटवलका सामुदायिक विद्यालयमा अध्ययन गर्ने विद्यार्थीको सङ्ख्या बढेको बढ्यै छ । सङ्ख्या धेरै भएपछि सामुदायिक विद्यालयलाई विद्यार्थी थेग्न गाह्रो भइरहेको छ । सजिलै भर्ना हुने अवस्था नभएपछि नेताको भनसुन गराएर समेत बालबालिका भर्ना गराउन अभिभावक विद्यालय पुग्छन् । 

 

सामाजिक विकास डिभिजन कार्यालय लुम्बिनी प्रदेश भैरहवाबाट गरिएको मूल्याङ्कनमा आर्थिक वर्ष २०७७/०७८ मा सो विद्यालय जिल्लाकै उत्कृष्ट ठहर भई पुरस्कृत भएको थियो । बुटवलकै नवीन औद्यागिक कदरबहादुर रिता माविमा पनि विद्यार्थीको चाप बढी छ । ‘विगतका वर्षमा भन्दा विद्यार्थीहरू अत्यधिक बढेका छन् अहिले राख्ने कोटा छैन’, प्रअ प्रेमबहादुर बस्नेत भन्छन् । उनका अनुसार विद्यालय २०७० सालमा देशका ३३ उत्कृष्ट सामुदायिक विद्यालयमध्ये १९औं स्थानमा सूचीकृत भएको तथा २०७५ मा लुम्बिनी प्रदेशमा पाँचौंँ स्थानमा, रुपन्देही जिल्लामा द्वितीय स्थानमा र ब्रिटिस काउन्सिलबाट आइएसए २०१७–२०२० र २०२१ देखि २४ प्राप्त गरेको छ ।  

अङ्ग्रेजी माध्यममा अध्ययन–अध्यापन गराइँँदै आएको सो सामुदायिक विद्यालयका करिब २२ जना विद्यार्थी यस वर्ष काठमाडौंसहित देशका विभिन्न इन्जिनियरिङ क्याम्पसमा छात्रवृत्तिसहित अध्ययनका लागि छनोट हुन सफल भएका छन् ।  विद्यालयमा सिभिल इन्जिनियरिङ, विज्ञान, व्यवस्थापन, होटल व्यवस्थापन, कानुन र शिक्षाशास्त्र सङ्काय गरी तीन हजार ६१५ विद्यार्थी अध्ययनरत तथा १४८ शिक्षक– कर्मचारी छन् । विद्यालयमा स्टाफ नर्सको पनि व्यवस्था गरिएको छ ।

देशकै उत्कृष्ट सामुदायिक विद्यालयमध्ये एक  २०१८ सालमा स्थापित बुटवलको कालिका मानवज्ञान माध्यमिक विद्यालयमा शिक्षा, विज्ञान, कानुन, प्राविधिक शिक्षा र व्यवस्थापन सङ्कायमा अध्ययन–अध्यापन हुँदै आएको छ । विद्यालयका प्रअ दिनेश थापाका अनुसार चार पटक २०७१ सालदेखि लगातार चारपटकसम्म विद्यालय अन्तर्राष्ट्रिय स्कूल अवार्डबाट सम्मानित हुँदै आएको छ । यो देशभरका सामुदायिक विद्यालयमध्ये सर्वोत्कृष्ट भई शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयबाट दुई  लाख पुरस्कारसहित पुरस्कृत भएको छ  । विसं २०७५ मा बुटवल– १० कै मानव ज्ञान माविसंँग गाभिएर कालिका मानव ज्ञान बनेको विद्यालयमा आठ हजार ७२ विद्यार्थी अध्ययनरत छन् । ‘हामी विद्यार्थीलाई पढाउने भन्दा आफैं सिक्न प्रेरित गर्छौँ र प्रोजेक्ट वर्कमा विशेष जोड दिन्छौँ, यो नै हाम्रो सफलताको आधार हो’, प्रअ थापा भन्छन् । 

केही वर्षअघि गुणस्तरीय शिक्षाका लागि संस्थागत विद्यालयमा जानेको लर्को लाग्थ्यो । सामुदायिक विद्यालयमा अध्ययन गर्ने कुरा विद्यार्थीलाई लाजको विषय हुन्थ्यो भने अभिभावकको प्रतिष्ठाको विषय बन्थ्यो तर अहिले अवस्था फेरिएको छ ।

 

सानो चुहिने भवनबाट अध्ययन–अध्यापन सुरु गरिएको बुटवल– ११ स्थित नहरपुर मावि पनि अहिले भौतिक र शैक्षिक दुवै हिसाबले अगाडि छ । विद्यालयमा नयाँ भवनसहित पुस्तकालय र प्रयोगशाला पनि निर्माण गरिएको छ । पाँच वर्षअघिसम्म झण्डै ६ सय विद्यार्थी रहेको विद्यालयमा अहिले एक हजार ५५० विद्यार्थीले अध्ययन गर्ने गरेको विद्यालयका प्रअ धनिश्वर गौतम बताउँछन् । ‘हामीकहाँ निम्न आय भएका विद्यार्थी धेरै छन् । पढ्न चाहने जो कोहीलाई पनि भर्ना लिने गरिएको छ’, प्रअ गौतम भन्छन् । विद्यालयको शैक्षिक र भौतिक अवस्था सुधारका लागि  उपमहानगरपालिकाले निकै सहयोग गरेको उनको भनाइ छ ।

शैक्षिक गुणस्तरमा मुलुककै उत्कृष्ट हुन लागिपरेका यस क्षेत्रका सामुदायिक विद्यालयलाई उपमहानगरपालिकाको ‘सिङ्गो बुटवल एक विद्यालय’को अवधारणाले थप बल मिलेको छ । स्थानीय सरकारको पर्याप्त साथ र सहयोगले सामुदायिक विद्यालयका सञ्चालक, शिक्षक र विद्यार्थी हौसिएका छन् ।

सबै विद्यालयमा भौतिक पूर्वाधार र दक्ष जनशक्तिको प्रबन्ध गर्दै विद्यार्थीका लागि एकै खालका पोसाकको व्यवस्था गरिने उपमहानगरपालिकाका उपप्रमुख गुमादेवी आचार्य बताउँछिन् । उनका  अनुसार शैक्षिक गुणस्तर वृद्धिको अभियानअन्तर्गत अब अब्बल शिक्षकले कुनै एक विद्यालयमा मात्र नभई नगरका आवश्यक पर्ने सबै विद्यालयमा पुगेर पठनपाठन गराउनुपर्ने छ । यसले शिक्षाको गुणस्तर विकासलाई प्रभावकारी बनाउने छ ।

बुटवलमा स्थानीय पाठ्यक्रममा आधारित स्थानीय पाठ्यपुस्तक ‘हाम्रो बुटवल’ कक्षा १ देखि ८ सम्म लागू भएको छ । शैक्षिक स्तरवृद्धिका लागि  उपमहानगरका सहयोगमा सामुदायिक विद्यालयमा विज्ञान र कम्प्युटर प्रयोगशाला निर्माण भएका छन् । उपप्रमुख आचार्यका अनुसार एक करोड ५० हजार बराबरका लगानीमा विभिन्न विद्यालयमा विज्ञान प्रयोगशाला र कम्प्युटर तथा सूचना प्रविधि प्रयोगशालाको निर्माण गरिएको हो । 

शैक्षिक गुणस्तरको विकासबाटै दक्ष जनशक्ति उत्पादन हुने र त्यसबाटै ‘सबल आर्थिक केन्द्र समुन्नत बुटवल’ को अवधारणाबाट समृद्ध बुटवल निर्माणको लक्ष्य साकार पार्न सहज हुने प्रमुख शिवराज सुवेदीको जिकिर छ ।

उपमहानगरका शिक्षा शाखा प्रमुख टीकाराम पन्थीका अनुसार शैक्षिक सुधारका लागि कुल बजेट करिब ४० करोड विनियोजन गरिएको छ ।  यहाँका नौ सामुदायिक विद्यालयमा ‘राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम’ लागु गरिएको छ ।  बुटवल माविमा, कम्प्युटर तथा सूचना प्रविधि व्यवस्थापनका लागि रु छ लाख ५० हजार, उजिरसिंह माविमा कम्प्युटर अर्थात् सूचना प्रविधि प्रयोगशालाका लागि उपमहानगरमार्फत राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमको समेत गरी २५ लाख विनियोजन भएको थियो ।

लक्ष्मी मावि, नयाँगाउँ मावि, मोतीपुर मावि, भवानी मावि र  अमर माविमा विज्ञान प्रयोगशाला र कम्प्युटर तथा सूचना प्रविधि व्यवस्थापन कक्ष सञ्चालन भएका छन् । यसका लागि प्रतिविद्यालय छ लाख ५० हजारका दरले बजेट विनियोजन भएको थियो । यस्तै बुटवलकै जितेश्वरी माविमा ३० लाख बराबरका लगानीमा नयाँ भवन निर्माण भएको उपमहानगरका शिक्षा शाखा पन्थीले जानकारी दिए ।

उजिरसिंह माविमा राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमअन्तर्गत करिब  २५ लाख बराबरका लगानीमा कम्प्युटर प्रयोगशाला निर्माण भएको छ  । उपमहानगरका ३८ वटै सामुदायिक विद्यालयमा नयाँ अवधारणाका साथ शैक्षिक विकासका कार्यक्रम सञ्चालन गरिएका छन् ।

सामुदायिक विद्यालयको भौतिक पूर्वाधार र गुणस्तरमा प्रगति देखिएपछि अभिभावक पनि सन्तुष्ट छन् ।

मोतीपुर माविमा अहिले ७२५ विद्यार्थी छन् । उपमहानगरबाट प्राप्त ६ लाख ५० हजार बजेटबाट विज्ञान प्रयोगशाला सञ्चालन गरिएको र आवश्यकताका आधारमा विस्तार गर्दै जाने विद्यालयको योजना छ । पछिल्लो समयमा विद्यालयमा विद्यार्थीको चाप  बढेपछि अझै ६ कक्षाकोठाको अभाव विद्यालयलाई छ ।

यस्तै बुटवल–१८ सौराहामा रहेको भवानी माध्यमिक विद्यालयको दुईकोठे भवन तयार भएको छ । सानो झुपडीबाट सुरु भएको विद्यालयमा अहिले आधुनिक भवन निर्माण भएको छ । प्रअ मञ्जु घिमिरेका अनुसार भौतिक पूर्वाधार मात्र नभई गुणस्तरका हिसाबले पनि विद्यालय अगाडि छ ।  विद्यालयमा राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमअन्तर्गत रु १८ लाख बजेटमा दुईकोठे भवन निर्माण गरिएको छ । 

यस क्षेत्रका सामुदायिक विद्यालयको भौतिक पूर्वाधार र गुणस्तरमा प्रगति देखिएपछि अभिभावक पनि सन्तुष्ट छन् । ‘पहिले त छोराछोरी सरकारी स्कुल पढ्छन् भन्न पनि अप्ठ्यारो लाग्थ्यो तर अहिले गर्व लाग्छ’, अभिभावक राधिका खनाल भन्छिन् । अहिले सामुदायिक विद्यालयलाई हेर्ने दृष्टिकोण फेरिएको उनको भनाइ छ ।

स्थानीय तहका सहयोगमा नयाँ भवन निर्माण, विज्ञान प्रयोगशाला र पुस्तकालय निर्माणपछि विद्यालय पनि आकर्षक देखिएका छन् । यसले विद्यार्थीमा उत्साह जागेको छ । ‘बोर्डिङ स्कुलका भवनका तुलनामा हाम्रो स्कुल आकर्षक नहुँदा मन खिन्न हुन्थ्यो । अहिले त हाम्रै विद्यालय राम्रो लाग्छ’, नहरपुर माविका विद्यार्थी सुस्मिता विक अनुभव सुनाउँछिन् । 

उपमहानगरपालिकाको योजनाबद्ध कामले बुटवलका सामुदायिक विद्यालयको शैक्षिक गुणस्तरमा आमूल परितर्वन आएको हो । शैक्षिक विकासका लागि पञ्चवर्षीय योजना बनाएर कार्यान्वयन गरेको उपमहानगरले सबै बालबालिकालाई गुणस्तरीय शिक्षाको पहुँचमा पुर्याउने लक्ष्य लिएको उपमहानगरका शिक्षा तथा स्वास्थ्य महाशाखा प्रमुख उपसचिव मित्रमणि खनाल बताउँछन् । त्यसका लागि उपमहानगरले छात्रवृत्ति, पुस्तक समयमै उपलब्धता, शिक्षकलाई प्रशिक्षण, विद्यालयको नियमित अनुगमन र  शैक्षिक विज्ञसँंग सुझाव लिएर विद्यालय सुधारका काम गरिरहेको उनको भनाइ छ ।

शैक्षिक गुणस्तर परीक्षण केन्द्रले सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर मुलुकमै उत्कृष्ट साबित गरेको छ ।  सामुदायिक माविको कार्यसम्पादनमा बुटवलले उत्कृष्ट नतिजा दिएको हो । शैक्षिक गुणस्तर परीक्षण केन्द्रले देशभरिबाट नमुना विद्यालयका रूपमा छनोट गरेका सामुदायिक विद्यालयको कार्यसम्पादनको परीक्षण गरेको थियो जसमा रुपन्देहीका १६ वटै पालिकाका करिब दुई सय विद्यालयसहित देशभरका ९९६ विद्यालय समावेश भएका थिए । बुटवल ८३ दशमलव २ अङ्क ल्याउदै प्रथम बनेको हो । 

विद्यालयको भौतिक संरचना, शिक्षकको योग्यता तथा उपलब्धता र समुदायबाट विद्यालयलाई प्राप्त भौतिक सहयोगलाई लगानी मानेर मूल्याङ्कन गरिएको थियो । बुटवलका २० सामुदायिक विद्यालयको मूल्याङ्कन गरिएको थियो । रुपन्देहीसहित देशैभरका पालिकाबाट बुटवल उत्कृष्ट भएको शैक्षिक गुणस्तर परीक्षण केन्द्रको प्रतिवेदनमा उल्लेख छ । 

महाशाखा प्रमुख खनालका अनुसार विद्यालयका शिक्षक, कर्मचारी तथा बालविकास केन्द्रका सहयोगी कार्यकर्ताको तलबभत्ता मासिक रूपमा भुक्तानी गर्ने व्यवस्थादेखि नै परिवर्तन सुरु गरिएको हो ।  पहिले शिक्षकले तलब पाउन चार महिना कुर्नुपर्ने बाध्यता थियो ।

शैक्षिक पात्रो र  विज्ञ समूह निर्माण र छलफल, विद्यालयलाई पृष्ठपोषणका काम नियमित हुँदा विद्यालयको शैक्षिक गुणस्तरमा उल्लेख्य सुधार देखिएको हो ।

सामुदायिक विद्यालयमा अध्ययनरत १३ हजार ५७२ विद्यार्थीका लागि आवश्यक पर्ने पाठ्यपुस्तकको रकम विद्यालयको खातामा निकासा गर्ने गरिएको छ । पाठ्यपुस्तक समयमै विद्यार्थीको हातमा पुर्याउन प्राथमिकता दिइएको छ । यसअघि त्रैमासिक परीक्षा सकिँदासम्म विद्यार्थीले पुस्तक पाएका थिएनन् ।

शिक्षाको नीतिगत र कानुनी मान्यतासहितको विकासका लागि नगर शिक्षा ऐन कार्यान्वयनमा छ जसले संस्थागत विद्यालयमा पढ्ने बालबालिकाका लागि समेत १० प्रतिशत जेहेन्दार तथा लक्षित समूहका विद्यार्थीका लागि छात्रवृत्ति व्यवस्था गरेको छ । परीक्षाको नियमित अनुगमन, निरीक्षण र  पृष्ठपोषणका काममा जनप्रतिनिधि आफैं खटिने गरेका छन् । कम दरबन्दी रहेका केही विद्यालयमा ११ शिक्षकको व्यवस्था उपमहानगरले गरेको छ । विद्यालय उमेर समूहका बालबालिकालाई विद्यालयमा भर्ना गर्न शिक्षक मात्रै नभएर जनप्रतिनिधि नै खटिने व्यवस्था गरिएको छ ।

बुटवलले बालबालिकाले लिएको शिक्षाको गुणस्तरीयता मापनका लागि सबै सामुदायिक विद्यालयमा कक्षा २ र ३ मा अध्ययन गर्ने २०/२०  विद्यार्थीमा पठनसीपमा आधारित परीक्षण सञ्चालन गर्ने गरेको छ । यसको नतिजाले शिक्षामा सुधार हुँदै गएको देखिएको छ ।

शैक्षिक पात्रो र  विज्ञ समूह निर्माण र छलफल, विद्यालयलाई पृष्ठपोषणका काम नियमित हुँदा विद्यालयको शैक्षिक गुणस्तरमा उल्लेख्य सुधार देखिएको हो । धार्मिक, वैकल्पिक तथा विशेष विद्यालयलाई नगर स्रोतबाट अनुदान उपलब्ध गराउने गरिएको छ । उपमहानगरले विद्यालय र शिक्षकलाई प्रोत्साहन गर्न उत्कृष्ट अङ्क ल्याउनेलाई सम्मान तथा पुरस्कार प्रदान गर्ने गरेको छ ।

बुटवलमा तीन मदरसासहित ३८ सामुदायिक विद्यालय छन् ।  बालविकास केन्द्र ६१  तथा संस्थागत विद्यालय ५७ छ  ।  सबै विद्यालयमा करीब ५८ हजार विद्यार्थीले पठनपाठन गर्दै आएको उपमहानगरपालिकाको तथ्याङ्क छ । 

Comments

Popular posts from this blog

शिक्षक सेवा आयोग (TSC) मा भर्खरै नियुक्त हुनुभएका नवनियुक्त पदाधिकारीहरूको छोटो परिचय

शिक्षक सेवा आयोगमा नयाँ पदाधिकारीहरु नियुक्त      शिक्षक सेवा आयोग (TSC) मा भर्खरै नियुक्त हुनुभएका नवनियुक्त पदाधिकारीहरू  बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले डा. हरिप्रसाद लम्सालकाे अध्यक्षतामा तीन सदस्यीय शिक्षक सेवा आयोग पदाधिकारीहरु नियुक्त गरेको छ। आयोगका अन्य दुई सदस्यहरुमा रामशरण सापकोटा र विष्णु घिमिरे रिमाल रहेका छन् । शिक्षक सेवा आयोग एेन २०२८ अनुसार शिक्षक सेवा आयोगमा एक महिलासहित तीन सदस्य रहने व्यविस्था छ ।  डा. हरिप्रसाद लम्साल नेपाल सरकारको पूर्व सचिव रहिसक्नुभएका उहाँले शिक्षा मन्त्रालयको प्रवक्ता तथा सहसचिव र सुदूरपश्चिम प्रदेशको प्रमुख सचिव लगायतका उच्च प्रशासनिक पदहरूमा रहेर लामो समय शिक्षा क्षेत्र र निजामती सेवामा रहेर काम गरिसक्नु भएको छ । तस्बिरको तल बायाँपट्टि रहनुभएका ब्यक्ति रामशरण सापकोटा हुन् । उहाँ आयोगको खुला सदस्य पदमा नियुक्त हुनुभएको हो। उहाँ मकवानपुर जिल्लाका बासिन्दा हुनुहुन्छ। उहाँ पनि शिक्षा र प्रशासन क्षेत्रको विशेष अनुभव बोकेका व्यक्तित्व हुनुहुन्छ। यसैगरी   तस्बिरको तल दायाँपट्टि रहनुभएकी अर्का ब्यक्ति  वि...

ब्रिक्स (BRICS) के हो ? नेपाल किन गएनन् भाग लिन ?

THE GRAZONE :As criticism grows over landslide inaction, leaks show Nepal’s new leaders groomed by US regime change outfit

fairnepal.com As criticism grows over landslide inaction, leaks show Nepal’s new leaders groomed by US regime change outfit Kit Klarenberg and Wyatt Reed · September 9, 2026 As public anger against the Nepalese government mounts after deadly landslides in Nepal, files show the country’s new prime minister and several of his colleagues came to power thanks in part to a covert program sponsored by the US government. Eight months before a deadly landslide in Nepal claimed over 1,000 lives this September, the country’s new leaders emerged for the first time. It was December 2025, and a meeting had just been held in Kathmandu between the city’s rapper-turned-mayor, Balen Shah, and the head of the Rastriya Swatantra Party (RSP), Rabi Lamichhane. Having seized power after the bloody unrest which rocked Nepal just a few months prior, the pair immediately put forward a seven-point plan pledging to root out “corruption and poor governance,” and to replace it with “good governance, prosperity, ...

रक्षा बम र ग्रेटा थुनबर्गको जलवायु न्यायसम्बन्धी सन्देश

जलवायु न्यायका लागि नेपालको आवाज · ब्लग 🌍 रक्षा बम · ग्रेटा थुनबर्ग · जलवायु न्याय जलवायु न्यायका लागि नेपालको आवाज रक्षा बमको अन्तर्राष्ट्रिय आवाज र ग्रेटा थुनबर्गको जलवायु न्यायसम्बन्धी सन्देश “हामीलाई दान होइन, न्याय र क्षतिपूर्ति चाहिन्छ।” — रक्षा बम, नोबेल शान्ति सम्मेलन, ओस्लो 🇳🇵 नेपाली आवाज रक्षा बम : अन्तर्राष्ट्रिय मञ्चमा नेपालको जलवायु न्यायको आवाज नर्वेको ओस्लोमा आयोजित नोबेल शान्ति सम्मेलनमा मन्तव्य राख्दै युवा जलवायु अभियन्ता रक्षा बम नोबेल पिस फोरममा रक्षा बमले राखेको यो अभिव्यक्ति नेपालको लागि विश्व समुदायमा प्रवेश गर्ने प्रस्थान बिन्दु हो। एक जना युवाले अन्तर्राष्ट्रिय फोरममा यति कुरा राख्नु नेपालको लागि अवसर हो। अब राज्य तहबाट नै यही आवाजका साथ विश्व फोरममा जानुपर्छ। नर्वेको ओस्लोमा आयोजित Nobel Peace Conference मा Read more...

Contact form

Name

Email *

Message *

Translate

Follow us:
facebook sharing button
twitter sharing button
instagram sharing button
youtube sharing button
messenger sharing button
blogger sharing button

Life Post

5/block/Health Beauty