डोनाल्ड ट्रम्पले चिनियाँ राष्ट्रपति सी जिनपिङलाई किन दिए चीलको मूर्ति? यसको प्रतीकात्मक अर्थ के हो? US President Donald Trump gifted Chinese President Xi Jinping a bald eagle statue because it is the official national symbol of the United States and represents America's "free and soaring spirit." अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ह्वाइट हाउसमा आयोजित राजकीय रात्रिभोजका क्रममा चिनियाँ राष्ट्रपति सी जिनपिङलाई उपहारस्वरूप अमेरिकी राष्ट्रिय प्रतीक बाल्ड इगल (Bald Eagle) को विशेष मूर्ति प्रदान गरेका छन्। करिब तीन फिट अग्लो उक्त मूर्ति अमेरिकाको राष्ट्रिय पहिचान, स्वतन्त्रता र गौरवको प्रतीकका रूपमा प्रस्तुत गरिएको थियो। 🦅 ट्रम्पले चीलको मूर्ति दिनुको कारण अमेरिकाको राष्ट्रिय प्रतीक: बाल्ड इगल उत्तर अमेरिकामा पाइने चरा हो। यो अमेरिकाको राष्ट्रिय प्रतीक हो र यसले अमेरिकी स्वतन्त्रता, शक्ति, गौरव तथा उचाइमा उड्ने स्वतन्त्र भावनाको प्रतिनिधित्व गर्छ। व्यक्तिगत सम्बन्धको झल्को: ट्रम्पका अनुसार उक्त मूर्ति एक अस...
मुगु — सोरु गाउँपालिका–९ कालैस्थित विजय माध्यमिक विद्यालयमा कक्षा ९ मा अध्ययनरत विद्यार्थी आधा पुस्तक नपाएरै वार्षिक परीक्षाको तयारीमा जुटेका छन् । ९ कक्षाका ७८ विद्यार्थीका लागि अर्थशास्त्र र शिक्षा विषय अझै आएको छैन । यो वर्ष कक्षा ८ का २५ विद्यार्थीले कम्प्युटर शिक्षाको किताब देख्न पाएनन् । नयाँ पुस्तक नआएपछि अघिल्लो वर्षका विद्यार्थीले पढेर च्यातिएका पुस्तक नै पढेर उनीहरूले वार्षिक परीक्षाको तयारी थालेका हुन् । कक्षाकोठामा पढ्दै मुगुको विजय माध्यमिक विद्यालय कालैका विद्यार्थी । तस्बिर : राजबहादुर/कान्तिपुर ‘शिक्षा र अर्थशास्त्र किताब नै पाइएन, दाइदिदीले पढेका आधा च्यातिएका किताब पढेरै परीक्षाको तयारीमा जुट्नुपरेको छ,’ कक्षा ९ की रीता बमले भनिन्, ‘झन्डै २ महिना त सरहरूले किताब नआएको भन्दै कक्षा नै लिनुभएन, कोर्स पनि मुस्किलले आधा मात्र सकिएको छ, कसरी परीक्षा दिने ?’ गाउँपालिकाले चैत दोस्रो सातादेखि वार्षिक परीक्षा सञ्चालन गर्ने निर्णय गरिसकेको छ । परीक्षा नजिकिएपछि अर्थशास्त्रको किताब कक्षा ९ का गणेश जैसी र टीकाराम जैसीले साटासाट गरेर पढिरहेका छन् । ‘नयाँ पुस्तक आएन, दुवैको घर...