Skip to main content

संविधान विपरीत सरकार नै असुल्छ विद्यार्थीबाट पैसा

  संविधान विपरीत सरकार नै असुल्छ विद्यार्थीबाट पैसा News Summary Generated by OK AI. Editorially reviewed. सरकारले विद्यार्थीबाट उठाइरहेको शुल्क गैरकानूनी रहेको शिक्षा क्षेत्रका सरोकारवाला एवं विज्ञहरूको जिकिर छ । विद्यालय सञ्चालनको लागि कुनै न कुनै रूपमा शुल्क लिन बाध्य भएको प्रधानाध्यापकहरू स्वीकार्छन् । महालेखा परीक्षकको कार्यालयले विद्यार्थीबाट विभिन्न शीर्षकमा लिइरहेको शुल्कबारे प्रश्न उठाएको छ । ३० जेठ, काठमाडौं । सानोठिमीस्थित परीक्षा नियन्त्रण कार्यालयको कम्पाउण्डमा प्रत्येक दिन विद्यार्थीको लामो लाइन लाग्छ । बिहान १० नबज्दै लामबद्ध भएका विद्यार्थी कोही प्रमाणपत्र बनाउन, कोही हराएको प्रमाणपत्रको प्रतिलिपि लिन त्यहाँ पुगेका हुन् । त्यही लाइनमा थिए, बाराबाट आएका सुरेश सुनार । उनले भने, ‘एसईईको मूल प्रमाणपत्र हराएपछि प्रतिलिपि लिन आएको हुँ । ५०० रुपैयाँ शुल्क तिरें ।’ काठमाडौं कपनबाट प्रमाणपत्र प्रमाणीकरण गर्न गएकी निरुमाया श्रेष्ठले पनि १ हजार रुपैयाँ राजस्व बुझाइन् । प्रमाणपत्र सच्याउन सल्यानबाट आएका कमल चन्दले पनि ५०० राजस्व बुझाए । ‘शुल्क लाग्छ भनेपछि तिर्नै पर्‍यो नि’ उनी...

सामुदायिक विद्यालयमा शैक्षिक गुणस्तर वृद्धि


 कास्की । पोखरा महानगरपालिका–३३ भरतपोखरीस्थित शिशु कल्याण माविको पक्की भवन निर्माण सम्पन्न भएको छ । राष्ट्रिय पुनःनिर्माण प्राधिकरणको ९१ लाख ८३ हजारको लागतमा दुईतले आठकोठे पक्की भवन बनेको हो ।

नवनिर्मित उक्त भवनको गण्डकी प्रदेशका अर्थमन्त्री रामजीप्रसाद बराल (जीवन) ले भवनको शुभारम्भ गर्दै प्राविधिक शिक्षामा जोड दिनुपर्ने आवश्यकता औँल्याए ।

स्वरोजगार सिर्जना गर्नका लागि समाजवादी शिक्षा आजको आवश्यकता रहेको उल्लेख गर्दै उनले संस्थागत विद्यालयको विरोध गर्नुभन्दा सामुदायिक विद्यालयमा शैक्षिक गुणस्तर वृद्धि गर्नुपर्नेमा जोड दिए । 

पोखरा–३३ का वडाध्यक्ष शिवप्रसाद आचार्य, पूर्वअध्यक्ष प्रवीन आचार्य, विद्यालयका सल्लाहकार डिल्लीराम बराल, वालादेवी आमा समूहका अध्यक्ष देवी आचार्य, स्थानीय शिक्षाप्रेमी कृष्ण अधिकारी, रामचन्द्र अधिकारीलगायतले शिक्षाको महत्वमाथि प्रकाश पारेका थिए । 

Comments

Popular posts from this blog

voice kids

 

UANTO IMG COLLECT

 

TSC IMG Collection

 

UANTO Multi Teacher Office

Followers