Skip to main content

कार्यदल गठन

कार्यदल गठन : शिक्षक सरुवाको हल्ला फेरि चल्न थाल्यो

जेठ ३० भित्र कार्यसम्पादन मूल्यांकन फाराम बुझाउन देशभरका शिक्षकहरुलाई अनुरोध

 


काठमाडौं । शिक्षक सेवा आयोगले सामुदायिक विद्यालयमा कार्यरत शिक्षकहरूलाई कार्यसम्पादन मूल्यांकन फाराम भर्न अनुरोध गरेको छ । आयोगले बिहीबार सूचना जारी गर्दै आगामी जेठ ३० गतेभित्र कार्यसम्पादन मूल्यांकन फाराम भर्न र दर्ता गराउन सबै शिक्षा विकास निर्देशनालयहरू, शिक्षा विकास तथा समन्वय इकाइहरू र स्थानीय तहहरूलाई अनुरोध गरेको हो ।

२०७८ चैत मसान्तभित्रै बुझाउनुपर्ने कार्यसम्पादन मूल्यांकन फाराम कोरोना महामारीका कारण विद्यालय बन्द रहेकाले फाराम भर्न, दर्ता गर्न नसकिएको र वैशाख महिनाभर परीक्षा, नयाँ भर्नालगायत कार्यहरू रहेकोले सबै शिक्षकहरूलाई जेठ मसान्तभित्र मूल्यांकन फाराम बुझाउने समय तोकिएको छ ।

शिक्षक सेवा आयोग (११ औं संशोधन) नियमावली २०७८ बमोजिम हुनेगरी कार्यसम्पादन मूल्यांकन फाराम भर्न आयोगले आग्रह गरेको छ । 

Comments

Popular posts from this blog

dim img

५० पालिकाको नतिजा सार्वजनिक

 परिणाम सार्वजनिक भएका पालिकामध्ये कांग्रेस तीन सय २७ पालिकाको नेतृत्वमा जित हात पार्दै स्थानीय तहमा पहिलो पार्टी बनेको छ । त्यसैगरी, एमालेले दुई सय पाँच स्थानमा विजयी हुँदै दोस्रो पार्टी बन्दा माओवादी एक सय २१ स्थानमा जित हात पार्दै तेस्रो भएको छ । जनता समाजवादी पार्टीले ३०, एकीकृत समाजवादीले २०, लोकतान्त्रिक समाजवादी पार्टीले १६ तथा राष्ट्रिय प्रजातन्त्र पार्टी, राष्ट्रिय जनमोर्चा र नागरिक उन्मुक्ति पार्टीले चार–चार स्थानमा जित हासिल गरेका छन् । जनमत पार्टीले दुई, तराई मधेस लोकतान्त्रिक पार्टी, नेपाल मजदुर किसान पार्टी, जनता प्रगतिशील पार्टी र विवेकशील साझा पार्टीले एक–एक स्थानमा जित हात पारेका छन् ।  १३ पालिकामा स्वतन्त्र उम्मेदवार विजयी निर्वाचनमा एक महानगर र तीन उपमहानगरसहित १३ पालिकामा स्वतन्त्र उम्मेदवारले विजयी प्राप्त गरेका छन् । जसमा बालेन्द्र साह (काठमाडौं महानगर), हर्क साम्पाङ (धरान उपमहानगर), मनोजकुमार साह सुडी (जनकपुरधाम उपमहानगर) र गोपाल हमाल (धनगढी उपमहानगर)को प्रमुखमा विजयी भएका छन् । यसबाहेक स्वतन्त्र उम्मेदवारहरू प्रह्लादकुमार क्षेत्री (बर्दिबास नगरपालिका, महोत्तरी),

Followers