Skip to main content

संविधान विपरीत सरकार नै असुल्छ विद्यार्थीबाट पैसा

  संविधान विपरीत सरकार नै असुल्छ विद्यार्थीबाट पैसा News Summary Generated by OK AI. Editorially reviewed. सरकारले विद्यार्थीबाट उठाइरहेको शुल्क गैरकानूनी रहेको शिक्षा क्षेत्रका सरोकारवाला एवं विज्ञहरूको जिकिर छ । विद्यालय सञ्चालनको लागि कुनै न कुनै रूपमा शुल्क लिन बाध्य भएको प्रधानाध्यापकहरू स्वीकार्छन् । महालेखा परीक्षकको कार्यालयले विद्यार्थीबाट विभिन्न शीर्षकमा लिइरहेको शुल्कबारे प्रश्न उठाएको छ । ३० जेठ, काठमाडौं । सानोठिमीस्थित परीक्षा नियन्त्रण कार्यालयको कम्पाउण्डमा प्रत्येक दिन विद्यार्थीको लामो लाइन लाग्छ । बिहान १० नबज्दै लामबद्ध भएका विद्यार्थी कोही प्रमाणपत्र बनाउन, कोही हराएको प्रमाणपत्रको प्रतिलिपि लिन त्यहाँ पुगेका हुन् । त्यही लाइनमा थिए, बाराबाट आएका सुरेश सुनार । उनले भने, ‘एसईईको मूल प्रमाणपत्र हराएपछि प्रतिलिपि लिन आएको हुँ । ५०० रुपैयाँ शुल्क तिरें ।’ काठमाडौं कपनबाट प्रमाणपत्र प्रमाणीकरण गर्न गएकी निरुमाया श्रेष्ठले पनि १ हजार रुपैयाँ राजस्व बुझाइन् । प्रमाणपत्र सच्याउन सल्यानबाट आएका कमल चन्दले पनि ५०० राजस्व बुझाए । ‘शुल्क लाग्छ भनेपछि तिर्नै पर्‍यो नि’ उनी...

दलहरूको शक्ति परीक्षणकाे थलो बन्याे विद्यालय व्यवस्थापन समिति

 

खोटाङका सामुदायिक विद्यालयको व्यवस्थापन समिति राजनैतिक दलको शक्ति परीक्षण गर्ने थलो बन्दै गएको छ । व्यवस्थापन समिति चयनका क्रममा हुने निर्वाचनलाई विशेषगरी कांग्रेस, एमाले, नेकपा माओवादी केन्द्र, जनता समाजवादी र नेकपा एकीकृत समाजवादीले शक्ति परीक्षणको थलो बनाउन थालेका हुन् ।

सामुदायिक विद्यालयमा स्थानीय तह निर्वाचनकै झल्को दिनेगरी व्यवस्थापन समितिको निर्वाचन हुने गरेको छ । पछिल्लो समय गठबन्धन दलले एउटा प्यानल र एमालेले अलग्गै प्यानल खडा गरेर अभिभावकलाई भिडाउने गरेको छ । निर्वाचन परिणामलाई दलका नेताले दलीय निर्वाचनकै परिणामका रूपमा लिने गरेका छन् । प्यानलले जितेको अवस्थामा नेताहरूले नै सामाजिक सञ्जालमा खुसी प्रकट गर्ने र बधाई दिने गरेको देख्न सकिन्छ ।

दुई साताको अन्तरालमा जिल्लाको ऐंसेलुखर्क गाउँपालिका–३ ऐंसेलुखर्कस्थित त्रिभुवन मावि र दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–१५ बिजयखर्कस्थित पञ्चकन्य माबिमा गठबन्धन र एमालेले छुट्टाछुट्टै प्यानल खडा गरेर व्यवस्थापन समितिको निर्वाचन गराएको छ ।

पञ्चकन्य माविको व्यवस्थापन समितिका लागि सोमबार दलीय आधारमा निर्वाचन भयो । निर्वाचनमा एमाले समर्थितहरूको प्यानलै विजयी भएका छन् । एमालेले उठाएको चन्द्रकला भुजेलले ९४ मत, मन्दिरा बिकले ९१ मत, गणेश कार्कीले ८६ मत र डोरनिधि खत्रीले ८५ मत पाएका छन् ।

गठबन्धनकातर्फबाट उठाइएका सरस्वती श्रेष्ठले ६० मत, शर्मिला बिकले ७१ मत, पर्शुराम राईले ७४ मत र तिर्थ भट्टराईले ७३ मत पाएका छन् । कुल एक सय ६९ मत खसेकामा १५ मत बदर भयो । त्रिभुवन मावि ऐंसेलुखर्कको व्यवस्थापन समितिको ५ चैतमा भएको निर्वाचनमा पनि एमालेका उम्मेद्वारनै विजयी बनेका थिए ।

दुई माविको व्यवस्थापन समितिको पछिल्लो निर्वाचन परिणामलाई एमालेका नेता तथा कार्यकर्ताले गठबन्धनमाथिको विजयका रूपमा खुसी मनाइरहेका छन् । उनीहरूले आसन्न स्थानीय तहको निर्वाचनमा समेत विद्यालय व्यवस्थापन समितिकै किसिमले निर्वाचन नतिजा आउने अर्थ लगाइरहेका छन् । तर शैक्षिक संस्थाजस्तो शान्तिक्षेत्रमा दलीय आधारमा निर्वाचन गरेर व्यवस्थापन समिति बनाउनुपर्ने अवस्था दुःखद् भएको अभिभावक बताउँछन् ।

आफ्नो शक्ति परीक्षण तथा व्यवस्थापन समिति, विद्यालय र सिंगो वडामा आफ्नो ‘पकड’ जमाउने भित्री स्वार्थ बोकेका दलहरूको कारण विद्यालयमा अनपेक्षित निर्वाचन हुने गरेको छ । तर व्यवस्थापन समिति गठनकाक्रममा तँछाड–मछाड गर्दै लड्ने र लडाउनेको क्रियासिलता शैक्षिक गुणस्तर वृद्धिमा भने शून्य प्रायः हुने गरेको छ ।   

Comments

Followers