डोनाल्ड ट्रम्पले चिनियाँ राष्ट्रपति सी जिनपिङलाई किन दिए चीलको मूर्ति? यसको प्रतीकात्मक अर्थ के हो? US President Donald Trump gifted Chinese President Xi Jinping a bald eagle statue because it is the official national symbol of the United States and represents America's "free and soaring spirit." अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ह्वाइट हाउसमा आयोजित राजकीय रात्रिभोजका क्रममा चिनियाँ राष्ट्रपति सी जिनपिङलाई उपहारस्वरूप अमेरिकी राष्ट्रिय प्रतीक बाल्ड इगल (Bald Eagle) को विशेष मूर्ति प्रदान गरेका छन्। करिब तीन फिट अग्लो उक्त मूर्ति अमेरिकाको राष्ट्रिय पहिचान, स्वतन्त्रता र गौरवको प्रतीकका रूपमा प्रस्तुत गरिएको थियो। 🦅 ट्रम्पले चीलको मूर्ति दिनुको कारण अमेरिकाको राष्ट्रिय प्रतीक: बाल्ड इगल उत्तर अमेरिकामा पाइने चरा हो। यो अमेरिकाको राष्ट्रिय प्रतीक हो र यसले अमेरिकी स्वतन्त्रता, शक्ति, गौरव तथा उचाइमा उड्ने स्वतन्त्र भावनाको प्रतिनिधित्व गर्छ। व्यक्तिगत सम्बन्धको झल्को: ट्रम्पका अनुसार उक्त मूर्ति एक अस...
मातृका यादव अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अडान नलिएको भए नेपालमा एमसीसी जस्ताको त्यस्तै अनुमोदन हुन्थ्यो
नेकपा माओवादी केन्द्रका सांसद मातृका यादवले ‘अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अडान नलिएको भए नेपालमा एमसीसी जस्ताको त्यस्तै अनुमोदन हुन्थ्यो’ भन्दै प्रचण्डलाई धन्याद दिएका दिएका छन् । अनुमोदनका लागि संसदमा पेस गरिएको एमसीसी र एमसीसीको अंगको रुपमा पारित गर्न लागिएको ‘व्याख्यात्मक घोषणा’को दफावार छलफलमा सहभागी हुँदै सांसद यादवले प्रचण्डकै अडानका कारण व्याख्यात्मक घोषणासहित मात्र एमसीसी अनुमोदन हुने परिस्थिति बनेको दावी गरेका हुन् । छलफलमा सहभागी हुने क्रममा सांसद यादवले भने– ‘यहाँ एमसीसी अनुमोदनबारे विभिन्न धारणा देखिए । कोही जस्ताको त्यस्तै पारित गर्नुपर्छ भन्ने, कोही संशोधनसहित पारित गर्नुपर्छ भन्ने, कोही पारित नै गर्न नहुने पक्षमा धारणाहरु थिए । तर, हाम्रा अध्यक्ष प्रचण्डले अडान नलिएको भए आज व्याख्यात्मक घोषणसहित एमसीसी अनुमोदन हुने अवस्था बन्ने थिएन । आज अध्यक्ष कमरेडलाई धन्यवाद दिनुपर्छ ।’ एमसीसीका कतिपय प्रवधानहरु हाम्रो सर्वभौमिकतामा आघात पुर्याने खालका थिए, उनले भने– अब, त्यो खतरा टरेकोछ । यसका लागि अध्यक्ष प्रचण्ड, प्रधानमन्त्री शेरबहादुर देउवा र अन्य नेताहरुलाई धन्यवाद दिनुपर...