Skip to main content

सामाजिक संजालमा भाइरल सुरक्षा

सामाजिक संजालमा भाइरल सुरक्षा : मोहनी लागायो की मन्तर गरेर कपाल कोरेर साली भाटू संगई बसम पिरिम जोडेर सामाजिक संजालमा भाइरल बनिरहेको छ

धमाधम प्रविधिसँग जोडिँदै विद्यालय

 

तेह्रथुम । प्रविधिको विकाससँगै इन्टरनेटको पहुँच गाउँगाउँमा पुग्न थालेपछि तेह्रथुम जिल्लाका विद्यालयहरू डिजिटल प्रविधिसँग जोडिन थालेका छन् । जिल्लाको ग्रामीणस्तरमा रहेका विद्यालयहरूमा समेत पछिल्लो समय एन्टरनेट जडान भएपछि डिजिटल प्रविधिसँग जोडिएका हुन् ।

केही वर्षअघिसम्म कागजात पत्रमार्फत सम्प्रेषण गर्दै आएका विद्यालयहरू आफ्नै कार्यालयबाट इमेल गर्न थालेका छन् । विद्यार्थी, अभिभावक, शिक्षक र समुदायलाई एकै साथ सूचना प्रविधिमा जोड्न तेह्रथुमका चारवटा माध्यमिक विद्यालयमा डिजिटल साक्षरता अभियान सुरु भएको छ ।

प्रदेश १ सरकारको सामाजिक विकास मन्त्रालयले डिजिटल साक्षरता अभियान सुरु भएपछि शिक्षकका साथै विद्यार्थीहरूलाई समेत पठनपाठनमा सहज भएको छ ।

ई-एजुकेसनको माध्यमबाट सिंगो समुदायलाई कम्प्युटर प्रविधिमा जोड्ने उद्देश्यले ‘प्रदेश समृद्धिको आधार, शिक्षामा डिजिटल पूर्वाधार’ नाराका साथ मेन्छ्यायेम गाउँपालिकाको गौखुरी मावि र श्रीजुङ मावि, फेदाप गाउँपालिकाको जनज्योति मावि र छथर गाउँपालिकाको भगवती माविमा एकै साथ डिजिटल साक्षरता अभियान सुरु भएका छन् ।

विद्यालयमा डिजिटल प्रविधिबाट पढाइ सुरु भएपछि पुस्तकमा नभएका नयाँनयाँका शैक्षिक सामग्रीको अध्ययन गर्नसमेत सजिलो भएको भगवती माध्यमिक विद्यालयमा कक्षामा अध्ययनरत विद्यार्थी निशा बाग्दासले बताइन् ।

उनी भन्छिन् ‘आफूले नजानेको कुराहरू गुगलमार्फत खोजेर पढ्न पाएका छौं । किताबमा नभएका शैक्षिक सामग्रीहरू पनि सजिलै पाइन्छ । डिजिटल प्रविधिसँगै इन्टरनेट जडानले शिक्षक नहुँदा पनि अध्ययन गर्न सजिलो भएको छ ।’

कक्षाहरूमा स्माटबोर्ड जडान गरी अध्यापन गर्दै आएको विद्यालयहरूले जनाएका छन् । स्मार्ट बोर्डहरूमा नेट जडान भएकाले सचित्र पठनपाठन गर्दै आएको भगवती माध्यमिक विद्यालयका प्रधानध्यापक श्रीमान बस्नेतले बताए ।

‘विद्यालयमा डिजिटल कक्षा सुरु भएपछि विद्यार्थी र शिक्षक दुवैलाई पढ्न पढाउन सहज भएको छ । शिक्षक नहुँदा पनि विद्यार्थीहरूलाई आफ्नो विषयवस्तुलाई सहजै रूपमा पढ्न पाउने गरेका छन् । स्मार्टबोर्ड र स्मार्ट टिभी जडान गरी सबै कक्षामा डिजिटल कक्षा सञ्चालन गर्ने तयारीमा जुटिरहेका छौ,’ प्रधानध्यापक बस्नेतले भने ।

Comments

Popular posts from this blog

प्रभावशाली महिलाको सूचीमा मधेशकी छोरी कलादुत सरिता साह

प्रभावशाली महिला’ को सूचीमा मधेशकी छोरी कलादुत सरिता साह आफ्नो नाट्यकलामार्फत मधेश प्रदेशलाईमात्र हैन पूरै नेपाललाई विश्वमा चिनाउन सफल मधेशकी छोरीहरु मध्येकी एउटा नाम हो सरिता साह । उनी महोत्तरी जिल्लाको सानो गाउँ टिम्कीयामा जन्मिएका ६ छोरीहरुमध्येकी सरिता माइली हुन् । बाल्यकालबाटै लैंगिक विभेदको भोगाइ अनुभव गरेकी सरिताको दाजुभाइ छैनन् । उनी २०८० को प्रभावशाली महिलको सूचिमा परेकी छिन् । अनलाइनखबरको जुरीले १०० महिलाहरुमध्येबाट ५० जनालाई २०८० सालको प्रभावशाली महिला छनौट गरेको थियो । जसमा उको नाम पनि समावेश छ । उनलाई अनलाईन खबरले मधेशलाई मूलधारसँग जोड्ने कलादूतको रुपमा लिएको छ । वास्तवमा उनले आफ्नो कलामार्फत नेपाललाई विश्वमा चिनाएकी छिन । सरिताले सञ्चारमाध्यममा न्युजरीडर, कार्यक्रम प्रस्तोता, कलाकार र नाटक निर्माता/निर्देशकको रुपमा काम गरिसकेकी छिन् । महिलाहरूलाई शिक्षाको अधिकारबाट वञ्चित भएको समुदायमा हुर्किए पनि उनले आफ्नो स्नातक तह सफलतापूर्वक पूरा गरिन्। उनलाई कलाकारको रुपमा स्थापित गर्न पनि सजिलो थिएन । नाटक र चलचित्रले समाजमा दिर्घकालिन चेतना र परिवर्तन ल्याउन सक्छ भन्ने व...

कक्षा १२ को रुटिन डाउनलोड गर्नुहोस् ।

रुटिन डाउनलोड गर्नुहोस् । नेपाल सरकार राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालय (कक्षा ११ र १२) सानोठिमी, भक्तपुरले०७९ मा संचालन हुने कक्षा १२ को वार्षिक परीक्षाको समयतालिका रुटिन प्रकाशन गरिएको छ ।

Followers