Skip to main content

संविधान विपरीत सरकार नै असुल्छ विद्यार्थीबाट पैसा

  संविधान विपरीत सरकार नै असुल्छ विद्यार्थीबाट पैसा News Summary Generated by OK AI. Editorially reviewed. सरकारले विद्यार्थीबाट उठाइरहेको शुल्क गैरकानूनी रहेको शिक्षा क्षेत्रका सरोकारवाला एवं विज्ञहरूको जिकिर छ । विद्यालय सञ्चालनको लागि कुनै न कुनै रूपमा शुल्क लिन बाध्य भएको प्रधानाध्यापकहरू स्वीकार्छन् । महालेखा परीक्षकको कार्यालयले विद्यार्थीबाट विभिन्न शीर्षकमा लिइरहेको शुल्कबारे प्रश्न उठाएको छ । ३० जेठ, काठमाडौं । सानोठिमीस्थित परीक्षा नियन्त्रण कार्यालयको कम्पाउण्डमा प्रत्येक दिन विद्यार्थीको लामो लाइन लाग्छ । बिहान १० नबज्दै लामबद्ध भएका विद्यार्थी कोही प्रमाणपत्र बनाउन, कोही हराएको प्रमाणपत्रको प्रतिलिपि लिन त्यहाँ पुगेका हुन् । त्यही लाइनमा थिए, बाराबाट आएका सुरेश सुनार । उनले भने, ‘एसईईको मूल प्रमाणपत्र हराएपछि प्रतिलिपि लिन आएको हुँ । ५०० रुपैयाँ शुल्क तिरें ।’ काठमाडौं कपनबाट प्रमाणपत्र प्रमाणीकरण गर्न गएकी निरुमाया श्रेष्ठले पनि १ हजार रुपैयाँ राजस्व बुझाइन् । प्रमाणपत्र सच्याउन सल्यानबाट आएका कमल चन्दले पनि ५०० राजस्व बुझाए । ‘शुल्क लाग्छ भनेपछि तिर्नै पर्‍यो नि’ उनी...

विद्यालय जोगाउन जुक्ति

अछामका भरत साउद बाग्लुङको काठेखोला गाउँपालिका-५ स्थित करलिम आधारभूत विद्यालयलको कक्षा ३ मा पढ्छन् । उनलाई विद्यालयले निःशुल्क पढाइसहित छात्रावासको सुविधा दिएको छ । उनसँगै अछामका ८, बैतडी र हुम्लाका एक/एक जना विद्यार्थी सो विद्यालयमा पढ्छन् ।

विद्यालय सेवा क्षेत्र बाहिरको निसीखोला गाउँपालिकाका १२ जना विद्यार्थी पनि त्यहाँ अध्ययनरत छन् । परिवारको आर्थिक स्थिति कमजोर भएका, अभिभावकविहीन र पढाइबाट बञ्चित बालबालिकालाई विद्यालयले छात्रावासमा राखेर पढाउने गरेको छ । जिल्ला बाहिरका विद्यार्थीलाई पनि करलिममा ल्याएर पढाउने योजना यत्तिकै बनेको भने होइन ।

करलिम तीव्र बसाइँसराइले प्रभावित गाउँ हो । सुविधाका लागि शहर र विदेशको मोहले घरहरू रित्तिँदै गए । जसको प्रभाव विद्यालयमा पनि पर्यो । विद्यार्थी घट्न थाले । विद्यालय नै संकटमा पर्ला कि भन्ने चिन्ताले करलिमवासीलाई पिरोल्न थाल्यो । उनीहरूले गाउँ पनि उजाडिन नदिने र विद्यालय पनि जोगाउने उपाय रचे ।

त्यस अभियानमा सबैभन्दा बढी करलिमबाट अध्ययन र रोजागारीमा गएका प्रवासीहरूले नै ठूलो आडभरोसा दिए । त्यसकै उपज विद्यालयमा सुविधायुक्त छात्रावास खुलेको छ । बैतडीसम्मका विद्यार्थीले निःशुल्क पढ्न पाएका छन् । विद्यालयको शिक्षण सिकाइ सुधारोन्मुख छ । विद्यार्थी संख्या बढ्दो छ ।

‘अघिल्लो वर्ष विद्यार्थी घटेर ९० सम्म पुगेको थियो, अहिले १२० जना अध्ययनरत छन्’, सहायक प्रधानाध्यापक गोविन्दप्रसाद कँडेलले भने, ‘छात्रावास सञ्चालनमा आएपछि विद्यार्थी संख्या थपिएको छ, आउँदो शैक्षिक सत्रमा थप २५ बाहिरका विद्यार्थी भर्ना गर्ने लक्ष्य छ ।’

करलिमदेखि जापान, आयरल्याण्ड, अमेरिकालगायत देशमा पुगेका व्यक्तिहरूको सामूहिक पहलमा स्थापित करलिम कल्याण कोषमार्फत उक्त छात्रावास सञ्चालनमा ल्याइएको हो । कोषमा झण्डै दुई करोड जम्मा भइसकेको जनाइएको छ । उक्त कोषका सदस्यसमेत रहेका विद्यालयका शिक्षक रमेश सुवेदीका अनुसार छात्रावाससहित चार जना शिक्षकको खटनपटनमा कोषबाट मासिक डेढ लाखसम्म खर्च हुन्छ ।

‘जापानमा रहनुभएका लक्ष्मणदत्त सुवेदीको परिकल्पनामा कोष खडा भएको हो, करलिमको शैक्षिक विकासमा यो संस्था सक्रिय छ’, उनले भने, ‘कोषले अहिले प्रत्यक्षरूपमा विद्यालयलाई सघाइरहेको छ, शैक्षिक गुणस्तर सुधारमा बढी जोड छ ।’ छात्रावास सञ्चालन भइरहेको सार्वजनिक भवन भने करलिम समाज जापानको सहयोगमा बनेको हो ।

दुवै संस्था करलिमको शैक्षिक, सामाजिक विकासमा क्रियाशील छन् । विद्यार्थी आकर्षित गर्न सङ्गीत कक्षा पनि सञ्चालनको तयारीमा विद्यालय छ । कक्षा ८ सम्मै अंग्रेजी माध्यममा पढाइ हुने गरेको शिक्षक सुवेदीको भनाइ छ । तल्लो तहदेखि नै विद्यार्थी भर्ना बढाउन बालमैत्री सिकाइलाई चुस्त र व्यवस्थित बनाउन लागिएको छ । 

उपल्लो कक्षामा विद्यार्थी बाहिरबाट ल्याइए पनि प्राररम्भिक तहबाटै विद्यार्थी बढाउनुपर्ने चुनौती विद्यालयसँग छ । बालबच्चालाई पढाउने र खाली भएको घरबारी सम्हाल्ने गरी कोही परिवार अन्यत्रबाट आएमा पाँच वर्षसम्म निःशुल्क जग्गा उपलब्ध गराउनेसमेत निर्णय गाउँलेले गरेका छन् । बसाइँसराइले गाउँ नरित्तियोस् र उजाड नहोस् भनेर त्यसो गरिएको हो । विद्यालयका शिक्षक चिरञ्जीवी कँडेलले आउँदो वर्षदेखि प्रवेश परीक्षा लिएर मात्र बाहिरको विद्यार्थीलाई भर्ना गर्ने विषयमा छलफल चलिरहेको बताए । 

‘लामो समयसम्म विद्यालय छाडेको विद्यार्थीलाई ल्याएर राख्दा उसको पढाइ सोचेजसरी अघि बढ्न सकेन, अबदेखि प्रवेश परीक्षा लिएर मात्र राख्ने सोचमा छौँ’ , उनले भने । विद्यालयले सम्बन्धित स्थानीय तहको सिफारिसका आधारमा त्यस्ता बालबालिकालाई भर्ना लिने गरेको छ । 

गत वर्ष विद्यालयका शिक्षक नै विद्यार्थी खोज्न बैतडीसम्म पुगेका थिए । विसं २०४२ तिर १ कक्षामा १०० जनासम्म विद्यार्थी पढाएको विद्यालयले अहिले विद्यार्थी टिकाउन र विद्यालय जोगाउन अनेक जुक्ति निकाल्नुपरेको छ । सहायक प्रअ कँडेलले सरकारले कक्षा १ देखि ५ सम्मका बालबालिकालाई मात्र दिवा खाजाको प्रबन्ध गरेकामा आफूहरूले भने कक्षा ८ सम्मै दिवा खाजा दिने गरेको बताए । 

दिवा खाजामा हुने अतिरिक्त खर्च पनि कोषकै बजेटबाट हुने गरेको छ । विद्यार्थी सङ्ख्या अपुग भएका कारण गाउँकै पुरानो विद्यालय समस्यामा नपरोस् भन्नेमा विद्यालय व्यवस्थापन पक्षपनि सचेत छ । यसअघि सोही ठाउँको गैरीखेतमा रहेको श्रीराम प्राथमिक विद्यालय विद्यार्थी सङ्ख्या न्यून भएपछि करलिम माविमै गाभिएको थियो ।

‘पहिले गाउँ हराभरा थियो, कोही कतै जानुभएको थिएन, एक/दुई घर भन्दाभन्दै अहिले त आधाआधी बस्ती खाली भइसक्यो’, सहायक प्रअ कँडेलले भने, ‘दक्ष जनशक्ति सबै बाहिर छ, गाउँमा घर कुरेर बस्ने बुढाबुढी मात्र छन् ।’

करलिमबाट अधिकांश बसाइँ सरेर चितवन पुगेका छन् । विदेश रोजगारी गर्न जानेको सङ्ख्या पनि उल्लेख्य छ । एक सय ६८ घरधुरी रहेको करलिममा अहिले जम्मा ८० परिवार बस्छन् । तीमध्ये पनि कोही थातथलो छाड्ने तयारीमा छन् । वडाध्यक्ष शिवप्रसाद कँडेलले बसाइँसराइ घटाउन नसकिएको स्वीकार गरे । ‘बसाइँसराइको सिफारिस लिन आइरहनुहुन्छ, हामीले रोक्न नमिल्ने, त्यो उहाँहरूको हक हो’, उनले भने । 

वडाध्यक्ष कँडेलले आफ्नो गाउँ र विद्यालयको भविष्यप्रति प्रवासीले देखाएको चासो र गरेको सहयोग अतुलनीय रहेको उल्लेख गरे । उनले विद्यालयको भौतिक पूर्वाधार र शैक्षिक गुणस्तर सुधारमा वडाको तहबाट सक्दो पहल लिने प्रतिबद्धता जनाए ।  

 

Comments

Popular posts from this blog

नागरिक शिक्षा अर्थ आवश्यक्ता र महत्व

१ नागरिक शिक्षाको अर्थ  नागरिक भनेको कुनै राज्यको निश्चित भौगलिक क्षेत्रभित्र स्थायी बसोबास गर्ने अधिकार र कर्तव्यद्वारा राज्यसँग सम्बन्धित भएको राज्य वा समाजको एक अभिन्न सदस्य हो । नागरिक जसले कुनै राज्यको पहिचान बोकेको हुन्छ । नागरिक भएवापत उसले राज्यबाट नागरिकता प्राप्त गरेको हुन्छ । त्यो नागरिकता उसको राष्ट्रिय पहिचान दिने राष्ट्रिय परिचयपत्र हो तर त्यस नागरिकताले उसको तीन पुस्ते परिचय खुलाउने मात्र नभइ नागरिक राज्यको संबिधानप्रदत्त हक अधिकार र कर्तव्य सृजना गराउँछ । नागरिक अधिकारप्रति जागरुकता, सचेतना, आत्मसम्मान र आत्मनिर्णय जस्ता कुराहरु स्वःत सिर्जना गराई दिन्छ । यसको लागि नागरिकले नागरिकताको महत्व र अर्थ बुझ्न जरुरी छ हुन्छ । यसको अर्थ महत्व नबुझेर लामो समयसम्म ठालुबर्गले शोषण गरे नागरिक रैति र जनता भएर बाँचे ।  त्यसैले नागरिकहरुले आफूले पाएको नागरिकता अनुसार अथवा स्वतन्त्र राज्यको नागरिकको हैसियतले पाउने हक अधिकार कर्तव्य सचेत र जागरुक हुनैपर्छ यसका लागि नागरिक शिक्षाको खाँचो पर्दछ ।  नागरिकलाई संबिधान प्रदत्त हक अधिकार कर्तव्य र कानुनी उपचार बारे सचेत गराउने शि...

img & Video Gallery

आफुलाई कुन कक्षाको चाहिएको हो इमेजमा थिच्नुहोस । Veiw Gradesheet   

शिक्षा क्षेत्रमा २० प्रतिशत बजेट छुट्याउन अनेरास्ववियु क्रान्तिकारीको माग

काठमाडौं ।  नेकपा माओवादी निकट अखिल (क्रान्तिकारी) ले कुल बजेटको २० प्रतिशत शिक्षा क्षेत्रमा छुट्याउनु पर्ने माग गरेको छ । आगामी आर्थिक वर्षको बजेटमा युवा तथा विद्यार्थीबाट सुझाव मागेका अर्थमन्त्री जनार्दन शर्मालाई बिहीबार अखिल क्रान्तिकारीको तर्फबाट १७ बुँदे सुझाव बुझाइएको हो । सुझावमा आधारभूत शिक्षालाई अनिवार्य र निशुल्क गरिनुपर्ने, माध्यमिक शिक्षा निशुल्कको अधिकारलाई पूर्ण कार्यान्वयन गर्नुपर्ने, हरेक वर्ष एउटा आवासिय सुविधासहितको विद्यालय स्थापना गर्नुपर्ने, हरेक मावि तहको विद्यालयमा प्रयोगशाला हुनुपर्ने लगायतका सुझावहरु क्रान्तिकारीले दिएको छ ।  अनेरास्ववियु क्रान्तिकारीले अर्थमन्त्रीलाई बुझाएको सुझावपत्र यस्ताे छः माननीय अर्थमन्त्री ज्यू, अर्थ मन्त्रालय  सिंहदरबार काठमाडौं  बिषय : सुझाव सम्बन्धमा   उपरोक्त सम्बन्धमा माननीय अर्थमन्त्री द्वारा नयाँ आ.व. ०७९/०८० को लागि युवा विद्यार्थी बाट सुझाव संकलन कार्यक्रम राख्नुभएकोमा हाम्रो संगठन अखिल (क्रान्तिकारी) को तर्फबाट सराहना गर्दछौं । तपाईं कोभिड -१९ बाट थिलथिलो भएको अर्थतन्त्र, बदलिएको विश्व  परिवेश...

विद्यालयका कर्मचारीहरु फेरि आन्दोलनमा

विद्यालयका कर्मचारीहरु फेरि आन्दोलनमा सर्लाहीको लालबन्दी नगरपालिका-१६ स्थित श्री डिम जनता माध्यमिक विद्यालयका कार्यालय सहयोगी मात्र हुन्, ६२ वर्षीय धनबहादुर केसी । यतिबेला उनी विद्यालयमा हुनुपर्ने हो । तर, एक सातादेखि काठमाडौंको माइतीघर मण्डलामा तातो घाममा धर्नामा छन् । ०३५ सालदेखि कार्यालय सहयोगीका रूपमा काम गरेका धनबहादुरले न धन कमाउन सके, न जागिरको ग्यारेन्टी नै भयो । उल्टै पटक-पटक उनी विद्यालयबाट निकालिए । थमौती गर्दै बस्दै गरेर उनले ४३ वर्ष काम गरे । सुरुवाती चरणका तीन महिना त उनले निःशुल्क काम गरे । त्यसपछि महिनाको २५ रुपैयाँ पाउन थाले । हाल उनले महिनाको १५ हजार पाउँछन् । तर, उनको जागिर स्थायी भएन ।  हाल जागरिबाट अवकाश हुनेबेला भयो उनको । तर, रित्तो हात फर्कनु पर्ने बाध्यता सुनाउँछन् उनी । त्यसैले सेवा सुविधाको माग गर्दै उनी सिंहदरबारलाई घचघच्याउन काठमाडौं आइपुगेका हुन् । ‘कार्यालय सहयोगी भएरै पूरै जीवन बित्यो तर रित्तो हात कामबाट बिदा लिनुपर्ने स्थिति छ । राज्यले हामीलाई उपेक्षा गर्‍यो,’ सिंहदरबारतर्फ उनी औँला तेर्साउँदै भन्छन्, ‘एक साता भयो तातो घाममा बस...

Followers