Skip to main content

ब्रिक्स (BRICS) के हो ? नेपाल किन गएनन् भाग लिन ?

विद्यालय जोगाउन जुक्ति

अछामका भरत साउद बाग्लुङको काठेखोला गाउँपालिका-५ स्थित करलिम आधारभूत विद्यालयलको कक्षा ३ मा पढ्छन् । उनलाई विद्यालयले निःशुल्क पढाइसहित छात्रावासको सुविधा दिएको छ । उनसँगै अछामका ८, बैतडी र हुम्लाका एक/एक जना विद्यार्थी सो विद्यालयमा पढ्छन् ।

विद्यालय सेवा क्षेत्र बाहिरको निसीखोला गाउँपालिकाका १२ जना विद्यार्थी पनि त्यहाँ अध्ययनरत छन् । परिवारको आर्थिक स्थिति कमजोर भएका, अभिभावकविहीन र पढाइबाट बञ्चित बालबालिकालाई विद्यालयले छात्रावासमा राखेर पढाउने गरेको छ । जिल्ला बाहिरका विद्यार्थीलाई पनि करलिममा ल्याएर पढाउने योजना यत्तिकै बनेको भने होइन ।

करलिम तीव्र बसाइँसराइले प्रभावित गाउँ हो । सुविधाका लागि शहर र विदेशको मोहले घरहरू रित्तिँदै गए । जसको प्रभाव विद्यालयमा पनि पर्यो । विद्यार्थी घट्न थाले । विद्यालय नै संकटमा पर्ला कि भन्ने चिन्ताले करलिमवासीलाई पिरोल्न थाल्यो । उनीहरूले गाउँ पनि उजाडिन नदिने र विद्यालय पनि जोगाउने उपाय रचे ।

त्यस अभियानमा सबैभन्दा बढी करलिमबाट अध्ययन र रोजागारीमा गएका प्रवासीहरूले नै ठूलो आडभरोसा दिए । त्यसकै उपज विद्यालयमा सुविधायुक्त छात्रावास खुलेको छ । बैतडीसम्मका विद्यार्थीले निःशुल्क पढ्न पाएका छन् । विद्यालयको शिक्षण सिकाइ सुधारोन्मुख छ । विद्यार्थी संख्या बढ्दो छ ।

‘अघिल्लो वर्ष विद्यार्थी घटेर ९० सम्म पुगेको थियो, अहिले १२० जना अध्ययनरत छन्’, सहायक प्रधानाध्यापक गोविन्दप्रसाद कँडेलले भने, ‘छात्रावास सञ्चालनमा आएपछि विद्यार्थी संख्या थपिएको छ, आउँदो शैक्षिक सत्रमा थप २५ बाहिरका विद्यार्थी भर्ना गर्ने लक्ष्य छ ।’

करलिमदेखि जापान, आयरल्याण्ड, अमेरिकालगायत देशमा पुगेका व्यक्तिहरूको सामूहिक पहलमा स्थापित करलिम कल्याण कोषमार्फत उक्त छात्रावास सञ्चालनमा ल्याइएको हो । कोषमा झण्डै दुई करोड जम्मा भइसकेको जनाइएको छ । उक्त कोषका सदस्यसमेत रहेका विद्यालयका शिक्षक रमेश सुवेदीका अनुसार छात्रावाससहित चार जना शिक्षकको खटनपटनमा कोषबाट मासिक डेढ लाखसम्म खर्च हुन्छ ।

‘जापानमा रहनुभएका लक्ष्मणदत्त सुवेदीको परिकल्पनामा कोष खडा भएको हो, करलिमको शैक्षिक विकासमा यो संस्था सक्रिय छ’, उनले भने, ‘कोषले अहिले प्रत्यक्षरूपमा विद्यालयलाई सघाइरहेको छ, शैक्षिक गुणस्तर सुधारमा बढी जोड छ ।’ छात्रावास सञ्चालन भइरहेको सार्वजनिक भवन भने करलिम समाज जापानको सहयोगमा बनेको हो ।

दुवै संस्था करलिमको शैक्षिक, सामाजिक विकासमा क्रियाशील छन् । विद्यार्थी आकर्षित गर्न सङ्गीत कक्षा पनि सञ्चालनको तयारीमा विद्यालय छ । कक्षा ८ सम्मै अंग्रेजी माध्यममा पढाइ हुने गरेको शिक्षक सुवेदीको भनाइ छ । तल्लो तहदेखि नै विद्यार्थी भर्ना बढाउन बालमैत्री सिकाइलाई चुस्त र व्यवस्थित बनाउन लागिएको छ । 

उपल्लो कक्षामा विद्यार्थी बाहिरबाट ल्याइए पनि प्राररम्भिक तहबाटै विद्यार्थी बढाउनुपर्ने चुनौती विद्यालयसँग छ । बालबच्चालाई पढाउने र खाली भएको घरबारी सम्हाल्ने गरी कोही परिवार अन्यत्रबाट आएमा पाँच वर्षसम्म निःशुल्क जग्गा उपलब्ध गराउनेसमेत निर्णय गाउँलेले गरेका छन् । बसाइँसराइले गाउँ नरित्तियोस् र उजाड नहोस् भनेर त्यसो गरिएको हो । विद्यालयका शिक्षक चिरञ्जीवी कँडेलले आउँदो वर्षदेखि प्रवेश परीक्षा लिएर मात्र बाहिरको विद्यार्थीलाई भर्ना गर्ने विषयमा छलफल चलिरहेको बताए । 

‘लामो समयसम्म विद्यालय छाडेको विद्यार्थीलाई ल्याएर राख्दा उसको पढाइ सोचेजसरी अघि बढ्न सकेन, अबदेखि प्रवेश परीक्षा लिएर मात्र राख्ने सोचमा छौँ’ , उनले भने । विद्यालयले सम्बन्धित स्थानीय तहको सिफारिसका आधारमा त्यस्ता बालबालिकालाई भर्ना लिने गरेको छ । 

गत वर्ष विद्यालयका शिक्षक नै विद्यार्थी खोज्न बैतडीसम्म पुगेका थिए । विसं २०४२ तिर १ कक्षामा १०० जनासम्म विद्यार्थी पढाएको विद्यालयले अहिले विद्यार्थी टिकाउन र विद्यालय जोगाउन अनेक जुक्ति निकाल्नुपरेको छ । सहायक प्रअ कँडेलले सरकारले कक्षा १ देखि ५ सम्मका बालबालिकालाई मात्र दिवा खाजाको प्रबन्ध गरेकामा आफूहरूले भने कक्षा ८ सम्मै दिवा खाजा दिने गरेको बताए । 

दिवा खाजामा हुने अतिरिक्त खर्च पनि कोषकै बजेटबाट हुने गरेको छ । विद्यार्थी सङ्ख्या अपुग भएका कारण गाउँकै पुरानो विद्यालय समस्यामा नपरोस् भन्नेमा विद्यालय व्यवस्थापन पक्षपनि सचेत छ । यसअघि सोही ठाउँको गैरीखेतमा रहेको श्रीराम प्राथमिक विद्यालय विद्यार्थी सङ्ख्या न्यून भएपछि करलिम माविमै गाभिएको थियो ।

‘पहिले गाउँ हराभरा थियो, कोही कतै जानुभएको थिएन, एक/दुई घर भन्दाभन्दै अहिले त आधाआधी बस्ती खाली भइसक्यो’, सहायक प्रअ कँडेलले भने, ‘दक्ष जनशक्ति सबै बाहिर छ, गाउँमा घर कुरेर बस्ने बुढाबुढी मात्र छन् ।’

करलिमबाट अधिकांश बसाइँ सरेर चितवन पुगेका छन् । विदेश रोजगारी गर्न जानेको सङ्ख्या पनि उल्लेख्य छ । एक सय ६८ घरधुरी रहेको करलिममा अहिले जम्मा ८० परिवार बस्छन् । तीमध्ये पनि कोही थातथलो छाड्ने तयारीमा छन् । वडाध्यक्ष शिवप्रसाद कँडेलले बसाइँसराइ घटाउन नसकिएको स्वीकार गरे । ‘बसाइँसराइको सिफारिस लिन आइरहनुहुन्छ, हामीले रोक्न नमिल्ने, त्यो उहाँहरूको हक हो’, उनले भने । 

वडाध्यक्ष कँडेलले आफ्नो गाउँ र विद्यालयको भविष्यप्रति प्रवासीले देखाएको चासो र गरेको सहयोग अतुलनीय रहेको उल्लेख गरे । उनले विद्यालयको भौतिक पूर्वाधार र शैक्षिक गुणस्तर सुधारमा वडाको तहबाट सक्दो पहल लिने प्रतिबद्धता जनाए ।  

 

Comments

Popular posts from this blog

शिक्षक सेवा आयोग (TSC) मा भर्खरै नियुक्त हुनुभएका नवनियुक्त पदाधिकारीहरूको छोटो परिचय

शिक्षक सेवा आयोगमा नयाँ पदाधिकारीहरु नियुक्त      शिक्षक सेवा आयोग (TSC) मा भर्खरै नियुक्त हुनुभएका नवनियुक्त पदाधिकारीहरू  बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले डा. हरिप्रसाद लम्सालकाे अध्यक्षतामा तीन सदस्यीय शिक्षक सेवा आयोग पदाधिकारीहरु नियुक्त गरेको छ। आयोगका अन्य दुई सदस्यहरुमा रामशरण सापकोटा र विष्णु घिमिरे रिमाल रहेका छन् । शिक्षक सेवा आयोग एेन २०२८ अनुसार शिक्षक सेवा आयोगमा एक महिलासहित तीन सदस्य रहने व्यविस्था छ ।  डा. हरिप्रसाद लम्साल नेपाल सरकारको पूर्व सचिव रहिसक्नुभएका उहाँले शिक्षा मन्त्रालयको प्रवक्ता तथा सहसचिव र सुदूरपश्चिम प्रदेशको प्रमुख सचिव लगायतका उच्च प्रशासनिक पदहरूमा रहेर लामो समय शिक्षा क्षेत्र र निजामती सेवामा रहेर काम गरिसक्नु भएको छ । तस्बिरको तल बायाँपट्टि रहनुभएका ब्यक्ति रामशरण सापकोटा हुन् । उहाँ आयोगको खुला सदस्य पदमा नियुक्त हुनुभएको हो। उहाँ मकवानपुर जिल्लाका बासिन्दा हुनुहुन्छ। उहाँ पनि शिक्षा र प्रशासन क्षेत्रको विशेष अनुभव बोकेका व्यक्तित्व हुनुहुन्छ। यसैगरी   तस्बिरको तल दायाँपट्टि रहनुभएकी अर्का ब्यक्ति  वि...

ब्रिक्स (BRICS) के हो ? नेपाल किन गएनन् भाग लिन ?

THE GRAZONE :As criticism grows over landslide inaction, leaks show Nepal’s new leaders groomed by US regime change outfit

fairnepal.com As criticism grows over landslide inaction, leaks show Nepal’s new leaders groomed by US regime change outfit Kit Klarenberg and Wyatt Reed · September 9, 2026 As public anger against the Nepalese government mounts after deadly landslides in Nepal, files show the country’s new prime minister and several of his colleagues came to power thanks in part to a covert program sponsored by the US government. Eight months before a deadly landslide in Nepal claimed over 1,000 lives this September, the country’s new leaders emerged for the first time. It was December 2025, and a meeting had just been held in Kathmandu between the city’s rapper-turned-mayor, Balen Shah, and the head of the Rastriya Swatantra Party (RSP), Rabi Lamichhane. Having seized power after the bloody unrest which rocked Nepal just a few months prior, the pair immediately put forward a seven-point plan pledging to root out “corruption and poor governance,” and to replace it with “good governance, prosperity, ...

रक्षा बम र ग्रेटा थुनबर्गको जलवायु न्यायसम्बन्धी सन्देश

जलवायु न्यायका लागि नेपालको आवाज · ब्लग 🌍 रक्षा बम · ग्रेटा थुनबर्ग · जलवायु न्याय जलवायु न्यायका लागि नेपालको आवाज रक्षा बमको अन्तर्राष्ट्रिय आवाज र ग्रेटा थुनबर्गको जलवायु न्यायसम्बन्धी सन्देश “हामीलाई दान होइन, न्याय र क्षतिपूर्ति चाहिन्छ।” — रक्षा बम, नोबेल शान्ति सम्मेलन, ओस्लो 🇳🇵 नेपाली आवाज रक्षा बम : अन्तर्राष्ट्रिय मञ्चमा नेपालको जलवायु न्यायको आवाज नर्वेको ओस्लोमा आयोजित नोबेल शान्ति सम्मेलनमा मन्तव्य राख्दै युवा जलवायु अभियन्ता रक्षा बम नोबेल पिस फोरममा रक्षा बमले राखेको यो अभिव्यक्ति नेपालको लागि विश्व समुदायमा प्रवेश गर्ने प्रस्थान बिन्दु हो। एक जना युवाले अन्तर्राष्ट्रिय फोरममा यति कुरा राख्नु नेपालको लागि अवसर हो। अब राज्य तहबाट नै यही आवाजका साथ विश्व फोरममा जानुपर्छ। नर्वेको ओस्लोमा आयोजित Nobel Peace Conference मा Read more...

Contact form

Name

Email *

Message *

Translate

Follow us:
facebook sharing button
twitter sharing button
instagram sharing button
youtube sharing button
messenger sharing button
blogger sharing button

Life Post

5/block/Health Beauty