Skip to main content

डोनाल्ड ट्रम्पले सी जिनपिङलाई किन चीलको मूर्ति (The bald eagle ) उपहार दिए ?

डोनाल्ड ट्रम्पले चिनियाँ राष्ट्रपति सी जिनपिङलाई किन दिए चीलको मूर्ति?  यसको प्रतीकात्मक अर्थ के हो? US President Donald Trump gifted Chinese President Xi Jinping a bald eagle statue because it is the official national symbol of the United States and represents America's "free and soaring spirit." अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ह्वाइट हाउसमा आयोजित राजकीय रात्रिभोजका क्रममा चिनियाँ राष्ट्रपति सी जिनपिङलाई उपहारस्वरूप अमेरिकी राष्ट्रिय प्रतीक बाल्ड इगल (Bald Eagle) को विशेष मूर्ति प्रदान गरेका छन्। करिब तीन फिट अग्लो उक्त मूर्ति अमेरिकाको राष्ट्रिय पहिचान, स्वतन्त्रता र गौरवको प्रतीकका रूपमा प्रस्तुत गरिएको थियो। 🦅 ट्रम्पले चीलको मूर्ति दिनुको कारण अमेरिकाको राष्ट्रिय प्रतीक: बाल्ड इगल उत्तर अमेरिकामा पाइने चरा हो। यो अमेरिकाको राष्ट्रिय प्रतीक हो र यसले अमेरिकी स्वतन्त्रता, शक्ति, गौरव तथा उचाइमा उड्ने स्वतन्त्र भावनाको प्रतिनिधित्व गर्छ। व्यक्तिगत सम्बन्धको झल्को: ट्रम्पका अनुसार उक्त मूर्ति एक अस...

शिक्षाबारे गन्थन र मन्थन

 शिक्षाबारे गन्थन र मन्थन

facebook sharing button Share
twitter sharing button Tweet
messenger sharing button Share
email sharing button Email
sharethis sharing button Share
शिक्षालाई जीवन र जगतका लागि अपरिहार्य अवयवको रुपमा मानिन्छ । नेपालमा शिक्षा गुरुकुलबाट प्रारम्भ भएको लिखत प्रमाण भएता पनि ब्यवहारिक रुपमा शिक्षाको शुरुवाति क्षेत्र भने आमाले छोरीलाई र बाबुले छोरालाई जीवन सञ्चालन गर्न घरायसी कामकाजमा परामर्श तथा म्यानुफेक्चरिङ्ग शिक्षा दिएको कुरा जग जाहेर नै छ र जुन शिक्षा आज पनि उत्तिकै जीवन्त र सार्थक मानिन्छ । नेपालले शिक्षा विकासको क्रममा गुरुकूल , संस्कृत , पाठशाला हुँदै औपचारिक , अनौपचारिक र अरितिकको रुप धारण गरी विश्वको अत्याधुनिक शिक्षा ( Post Modern Education ) लाई पछ्याउदै आएको पाईन्छ । अहिले सूचना तथा सञ्चारको कारणले गर्दा सिङ्गै  संसार विश्व ग्रामको परिभाषाभित्र सिमित रहेको परिप्रेक्षमा नेपालमा पनि शैक्षिक परिवर्तनको प्रभाव पर्नु स्वभाविकै हो भने अर्कोतर्फ नेपालमा पटक पटक हुँने राजनीतिक परिवर्तनका कारणले शिक्षा क्षेत्र प्रभावमा पर्दै आएको छ । सन् १९६० को दशकदेखि हालसम्म विश्वमा शिक्षाले फड्को मार्ने क्रम जारी रहेको भएता पनि नेपाली शिक्षा भने २००७ सालमा प्रजातन्त्रको स्थापना भएपछि मात्र विकासतर्फ वामे सरेको भएता पनि हालसम्म उत्पादनको दृष्टिकोणले सन्तोषप्रद मान्न सकिने अवस्थामा देखिदैन ।  यसका कारक तत्वहरुमा राष्ट्रिय शिक्षा नीति, अस्थिर राजनितिक अवस्था , भौगोलिक विकटता , गरीवी, संस्कार, ईच्छा शक्ति, शासन प्रणाली लगायतका कुराहरु नै प्रमुख कारक तत्वका रुपमा मानिन्छन् । 

२०७२ को नेपालको संविधान अनुरुप मुलुक संघीय संरचनामा प्रवेश गरे पश्चात् नेपालमा संघ र प्रदेश सभाको निर्वाचन भैसकेको छ र आम नेपालीहरुले शिक्षा मन्त्रालय लगायत सरोकारवाला सबैसँग शिक्षामार्फत जीवनस्तरमा सकारात्मक परिवर्तनको ब्यग्र आशा गरेको कुरा उत्तिकै टड्कारो रुपमा रहेको पाईन्छ तर शिक्षा विकासको अभिभावनको जिम्मा लिएको शिक्षा मन्त्रालय अहिले आएर आफै विरामी अवस्थामा थलिएको छ अनि गृह मन्त्रालयको उपचार खोजिरहेको देखिन्छ । यसले के इङ्गित गर्दै छ भने नेपालको शिक्षा अब पुनर्संरचनातर्फ उन्मुख हँुदै छ । हामी सबैलाई विदितै छ कि “शिक्षा सपारे सबै सप्रिन्छ र शिक्षा विगारे सबै विग्रन्छ । ” (If education goes wrong , Nothing will go right) के अब नेपालमा शिक्षाले संजीवनी बुटी पाउला त ? यो प्रश्न अहिले जताततै अनुत्तरित रहेको छ । २०७२ सालको नेपालको संविधानमा उल्लेखित धारा ३१ मा शिक्षा सम्बन्धि ५ वटा हकहरुको ब्यवस्था गरिएको छ  जसमा प्रत्येक नागरिकलाई आधारभूत शिक्षामा पहुँचको हक , आधारभूत तहसम्मको शिक्षा अनिवार्य र निःशुल्क तथा माध्यमिक तहसम्मकोे शिक्षा निःशुल्क पाउने हक , अपाङ्गता भएका र आर्थिक रुपले विपन्न नागरिकलाई कानूनवमोजिम् निःशुल्क शिक्षा पाउने हक, दृष्टिविहिन नागरिकलाई ब्रेललिपि तथा बहिरा र स्वर वा बोलाईसम्बन्धी अपाङ्गता भएका नागरिकलाई साङ्केतिक भाषाको माध्यमबाट कानूनवमोजिम् निःशुल्क शिक्षा पाउने हक र कानून वमोजिम् आफ्नो मातृ भाषामा शिक्षा पाउने र त्यसका लागि विद्यालय तथा शैक्षिक संस्था खोल्ने र संचालन गर्ने हकको ब्यवस्था गरिएको छ ।



अर्कोतर्फ २०७२ सालको नेपालको संविधानको अनुसूची – ८ मा स्थानीय तहको अधिकारको सूची अन्तर्गत आधारभूत र माध्यमिक शिक्षा रहेको छ । यसैलाई मध्येनजर राखी स्थानीय सरकार सञ्चालन ऐन , २०७४ को परिच्छेद ३ को ११ ज. मा  २३ वटा अधिकार क्षेत्र तोकिएको छ । ती मध्ये मूल रुपमा विद्यालयको नक्शाङ्कन , अनुमति, स्वीकृति , समायोजन तथा नियमन चुनौतिको रुपमा रहेको छ किनभने विगतमा आवश्यकताका आधार ( Need Base ) मा नभै मनपरी (Greed Base) ढंगले खोलिएका सामुदायिक र संस्थागत विद्यालयहरुले सम्बन्धित निकायको टाउको दुखाएको छ । अर्कोतर्फ यस्ता विद्यालयको उचित समाधान नहुँदै नयाँ विद्यालयहरुलाई अनुमति र स्थानान्तरणका लागि कदम चाल्न पनि स्थानीय तहलाई चुनौति रहेको छ ।  यसरी नेपालमा राजनैतिक ब्यवस्था परिवर्तन भएतापनि शिक्षा क्षेत्रको अवस्था भने परिवर्तन हुन कठिन रहेको तथ्य हामी सबैको सामु  जगजाहेर रहेको छ ।  

अर्को कुरा, हामी सबैले सुन्ने प्रश्न भनेको शैक्षिक गुणस्तर (Quality) को रहेको छ । अनि गुणस्तर के हो त ? मलाई लाग्छ कि गुणस्तर भनेको सरोकारवालाले चाहेको कुरा वा वस्तु हो । उसो भए मानौ “एक जना ˋAˋ भन्ने विद्यार्थी नियमित विद्यालय जाँदैन तर घरमा डोको बुन्न सक्छ र शिक्षकले वार्षिक परीक्षामा डोको कसरी बुनिन्छ भनेर लिखित परीक्षाका लागि प्रश्न दिए तर उसले सैद्घान्तिक कुरा लेख्न सकेन  अनि परीक्षामा अनुत्तीर्ण भयो ।” 

“अर्को ˋBˋ भन्ने विद्यार्थी नियमित विद्यालय जान्छ तर घरमा डोको बुन्न सक्दैन र शिक्षकले वार्षिक परीक्षामा डोको कसरी बुनिन्छ भनेर लिखित परीक्षाका लागि प्रश्न दिए तर  उसले सैद्घान्तिक कुरा लेख्न सक्यो, अनि परीक्षामा उत्तीर्ण पनि भयो । 

अब हामी सबै सामु प्रश्न उठ्छ कि माथी उल्लेख गरिएकोमध्ये कुन कुरा  सरोकारवाला चाहन्छ ? पक्कै पनि ब्यावहारिक कुरा ˋAˋ कै होला । यी र यस्तै हजारौं दृष्टान्तहरु हाम्रो मनपेटमा रहेका छन् तर पनि ङिच्च दाँत पार्दै हामी गुणस्तर खोज्न भौंतारिरहेका छौं कस्तुरीले विना खोजे  झैं । हाम्रो शिक्षा साक्षर भयो तर सक्षम भएन । हाम्रो शिक्षा नामको भयो तर कामको भएन । हाम्रो शिक्षा साँच्नका लागि भयो तर बाँच्नका लागि भएन । बिडम्बना , हामी शिक्षित भयौं तर सीपालु भएनौं । अब कति दिन यस्तो शिक्षामा लुकामारी खेल्ने त ? बेलैमा सोच्नु जरुरी भैसकेको छैन त अब ? त्यसो भए के गर्ने त ?

सुन्दा अचम्म लाग्ला तर अबको शिक्षा विद्यालयमा होईन खेतवारीमा दिनुपर्छ , अबको शिक्षा विद्यालयमा होईन फलफूल बगैँचामा दिनुपर्छ , अबको शिक्षा विद्यालयमा होईन पशुपालन क्षेत्रमा  दिनुपर्छ , अबको शिक्षा विद्यालयमा होईन  कारखानामा दिनुपर्छ , अबको शिक्षा विद्यालयमा होईन अटो मोवाइल सेन्टरमा दिनुपर्छ , अबको शिक्षा विद्यालयमा होईन सडक निर्माण स्थलमा दिनुपर्छ । 
त्यसै गरेर अब शिक्षक छनोट गर्दा योग्यता (Qualification) भएको होइन क्षमतावान  ( Capable ) ब्यक्ति छनौट गर्नुपर्छ अनि मात्र हुनेछ शिक्षा क्षेत्रमा तरक्की । यसै गरी अबको शिक्षा प्रदान गर्ने ब्यक्ति पनि फरक हुनुपर्छ । योग्यताको कसी लागेको होईन , क्षमताको कसी लागेको हुनु पर्छ । ब्यवहारिक र ब्यवसायिक शिक्षा अब किसान, सिकर्मी, डकर्मी, डोको, नाम्लो बुन्ने ब्यक्ति, फलाम, पित्तल, तामाको काम गर्ने ब्यक्ति, सिलाई बुनाई गर्ने ब्यक्ति , हस्तकला , चित्रकलामा दक्ष ब्यक्ति लगायतकै ब्यक्तिबाट दिइनुपर्छ जसले नेपालमा हरेक नेपालीकोे सहजै जीवनयापन हुने र आर्थिक अवस्था पनि सुधार हुन जान्छ । 



यसै गरेर मूल रुपमा  विद्यालय शिक्षा क्षेत्रमा पराक्रम  गर्ने र परिक्रमा गर्ने २ प्रकारका शिक्षकहरु कार्यरत रहेका छन् । अब परिवर्तित सन्दर्भमा शिक्षा क्षेत्रमा समर्पित र पराक्रमी शिक्षकहरुको क्षमतालाई दोहन गरेर राज्यले शैक्षिक विकासमा जोड दिनुपर्छ भने सत्ता र शक्तिको दुरुपयोग गरी त्यसकै वरीपरी परिक्रमा गर्ने अर्थात् घुम्ने तर विद्यालय नजाने र पठनपाठन नगर्ने शिक्षकहरुलाई  तत्काल विदाइ गरिनुपर्छ । अर्को कुरा विद्यालय ब्यबस्थापन समिति , शिक्षक अभिभावक संघ जिम्मेवार हुनुपर्ने तथा स्थानीय तहले अधिकारको सही सदुपयोग गर्नुपर्छ । किनकी शिक्षा सबैका सरोकारको विषय हो । एउटा डाक्टरको उपचार गलत भएमा एक जना विरामीको भविष्य विग्रन्छ तर एउटा शिक्षकको पठनपाठन गलत भएमा लाखौंको भविष्य विग्रन्छ । 
 यसै गरेर अबको अभिभावक आफ्ना बालबालिकाको शारीरिक , मानसिक , नैतिक , संवेगात्मक अवस्था बुझ्न जिज्ञासा राख्ने हुनुपर्छ र पाउन जान्ने होइन , पाल्न जान्ने हुनुपर्छ भने विद्यार्थी जिज्ञाषु , लगनशील, समर्पित र सदाचारी हुनुपर्छ । 

संक्षेपमा भन्नुपर्दा , जिम्मेवार निकायले नेपालको शिक्षालाई संघीय प्रणाली अनुरुप रुपान्तरित गरेर जनप्रतिनिधिलाई जागरुक , अभिभावकलाई अग्रसर , शिक्षकलाई सिपालु , विद्यार्थीलाई विद्वत बनाउने संयन्त्र ( Mechanism  ) को विकास र विस्तार गरी शिक्षालाई सूचना र संचार प्रविधि मैत्री बनाएर विश्व परिवेशसँग हातेमालो गर्न सक्ने सक्षम तथा नैतिकवान नागरीक निर्माण गर्नु अहिलेको आवश्यकता रहेको छ । यसका लागि हामी सबै जागौँ अनि लागौँ ।  


Pradip Timalsina

Pradip Timalsina


Comments

Popular posts from this blog

संयुक्त राष्ट्रसंघको ८१औँ महासभा (#UNGA81) मा परराष्ट्रमन्त्री माननीय शिशिर खनालको सम्बोधन

  Facebook Facebook Facebook Facebook Facebook Facebook Facebook Facebook Facebook Facebook Facebook Facebook Facebook Facebook Facebook Facebook Facebook Facebook Facebook Facebook Facebook Facebook Facebook Facebook Facebook Facebook Facebook Facebook Facebook Facebook Facebook Facebook Facebook संयुक्त राष्ट्रसंघको मुख्यालयमा आज आयोजित Climate Action and Just Transition सम्बन्धी उच्चस्तरीय बैठकलाई सम्बोधन गर्दै परराष्ट्रमन्त्री माननीय शिशिर खनालले जलवायु परिवर्तनसम्बन्धी प्रतिबद्धतालाई अब निर्णायक रूपमा कार्यान्वयनमा रूपान्तरण गर्न अन्तर्राष्ट्रिय समुदायलाई आग्रह गर्नुभएको छ नेपालमा हालै आएको विनाशकारी बाढीलाई ‘Himalayan Tsunami’ का रूपमा उल्लेख गर्दै मन्त्री खनालले उक्त विपद्बाट ५ अर्ब अमेरिकी डलरभन्दा बढीको क्षति भएको र यो नेपालको कुल गार्हस्थ्य उत्पादन (GDP) को करिब १५ प्रतिशत बराबर रहेको जानकारी गराउनुभयो। विश्वव्यापी हरितगृह ग्यास उत्सर्जनमा नेपालको योगदान ०.१ प्रतिशतभन्दा कम भए पनि जलवायु संकटका असमान र गम्भीर प्रभाव नेपालले भोगिरहेको उल्लेख गर्दै उहाँले यो केवल मानवीय संक...

सर्वोच्चले भन्यो ‘अन्य प्रमाणबाट पनि श्रीमान्–श्रीमतीको नाता पुष्टि हुन सक्छ’

सर्वोच्चले भन्यो– ‘अन्य प्रमाणबाट पनि नाता पुष्टि हुन सक्छ’ सर्वोच्च अदालतले श्रीमान्–श्रीमतीको नाता कायम गर्न विवाह दर्ताको प्रमाणपत्र बाध्यकारी नभएको व्याख्या गरेको छ। प्रमाणपत्र अनिवार्य र अपरिहार्य नहुने भन्दै सर्वोच्चले फैसलाको पूर्णपाठमा उल्लेख गरेको छ। आपसी सल्लाहमा मन्दिरमा गएर विवाह गरेका, त्यसपछि डेरा लिएर पतिपत्नीको रूपमा बसेका तर विवाह दर्तालगायत कुनै पनि प्रक्रिया पूरा नगरेको अवस्थामा समेत विवाहित मान्न मिल्ने फैसलाको पूर्णपाठमा उल्लेख छ।  एक किशोर–किशोरीको नाता सम्बन्ध विवादमा सर्वोच्च अदालतले ‘पतिपत्नीको रूपमा एकअर्कालाई स्वीकारेको अवस्थामा नाता प्रमाणित गर्न विवाह दर्ता अनिवार्य नहुने’ भनेको छ। ‘विधायिकाले कुनै कार्यबाट एक अर्कालाई पति–पत्नीको रूपमा स्वीकार गरेमा विवाह भएको मानिने भनी कानुनी आधार बनाएको थियो,’ सर्वोच्च अदालतले व्याख्यामा भनेको छ, ‘प्रत्यक्ष प्रमाणको अभाव भए पनि वैवाहिक सम्बन्ध देखिने अन्य सान्दर्भिक प्रमाण र परिस्थितिजन्य प्रमाणबाट निष्कर्षमा पुग्नुपर्ने हुन्छ।’ २०६४ सालमा विराटनगरस्थित मेट्रोपोलिस क्याम्पसमा उच्च तहको अध्ययन गरिरहेका बेला सुनसरीकी ...

डोनाल्ड ट्रम्पले सी जिनपिङलाई किन चीलको मूर्ति (The bald eagle ) उपहार दिए ?

डोनाल्ड ट्रम्पले चिनियाँ राष्ट्रपति सी जिनपिङलाई किन दिए चीलको मूर्ति?  यसको प्रतीकात्मक अर्थ के हो? US President Donald Trump gifted Chinese President Xi Jinping a bald eagle statue because it is the official national symbol of the United States and represents America's "free and soaring spirit." अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ह्वाइट हाउसमा आयोजित राजकीय रात्रिभोजका क्रममा चिनियाँ राष्ट्रपति सी जिनपिङलाई उपहारस्वरूप अमेरिकी राष्ट्रिय प्रतीक बाल्ड इगल (Bald Eagle) को विशेष मूर्ति प्रदान गरेका छन्। करिब तीन फिट अग्लो उक्त मूर्ति अमेरिकाको राष्ट्रिय पहिचान, स्वतन्त्रता र गौरवको प्रतीकका रूपमा प्रस्तुत गरिएको थियो। 🦅 ट्रम्पले चीलको मूर्ति दिनुको कारण अमेरिकाको राष्ट्रिय प्रतीक: बाल्ड इगल उत्तर अमेरिकामा पाइने चरा हो। यो अमेरिकाको राष्ट्रिय प्रतीक हो र यसले अमेरिकी स्वतन्त्रता, शक्ति, गौरव तथा उचाइमा उड्ने स्वतन्त्र भावनाको प्रतिनिधित्व गर्छ। व्यक्तिगत सम्बन्धको झल्को: ट्रम्पका अनुसार उक्त मूर्ति एक अस...

Proposal for Thesis

 १. शोध शीर्षक  अध्ययन गर्न गइरहेको प्रस्तावित शोधपत्रको शीर्षक कक्षा ८ मा अध्ययनरत सर्लाही जिल्लाका सामुदायिक विद्यालयका अध्ययनरत तामाङ विद्यार्थीहरूको सस्वरपठन सीप अवस्थाको एक अध्ययन” रहने छ ।  २. शोधको प्रयोजन प्रस्तावित शोधपत्र त्रिभुवन विश्वविद्यालय शिक्षाशास्त्र सङ्काय, नेपाली भाषा शिक्षा विभागअन्तर्गत स्नातकोत्तर तह नेपाली दोस्रो वर्षको पाठ्यांश ५९८ को उद्देश्य पूरा गर्ने प्रयोजनका निमित्त रहने छ ।  ३. समस्था कथन  भाषा सञ्चार आदनप्रदान गर्ने मुख्य माध्यम हो । भाषाको विकासले नै वालबालिकाको सिकाइ क्षमतामा बृद्धि ल्याउँछ । भाषा विकासमा सुनाइ, बोलाइ, पढाइ र लेखाइ गरी चारवटा सीप विकास हुनु जरुरी हुन्छ । नेपालको सन्दर्भमा नेपाली भाषाको विकासलाई मुख्य जोड दिई सानै कक्षादेखि नै नेपाली भाषाको विषयलाई अनिवार्य गराइ पठनपाठन हुँदै आइरहेको छ । भाषाको विकासमा विभिन्न तत्वहरुले प्रभाव पार्दछ जसका कारणले भाषामा त्रुटि हुने गर्दछ ।  कुनै पनि भाषा सिकाइका क्रममा त्रुटि हुनुलाई स्वाभाविक प्रक्रिया मानिन्छ । त्रुटिले भाषा सिकाइमा सिकाइको प्रकृति तथा प्रवृत्...

Contact form

Name

Email *

Message *

Translate

Follow us:
facebook sharing button
twitter sharing button
instagram sharing button
youtube sharing button
messenger sharing button
blogger sharing button

Life Post

5/block/Health Beauty