Skip to main content

संविधान विपरीत सरकार नै असुल्छ विद्यार्थीबाट पैसा

  संविधान विपरीत सरकार नै असुल्छ विद्यार्थीबाट पैसा News Summary Generated by OK AI. Editorially reviewed. सरकारले विद्यार्थीबाट उठाइरहेको शुल्क गैरकानूनी रहेको शिक्षा क्षेत्रका सरोकारवाला एवं विज्ञहरूको जिकिर छ । विद्यालय सञ्चालनको लागि कुनै न कुनै रूपमा शुल्क लिन बाध्य भएको प्रधानाध्यापकहरू स्वीकार्छन् । महालेखा परीक्षकको कार्यालयले विद्यार्थीबाट विभिन्न शीर्षकमा लिइरहेको शुल्कबारे प्रश्न उठाएको छ । ३० जेठ, काठमाडौं । सानोठिमीस्थित परीक्षा नियन्त्रण कार्यालयको कम्पाउण्डमा प्रत्येक दिन विद्यार्थीको लामो लाइन लाग्छ । बिहान १० नबज्दै लामबद्ध भएका विद्यार्थी कोही प्रमाणपत्र बनाउन, कोही हराएको प्रमाणपत्रको प्रतिलिपि लिन त्यहाँ पुगेका हुन् । त्यही लाइनमा थिए, बाराबाट आएका सुरेश सुनार । उनले भने, ‘एसईईको मूल प्रमाणपत्र हराएपछि प्रतिलिपि लिन आएको हुँ । ५०० रुपैयाँ शुल्क तिरें ।’ काठमाडौं कपनबाट प्रमाणपत्र प्रमाणीकरण गर्न गएकी निरुमाया श्रेष्ठले पनि १ हजार रुपैयाँ राजस्व बुझाइन् । प्रमाणपत्र सच्याउन सल्यानबाट आएका कमल चन्दले पनि ५०० राजस्व बुझाए । ‘शुल्क लाग्छ भनेपछि तिर्नै पर्‍यो नि’ उनी...

हामी what पढाउछौ तर जिजेनहरु how सिक्न चाहन्छन् ।

घोक्ने होइन, बुझ्ने र व्यवहारमा उतार्ने शिक्षाको पक्षमा जेन–जी


Like
खासमा सन् १९९७ देखि २०१२ को बिचमा जन्मिएका मानिसलाई विश्वमै ‘जेन–जी’ पुस्ता भनेर चिनिन्छ । यो पुस्ता अहिले १३ वर्षदेखि २८ वर्ष उमेर समूहको छ । भविष्यको जिम्मेवारी लिन तम्तयार यो पुस्ता विश्वमा प्रविधिको विकाससँगै हुर्किएको छ । त्यसैले यो पुस्ताको सोच, चिन्तन र बुझाइ अन्य पुस्ताको भन्दा भिन्न छ । 

अन्य क्षेत्रमा मात्र हैन सुचना प्रविधिमा पनि अब्बल छन् जी जेनका पुस्ताका  विद्यार्थीहरु । यस पुस्ताका विद्यार्थीहरुको सिकाई शैली आधुनिक, सोचाइ आधुनिक देखिन्छ तर हाम्रा शिक्षकहरु परम्परावादी, सिकाउने शैली परम्परगत सिकिने ज्ञान परम्परावादी देखिदैछन् । हामीले what पढाउछौ तर विद्यार्थी how खोज्छन् । हामी what is पढाउँछौं जस्तै शिक्षा भनेको, अर्थशास्त्र नाम सर्वनाम स्वास्थ्य बिज्ञान भनेको केहो ? यस्तै यस्तै अनि यसैको भए नभएको नालीबेली पढाएर भएनभए बिद्वानहरुको परिभाषा लेखाएर समय खर्च गर्छौं ।

नेपालमा अहिले पनि परम्परागत शैलीमार्फत नै पठनपाठन हुँदै आएको छ । यसको अर्थ परम्परागत पाठ्यक्रम परम्परागत पाठ्रयवस्तु  पठनपाठन हुँदै आएको छ । हामी घोकन्ते  शिक्षा मन पराउँछौं तर जेन–जी पुस्ता घोकन्ते शैलीप्रति हैरान देखिन्छ । हामीले किताबी ज्ञानभन्दा पनि व्यवहारिक ज्ञान दिन सकेनौं  ।

 हामीले कुनै नयाँ प्रविधि चलाउनु पर्यो भने डरले हात थरथरी कमाउछौ लाटाले पापा पाएजस्तै हेर्छौ । अहिलेको जि जेनका अगाडि के के नै गरेको बनेको देखाउँछौ । उनीहरुका सामु यी सबै कुरा सूर्यको सामु बत्ति बाल्नु मात्र हो  ।



त्रिपुरेश्वरमा रहेको विश्वनिकेतन माविबाट कक्षा १२ को परीक्षा दिएका निर्मल विकले अहिले पढ्दा र आजभन्दा १० वर्ष अगाडिको पुस्ताले पढ्दाको पाठ्यक्रम उस्तै भएको बताए । उनले शिक्षकहरू समेत जेन-जी जेनेरेसन जसरी अपडेट हुनुपर्ने बताए । ‘शिक्षकहरू धेरै अघिल्लो जेनेरेसनका छन् । उहाँहरूले पढाउने भन्दा बढी एड्भान्स हामीलाई थाहा भइसकेको हुन्छ । उहाँहरू अपडेट हुनुपर्‍यो,’ निर्मलले भने । 

नेपालको वर्तमान अवस्थामा शैक्षिक अवस्था निकै दयनीय रहेको बताउँदै निर्मलले भौतिक संरचनादेखि शिक्षक तथा पाठ्यपुस्तक समेत समयसापेक्ष बनाउनुपर्ने बताए । 

काठमाडौँका विभिन्न कलेजमा अध्ययनरत यो जेनेरेसनका विद्यार्थीहरूले घोकन्ते विद्या र सैद्धान्तिक ज्ञानले आफ्नो भविष्य सुरक्षित नहुने बताएका छन् । उनीहरूले व्यवहारिक, प्रयोगात्मक, सिर्जनात्मक र प्रविधिमैत्री शिक्षाको जोडदार माग गरेका छन् । शिक्षा केवल ग्रेड र प्रमाणपत्रमा सीमित नभई अर्थ, उद्देश्य र आत्मविकास खोज्ने माध्यम बन्नुपर्नेमा उनीहरूको जोड छ । के चाहन्छन त जि जेनका विद्यार्थीहरु ?  रातो पाटीले तयार गरेको यो भिडियो हेर्नुहोला पुरा भिडियो

Watch video

Download Teacher's Guide https://lauro-media.blogspot.com/2025/06/blog-post_11.html


Comments

Popular posts from this blog

UANTO IMG COLLECT

 

रित्तो हात लिएर जागरिबाट अवकाश पाएका

    रित्तो हात लिएर जागरिबाट अवकाश पाएका धनबहादुर केसी पटकपटक थमैतीमा परेका सर्लाहीको लालबन्दी नगरपालिका-१६ स्थित श्री डिम जनता माध्यमिक विद्यालयका कार्यालय सहयोगी मात्र हुन्, ६२ वर्षीय धनबहादुर केसी । यतिबेला उनी विद्यालयमा हुनुपर्ने हो । तर, एक सातादेखि काठमाडौंको माइतीघर मण्डलामा तातो घाममा धर्नामा छन् । ०३५ सालदेखि कार्यालय सहयोगीका रूपमा काम गरेका धनबहादुरले न धन कमाउन सके, न जागिरको ग्यारेन्टी नै भयो । उल्टै पटक-पटक उनी विद्यालयबाट अवकास पाए । अदालतको आदेशमा थमौती गर्दै बस्दै गरेर उनले ४३ वर्ष काम गरे । सुरुवाती चरणका तीन महिना त उनले निःशुल्क काम गरे । त्यसपछि महिनाको २५ रुपैयाँ पाउन थाले । हाल उनले महिनाको १५ हजार पाउँछन् । तर, उनको जागिर स्थायी भएन । हाल जागरिबाट अवकाश हुनेबेला भयो उनको । तर, रित्तो हात फर्कनु पर्ने बाध्यता सुनाउँछन् उनी । त्यसैले सेवा सुविधाको माग गर्दै उनी सिंहदरबारलाई घचघच्याउन काठमाडौं आइपुगेका हुन् । ‘कार्यालय सहयोगी भएरै पूरै जीवन बित्यो तर रित्तो हात कामबाट बिदा लिनुपर्ने स्थिति छ । राज्यले हामीलाई उपेक्षा गर्‍यो,’ सिंहदरबारतर्फ उनी औँला तेर्सा...

सामाजिक संजालमा भाइरल सुरक्षा

सामाजिक संजालमा भाइरल सुरक्षा : मोहनी लागायो की मन्तर गरेर कपाल कोरेर साली भाटू संगई बसम पिरिम जोडेर सामाजिक संजालमा भाइरल बनिरहेको छ

थप पाँच ऐन सहित संघीय शिक्षा ऐन आउँदै

अन्ततः संघीय शिक्षा ऐन जारी गर्दै शिक्षा मन्त्रालय, थप पाँच ऐन पनि आउँदै काठमाडौँ- शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले संघीय शिक्षा ऐनसहित विभिन्न ६ वटा शिक्षासम्बन्धी विधेयकको मस्यौदा तयार गरेको छ । लामो समयदेखि प्रतीक्षारत संघीय शिक्षा ऐनको मस्यौदा संशोधन भई राय परामर्शका लागि अर्थ मन्त्रालयमा पुगेको छ । उक्त मस्यौदा ऐनका साथै उच्च शिक्षासम्बन्धी छाता विधेयक, प्राविधिक शिक्षा विधेयक, एकीकृत स्वास्थ्य विज्ञान प्रतिष्ठान, राष्ट्रिय योग्यता प्रारूपसम्बन्धी विधेयकको मस्यौदा पनि तयार गरिएको छ । संघीय शिक्षा ऐनमा निःशुल्क र अनिवार्य शिक्षा ऐन तथा शिक्षा सेवा आयोग ऐन र राष्ट्रिय परीक्षा बोर्ड ऐनका केही विषय समायोजनका लागि तयारी गरिएको छ । संघीय शिक्षा ऐनमा शिक्षक सेवा आयोगको मापदण्ड, सिद्धान्त र राष्ट्रिय शिक्षाको दर्शन, शिक्षा व्यवस्थापनबारे तीन तहका सरकारको स्पष्ट भूमिका, शिक्षकको तहगत प्रणालीबारे पनि सम्बोधन हुने जनाइएको छ । मन्त्रालयका प्रवक्ता दीपक शर्माले ती विधेयक रायपरामर्शका क्रममा रहेको र सकेसम्म चाँडै संघीय संसदमा प्रस्तुत हुने अपेक्षा रहेको बताए । प्रतिनिधिसभाको शिक्ष...

Followers