Skip to main content

सामाजिक सञ्जालमा Deepfake र Black PR को बढ्दो खतरा ! विशेषगरी युवा पुस्ता र बालबालिका बढी प्रभावित

सामाजिक सञ्जालमा Deepfake र Black PR को बढ्दो खतरा डिजिटल युगको नयाँ चुनौती जब म मोबाइल स्क्रोल गर्छु, मेरो Facebook, TikTok, YouTube Shorts र रिलहरूमा अनावश्यक फोटो, भिडियो र स्टाटसहरू आइरहन्छन्। आफूलाई मनपर्ने नेता वा चर्चित व्यक्तिको नाम र फोटो प्रयोग गरिएको उस्तै नक्कली आईडीबाट अचम्म लाग्ने स्टाटस पोस्ट गरिएको देखिन्छ। कतै कसैको चरित्र हत्या गर्ने edited तस्वीर हुन्छ, कतै अपमानजनक भिडियो, कतै भ्रामक समाचार। आज सामाजिक सञ्जालमा यस्ता सामग्री यति धेरै देखिन थालेका छन् कि सत्य र झुट छुट्याउनै कठिन हुने अवस्था सिर्जना भएको छ। Artificial Intelligence (AI) का नयाँ उपकरणहरूको प्रयोग गरेर बनाइएका फोटो, भिडियो र आवाजहरू यति वास्तविक देखिन्छन् कि धेरै मानिस सजिलै भ्रममा पर्छन्। कतिपय सामग्री views बढाउनका लागि बनाइएका हुन्छन् भने धेरै सामग्री कुनै व्यक्ति, संस्था वा राजनीतिक दललाई बदनाम गर्न केन्द्रित देखिन्छन्। आफ्ना विचार राख्ने, आफ्नो पार्टी वा नेताको समर्थन गर्ने, आलोचना गर्ने वा आफ्नो धारणा अभिव्यक्त गर्ने स्वतन्त्रता सबैलाई छ। तर सामाजिक सञ्जालको स्वतन्त्रतालाई गलत सूचना, साइबर दुर्व्य...

हामी what पढाउछौ तर जिजेनहरु how सिक्न चाहन्छन् ।

घोक्ने होइन, बुझ्ने र व्यवहारमा उतार्ने शिक्षाको पक्षमा जेन–जी


Like
खासमा सन् १९९७ देखि २०१२ को बिचमा जन्मिएका मानिसलाई विश्वमै ‘जेन–जी’ पुस्ता भनेर चिनिन्छ । यो पुस्ता अहिले १३ वर्षदेखि २८ वर्ष उमेर समूहको छ । भविष्यको जिम्मेवारी लिन तम्तयार यो पुस्ता विश्वमा प्रविधिको विकाससँगै हुर्किएको छ । त्यसैले यो पुस्ताको सोच, चिन्तन र बुझाइ अन्य पुस्ताको भन्दा भिन्न छ । 

अन्य क्षेत्रमा मात्र हैन सुचना प्रविधिमा पनि अब्बल छन् जी जेनका पुस्ताका  विद्यार्थीहरु । यस पुस्ताका विद्यार्थीहरुको सिकाई शैली आधुनिक, सोचाइ आधुनिक देखिन्छ तर हाम्रा शिक्षकहरु परम्परावादी, सिकाउने शैली परम्परगत सिकिने ज्ञान परम्परावादी देखिदैछन् । हामीले what पढाउछौ तर विद्यार्थी how खोज्छन् । हामी what is पढाउँछौं जस्तै शिक्षा भनेको, अर्थशास्त्र नाम सर्वनाम स्वास्थ्य बिज्ञान भनेको केहो ? यस्तै यस्तै अनि यसैको भए नभएको नालीबेली पढाएर भएनभए बिद्वानहरुको परिभाषा लेखाएर समय खर्च गर्छौं ।

नेपालमा अहिले पनि परम्परागत शैलीमार्फत नै पठनपाठन हुँदै आएको छ । यसको अर्थ परम्परागत पाठ्यक्रम परम्परागत पाठ्रयवस्तु  पठनपाठन हुँदै आएको छ । हामी घोकन्ते  शिक्षा मन पराउँछौं तर जेन–जी पुस्ता घोकन्ते शैलीप्रति हैरान देखिन्छ । हामीले किताबी ज्ञानभन्दा पनि व्यवहारिक ज्ञान दिन सकेनौं  ।

 हामीले कुनै नयाँ प्रविधि चलाउनु पर्यो भने डरले हात थरथरी कमाउछौ लाटाले पापा पाएजस्तै हेर्छौ । अहिलेको जि जेनका अगाडि के के नै गरेको बनेको देखाउँछौ । उनीहरुका सामु यी सबै कुरा सूर्यको सामु बत्ति बाल्नु मात्र हो  ।



त्रिपुरेश्वरमा रहेको विश्वनिकेतन माविबाट कक्षा १२ को परीक्षा दिएका निर्मल विकले अहिले पढ्दा र आजभन्दा १० वर्ष अगाडिको पुस्ताले पढ्दाको पाठ्यक्रम उस्तै भएको बताए । उनले शिक्षकहरू समेत जेन-जी जेनेरेसन जसरी अपडेट हुनुपर्ने बताए । ‘शिक्षकहरू धेरै अघिल्लो जेनेरेसनका छन् । उहाँहरूले पढाउने भन्दा बढी एड्भान्स हामीलाई थाहा भइसकेको हुन्छ । उहाँहरू अपडेट हुनुपर्‍यो,’ निर्मलले भने । 

नेपालको वर्तमान अवस्थामा शैक्षिक अवस्था निकै दयनीय रहेको बताउँदै निर्मलले भौतिक संरचनादेखि शिक्षक तथा पाठ्यपुस्तक समेत समयसापेक्ष बनाउनुपर्ने बताए । 

काठमाडौँका विभिन्न कलेजमा अध्ययनरत यो जेनेरेसनका विद्यार्थीहरूले घोकन्ते विद्या र सैद्धान्तिक ज्ञानले आफ्नो भविष्य सुरक्षित नहुने बताएका छन् । उनीहरूले व्यवहारिक, प्रयोगात्मक, सिर्जनात्मक र प्रविधिमैत्री शिक्षाको जोडदार माग गरेका छन् । शिक्षा केवल ग्रेड र प्रमाणपत्रमा सीमित नभई अर्थ, उद्देश्य र आत्मविकास खोज्ने माध्यम बन्नुपर्नेमा उनीहरूको जोड छ । के चाहन्छन त जि जेनका विद्यार्थीहरु ?  रातो पाटीले तयार गरेको यो भिडियो हेर्नुहोला पुरा भिडियो

Watch video

Download Teacher's Guide https://lauro-media.blogspot.com/2025/06/blog-post_11.html


Comments

Contact form

Name

Email *

Message *

Popular posts from this blog

स्थानीय सरकारले चाहे यथावत राख्न सक्छ

  गत आईतबार  राष्ट्रपति रामचन्द्र पाैडेलबाट   नेपाल ऐनलाई संशोधन गर्न बनेको   अध्यादेश जारी भएसँगै सामाजिक सञ्जालमा  सामुदायिक विद्यालयको विद्यालय व्यवस्थापन समितिमा मनोनित गरिने व्यवस्था हटाईएको समाचारले खुबै चर्चा पायो । यो अध्यादेशले     शिक्षा  ऐनको   २०२८ को दफा झिक्ने र थप्ने काम भएको भएको थियो  ।  स‌शोधित उक्त एेनमा ८ दफा १२ (विद्यालय व्यवस्थापन समिति) को उपदफा १ को खण्ड ग मा रहेको बुद्धिजीवी, समाजसेवी दस लाख सहयोग गर्ने एक जना महिला सहित २ जना सदस्य रहने व्यवस्था हटाएको रहेछ भने  शिक्षक महासंघको प्रतिनिधित्वको व्यवस्थालाई खारेज गरेको कुरालाई सामाजिक सञ्जालमा मा मिश्रित प्रतिक्रियाहरु देखिन थाल्यो भने बिब्यसमा मनोनित दुईजना स‌ख्या घटाएकोमा धेरैले सहमत जनाएको प्रतिक्रिया देखिन्थ्यो । सामाजिक सञ्जालमा   क्रिया   प्रतिक्रिया  आउदै गर्दा केही पालिकाहरुले भने सुचनै निकालेर पुनर्गठन गर्न निर्देशननै जारी गरेको पढेँ ।  सुचना हुबहु  नक्कल गरेको लाग्यो । यसैक्रममा मेरो ध्यान  स्थानीय सरकार संचालन...

सामाजिक सञ्जालमा Deepfake र Black PR को बढ्दो खतरा ! विशेषगरी युवा पुस्ता र बालबालिका बढी प्रभावित

सामाजिक सञ्जालमा Deepfake र Black PR को बढ्दो खतरा डिजिटल युगको नयाँ चुनौती जब म मोबाइल स्क्रोल गर्छु, मेरो Facebook, TikTok, YouTube Shorts र रिलहरूमा अनावश्यक फोटो, भिडियो र स्टाटसहरू आइरहन्छन्। आफूलाई मनपर्ने नेता वा चर्चित व्यक्तिको नाम र फोटो प्रयोग गरिएको उस्तै नक्कली आईडीबाट अचम्म लाग्ने स्टाटस पोस्ट गरिएको देखिन्छ। कतै कसैको चरित्र हत्या गर्ने edited तस्वीर हुन्छ, कतै अपमानजनक भिडियो, कतै भ्रामक समाचार। आज सामाजिक सञ्जालमा यस्ता सामग्री यति धेरै देखिन थालेका छन् कि सत्य र झुट छुट्याउनै कठिन हुने अवस्था सिर्जना भएको छ। Artificial Intelligence (AI) का नयाँ उपकरणहरूको प्रयोग गरेर बनाइएका फोटो, भिडियो र आवाजहरू यति वास्तविक देखिन्छन् कि धेरै मानिस सजिलै भ्रममा पर्छन्। कतिपय सामग्री views बढाउनका लागि बनाइएका हुन्छन् भने धेरै सामग्री कुनै व्यक्ति, संस्था वा राजनीतिक दललाई बदनाम गर्न केन्द्रित देखिन्छन्। आफ्ना विचार राख्ने, आफ्नो पार्टी वा नेताको समर्थन गर्ने, आलोचना गर्ने वा आफ्नो धारणा अभिव्यक्त गर्ने स्वतन्त्रता सबैलाई छ। तर सामाजिक सञ्जालको स्वतन्त्रतालाई गलत सूचना, साइबर दुर्व्य...

नेपालको संविधान २०७२ मा अध्यादेश (Ordinance) सम्बन्धी व्यवस्था

नेपालको संविधान २०७२ अनुसार सरकारले ल्याएको अध्यादेश (Ordinance) राष्ट्रिय सभाबाट स्वतः पारित हुनैपर्छ भन्ने व्यवस्था छैन। अध्यादेशको सम्बन्धमा संविधानले स्पष्ट कानुनी प्रक्रिया दिएको छ। नेपालको संविधान २०७२ मा अध्यादेश सम्बन्धी व्यवस्था नेपालको संविधान २०७२ को धारा ११४ मा अध्यादेश सम्बन्धी व्यवस्था गरिएको छ। जब संघीय संसदको दुवै सदन (प्रतिनिधि सभा र राष्ट्रिय सभा) अधिवेशनमा हुँदैनन् र तत्काल कानुन बनाउन आवश्यक अवस्था हुन्छ, तब मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले अध्यादेश जारी गर्न सक्नुहुन्छ। अध्यादेश जारी भएपछि के हुन्छ ? अध्यादेश जारी भएपछि: संसद् बैठक बसेपछि अध्यादेश दुवै सदनमा पेश गर्नुपर्छ। संसद्ले स्वीकृत गरेमा मात्र त्यो नियमित कानुनसरह कायम रहन्छ। स्वीकृत नभएमा अध्यादेश निष्क्रिय हुन्छ। राष्ट्रिय सभाको भूमिका यदि अध्यादेश राष्ट्रिय सभामा पेश भयो भने: राष्ट्रिय सभाले समर्थन गर्न सक्छ, संशोधन सुझाव दिन सक्छ, वा अस्वीकृत पनि गर्न सक्छ। तर संघीय कानुन बन्न अन्ततः प्रतिनिधि सभाको भूमिका बढी निर्णायक हुन्छ, विशेष गरी आर्थिक र सरकारसँग सम्बन्धित विषयमा। अध्यादेश कति समयसम्म मान्य ...

नागरिकहरूको राय-सुझावहरू सिधै प्रधानमन्त्रीको सचिवालयसम्म

 शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय - नेपाल प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले आगामी आर्थिक वर्षको नीति, कार्यक्रम तथा बजेट तर्जुमा गर्ने प्रक्रियामा आम नागरिकको प्रत्यक्ष सहभागिता सुनिश्चित गर्न 'सुझाव संकलन पोर्टल' सञ्चालनमा ल्याएको छ। आगामी सोमबार सार्वजनिक हुने नीति तथा कार्यक्रममा जनताका वास्तविक आवश्यकता र मौलिक अपेक्षाहरूलाई समेट्दै शासन व्यवस्थालाई थप पारदर्शी र जनमुखी बनाउने उद्देश्यले यो डिजिटल प्लेटफर्मको सुरुवात गरिएको हो।  यस पोर्टलका माध्यमबाट देश-विदेशमा रहनुभएका सम्पूर्ण नेपाली नागरिक, विषयविज्ञ र नीति निर्माताहरूले बजेट निर्माण र विकासका प्राथमिकताका सम्बन्धमा आफ्ना महत्वपूर्ण राय-सुझावहरू सिधै सरकारसमक्ष पेश गर्न सक्नुहुनेछ। प्रेस तथा अनुसन्धान विज्ञ दीपा दाहालका अनुसार सरकारको नीति निर्माण प्रक्रियालाई प्रशासनिक घेरामा मात्र सीमित नराखी आम जनताको भावना र विज्ञतालाई कदर गर्ने प्रधानमन्त्रीज्यूको मुख्य योजना अनुरूप यो कदम चालिएको हो। दाहालले यो पोर्टलले नागरिक र राज्यबीचको दूरी मेटाउँदै सुशासनको नयाँ अभ्यास स्थापित गर्ने र प्राप्त भएका सुझावहरूलाई...

Followers