Skip to main content

Posts

Showing posts from July, 2022

शिक्षक सेवा आयोग (TSC) मा भर्खरै नियुक्त हुनुभएका नवनियुक्त पदाधिकारीहरूको छोटो परिचय

शिक्षक सेवा आयोगमा नयाँ पदाधिकारीहरु नियुक्त      शिक्षक सेवा आयोग (TSC) मा भर्खरै नियुक्त हुनुभएका नवनियुक्त पदाधिकारीहरू  बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले डा. हरिप्रसाद लम्सालकाे अध्यक्षतामा तीन सदस्यीय शिक्षक सेवा आयोग पदाधिकारीहरु नियुक्त गरेको छ। आयोगका अन्य दुई सदस्यहरुमा रामशरण सापकोटा र विष्णु घिमिरे रिमाल रहेका छन् । शिक्षक सेवा आयोग एेन २०२८ अनुसार शिक्षक सेवा आयोगमा एक महिलासहित तीन सदस्य रहने व्यविस्था छ ।  डा. हरिप्रसाद लम्साल नेपाल सरकारको पूर्व सचिव रहिसक्नुभएका उहाँले शिक्षा मन्त्रालयको प्रवक्ता तथा सहसचिव र सुदूरपश्चिम प्रदेशको प्रमुख सचिव लगायतका उच्च प्रशासनिक पदहरूमा रहेर लामो समय शिक्षा क्षेत्र र निजामती सेवामा रहेर काम गरिसक्नु भएको छ । तस्बिरको तल बायाँपट्टि रहनुभएका ब्यक्ति रामशरण सापकोटा हुन् । उहाँ आयोगको खुला सदस्य पदमा नियुक्त हुनुभएको हो। उहाँ मकवानपुर जिल्लाका बासिन्दा हुनुहुन्छ। उहाँ पनि शिक्षा र प्रशासन क्षेत्रको विशेष अनुभव बोकेका व्यक्तित्व हुनुहुन्छ। यसैगरी   तस्बिरको तल दायाँपट्टि रहनुभएकी अर्का ब्यक्ति  वि...

नवप्रवेशी शिक्षकहरुलाई स्वागत

श्रावण १२ गते  बिभिन्न शिक्षक सँघ तथा संगठनबाट बिद्रोह गरी एकीकृत अखिल नेपाल शिक्षक संगठनमा प्रवेश गर्नु भएका शिक्षकहरुलाई एकीकृत अखिल नेपाल शिक्षक संगठन लालबन्दी नगर सभाले जिम्मेवारी प्रदान गर्दै स्वागत गरेको छ । उहाँहरु १ बैजु चौधरी                          प्र अ अमरज्यान मा वि तथा एअ ने शि सं का पूर्व जिल्लाध्यक्ष २ अजय महतो  ने रा शि सं नगर सदस्य ३ सियाशरण महताे            ने रा शि सं  ४ उमेश साह                     ने शि सँघ ५ धर्मेन्द्र पाठक                      ने रा शि सं नगर सदस्य

एकीकृत अखिल नेपाल शिक्षक संगठन लालबन्दी नगर भेला

  लालबन्दी । एकीकृत अखिल नेपाल शिक्षक संगठन लालबन्दी नगर भेला आज मिति २०७९–०४–१२ गते बिहिवार सम्पन्न भएको छ । श्री डिमजनता माध्यमिक बिद्यालय परवानीपुरका प्रधानाध्यापक ध्रुव व भण्डारीको अध्यक्षता तथा एकीकृत अखिल नेपाल शिक्षक संगठनको मधेश प्रदेश संयोजक एवं केन्द्रिय सचिव भुप नारायण अधिकारीको प्रमुख आतिथ्यतामा र माओवादी केन्द्रका लालबन्दी नगर कमिटि अध्यक्ष लेखराम जर्गा मगरको आतिथ्यमा नगर भेला सम्पन्न भएको छ । यस भेलाले तुलसा गौतमको अध्यक्षतामा २७ सदस्यीय UANTO नगर कमिटि गठन गरेको छ । नवगठित कमिटिको उपाध्यक्षद्वमा असोक यादव र शंकर पाख्रिन, सचिवमा ललिन्द्र चौधरी, सह–सचिवमा उषा कार्कि, अर्थ सचिवमा जोगेन्द्र महतोसहित अन्य सदस्यहरु चयन भएका छन । आजै नगर कमिटीको प्रथम बैठक पनि बस्यो र बैठकले बिभिन्न निर्णयहरु पनि गरेको छ । आजको भेलामा नयाँ प्रवेशी शिक्षकहरुलाई स्वागत पनि गरियो ।<

New entry teacher

 

बिद्यालय सुधार योजना र यसका बिशेषताहरु

  बिद्यालयको बर्तमान अवस्थाको बिश्लेषण गरी उपलब्ध श्रेात साधनको उपयुक्त तरिकाले परिचालन गर्दै उच्चत्तम प्रतिफल प्राप्त गर्न र बिद्यालयलाई  better school, better teaching  र   better learning  हब बनाउने उद्देश्यले बिद्यालयको आर्थिक भौतिक शैक्षिक व्यवस्थापन जस्ता समग्र पक्षहरुको गुणात्मक सुधार अभियानमा केन्द्रित भै ५ बर्षको लागि बिद्यालय शिक्षाका सरोकारवालाहरुको संलग्नतामा बिद्यालयका प्रधानाध्यापकले तयार पारी बि.व्य.स ले अनुमोदन गरेको एक संस्थागत सुक्ष्म योजनालाई बिद्यालय सुधार योजना भनिन्छ । बिकेन्द्रित शिक्षा योजनाहरु मध्ये सबैभन्दा तल्लो तहमा बनाइने योजना हो ।  यो  bottom to up  सिध्दान्तमा आधारित योजना हो । यस योजनाको शुरुवात खासगरी आधारभुत तथा प्राथमिक शिक्षा कार्यक्रम दोश्रो  (BPEP)  II )  लागू भएसँगै आव २०५६÷२०५७ देखि भएको हो । शुरुमा १२ वटा जिल्लामा    piloting programme    को रुपमा संचालन गरिएको थियो पछि २०५८÷२०५९ देखि देशभरि बिस्तार गरिएको थियो । बिद्यालयमा यसलाई अनिवार्य बनाइएको भएपनि यसलाई माथिल्लो...

शिक्षाको गुणस्तरकाे अर्थ र गुणस्तर बृध्दिका निर्धारक तत्वहरु

शिक्षाको गुणस्तर भनेको शिक्षाको त्यो स्तर अथवा अवस्था हो जुन अवस्थामा विद्यार्थीहरुको मानसिक बौध्दिक सामाजिक जस्ता सर्वाङ्गिण बिकास भएको हुन्छ । शिक्षाको गुणस्तर एक ब्यापक अवधारणा हो । धेरैले परीक्षाको नतिजामा प्राप्त औसत उपलब्धि, उतिर्ण बृद्दिदरलाई शिक्षाको गुणस्तरको मानकको रुपमा हेरेको पाइन्छ । यस धारणालाई परीक्षाको नतिजामा मात्र सिमित नगरी अर्थात समग्र पक्षलाई जोडेर हेर्नुपर्दछ । शिक्षाको गुणस्तरको अर्थ र परिभाषा देश काल परिस्थिति बिषय प्रसंग अनुसार फरक फरक हुनसक्छ । आर्थिक रुपमा आर्थिक उपार्जन गर्न सक्ने, सामाजिकरुपमा समाज सापेक्ष सामाजिक सम्बन्ध कायम गर्न सक्ने, नैतिकरुपमा असल अनुशासित र चरित्रवान नागरिक बनाउने जस्ता शिक्षाको क्षमता वा गुणको बिकास हुनुलाई शिक्षाको गुणस्तर भनिन्छ ।  ओभरअलमा भन्नुपर्दा शिक्षाको गुणस्तर भन्नाले विद्यार्थीले प्राप्त गरेको उच्च अंक लगायत उसको हरेक पक्षमा ल्याउने गुणात्मक तथा परिमाणत्मक परिवर्तनसँग सम्बन्धित हुन्छ । राष्ट्रिय अन्तर्राष्ट्रियरुपमा प्रतिस्पर्धा गर्न सक्ने सक्षम गुणी,अब्बलदर्जाको नागरिक बनाउने शिक्षाको स्तरलाई शिक्षाको गुणस्तर भन्न सकि...

थप पाँच ऐन सहित संघीय शिक्षा ऐन आउँदै

अन्ततः संघीय शिक्षा ऐन जारी गर्दै शिक्षा मन्त्रालय, थप पाँच ऐन पनि आउँदै काठमाडौँ- शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले संघीय शिक्षा ऐनसहित विभिन्न ६ वटा शिक्षासम्बन्धी विधेयकको मस्यौदा तयार गरेको छ । लामो समयदेखि प्रतीक्षारत संघीय शिक्षा ऐनको मस्यौदा संशोधन भई राय परामर्शका लागि अर्थ मन्त्रालयमा पुगेको छ । उक्त मस्यौदा ऐनका साथै उच्च शिक्षासम्बन्धी छाता विधेयक, प्राविधिक शिक्षा विधेयक, एकीकृत स्वास्थ्य विज्ञान प्रतिष्ठान, राष्ट्रिय योग्यता प्रारूपसम्बन्धी विधेयकको मस्यौदा पनि तयार गरिएको छ । संघीय शिक्षा ऐनमा निःशुल्क र अनिवार्य शिक्षा ऐन तथा शिक्षा सेवा आयोग ऐन र राष्ट्रिय परीक्षा बोर्ड ऐनका केही विषय समायोजनका लागि तयारी गरिएको छ । संघीय शिक्षा ऐनमा शिक्षक सेवा आयोगको मापदण्ड, सिद्धान्त र राष्ट्रिय शिक्षाको दर्शन, शिक्षा व्यवस्थापनबारे तीन तहका सरकारको स्पष्ट भूमिका, शिक्षकको तहगत प्रणालीबारे पनि सम्बोधन हुने जनाइएको छ । मन्त्रालयका प्रवक्ता दीपक शर्माले ती विधेयक रायपरामर्शका क्रममा रहेको र सकेसम्म चाँडै संघीय संसदमा प्रस्तुत हुने अपेक्षा रहेको बताए । प्रतिनिधिसभाको शिक्ष...

Contact form

Name

Email *

Message *

Translate

Follow us:
facebook sharing button
twitter sharing button
instagram sharing button
youtube sharing button
messenger sharing button
blogger sharing button

Life Post

5/block/Health Beauty