काठमाडौं । शिक्षक सेवा आयोगले सामुदायिक विद्यालयमा कार्यरत शिक्षकहरूलाई कार्यसम्पादन मूल्यांकन फाराम भर्न अनुरोध गरेको छ । आयोगले बिहीबार सूचना जारी गर्दै आगामी जेठ ३० गतेभित्र कार्यसम्पादन मूल्यांकन फाराम भर्न र दर्ता गराउन सबै शिक्षा विकास निर्देशनालयहरू, शिक्षा विकास तथा समन्वय इकाइहरू र स्थानीय तहहरूलाई अनुरोध गरेको हो । २०७८ चैत मसान्तभित्रै बुझाउनुपर्ने कार्यसम्पादन मूल्यांकन फाराम कोरोना महामारीका कारण विद्यालय बन्द रहेकाले फाराम भर्न, दर्ता गर्न नसकिएको र वैशाख महिनाभर परीक्षा, नयाँ भर्नालगायत कार्यहरू रहेकोले सबै शिक्षकहरूलाई जेठ मसान्तभित्र मूल्यांकन फाराम बुझाउने समय तोकिएको छ । शिक्षक सेवा आयोग (११ औं संशोधन) नियमावली २०७८ बमोजिम हुनेगरी कार्यसम्पादन मूल्यांकन फाराम भर्न आयोगले आग्रह गरेको छ ।
Lauro Media ज्ञान, सूचना र प्रविधिलाई जोड्ने आधुनिक नेपाली डिजिटल प्लेटफर्म हो। यहाँ शिक्षा, टेक्नोलोजी, ब्लगिङ, कम्प्युटर, इन्टरनेट तथा डिजिटल मिडियासँग सम्बन्धित उपयोगी सामग्रीहरू प्रकाशित गरिन्छ। नेपाली पाठकहरूलाई गुणस्तरीय र विश्वसनीय जानकारी प्रदान गर्दै डिजिटल दुनियाँसँग नजिक बनाउने हाम्रो उद्देश्य हो।