मानव सभ्यताको थालनी सँगै समूह, समुदाय र संगठनको अवधारणाको विकास हुँदै गयो । समुह एवंम संगठन संरचना मार्फत नै मानवले सोच, वृद्धि र भौतिक साधनको परिचालन गरि जीवन यापनको प्रगति पथमा अगाडी पढदै गयो । यसर्थ मानव सभ्यताको विकास सँगसँगै व्यवस्थापकीय इतिहास धेरै पूरानो भएता पनि आधुनिक व्यवस्थापनको धारण बिसौ शाताब्दीको शुरुलाई लिन सकिन्छ । व्यवस्थापनको प्राचीन रोमको सभ्यता र इजिप्टको विकासमा गाँसिएको छ । रोमन क्याथोलिक चर्च प्लेटो, शुकरात जस्ता दार्शनिकहरुले यस सम्बन्धी अब धारणलाई उजागर गर्ने काम गरे सुमेरियम सभ्यता, मिश्र मेसोपोसियम सभ्यता र चिनको सभ्यताले समेत व्यवस्थापन कार्यमा विशेष योगदान दिईएको मानिन्छ । व्यवस्थापनको मध्यकाललाई १८ औ शताब्दीको अन्त्य देखि २० औ शतब्दीको शुरुवातलाई लिइएको छ । जसमा पूर्व बैज्ञानिक व्यवस्थापन युगमा रोबर्ट ओईन र चाल्स डेविज जस्ता उधोगपतिले विशेष योगदान दिए भने आधुनिक व्यवस्थापनको युगमा फेडरिक टेलर जस्ता व्यक्तिले विशेष योगदान दिए । विद्यालय वा संगठनको कर्मचारी तन्त्रमा अधिक र नियमहरुबाट स्पष्ट पारिएको तल देखि माथिल्लो श्रेणी सम्मको दर्जाको किटान हुनुपर्दछ । जुन आर्दश संगठनकै कर्मचारी तन्त्र हो र यसका क्रियाकलाप र उदेश्यहरु विवेकपूर्ण ढंगवात तय गरिएको हुन्छ र कामको सुव्यवस्थित विभाजन हुन्छ । यसरी गुण र योग्यताको आधारमा कार्य दक्षताको मूल्याङकन गरी सामुहिक ढंगले संगठनात्मक क्रियाकलापको उचित तथा प्रभावकारी र उपलब्धी पूर्ण प्रयोग गर्न सहयोग पु¥याउने कला व्यवस्थापन हो । मनव सभ्यतामा भएको दु्रत परिर्वतन र परिवर्तन भएका तिब्र आवश्यकता हरुलाई गर्ने उदेश्यले शिक्षाको स्वरुपमा भएको परिर्वतनको फलस्वरुप शिक्षा प्रदान गर्ने थलोको रुपमा औपचारिक विद्यालको स्थापना भएको हो । विद्यालय क्षेत्रको व्यवस्थापकिय अवधारणको विकासक्रमलाई नियाल्दा व्यवस्थापनकै एक अभिन्न अंगको रुपमा रहेको छ । अन्य व्यवस्थापन जस्तै शिक्षण सिकाई क्रियाकलापसँग सम्बन्धीत व्यक्ति संस्था र प्रकृयाको प्रभावकारी व्यवस्थापन गर्ने सिकाई उदेश्यले विद्यालय व्इवस्थापनको थालनि भएको हो । सिकाई उदेश्य परिपूर्ति गर्न प्रयोग गरिने शैक्षिक सामाग्रीको निर्माण, लेखन, प्रकासन, वितरण र शिक्षण विधिको बनोट तथा मूलाङ्कन जस्ता पक्षहरुलाई चुस्त दुरुस्त राखी समग्र शैक्षिक उपलब्धि सुधार गर्ने योजनालाई सहयोग गर्नका निम्ति विद्यालय व्यवस्थापनको आवश्यकता महत्वपूर्ण मानिन्छ । यसका साथै शैक्षिक श्रोतको छनौट, निर्माण, प्राप्ती र वितरणको उचित व्यवस्थापन, आर्थिक मानवीय वित्तिय, भौतिक साधन श्रोतको व्यवस्थापन, विभिन्न शैक्षिक योजनाहरुको निर्माणमा सहयोग, सामुदायिक संस्थाको रुपमा विद्ययालको सञ्चालन सरोकारवालासँग समन्वय अभिप्रेरित तथा निर्देशन शैक्षिक लक्ष्य र उदेश्य प्राप्तीका लागि सामुहिक र संगठित क्रियाकलापको सञ्चालनार्थ पनि विद्यालय व्यवस्थापनको आवश्यकताको महसुश गर्ने गर्दछ । यसरी विद्यालय व्यवस्थापनमा संस्थागत उदेश्य प्राप्तीको लागि आफना सहकर्मीबाट सहयोग, सहभागिता, मध्यस्ता संलग्नता प्राप्त गर्नका लागि समेत विद्यालय व्यवस्थापनको आवश्यकता पर्ने गर्दछ । यसका साथै शिक्षा क्षेत्रमा आएका नयाँ नयाँ खोज अनुसंधान बैज्ञानिक प्रविधि र विकास आदि जस्ता पक्षहरुको सहि पहिचान र प्रयोगका निम्त िसमेत विद्यालय व्यवस्थापनले सहयोग गर्दछ ।
शिक्षक सेवा आयोगमा नयाँ पदाधिकारीहरु नियुक्त शिक्षक सेवा आयोग (TSC) मा भर्खरै नियुक्त हुनुभएका नवनियुक्त पदाधिकारीहरू बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले डा. हरिप्रसाद लम्सालकाे अध्यक्षतामा तीन सदस्यीय शिक्षक सेवा आयोग पदाधिकारीहरु नियुक्त गरेको छ। आयोगका अन्य दुई सदस्यहरुमा रामशरण सापकोटा र विष्णु घिमिरे रिमाल रहेका छन् । शिक्षक सेवा आयोग एेन २०२८ अनुसार शिक्षक सेवा आयोगमा एक महिलासहित तीन सदस्य रहने व्यविस्था छ । डा. हरिप्रसाद लम्साल नेपाल सरकारको पूर्व सचिव रहिसक्नुभएका उहाँले शिक्षा मन्त्रालयको प्रवक्ता तथा सहसचिव र सुदूरपश्चिम प्रदेशको प्रमुख सचिव लगायतका उच्च प्रशासनिक पदहरूमा रहेर लामो समय शिक्षा क्षेत्र र निजामती सेवामा रहेर काम गरिसक्नु भएको छ । तस्बिरको तल बायाँपट्टि रहनुभएका ब्यक्ति रामशरण सापकोटा हुन् । उहाँ आयोगको खुला सदस्य पदमा नियुक्त हुनुभएको हो। उहाँ मकवानपुर जिल्लाका बासिन्दा हुनुहुन्छ। उहाँ पनि शिक्षा र प्रशासन क्षेत्रको विशेष अनुभव बोकेका व्यक्तित्व हुनुहुन्छ। यसैगरी तस्बिरको तल दायाँपट्टि रहनुभएकी अर्का ब्यक्ति वि...

Comments
Post a Comment
Thank you !