Skip to main content

कार्यदल गठन

कार्यदल गठन : शिक्षक सरुवाको हल्ला फेरि चल्न थाल्यो

वैशाख ७ गतेभित्र विवरण पठाउन विद्यालयहरूलाई केन्द्रकाे निर्देशन

काठमाडौं । शिक्षा तथा मावन स्रोत विकास केन्द्रको समावेशी शिक्षा शाखाले यहि वैशाख ७ गतेभित्र विपन्न लक्षित छात्रवृत्ति फाराम भर्ने र भराउन विद्यालयहरूलाई अनुरोध गरेको छ ।

केन्द्रले २०७८ चैत ३० गते विद्यालयहरूलाई पत्र पठाउँदै सोबारे अनुरोध गरेको हो ।चैत ३० गतेसम्म फाराम भर्ने म्याद राखी सूचना प्रकाशित गरिएको र हालसम्म विद्यालयहरूबाट विवरण आउनेक्रम जारी भएकाले सोही मितिबाट लागु हुनेगरी वैशाख ७ गतेभित्र फाराम भरेर केन्द्रको ठेगानामा पठाउन अनुरोध गरिएको छ ।



Comments

Popular posts from this blog

dim img

५० पालिकाको नतिजा सार्वजनिक

 परिणाम सार्वजनिक भएका पालिकामध्ये कांग्रेस तीन सय २७ पालिकाको नेतृत्वमा जित हात पार्दै स्थानीय तहमा पहिलो पार्टी बनेको छ । त्यसैगरी, एमालेले दुई सय पाँच स्थानमा विजयी हुँदै दोस्रो पार्टी बन्दा माओवादी एक सय २१ स्थानमा जित हात पार्दै तेस्रो भएको छ । जनता समाजवादी पार्टीले ३०, एकीकृत समाजवादीले २०, लोकतान्त्रिक समाजवादी पार्टीले १६ तथा राष्ट्रिय प्रजातन्त्र पार्टी, राष्ट्रिय जनमोर्चा र नागरिक उन्मुक्ति पार्टीले चार–चार स्थानमा जित हासिल गरेका छन् । जनमत पार्टीले दुई, तराई मधेस लोकतान्त्रिक पार्टी, नेपाल मजदुर किसान पार्टी, जनता प्रगतिशील पार्टी र विवेकशील साझा पार्टीले एक–एक स्थानमा जित हात पारेका छन् ।  १३ पालिकामा स्वतन्त्र उम्मेदवार विजयी निर्वाचनमा एक महानगर र तीन उपमहानगरसहित १३ पालिकामा स्वतन्त्र उम्मेदवारले विजयी प्राप्त गरेका छन् । जसमा बालेन्द्र साह (काठमाडौं महानगर), हर्क साम्पाङ (धरान उपमहानगर), मनोजकुमार साह सुडी (जनकपुरधाम उपमहानगर) र गोपाल हमाल (धनगढी उपमहानगर)को प्रमुखमा विजयी भएका छन् । यसबाहेक स्वतन्त्र उम्मेदवारहरू प्रह्लादकुमार क्षेत्री (बर्दिबास नगरपालिका, महोत्तरी),

Followers