डोनाल्ड ट्रम्पले चिनियाँ राष्ट्रपति सी जिनपिङलाई किन दिए चीलको मूर्ति? यसको प्रतीकात्मक अर्थ के हो? US President Donald Trump gifted Chinese President Xi Jinping a bald eagle statue because it is the official national symbol of the United States and represents America's "free and soaring spirit." अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ह्वाइट हाउसमा आयोजित राजकीय रात्रिभोजका क्रममा चिनियाँ राष्ट्रपति सी जिनपिङलाई उपहारस्वरूप अमेरिकी राष्ट्रिय प्रतीक बाल्ड इगल (Bald Eagle) को विशेष मूर्ति प्रदान गरेका छन्। करिब तीन फिट अग्लो उक्त मूर्ति अमेरिकाको राष्ट्रिय पहिचान, स्वतन्त्रता र गौरवको प्रतीकका रूपमा प्रस्तुत गरिएको थियो। 🦅 ट्रम्पले चीलको मूर्ति दिनुको कारण अमेरिकाको राष्ट्रिय प्रतीक: बाल्ड इगल उत्तर अमेरिकामा पाइने चरा हो। यो अमेरिकाको राष्ट्रिय प्रतीक हो र यसले अमेरिकी स्वतन्त्रता, शक्ति, गौरव तथा उचाइमा उड्ने स्वतन्त्र भावनाको प्रतिनिधित्व गर्छ। व्यक्तिगत सम्बन्धको झल्को: ट्रम्पका अनुसार उक्त मूर्ति एक अस...
१ नागरिक शिक्षाको अर्थ
नागरिक भनेको कुनै राज्यको निश्चित भौगलिक क्षेत्रभित्र स्थायी बसोबास गर्ने अधिकार र कर्तव्यद्वारा राज्यसँग सम्बन्धित भएको राज्य वा समाजको एक अभिन्न सदस्य हो । नागरिक जसले कुनै राज्यको पहिचान बोकेको हुन्छ ।
नागरिक भएवापत उसले राज्यबाट नागरिकता प्राप्त गरेको हुन्छ । त्यो नागरिकता उसको राष्ट्रिय पहिचान दिने राष्ट्रिय परिचयपत्र हो तर त्यस नागरिकताले उसको तीन पुस्ते परिचय खुलाउने मात्र नभइ नागरिक राज्यको संबिधानप्रदत्त हक अधिकार र कर्तव्य सृजना गराउँछ । नागरिक अधिकारप्रति जागरुकता, सचेतना, आत्मसम्मान र आत्मनिर्णय जस्ता कुराहरु स्वःत सिर्जना गराई दिन्छ । यसको लागि नागरिकले नागरिकताको महत्व र अर्थ बुझ्न जरुरी छ हुन्छ । यसको अर्थ महत्व नबुझेर लामो समयसम्म ठालुबर्गले शोषण गरे नागरिक रैति र जनता भएर बाँचे । त्यसैले नागरिकहरुले आफूले पाएको नागरिकता अनुसार अथवा स्वतन्त्र राज्यको नागरिकको हैसियतले पाउने हक अधिकार कर्तव्य सचेत र जागरुक हुनैपर्छ यसका लागि नागरिक शिक्षाको खाँचो पर्दछ ।
नागरिकलाई संबिधान प्रदत्त हक अधिकार कर्तव्य र कानुनी उपचार बारे सचेत गराउने शिक्षा नागरिक शिक्षा हो । नागरिक अधिकारका लागि नागरिकले राज्यको संबिधान र राज्य संरचना निर्माण गरेको हुन्छ । संबिधान अनुसार शासक छान्ने शासकमार्फत शासनमा भाग लिएर आफ्नो अधिकार उपयोग गर्ने, सहभागी हुने, कर्तव्य पालन गर्ने व्यवस्था सिर्जना गरेको हुन्छ । यसरी नागरिकलाई संबिधान कानुन, शासन, नागरिक कर्तव्य, शासन प्रणाली, राज्यका अग प्रशासन नागरिक दायित्व, आत्म सम्मान जस्ता बिषयहरुमा नागरिकलाई ज्ञान सचेतनाको अति आवश्यक हुन्छ। यही बिषयमा सचेतिकरण गरी जागरुक नागरिक तयार गर्ने बिषयवस्तुहरु समेटेर दिइने शिक्षा नै
नागरिक शिक्षा हो । नागरिक शिक्षाले राज्यका नागरिकहरुमा नागरिक मुद्दाहरु, राजनीति, संस्कार नागरिक हक हित कर्तव्य प्रतिको चेतनाको विकास गर्दछ ।
२.नागरिक शिक्षाको आवश्यक्ता र महत्व
नागरिकलाई संबिधानप्रदत्त हक अधिकारप्रति सचेत बनाउने, नागरिक कर्तव्य तथा भूमिका बारेमा जानकारी गराउने शिक्षालाई नागरिक शिक्षा भनिन्छ । संबिधानले कल्याणकारी राज्यको स्थापना गर्न नागरिकहरुको अधिकार र कर्तव्यहरु सुनिश्चित गरेको हुन्छ । यी अधिकार र कर्तव्यको पालनाले राज्यमा सुव्यवस्था र सुशासन स्थापना हुने भएकोले नागरिक शिक्षाको आवश्यकता पर्दछ ।
यसको आवश्यकता र महत्वहरु निम्न रहेका छन्
क नागरिक शिक्षाले नागरिकप्रति सचेतताको विकास गराउँछ,
ख नागरिक अधिकारमात्र हैन कर्तव्य र भूमिकाको जानकारी गराउँछ,
ग राज्यले अंगिकार गरेको व्यवस्था अनुरुपको नागरिक आचरणको विकास गराउँछ ।
घ राव्य संचालनमा सहयोग पुर्याउँछ ।
ङ् जिम्मेवार व्यक्ति संस्थालाई नागरिकप्रति उत्तरदायित्व बनाउन सिकाउँछ ।
च आम नागरिकको जीव्नसँग जोडिएको नागरिक शिक्षाका हरेक पक्षहरुको ज्ञान सिप बढाउँछ
छ नागरिक शिक्षाले नागरिक जीवनलाई सुखमय शान्तिमय चनाखो सजग बनाउँछ ।
३.नागरिक शिक्षाको बिषय क्षेत्रहरु वा पक्ष वा क्षेत्रहरु
राज्यका एक निश्चित भौगलिक क्षेत्रमा स्थायी बसोबास गर्ने अधिकार र कर्तव्यद्वारा राज्यसँग सम्बन्ध गाँसिएको एक सामाजिक सदस्य हो । नागरिकको सम्बन्ध केवल भौगलिक क्षेत्रसँगमात्र नरहेर उसको स्वतन्त्र जीवन विकासको लागि राज्यले प्रदान गरिने अधिकार र कर्तव्यको सुनिश्चित गरेको छ । झट्ट सुन्दा नागरिक शिक्षा देशका नागरिकलाई देश सेवा गर्ने सक्षम नागरिक बनाउने शिक्षा हो बुझिन्छ । तर नागरिक जीवनसँगै राज्य निर्माण, कानुन राज्य संरचना, देखि आम जनजीवनमा के कसरी व्यवहार गर्ने सामाजिक आर्थिक राजनीतिक प्रणाली, आदि बिभिन्न पक्षहरुसँग सरोकार राख्दछ । एक किसिमले नागरिक शिक्षाले नागरिकलाई कर्तव्य बोध र जागरुक बनाउने काम गर्दछ । यस अर्थमा नागरिक शिक्षा बिभिन्न पक्षसँग सम्बन्धित हुन्छ । अर्थात यसले बिभिन्न बिषय वा कार्य क्षेत्रसँग सरोकार राख्दछ । यसका निम्न पक्षहरु रहेका छन्ः
अ) नागरिक शिक्षा सम्बन्धि ज्ञान प्राप्ति र निर्माण ः व्यक्तिलाई नागरिकता, नागरिक अधिकार नागरिक कर्तव्य आदिको ज्ञान प्राप्त गर्न र यस अनुरुप आफ्ना मूल्यहरु निर्माण गर्नमा सहयोग गर्दछ । यस अन्तर्गत निम्न बिषय क्षेत्रहरु पर्दछ ।
क) नागरिक हकहित अधिकार कर्तव्य सम्बन्धि बौद्धिक विकासमा भाग लिने क्षमताको विकास
ख) नागरिक मुद्दाहरू (मामिला सवाल) सँग सम्बन्धित ज्ञान प्राप्ति
ग) नागरिक मुद्दाहरूमा प्रभाव पार्ने समूह /सँस्था तथा प्रणालीहरूको पहिचान
घ) बिगतका सामाजिक द्वन्द सामाजिक अभियान सामाजिक गतिबिधिहरूको पहिचान
कक्षा १२ शिक्षा र विकास शिक्षण योजनाको रुपमा तयार पारिएको सामाग्री
x


Comments
Post a Comment
Thank you !