Skip to main content

संविधान विपरीत सरकार नै असुल्छ विद्यार्थीबाट पैसा

  संविधान विपरीत सरकार नै असुल्छ विद्यार्थीबाट पैसा News Summary Generated by OK AI. Editorially reviewed. सरकारले विद्यार्थीबाट उठाइरहेको शुल्क गैरकानूनी रहेको शिक्षा क्षेत्रका सरोकारवाला एवं विज्ञहरूको जिकिर छ । विद्यालय सञ्चालनको लागि कुनै न कुनै रूपमा शुल्क लिन बाध्य भएको प्रधानाध्यापकहरू स्वीकार्छन् । महालेखा परीक्षकको कार्यालयले विद्यार्थीबाट विभिन्न शीर्षकमा लिइरहेको शुल्कबारे प्रश्न उठाएको छ । ३० जेठ, काठमाडौं । सानोठिमीस्थित परीक्षा नियन्त्रण कार्यालयको कम्पाउण्डमा प्रत्येक दिन विद्यार्थीको लामो लाइन लाग्छ । बिहान १० नबज्दै लामबद्ध भएका विद्यार्थी कोही प्रमाणपत्र बनाउन, कोही हराएको प्रमाणपत्रको प्रतिलिपि लिन त्यहाँ पुगेका हुन् । त्यही लाइनमा थिए, बाराबाट आएका सुरेश सुनार । उनले भने, ‘एसईईको मूल प्रमाणपत्र हराएपछि प्रतिलिपि लिन आएको हुँ । ५०० रुपैयाँ शुल्क तिरें ।’ काठमाडौं कपनबाट प्रमाणपत्र प्रमाणीकरण गर्न गएकी निरुमाया श्रेष्ठले पनि १ हजार रुपैयाँ राजस्व बुझाइन् । प्रमाणपत्र सच्याउन सल्यानबाट आएका कमल चन्दले पनि ५०० राजस्व बुझाए । ‘शुल्क लाग्छ भनेपछि तिर्नै पर्‍यो नि’ उनी...

नागरिक शिक्षा अर्थ आवश्यक्ता र महत्व

१ नागरिक शिक्षाको अर्थ 

नागरिक भनेको कुनै राज्यको निश्चित भौगलिक क्षेत्रभित्र स्थायी बसोबास गर्ने अधिकार र कर्तव्यद्वारा राज्यसँग सम्बन्धित भएको राज्य वा समाजको एक अभिन्न सदस्य हो । नागरिक जसले कुनै राज्यको पहिचान बोकेको हुन्छ ।
नागरिक भएवापत उसले राज्यबाट नागरिकता प्राप्त गरेको हुन्छ । त्यो नागरिकता उसको राष्ट्रिय पहिचान दिने राष्ट्रिय परिचयपत्र हो तर त्यस नागरिकताले उसको तीन पुस्ते परिचय खुलाउने मात्र नभइ नागरिक राज्यको संबिधानप्रदत्त हक अधिकार र कर्तव्य सृजना गराउँछ । नागरिक अधिकारप्रति जागरुकता, सचेतना, आत्मसम्मान र आत्मनिर्णय जस्ता कुराहरु स्वःत सिर्जना गराई दिन्छ । यसको लागि नागरिकले नागरिकताको महत्व र अर्थ बुझ्न जरुरी छ हुन्छ । यसको अर्थ महत्व नबुझेर लामो समयसम्म ठालुबर्गले शोषण गरे नागरिक रैति र जनता भएर बाँचे ।  त्यसैले नागरिकहरुले आफूले पाएको नागरिकता अनुसार अथवा स्वतन्त्र राज्यको नागरिकको हैसियतले पाउने हक अधिकार कर्तव्य सचेत र जागरुक हुनैपर्छ यसका लागि नागरिक शिक्षाको खाँचो पर्दछ । 
नागरिकलाई संबिधान प्रदत्त हक अधिकार कर्तव्य र कानुनी उपचार बारे सचेत गराउने शिक्षा नागरिक शिक्षा हो । नागरिक अधिकारका लागि नागरिकले राज्यको संबिधान र राज्य संरचना निर्माण गरेको हुन्छ । संबिधान अनुसार शासक छान्ने शासकमार्फत शासनमा भाग लिएर आफ्नो अधिकार उपयोग गर्ने, सहभागी हुने, कर्तव्य पालन गर्ने व्यवस्था सिर्जना गरेको हुन्छ । यसरी नागरिकलाई संबिधान कानुन, शासन, नागरिक कर्तव्य, शासन प्रणाली, राज्यका अग प्रशासन नागरिक दायित्व, आत्म सम्मान जस्ता बिषयहरुमा नागरिकलाई ज्ञान सचेतनाको अति आवश्यक हुन्छ। यही बिषयमा सचेतिकरण गरी जागरुक नागरिक तयार गर्ने बिषयवस्तुहरु समेटेर दिइने शिक्षा नै 
नागरिक शिक्षा हो । नागरिक शिक्षाले राज्यका नागरिकहरुमा नागरिक मुद्दाहरु, राजनीति, संस्कार नागरिक हक हित कर्तव्य प्रतिको चेतनाको विकास गर्दछ ।
२.नागरिक शिक्षाको आवश्यक्ता र महत्व 
नागरिकलाई संबिधानप्रदत्त हक अधिकारप्रति सचेत बनाउने, नागरिक कर्तव्य तथा भूमिका बारेमा जानकारी गराउने शिक्षालाई नागरिक शिक्षा भनिन्छ । संबिधानले कल्याणकारी राज्यको स्थापना गर्न नागरिकहरुको अधिकार र कर्तव्यहरु सुनिश्चित गरेको हुन्छ । यी अधिकार र कर्तव्यको पालनाले राज्यमा सुव्यवस्था र सुशासन स्थापना हुने भएकोले नागरिक शिक्षाको आवश्यकता पर्दछ ।
यसको आवश्यकता र महत्वहरु निम्न रहेका छन्
क नागरिक शिक्षाले नागरिकप्रति सचेतताको विकास गराउँछ,
ख नागरिक अधिकारमात्र हैन कर्तव्य र भूमिकाको जानकारी गराउँछ, 
ग राज्यले अंगिकार गरेको व्यवस्था अनुरुपको नागरिक आचरणको विकास गराउँछ ।
घ राव्य संचालनमा सहयोग पुर्याउँछ ।
ङ् जिम्मेवार व्यक्ति संस्थालाई नागरिकप्रति उत्तरदायित्व बनाउन सिकाउँछ ।
च आम नागरिकको जीव्नसँग जोडिएको नागरिक शिक्षाका हरेक पक्षहरुको ज्ञान सिप बढाउँछ 
छ नागरिक शिक्षाले नागरिक जीवनलाई सुखमय शान्तिमय चनाखो सजग बनाउँछ ।
 ३.नागरिक शिक्षाको  बिषय क्षेत्रहरु वा पक्ष वा क्षेत्रहरु
राज्यका एक निश्चित भौगलिक क्षेत्रमा स्थायी बसोबास गर्ने अधिकार र कर्तव्यद्वारा राज्यसँग सम्बन्ध गाँसिएको एक सामाजिक सदस्य हो । नागरिकको सम्बन्ध केवल भौगलिक क्षेत्रसँगमात्र नरहेर उसको स्वतन्त्र जीवन विकासको लागि राज्यले प्रदान गरिने अधिकार र कर्तव्यको सुनिश्चित गरेको छ । झट्ट सुन्दा नागरिक शिक्षा देशका नागरिकलाई देश सेवा गर्ने सक्षम नागरिक बनाउने शिक्षा हो बुझिन्छ । तर नागरिक जीवनसँगै राज्य निर्माण, कानुन राज्य संरचना, देखि आम जनजीवनमा के कसरी व्यवहार गर्ने सामाजिक आर्थिक राजनीतिक प्रणाली, आदि बिभिन्न पक्षहरुसँग सरोकार राख्दछ । एक किसिमले नागरिक शिक्षाले नागरिकलाई कर्तव्य बोध र जागरुक बनाउने काम गर्दछ । यस अर्थमा नागरिक शिक्षा बिभिन्न पक्षसँग सम्बन्धित हुन्छ । अर्थात यसले बिभिन्न बिषय वा कार्य क्षेत्रसँग सरोकार राख्दछ । यसका निम्न पक्षहरु रहेका छन्ः
अ) नागरिक शिक्षा सम्बन्धि ज्ञान प्राप्ति र निर्माण ः व्यक्तिलाई नागरिकता, नागरिक अधिकार नागरिक कर्तव्य आदिको ज्ञान प्राप्त गर्न र यस अनुरुप आफ्ना मूल्यहरु निर्माण गर्नमा सहयोग गर्दछ । यस अन्तर्गत निम्न बिषय क्षेत्रहरु पर्दछ ।
क) नागरिक हकहित अधिकार कर्तव्य सम्बन्धि बौद्धिक विकासमा भाग लिने क्षमताको विकास
ख) नागरिक मुद्दाहरू (मामिला सवाल) सँग सम्बन्धित ज्ञान प्राप्ति
ग) नागरिक मुद्दाहरूमा प्रभाव पार्ने समूह /सँस्था तथा प्रणालीहरूको पहिचान

घ) बिगतका सामाजिक द्वन्द सामाजिक अभियान सामाजिक गतिबिधिहरूको पहिचान

 शिक्षक शमसेर पुलामी

कक्षा १२ शिक्षा र विकास शिक्षण योजनाको रुपमा तयार पारिएको सामाग्री

x


Comments

Popular posts from this blog

img & Video Gallery

आफुलाई कुन कक्षाको चाहिएको हो इमेजमा थिच्नुहोस । Veiw Gradesheet   

शिक्षा क्षेत्रमा २० प्रतिशत बजेट छुट्याउन अनेरास्ववियु क्रान्तिकारीको माग

काठमाडौं ।  नेकपा माओवादी निकट अखिल (क्रान्तिकारी) ले कुल बजेटको २० प्रतिशत शिक्षा क्षेत्रमा छुट्याउनु पर्ने माग गरेको छ । आगामी आर्थिक वर्षको बजेटमा युवा तथा विद्यार्थीबाट सुझाव मागेका अर्थमन्त्री जनार्दन शर्मालाई बिहीबार अखिल क्रान्तिकारीको तर्फबाट १७ बुँदे सुझाव बुझाइएको हो । सुझावमा आधारभूत शिक्षालाई अनिवार्य र निशुल्क गरिनुपर्ने, माध्यमिक शिक्षा निशुल्कको अधिकारलाई पूर्ण कार्यान्वयन गर्नुपर्ने, हरेक वर्ष एउटा आवासिय सुविधासहितको विद्यालय स्थापना गर्नुपर्ने, हरेक मावि तहको विद्यालयमा प्रयोगशाला हुनुपर्ने लगायतका सुझावहरु क्रान्तिकारीले दिएको छ ।  अनेरास्ववियु क्रान्तिकारीले अर्थमन्त्रीलाई बुझाएको सुझावपत्र यस्ताे छः माननीय अर्थमन्त्री ज्यू, अर्थ मन्त्रालय  सिंहदरबार काठमाडौं  बिषय : सुझाव सम्बन्धमा   उपरोक्त सम्बन्धमा माननीय अर्थमन्त्री द्वारा नयाँ आ.व. ०७९/०८० को लागि युवा विद्यार्थी बाट सुझाव संकलन कार्यक्रम राख्नुभएकोमा हाम्रो संगठन अखिल (क्रान्तिकारी) को तर्फबाट सराहना गर्दछौं । तपाईं कोभिड -१९ बाट थिलथिलो भएको अर्थतन्त्र, बदलिएको विश्व  परिवेश...

विद्यालयका कर्मचारीहरु फेरि आन्दोलनमा

विद्यालयका कर्मचारीहरु फेरि आन्दोलनमा सर्लाहीको लालबन्दी नगरपालिका-१६ स्थित श्री डिम जनता माध्यमिक विद्यालयका कार्यालय सहयोगी मात्र हुन्, ६२ वर्षीय धनबहादुर केसी । यतिबेला उनी विद्यालयमा हुनुपर्ने हो । तर, एक सातादेखि काठमाडौंको माइतीघर मण्डलामा तातो घाममा धर्नामा छन् । ०३५ सालदेखि कार्यालय सहयोगीका रूपमा काम गरेका धनबहादुरले न धन कमाउन सके, न जागिरको ग्यारेन्टी नै भयो । उल्टै पटक-पटक उनी विद्यालयबाट निकालिए । थमौती गर्दै बस्दै गरेर उनले ४३ वर्ष काम गरे । सुरुवाती चरणका तीन महिना त उनले निःशुल्क काम गरे । त्यसपछि महिनाको २५ रुपैयाँ पाउन थाले । हाल उनले महिनाको १५ हजार पाउँछन् । तर, उनको जागिर स्थायी भएन ।  हाल जागरिबाट अवकाश हुनेबेला भयो उनको । तर, रित्तो हात फर्कनु पर्ने बाध्यता सुनाउँछन् उनी । त्यसैले सेवा सुविधाको माग गर्दै उनी सिंहदरबारलाई घचघच्याउन काठमाडौं आइपुगेका हुन् । ‘कार्यालय सहयोगी भएरै पूरै जीवन बित्यो तर रित्तो हात कामबाट बिदा लिनुपर्ने स्थिति छ । राज्यले हामीलाई उपेक्षा गर्‍यो,’ सिंहदरबारतर्फ उनी औँला तेर्साउँदै भन्छन्, ‘एक साता भयो तातो घाममा बस...

Followers