Skip to main content

Posts

Showing posts from January, 2024

संविधान विपरीत सरकार नै असुल्छ विद्यार्थीबाट पैसा

  संविधान विपरीत सरकार नै असुल्छ विद्यार्थीबाट पैसा News Summary Generated by OK AI. Editorially reviewed. सरकारले विद्यार्थीबाट उठाइरहेको शुल्क गैरकानूनी रहेको शिक्षा क्षेत्रका सरोकारवाला एवं विज्ञहरूको जिकिर छ । विद्यालय सञ्चालनको लागि कुनै न कुनै रूपमा शुल्क लिन बाध्य भएको प्रधानाध्यापकहरू स्वीकार्छन् । महालेखा परीक्षकको कार्यालयले विद्यार्थीबाट विभिन्न शीर्षकमा लिइरहेको शुल्कबारे प्रश्न उठाएको छ । ३० जेठ, काठमाडौं । सानोठिमीस्थित परीक्षा नियन्त्रण कार्यालयको कम्पाउण्डमा प्रत्येक दिन विद्यार्थीको लामो लाइन लाग्छ । बिहान १० नबज्दै लामबद्ध भएका विद्यार्थी कोही प्रमाणपत्र बनाउन, कोही हराएको प्रमाणपत्रको प्रतिलिपि लिन त्यहाँ पुगेका हुन् । त्यही लाइनमा थिए, बाराबाट आएका सुरेश सुनार । उनले भने, ‘एसईईको मूल प्रमाणपत्र हराएपछि प्रतिलिपि लिन आएको हुँ । ५०० रुपैयाँ शुल्क तिरें ।’ काठमाडौं कपनबाट प्रमाणपत्र प्रमाणीकरण गर्न गएकी निरुमाया श्रेष्ठले पनि १ हजार रुपैयाँ राजस्व बुझाइन् । प्रमाणपत्र सच्याउन सल्यानबाट आएका कमल चन्दले पनि ५०० राजस्व बुझाए । ‘शुल्क लाग्छ भनेपछि तिर्नै पर्‍यो नि’ उनी...

लौरो खबर

शारीरिक रूपमा कमजोर रहेका नर्वेका राजा हेराल्ड पाँचौँले पद छाड्ने आफ्नो कुनै योजना नभएको दोहोर्‍याएका छन्। डेनमार्ककी महारानी मार्गरेटले आश्चर्यजनक रूपमा पद छाड्ने निर्णय एक्कासी गरेपछि मंगलवार आफ्नो पहिलो सार्वजनिक टिप्पणीमा राजा हेराल्ड पाँचौँको यो भनाइ बाहिर आएको हो। ‘म सधैँ आफूले भनेको कुरामा अडिग छु, मैले स्टोर्टिङ (संसद्) को शपथ लिएको छु र यो जीवनभरका लागि हो,’ युरोपभरिमा सबैभन्दा वृद्ध राजा हेराल्ड पाँचौँको भनाइ उद्धृत गर्दै नर्वेका सञ्चारमाध्यमले जनाएका छन्। राजा हेराल्ड पाँचौँले छोरा युवराज हाकनसँगै राजधानी ओस्लोमा नर्वेली प्रेस सेन्टरको भ्रमणका क्रममा यस्तो टिप्पणी गरेका हुन्। ३३ वर्षदेखि सिंहासन सम्हालेका राजा हेराल्ड पाँचौँ यही फेब्रुअरी २१ मा ८७ वर्ष पुग्दै छन्। आफ्नो बढ्दो स्वास्थ्य समस्या तथा बढ्दो उमेरले टिप्पणीकारहरूलाई हेराल्ड पाँचौँले आफ्नी ८३ वर्षीया टाढाकी बहिनी मार्गरेटको पाइला पछ्याउन सक्ने सम्भावना रहेको अड्कल काट्न प्रेरित गरेको थियो। बारम्बार कहिल्यै पद नछाड्ने कुरामा जोड दिँदै आएकी मार्गरेटले भने नयाँ वर्षको पूर्वसन्ध्यामा गरेको...

Teacher Wanted

 

सामान्य ज्ञानसम्बन्धी प्रश्नहरु

                                                                                               झुक्किने प्रश्नहरु  
  प्रधानमन्त्रीको सचिवालयबाट हटाइए १३ जना   अनलाइनखबर   २०८० माघ २ गते १५:५४ २ माघ, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको स्वकीय सचिवालयमा कार्यरत १३ जना हटाइएका छन् । एक वर्षको कार्यकालको समीक्षापछि प्रचण्डले स्वकीय सचिवालयबाट १३ जना हटाएका हुन् । १ माघदेखि सचिवालयका एक स्वकीय सहसचिव, ४ जना स्वकीय उपसचिव, एक स्वकीय शाखा अधिकृत, २ जना प्रशासन सहायक, २ जना कम्प्युटर सहायक र २ जना हलुका सवारी चालक जिम्मेवारी मुक्त भएका हुन् । प्रधामनन्त्रीका प्रमुख स्वकीय सचिव सन्तु दरैकाअनुसार स्वकीय सहसचिव रहेका नारायणप्रसाद ढुंगानासहित सचिवालयका १३ जनालाई एक वर्षको योगदानको लागि धन्यवादसहित बिदा गरिएको हो । स्वकीय उपसचिवहरु रमेशप्रसाद गुरागाईं, ओमकुमारी पौडेल, सावित्रीकुमारी अधिकारी र कलबहादुर नाथ विदा भएका छन् । स्वकीय शाखा अधिकृत लाले कुमालसँगै प्रशासन सहायकद्वय युवराज शाह र रामलाल पराजुली पनि हटाइएका छन् । कम्प्युटर सहायक बासुदेव शर्मा र खड्क योगीसँगै कार्यालय सहयोगी अविनाश वाइवा पनि प्रधानमन्त्रीको सचिवालयबाट बिदा भएका छन् । हलुका सवारी चालकहरु रमेशप्रसाद घिमिरे पवित्रबह...

गोरखापत्रको खबर

 

राष्ट्रिय सभा सदस्य चुनाबमा नेपाली काँग्रेसका दुई महिला उम्मेदवाहरु

  माघ ११ मा हुने चुनावका लागि कांग्रेसले सत्ता गठबन्धनसँग मिलेर राष्ट्रिय सभामा साझा उम्मेदवार तय गरेको छ। १९ सिटमध्ये कांग्रेसले १०, माओवादी केन्द्रले ६, एकीकृत समाजवादीले २ र जसपाले १ सिट भागबन्डा गरेर उम्मेदवारी दिने सहमति भएको थियो सत्ता गठबन्धनमा आबद्ध नेपाली कांग्रेसले जम्मा दुईजना मात्र महिला  उम्मेदवार उठाएको छ ।  १. विष्णुकुमारी सापकोटा   उहाँ लुम्बिनी प्रदेशबाट उठ्नु भएको हो । उहाँ सँगै नेकपा माओवादीका  झक्कुप्रसाद सुवेदीले पनि उम्मेदवारी दर्ता गराउनुभएको छ ।  उहाँहरु दुबै साझा उम्मेदवारहरु हुन । नेपाली काङ्ग्रेस लुम्बिनी प्रदेश कार्य सम्पादन समिति सदस्य विष्णुकुमारी सापकोटा  विद्यार्थी कालको राजनितीदेखि  सामाजिक,राजनीतिक क्षेत्रमा सक्रिय हुनुहुन्छ ।    उहाले  सामाजिक र राजनीतिक क्षेत्रमा काम गर्दैगर्दा धेरै संघर्ष,त्याग र बलिदान गरेको बताउनु भएको छ । नारीवर्गहरुको हक अधिकारको लागि पर्दाभित्र र बाहिर निस्वार्थ रुपमा काम  गर्नु भएको छ । २०६१ मा गुल्मी फर्केर गुल्मी जिल्लाका ७९ गा बि स मा प...

राष्ट्रियसभा सदस्य निर्वाचनमा माओवादी केन्द्रको महिला उम्मेदवार

माओवादी केन्द्रका तीन महिला उम्मेदवार क. मनरुपा सुवेदी शर्मा काठमाडौ । नेकपा माओवादी केन्द्र पर्वतकी संयोजक मनरुपा सुवेदी ‘विमला’ ले गएको मंसिर १७ गते सामाजिक सञ्जाल फेसबुकमा एउटा तस्बिरसहित लेखिन्,‘आज के लेखुँ, लेख्ने शब्द नै छैन। सम्झनामा सधैँ अजर अमर मेरो आफ्नु मान्छे। हार्दिक श्रद्धासुमन।’ मनरुपाले राखेको तस्बिर श्रीमान विजय सुवेदी (विकास) को थियो भने व्यक्त भावना धेरै वर्ष अर्थात् २०६१ साल मंसिर १७ गतेसँगै जोडिएको थियो। भएको के थियो भने, स्याङ्जाको सिर्सेकोटमा खाना खाँदै गरेका विजयसहित ५ जनालाई तत्कालीन शाही नेपाली सेनाले घेरा हालेर मारेको थियो। मारिनेमा विजयसहित कृष्ण गौतम, कुविजा पराजुली, मोहनसिंह गाहा मगर र खड्ग कुँवर थिए। मनरुपाको विहे भएको धेरै भएकै थिएन। विजय र मनरुपा दुवै माओवादीका पूर्णकालीन कार्यकर्ता नै थिए। युद्धको समयमा मनरुपाको काम पार्टीको लडाकु पंक्तिलाई सघाउनु नै हुन्थ्यो। पति गुमाएपछि पनि उनी निरन्तर पार्टीकै काममा लागिन्। कयौंपटक मृत्युको मुखबाट फुत्किइन्, बेनीसहितका युद्धमा लडाकुको सहयोगमा खटिइन्। युद्धकालीन समयमा स्याङ्जाकै मग्याम चिसापानीमा ...

Followers