Skip to main content

डोनाल्ड ट्रम्पले सी जिनपिङलाई किन चीलको मूर्ति (The bald eagle ) उपहार दिए ?

Simple Polls डोनाल्ड ट्रम्पले चिनियाँ राष्ट्रपति सी जिनपिङलाई किन दिए चीलको मूर्ति?  यसको प्रतीकात्मक अर्थ के हो? Like or Dislike US President Donald Trump gifted Chinese President Xi Jinping a bald eagle statue because it is the official national symbol of the United States and represents America's "free and soaring spirit." अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ह्वाइट हाउसमा आयोजित राजकीय रात्रिभोजका क्रममा चिनियाँ राष्ट्रपति सी जिनपिङलाई उपहारस्वरूप अमेरिकी राष्ट्रिय प्रतीक बाल्ड इगल (Bald Eagle) को विशेष मूर्ति प्रदान गरेका छन्। करिब तीन फिट अग्लो उक्त मूर्ति अमेरिकाको राष्ट्रिय पहिचान, स्वतन्त्रता र गौरवको प्रतीकका रूपमा प्रस्तुत गरिएको थियो। 🦅 ट्रम्पले चीलको मूर्ति दिनुको कारण अमेरिकाको राष्ट्रिय प्रतीक: बाल्ड इगल उत्तर अमेरिकामा पाइने चरा हो। यो अमेरिकाको राष्ट्रिय प्रतीक हो र यसले अमेरिकी स्वतन्त्रता, शक्ति, गौरव तथा उचाइमा उड्ने स्वतन्त्र भावनाको प्रतिनिधि...

लौरो खबर

शारीरिक रूपमा कमजोर रहेका नर्वेका राजा हेराल्ड पाँचौँले पद छाड्ने आफ्नो कुनै योजना नभएको दोहोर्‍याएका छन्।

डेनमार्ककी महारानी मार्गरेटले आश्चर्यजनक रूपमा पद छाड्ने निर्णय एक्कासी गरेपछि मंगलवार आफ्नो पहिलो सार्वजनिक टिप्पणीमा राजा हेराल्ड पाँचौँको यो भनाइ बाहिर आएको हो।

‘म सधैँ आफूले भनेको कुरामा अडिग छु, मैले स्टोर्टिङ (संसद्) को शपथ लिएको छु र यो जीवनभरका लागि हो,’ युरोपभरिमा सबैभन्दा वृद्ध राजा हेराल्ड पाँचौँको भनाइ उद्धृत गर्दै नर्वेका सञ्चारमाध्यमले जनाएका छन्।

राजा हेराल्ड पाँचौँले छोरा युवराज हाकनसँगै राजधानी ओस्लोमा नर्वेली प्रेस सेन्टरको भ्रमणका क्रममा यस्तो टिप्पणी गरेका हुन्।

३३ वर्षदेखि सिंहासन सम्हालेका राजा हेराल्ड पाँचौँ यही फेब्रुअरी २१ मा ८७ वर्ष पुग्दै छन्। आफ्नो बढ्दो स्वास्थ्य समस्या तथा बढ्दो उमेरले टिप्पणीकारहरूलाई हेराल्ड पाँचौँले आफ्नी ८३ वर्षीया टाढाकी बहिनी मार्गरेटको पाइला पछ्याउन सक्ने सम्भावना रहेको अड्कल काट्न प्रेरित गरेको थियो।

बारम्बार कहिल्यै पद नछाड्ने कुरामा जोड दिँदै आएकी मार्गरेटले भने नयाँ वर्षको पूर्वसन्ध्यामा गरेको सम्बोधनमा आफ्नो सबैभन्दा ठूलो छोरा फ्रेडरिकको पक्षमा पद त्याग्ने घोषणा गरेर डेनिसहरुलाई आश्चर्यचकित बनाएकी थिइन्।

वैशाखीको सहारामा हिँडडुल गर्ने राजा हेराल्ड पाँचौँको हालैका वर्षमा मुटुको शल्यक्रिया गरिएको छ र श्वाससम्बन्धी समस्या तथा सङ्क्रमणका कारण उनलाई अस्पतालमा भर्ना गरि उपचार गरिएको थियो।

 

राष्ट्रिय सभामा बदलियो शक्ति सन्तुलन

राष्ट्रिय सभामा अबको तस्बिर : माओवादी : १८, कांग्रेस : १६, एमाले : १०, एकीकृत समाजवादी : ८, जसपा : ३, लोसपा : १ र जनमोर्चा : १

१९ सिटका लागि बिहीबार भएको निर्वाचन परिणामले राष्ट्रिय सभाको शक्ति सन्तुलनमा व्यापक हेरफेर भएको छ । प्रतिनिधिसभामा तेस्रो शक्ति माओवादी राष्ट्रिय सभामा पहिलो दल बनेको छ । संसद्को पहिलो ठूलो दल कांग्रेस दोस्रो र एमाले तेस्रो भएका छन् । 

हाल राष्ट्रिय सभामा एमालेका १८, माओवादी १६, कांग्रेस १०, एकीकृत समाजवादी आठ, जसपा तीन, स्वतन्त्र दुई, लोसपा र जनमोर्चाका एक–एकजना छन् । तर, २० फागुनमा एमालेका नौ, कांग्रेस चार, माओवादी तीन, एकीकृत समाजवादी दुई, जसपा एक र स्वतन्त्र एक बाहिरिँदै छन् ।

बिहीबार निर्वाचितमा कांग्रेसका १०, माओवादीका पाँच, एकीकृत समाजवादीका दुई, एमाले र जसपाका एक–एकजना छन् । यस आधारमा २० फागुनपछि राष्ट्रिय सभामा १८ सांसदसहित माओवादी पहिलो, १६ सांसदसहित कांग्रेस दोस्रो, १० सांसदसहित एमाले तेस्रो, आठ सांसदसहित एकीकृत समाजवादी चौथो, तीन सांसदसहित जसपा पाचौँ दल हुनेछन् । लोसपा र राष्ट्रिय जनमोर्चाका एक–एकजना छन् । राष्ट्रपतिबाट मनोनीत वामदेव गौतम स्वतन्त्र सांसदको हैसियतमा छन् । राष्ट्रपतिबाट एक सिट मनोनीत हुन बाँकी छ । गठबन्धनबीच उक्त सिट जनमोर्चालाई दिने सहमति छ । 

प्रतिनिधिसभातर्फ भने कांग्रेस ८८ (प्रत्यक्ष ५६ ‘एक निलम्बित’/समानुपातिक ३२), एमाले (प्रत्यक्ष ४४ ‘एक निलम्बित’/समानुपातिक ३४), माओवादी (प्रत्यक्ष १८/समानुपातिक १४), रास्वपा २१ (प्रत्यक्ष ८/समानुपातिक १३), राप्रपा (प्रत्यक्ष ७/समानुपातिक ७), जसपा (प्रत्यक्ष ७/समानुपातिक ५), एकीकृत समाजवादी १०, जनमत (प्रत्यक्ष १/समानुपातिक ५), लोसपा ४, नागरिक उन्मुक्ति ४, नेमकिपा, जनमोर्चा र आम जनता १–१, स्वतन्त्र २ र रिक्त एक सिट छ ।

राष्ट्रियसभामा दलीय हैसियत, माओवादी पहिलो र कांग्रेस दोश्रो



श्रोत www.ratopati.com
१९ सांसदका लागि आज भएको निर्वाचनमा कांग्रेस, माओवादी, एकीकृत समाजवादी र जसपाको गठबन्धनले १८ सिट जितेको छ ।
जसमा कांग्रेसका १०, माओवादीका ५, नेकपा एकीकृत मसाजवादीका २ र जनता समाजवादी पार्टीका १ जना निर्वाचित भएका छन् । कोशी प्रदेशमा गठबन्धनमा भोटक्रस हुँदा एक सांसद गुमाएपनि राष्ट्रियसभामा सत्तारुढ माओवादी केन्द्र पहिलो दलका रूपमा स्थापित भएको छ ।
राष्ट्रियसभामा माओवादीका हाल उपाध्यक्षसहित (एक मनोनीत) १६ सांसद रहेका छन् । आगामी फागुन २१ मा ३ जनाको पदावधि सकिने भए पनि निर्वाचनबाट ५ जना निर्वाचित हुँदा राष्ट्रियसभामा माओवादीका १८ सांसद पुग्छ ।

बागलुङ नगरपालिका–६ पञ्चकोटमा विभिन्न धार्मिक संरचनासहित विश्वशान्ति गण्डकी कलशको निर्माणका लागि शिलान्यास गरेको नौ वर्ष पूरा भयो । तत्कालीन प्रधानमन्त्री स्व सुशील कोइरालाले शिलान्यास  गर्नुभएको उक्त क्षेत्रमा अहिले गण्डकी माताको मन्दिर, गरुणशिला, हनुमान मूर्ति, सिसमहल, सभाहल, भोजनालय तथा हवनकुण्डलगायत संरचना बनिसकेका छन् । कलशको काम भने पाँच प्रतिशत मात्रै सकिएको छ । 

मुक्तिनाथ पिठाधीश कमलनयनाचार्यको परिकल्पनामा पञ्चकोटमा मठमन्दिर निर्माण भएका हुन् भने एक सय ३५ फिट अग्लो कलश निर्माणाधीन अवस्थामा छ । पञ्चकोट धामका अध्यक्ष दामोदर शास्त्री दाहालले सबै संरचना रु दुई अर्बको योजना रहेको जनाउँदै कलश निर्माणमा मात्रै रु चार करोड लाग्ने बताउनुभयो । कलशको हालसम्म पाँच प्रतिशत मात्रै काम सकिएको उहाँको भनाइ छ ।

अवकाश पाएका महिला स्वास्थ्य स्वयंसेविकालाई एक लाख


१३ माघ,को खबर। 

नुवाकोटको विदुर नगरपालिकाले अवकाश पाएका ३० महिला स्वास्थ्य स्वयंसेविकालाई जनही एक लाखसहित सम्मान गरेको खबर छ।

बिदाइका क्रममा तोकिएको अवधिसम्म सेवा पुर्‍याएको भन्दै नगदसहित सम्मान गरिएको नगरप्रमुख राजन श्रेष्ठले जानकारी दिए । उनका अनुसार गत असार ९ को कार्यपालिका बैठकले प्रस्ताव गरेअनुसार असार १० मा सम्पन्न नगरसभामा पारित गराई यसअघि खाली हात बिदाइ हुँदै आएका स्वयंसेविकालाई रु एक लाख उपलब्ध गराइएको हो ।

स्वर्णिमलाई रास्वपाको कार्यवाहक सभापतिको जिम्मेवारी 
 माघ १३-
पार्टी वरीयतामा रविपछि अर्का उपसभापति डिपी अर्याल छन् । अर्याल पनि रविसँगै भारत जाने भएकाले स्वर्णिमले कार्यवहाक सभापतिको जिम्मेवारी पाएका हुन् ।
सभापति लामिछाने आज र भोलि (आइतबार)भारतमा आयोजित कार्यक्रममा सहभागी हुने छन् ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उपसभापति स्वर्णिम वाग्लेले कार्यवाहक सभापतिको जिम्मेवारी पाएका छन् । पार्टी सभापति रवि लामिछाने २ दिन भारत भ्रमणमा रहेन भएकोले उक्त अवधिका लागि कार्यवाहक सभापतिको जिम्मेवारी वाग्लेलाई दिइएको हो ।





Comments

Popular posts from this blog

डोनाल्ड ट्रम्पले सी जिनपिङलाई किन चीलको मूर्ति (The bald eagle ) उपहार दिए ?

Simple Polls डोनाल्ड ट्रम्पले चिनियाँ राष्ट्रपति सी जिनपिङलाई किन दिए चीलको मूर्ति?  यसको प्रतीकात्मक अर्थ के हो? Like or Dislike US President Donald Trump gifted Chinese President Xi Jinping a bald eagle statue because it is the official national symbol of the United States and represents America's "free and soaring spirit." अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ह्वाइट हाउसमा आयोजित राजकीय रात्रिभोजका क्रममा चिनियाँ राष्ट्रपति सी जिनपिङलाई उपहारस्वरूप अमेरिकी राष्ट्रिय प्रतीक बाल्ड इगल (Bald Eagle) को विशेष मूर्ति प्रदान गरेका छन्। करिब तीन फिट अग्लो उक्त मूर्ति अमेरिकाको राष्ट्रिय पहिचान, स्वतन्त्रता र गौरवको प्रतीकका रूपमा प्रस्तुत गरिएको थियो। 🦅 ट्रम्पले चीलको मूर्ति दिनुको कारण अमेरिकाको राष्ट्रिय प्रतीक: बाल्ड इगल उत्तर अमेरिकामा पाइने चरा हो। यो अमेरिकाको राष्ट्रिय प्रतीक हो र यसले अमेरिकी स्वतन्त्रता, शक्ति, गौरव तथा उचाइमा उड्ने स्वतन्त्र भावनाको प्रतिनिधि...

संयुक्त राष्ट्रसंघको ८१औँ महासभा (#UNGA81) मा परराष्ट्रमन्त्री माननीय शिशिर खनालको सम्बोधन

  Like or Dislike Facebook Facebook Facebook Facebook Facebook Facebook Facebook Facebook Facebook Facebook Facebook Facebook Facebook Facebook Facebook Facebook Facebook Facebook Facebook Facebook Facebook Facebook Facebook Facebook Facebook Facebook Facebook Facebook Facebook Facebook Facebook Facebook Facebook संयुक्त राष्ट्रसंघको मुख्यालयमा आज आयोजित Climate Action and Just Transition सम्बन्धी उच्चस्तरीय बैठकलाई सम्बोधन गर्दै परराष्ट्रमन्त्री माननीय शिशिर खनालले जलवायु परिवर्तनसम्बन्धी प्रतिबद्धतालाई अब निर्णायक रूपमा कार्यान्वयनमा रूपान्तरण गर्न अन्तर्राष्ट्रिय समुदायलाई आग्रह गर्नुभएको छ नेपालमा हालै आएको विनाशकारी बाढीलाई ‘Himalayan Tsunami’ का रूपमा उल्लेख गर्दै मन्त्री खनालले उक्त विपद्बाट ५ अर्ब अमेरिकी डलरभन्दा बढीको क्षति भएको र यो नेपालको कुल गार्हस्थ्य उत्पादन (GDP) को करिब १५ प्रतिशत बराबर रहेको जानकारी गराउनुभयो। विश्वव्यापी हरितगृह ग्यास उत्सर्जनमा नेपालको योगदान ०.१ प्रतिशतभन्दा कम भए पनि जलवायु संकटका असमान र गम्भीर प्...

रक्षा बम र ग्रेटा थुनबर्गको जलवायु न्यायसम्बन्धी सन्देश

जलवायु न्यायका लागि नेपालको आवाज · ब्लग 🌍 रक्षा बम · ग्रेटा थुनबर्ग · जलवायु न्याय जलवायु न्यायका लागि नेपालको आवाज रक्षा बमको अन्तर्राष्ट्रिय आवाज र ग्रेटा थुनबर्गको जलवायु न्यायसम्बन्धी सन्देश “हामीलाई दान होइन, न्याय र क्षतिपूर्ति चाहिन्छ।” — रक्षा बम, नोबेल शान्ति सम्मेलन, ओस्लो 🇳🇵 नेपाली आवाज रक्षा बम : अन्तर्राष्ट्रिय मञ्चमा नेपालको जलवायु न्यायको आवाज नर्वेको ओस्लोमा आयोजित नोबेल शान्ति सम्मेलनमा मन्तव्य राख्दै युवा जलवायु अभियन्ता रक्षा बम नोबेल पिस फोरममा रक्षा बमले राखेको यो अभिव्यक्ति नेपालको लागि विश्व समुदायमा प्रवेश गर्ने प्रस्थान बिन्दु हो। एक जना युवाले अन्तर्राष्ट्रिय फोरममा यति कुरा राख्नु नेपालको लागि अवसर हो। अब राज्य तहबाट नै यही आवाजका साथ विश्व फोरममा जानुपर्छ। नर्वेको ओस्लोमा आयोजित Nobel Peace Conference मा Read more...

Proposal for Thesis

 १. शोध शीर्षक  अध्ययन गर्न गइरहेको प्रस्तावित शोधपत्रको शीर्षक कक्षा ८ मा अध्ययनरत सर्लाही जिल्लाका सामुदायिक विद्यालयका अध्ययनरत तामाङ विद्यार्थीहरूको सस्वरपठन सीप अवस्थाको एक अध्ययन” रहने छ ।  २. शोधको प्रयोजन प्रस्तावित शोधपत्र त्रिभुवन विश्वविद्यालय शिक्षाशास्त्र सङ्काय, नेपाली भाषा शिक्षा विभागअन्तर्गत स्नातकोत्तर तह नेपाली दोस्रो वर्षको पाठ्यांश ५९८ को उद्देश्य पूरा गर्ने प्रयोजनका निमित्त रहने छ ।  ३. समस्था कथन  भाषा सञ्चार आदनप्रदान गर्ने मुख्य माध्यम हो । भाषाको विकासले नै वालबालिकाको सिकाइ क्षमतामा बृद्धि ल्याउँछ । भाषा विकासमा सुनाइ, बोलाइ, पढाइ र लेखाइ गरी चारवटा सीप विकास हुनु जरुरी हुन्छ । नेपालको सन्दर्भमा नेपाली भाषाको विकासलाई मुख्य जोड दिई सानै कक्षादेखि नै नेपाली भाषाको विषयलाई अनिवार्य गराइ पठनपाठन हुँदै आइरहेको छ । भाषाको विकासमा विभिन्न तत्वहरुले प्रभाव पार्दछ जसका कारणले भाषामा त्रुटि हुने गर्दछ ।  कुनै पनि भाषा सिकाइका क्रममा त्रुटि हुनुलाई स्वाभाविक प्रक्रिया मानिन्छ । त्रुटिले भाषा सिकाइमा सिकाइको प्रकृति तथा प्रवृत्...

Contact form

Name

Email *

Message *

Translate

Follow us:
facebook sharing button
twitter sharing button
instagram sharing button
youtube sharing button
messenger sharing button
blogger sharing button

Life Post

5/block/Health Beauty