Skip to main content

संविधान विपरीत सरकार नै असुल्छ विद्यार्थीबाट पैसा

  संविधान विपरीत सरकार नै असुल्छ विद्यार्थीबाट पैसा News Summary Generated by OK AI. Editorially reviewed. सरकारले विद्यार्थीबाट उठाइरहेको शुल्क गैरकानूनी रहेको शिक्षा क्षेत्रका सरोकारवाला एवं विज्ञहरूको जिकिर छ । विद्यालय सञ्चालनको लागि कुनै न कुनै रूपमा शुल्क लिन बाध्य भएको प्रधानाध्यापकहरू स्वीकार्छन् । महालेखा परीक्षकको कार्यालयले विद्यार्थीबाट विभिन्न शीर्षकमा लिइरहेको शुल्कबारे प्रश्न उठाएको छ । ३० जेठ, काठमाडौं । सानोठिमीस्थित परीक्षा नियन्त्रण कार्यालयको कम्पाउण्डमा प्रत्येक दिन विद्यार्थीको लामो लाइन लाग्छ । बिहान १० नबज्दै लामबद्ध भएका विद्यार्थी कोही प्रमाणपत्र बनाउन, कोही हराएको प्रमाणपत्रको प्रतिलिपि लिन त्यहाँ पुगेका हुन् । त्यही लाइनमा थिए, बाराबाट आएका सुरेश सुनार । उनले भने, ‘एसईईको मूल प्रमाणपत्र हराएपछि प्रतिलिपि लिन आएको हुँ । ५०० रुपैयाँ शुल्क तिरें ।’ काठमाडौं कपनबाट प्रमाणपत्र प्रमाणीकरण गर्न गएकी निरुमाया श्रेष्ठले पनि १ हजार रुपैयाँ राजस्व बुझाइन् । प्रमाणपत्र सच्याउन सल्यानबाट आएका कमल चन्दले पनि ५०० राजस्व बुझाए । ‘शुल्क लाग्छ भनेपछि तिर्नै पर्‍यो नि’ उनी...

राष्ट्रिय सभा सदस्य चुनाबमा नेपाली काँग्रेसका दुई महिला उम्मेदवाहरु

 

माघ ११ मा हुने चुनावका लागि कांग्रेसले सत्ता गठबन्धनसँग मिलेर राष्ट्रिय सभामा साझा उम्मेदवार तय गरेको छ। १९ सिटमध्ये कांग्रेसले १०, माओवादी केन्द्रले ६, एकीकृत समाजवादीले २ र जसपाले १ सिट भागबन्डा गरेर उम्मेदवारी दिने सहमति भएको थियो सत्ता गठबन्धनमा आबद्ध नेपाली कांग्रेसले जम्मा दुईजना मात्र महिला  उम्मेदवार उठाएको छ । 

१. विष्णुकुमारी सापकोटा  

उहाँ लुम्बिनी प्रदेशबाट उठ्नु भएको हो । उहाँ सँगै नेकपा माओवादीका  झक्कुप्रसाद सुवेदीले पनि उम्मेदवारी दर्ता गराउनुभएको छ ।  उहाँहरु दुबै साझा उम्मेदवारहरु हुन ।नेपाली काङ्ग्रेस लुम्बिनी प्रदेश कार्य सम्पादन समिति सदस्य विष्णुकुमारी सापकोटा विद्यार्थी कालको राजनितीदेखि सामाजिक,राजनीतिक क्षेत्रमा सक्रिय हुनुहुन्छ ।

 

 उहाले  सामाजिक र राजनीतिक क्षेत्रमा काम गर्दैगर्दा धेरै संघर्ष,त्याग र बलिदान गरेको बताउनु भएको छ । नारीवर्गहरुको हक अधिकारको लागि पर्दाभित्र र बाहिर निस्वार्थ रुपमा काम  गर्नु भएको छ ।२०६१ मा गुल्मी फर्केर गुल्मी जिल्लाका ७९ गा बि स मा पैदल यात्रा गरेर महिला तथा दीन दुखीकाआवाजलाई बाहिर निकाल्दै राजनैतिक र सामाजिक क्षेत्रमा अहिलेसम्म अनबरतरुपमा लागिरहेको कुरा सुनाउँदै सङ्गठनलाई बलियो बनाउदै भ्रष्टाचारलाई निश्तेज पार्ने कुरामा आफुलाइ समर्पित गर्दै कुनै पनि अवसरहरुलाई बिना  हिच्किचाहट त्याग गर्न आफु तयार भएको कुरा बताउनु हुनुनुन्छ ।

पूरा पढ्नुहोस&nbsp

अर्का महिला उम्मेदवार  बिष्णुदेवी पुडासैनी हुन् ।

 उहाँ  बागमती प्रदेशबाट उठ्नु भएको छ । पुडासैनी नेपाल महिला संघ काठमाडौँकी अध्यक्ष हुन् उनी प्रकाशमान सिंह समूहकी हुन्। प्रकाशमान पत्नी सिर्जना सिंहलाई काठमाडौँको मेयरमा उठाउन पहिलो सार्वजनिक माग र ज्ञापनपत्र कांग्रेसमा उनैले बुझाएकी थिइन्। 


श्रोत 

१.बिष्णुदेवी पुडासैनी https://www.facebook.com/profile.php?id=100010298925693
२. मेघराज कोराला https://www.facebook.com/megharaj.koirala
3.शेरबहादुर देउबा https://twitter.com/SherBDeuba
४.गुखा अनलाइनपत्र https://gorkhapatraonline.com/news/92206


Comments

Popular posts from this blog

प्रभावशाली महिलाको सूचीमा मधेशकी छोरी कलादुत सरिता साह

प्रभावशाली महिला’ को सूचीमा मधेशकी छोरी कलादुत सरिता साह आफ्नो नाट्यकलामार्फत मधेश प्रदेशलाईमात्र हैन पूरै नेपाललाई विश्वमा चिनाउन सफल मधेशकी छोरीहरु मध्येकी एउटा नाम हो सरिता साह । उनी महोत्तरी जिल्लाको सानो गाउँ टिम्कीयामा जन्मिएका ६ छोरीहरुमध्येकी सरिता माइली हुन् । बाल्यकालबाटै लैंगिक विभेदको भोगाइ अनुभव गरेकी सरिताको दाजुभाइ छैनन् । उनी २०८० को प्रभावशाली महिलको सूचिमा परेकी छिन् । अनलाइनखबरको जुरीले १०० महिलाहरुमध्येबाट ५० जनालाई २०८० सालको प्रभावशाली महिला छनौट गरेको थियो । जसमा उको नाम पनि समावेश छ । उनलाई अनलाईन खबरले मधेशलाई मूलधारसँग जोड्ने कलादूतको रुपमा लिएको छ । वास्तवमा उनले आफ्नो कलामार्फत नेपाललाई विश्वमा चिनाएकी छिन । सरिताले सञ्चारमाध्यममा न्युजरीडर, कार्यक्रम प्रस्तोता, कलाकार र नाटक निर्माता/निर्देशकको रुपमा काम गरिसकेकी छिन् । महिलाहरूलाई शिक्षाको अधिकारबाट वञ्चित भएको समुदायमा हुर्किए पनि उनले आफ्नो स्नातक तह सफलतापूर्वक पूरा गरिन्। उनलाई कलाकारको रुपमा स्थापित गर्न पनि सजिलो थिएन । नाटक र चलचित्रले समाजमा दिर्घकालिन चेतना र परिवर्तन ल्याउन सक्छ भन्ने व...

Followers