संविधान विपरीत सरकार नै असुल्छ विद्यार्थीबाट पैसा News Summary Generated by OK AI. Editorially reviewed. सरकारले विद्यार्थीबाट उठाइरहेको शुल्क गैरकानूनी रहेको शिक्षा क्षेत्रका सरोकारवाला एवं विज्ञहरूको जिकिर छ । विद्यालय सञ्चालनको लागि कुनै न कुनै रूपमा शुल्क लिन बाध्य भएको प्रधानाध्यापकहरू स्वीकार्छन् । महालेखा परीक्षकको कार्यालयले विद्यार्थीबाट विभिन्न शीर्षकमा लिइरहेको शुल्कबारे प्रश्न उठाएको छ । ३० जेठ, काठमाडौं । सानोठिमीस्थित परीक्षा नियन्त्रण कार्यालयको कम्पाउण्डमा प्रत्येक दिन विद्यार्थीको लामो लाइन लाग्छ । बिहान १० नबज्दै लामबद्ध भएका विद्यार्थी कोही प्रमाणपत्र बनाउन, कोही हराएको प्रमाणपत्रको प्रतिलिपि लिन त्यहाँ पुगेका हुन् । त्यही लाइनमा थिए, बाराबाट आएका सुरेश सुनार । उनले भने, ‘एसईईको मूल प्रमाणपत्र हराएपछि प्रतिलिपि लिन आएको हुँ । ५०० रुपैयाँ शुल्क तिरें ।’ काठमाडौं कपनबाट प्रमाणपत्र प्रमाणीकरण गर्न गएकी निरुमाया श्रेष्ठले पनि १ हजार रुपैयाँ राजस्व बुझाइन् । प्रमाणपत्र सच्याउन सल्यानबाट आएका कमल चन्दले पनि ५०० राजस्व बुझाए । ‘शुल्क लाग्छ भनेपछि तिर्नै पर्यो नि’ उनी...
घोक्ने होइन, बुझ्ने र व्यवहारमा उतार्ने शिक्षाको पक्षमा जेन–जी Like खासमा सन् १९९७ देखि २०१२ को बिचमा जन्मिएका मानिसलाई विश्वमै ‘जेन–जी’ पुस्ता भनेर चिनिन्छ । यो पुस्ता अहिले १३ वर्षदेखि २८ वर्ष उमेर समूहको छ । भविष्यको जिम्मेवारी लिन तम्तयार यो पुस्ता विश्वमा प्रविधिको विकाससँगै हुर्किएको छ । त्यसैले यो पुस्ताको सोच, चिन्तन र बुझाइ अन्य पुस्ताको भन्दा भिन्न छ । अन्य क्षेत्रमा मात्र हैन सुचना प्रविधिमा पनि अब्बल छन् जी जेनका पुस्ताका विद्यार्थीहरु । यस पुस्ताका विद्यार्थीहरुको सिकाई शैली आधुनिक, सोचाइ आधुनिक देखिन्छ तर हाम्रा शिक्षकहरु परम्परावादी, सिकाउने शैली परम्परगत सिकिने ज्ञान परम्परावादी देखिदैछन् । हामीले what पढाउछौ तर विद्यार्थी how खोज्छन् । हामी what is पढाउँछौं जस्तै शिक्षा भनेको, अर्थशास्त्र नाम सर्वनाम स्वास्थ्य बिज्ञान भनेको केहो ? यस्तै यस्तै अनि यसैको भए नभएको नालीबेली पढाएर भएनभए बिद्वानहरुको परिभाषा लेखाएर समय खर्च गर्छौं । नेपालमा अहिले पनि परम्परागत शैलीमार्फत नै पठनपाठन हुँदै आएको छ । यसको अर्थ परम्परागत पाठ्यक्रम परम्परागत पाठ्रयव...
Comments