Skip to main content

संविधान विपरीत सरकार नै असुल्छ विद्यार्थीबाट पैसा

  संविधान विपरीत सरकार नै असुल्छ विद्यार्थीबाट पैसा News Summary Generated by OK AI. Editorially reviewed. सरकारले विद्यार्थीबाट उठाइरहेको शुल्क गैरकानूनी रहेको शिक्षा क्षेत्रका सरोकारवाला एवं विज्ञहरूको जिकिर छ । विद्यालय सञ्चालनको लागि कुनै न कुनै रूपमा शुल्क लिन बाध्य भएको प्रधानाध्यापकहरू स्वीकार्छन् । महालेखा परीक्षकको कार्यालयले विद्यार्थीबाट विभिन्न शीर्षकमा लिइरहेको शुल्कबारे प्रश्न उठाएको छ । ३० जेठ, काठमाडौं । सानोठिमीस्थित परीक्षा नियन्त्रण कार्यालयको कम्पाउण्डमा प्रत्येक दिन विद्यार्थीको लामो लाइन लाग्छ । बिहान १० नबज्दै लामबद्ध भएका विद्यार्थी कोही प्रमाणपत्र बनाउन, कोही हराएको प्रमाणपत्रको प्रतिलिपि लिन त्यहाँ पुगेका हुन् । त्यही लाइनमा थिए, बाराबाट आएका सुरेश सुनार । उनले भने, ‘एसईईको मूल प्रमाणपत्र हराएपछि प्रतिलिपि लिन आएको हुँ । ५०० रुपैयाँ शुल्क तिरें ।’ काठमाडौं कपनबाट प्रमाणपत्र प्रमाणीकरण गर्न गएकी निरुमाया श्रेष्ठले पनि १ हजार रुपैयाँ राजस्व बुझाइन् । प्रमाणपत्र सच्याउन सल्यानबाट आएका कमल चन्दले पनि ५०० राजस्व बुझाए । ‘शुल्क लाग्छ भनेपछि तिर्नै पर्‍यो नि’ उनी...

राष्ट्रियसभा सदस्य निर्वाचनमा माओवादी केन्द्रको महिला उम्मेदवार



माओवादी केन्द्रका तीन महिला उम्मेदवार



क. मनरुपा सुवेदी शर्मा


काठमाडौ । नेकपा माओवादी केन्द्र पर्वतकी संयोजक मनरुपा सुवेदी ‘विमला’ ले गएको मंसिर १७ गते सामाजिक सञ्जाल फेसबुकमा एउटा तस्बिरसहित लेखिन्,‘आज के लेखुँ, लेख्ने शब्द नै छैन। सम्झनामा सधैँ अजर अमर मेरो आफ्नु मान्छे। हार्दिक श्रद्धासुमन।’

मनरुपाले राखेको तस्बिर श्रीमान विजय सुवेदी (विकास) को थियो भने व्यक्त भावना धेरै वर्ष अर्थात् २०६१ साल मंसिर १७ गतेसँगै जोडिएको थियो।

भएको के थियो भने, स्याङ्जाको सिर्सेकोटमा खाना खाँदै गरेका विजयसहित ५ जनालाई तत्कालीन शाही नेपाली सेनाले घेरा हालेर मारेको थियो। मारिनेमा विजयसहित कृष्ण गौतम, कुविजा पराजुली, मोहनसिंह गाहा मगर र खड्ग कुँवर थिए।

मनरुपाको विहे भएको धेरै भएकै थिएन। विजय र मनरुपा दुवै माओवादीका पूर्णकालीन कार्यकर्ता नै थिए। युद्धको समयमा मनरुपाको काम पार्टीको लडाकु पंक्तिलाई सघाउनु नै हुन्थ्यो। पति गुमाएपछि पनि उनी निरन्तर पार्टीकै काममा लागिन्। कयौंपटक मृत्युको मुखबाट फुत्किइन्, बेनीसहितका युद्धमा लडाकुको सहयोगमा खटिइन्।

युद्धकालीन समयमा स्याङ्जाकै मग्याम चिसापानीमा सेनाको घेरामा परेको र बल्लतल्ल फुत्किएको घटना अहिले पनि उनलाई ताजै लाग्छ। सँगैकी साथीलाई सेनाले समातेपछि उनी गाउँलेजस्तो बनेर त्यहाँबाट फुत्केकी थिइन् रे!

पार्टी शान्ति प्रक्रियामा आयो। सहिद परिवारकी सदस्य मनरुपालाई पहिलो संविधान सभा चुनावमा पर्वतबाट उम्मेदवार बनायो। तर, उनी नेपाली कांग्रेसका अर्जुन जोशीसँग पराजित बनिन्। त्यसपछिका हरेकजसो चुनावमा उनी पार्टीबाट उम्मेदवार सिफारिस भइन्। समानुपातिकको सूचीमा रहिन् तर सिंहदरबार छिर्ने साइत भने जुरेन।

उहाँ सहिद परिवारको सदस्यमात्र नभएर पार्टीको अगुवा नेतासमेत हो,’माओवादीका केन्द्रीय सदस्य राजकाजी गुरुङले भने,‘त्याग र क्षमताको आधारमा उहाँ राष्ट्रिय सभाको लागि योग्य उम्मेदवार हो। उहाँप्रति पार्टीले न्याय मात्र गरेको छैन, आशा पनि गरेकै छ।’

माओवादीको भातृ संगठन अखिल नेपाल महिला संघको केन्द्रीय सदस्यसमेत रहेकी उनलाई पार्टीले जिल्लाको नेतृत्व सुम्पियो। जिल्ला नेतृत्व नै पाउने सीमित महिलामध्ये एक बनेकी मनरुपाले पार्टीको कामलाई सधैं केन्द्रमा राखिन्। पार्टीले संचालन गरेको रुपान्तरण अभियान होस् कि संगठन बिस्तार निरन्तर मोर्चामा खटिइरहिन्।

पर्वतको कुश्मा नगरपालिका वडा नम्बर १०, वडा नम्बर १०,पिपलटारीकी उनै मनरुपालाई पार्टीले यसपटक राष्ट्रिय सभाको उम्मेदवार बनाउने घोषणा गरेको छ।

Shivam Cement

माओवादीका अर्का महिला उम्मेदवार  क. रेणु चन्द  हुन् ।

उनी सुदूरपश्चिम प्रदेशको बैतडीकी रेणु चन्द केन्द्रीय सदस्य हुन् । उनी अखिल नेपाल महिला संघ क्रान्तिकारीकी उपाध्यक्ष समेत हुन् । प्रदेश समितिले महिलामा चन्दसहित अन्जिता श्रेष्ठ र सरु चौधरीको नाम सिफारिस गरेको थियो । तर सबैलाई पछि पार्दै चन्द टिकट लिन सफल भइन् ।

बुबा गोपाल चन्दको प्रेरणाबाट राजनीतिमा होमिएकी उनको माओवादीका शीर्ष नेताहरू सबैसँग राम्रो सम्बन्ध रहेको बुझिएको छ । उनी २०६४ को निर्वाचित संविधानसभा सदस्य हुन् । दशरथन्द नगरपालिका–९ की स्थायी बासिन्दा रहेकी चन्द बालकलाकार हुँदै माओवादी आन्दोलनमा लागेकी थिइन् । यसअघि उनी डोटी, बाजुरा, अछाम र बैतडीको जिल्ला इन्चार्ज भएकी थिइन् ।



वि.सं.२०५२ सालमा तत्कालिन नेकपा (माओवादी) मा प्रवेश गरेकी चन्द वि.सं. २०५७ सालदेखि सशस्त्र बिद्रोहमा सकृय हुनुहुन्थ्यो । वि.सं. २०६४ सालको संविधानसभा निर्वाचनमा बैतडी क्षेत्र नम्वर २ मा एकीकृत नेकपा (माओवादी)का तर्फबाट चुनाव लडेकी रेणु चन्द २० हजार २१ मत ल्याई निर्वाचित हुनुभएको थियो । उहाँका निकटतम प्रतिद्वन्दी नेपाली काँग्रेसका विनयध्वज चन्दले ६ हजार ३ सय ६६ र तेश्रो स्थानमा रहेका नेकपा (एमाले)का माया भट्टले ५ हजार ६ सय ४६ प्राप्त गर्नु भएको थियो ।

संविधानसभा निर्वाचन, २०६४ मा महाकाली अञ्चलबाट प्रत्यक्ष तर्फ निर्वाचन लड्ने उहाँ एकीकृत नेकपा (माओवादी)को एक मात्र महिला उम्मेदवार हुनुहुन्थ्यो ।

संविधानसभामा उहाँ संवैधानिक समितिको सदस्य हुनुभयो । चन्द एकीकृत नेकपा (माओवादी) को सेती महाकाली राज्य समिति सचिवालय सदस्यका साथै अखिल नेपाल महिला सङ्घ (क्रान्तिकारी)की केन्द्रीय सचिवालय सदस्य हुनुहुन्थ्यो ।.

अर्का उम्मेदवार क. चम्पादेवी कार्की 


उहाँको  ओखलढुंगा घर भएका चम्पादेवी कार्की  लडाइँमा हात गुमाएको घाइते पनि हो  ।यसअघि संविधान सभाको दुई वटै निर्वाचन र २०७९ को प्रतिनिधि सभा निर्वाचनमा म समानुपातिक उम्मेदवार थिएँ। तर, तीनै पटक मेरो नाम बन्द सूचीमै सीमित भयो।’ 

यस अघि तीन पटक बन्दसूचीमा सीमित बनेकी कार्की यसपटक सत्ता गठबन्धनका तर्फबाट कोशीमा महिला क्लस्टरबाट राष्ट्रिय सभा सदस्य उम्मेदवार बनेकी छन्। 

अहिले माओवादी केन्द्रीय सदस्य र ओखलढुंगा जिल्ला इन्चार्ज रहेकी कार्की अनेम संघ क्रान्तिकारी केन्द्रीय कमिटीकी सचिवसमेत हुन्। कुनैबेला माओवादी सशस्त्र विद्रोहमा छापामार बनेर युद्ध लडेकी कार्की जनयुद्धकी घाइतेसमेत हुन्। 

चम्पालाई नजिकबाट चिन्ने माओवादी नेताहरूका अनुसार २०५७ को वैशाखमा उनी छापामारका रूपमा ‘होलटाइमर’ बनेकी थिइन्। 

त्यसअघि २०५४ सालको स्थानीय निर्वाचनमा एमालेबाट साविक मूलखर्क गाविस वडा नम्बर ६ मा महिला सदस्यका रूपमा उनी निर्वाचित बनेकी थिइन्। 

‘२०५४ देखि ०५६ सम्म जनप्रतिनिधिका रूपमा काम गरिरहेको थिएँ, त्यहीबेला पार्ट टाइमरका रूपमा माओवादीमा पनि काम थालेको थिएँ,’ ५० वर्षीया कार्कीले विगतको स्मरण गरिन्, ‘२०५७ वैशाखदेखि चाहिँ छापामार बनेर पूर्णकालीन रूपमा युद्धमा होमिएँ।’ 

उनी युद्धमा पूर्णकालीन रूपमा होमिएको १४ महिना हुँदै थियो। माओवादीले २०५८ असारमा रामेछापको धोवीचौकीमा मोर्चा खडा गरेको थियो। आक्रमण गर्ने समूहमा उनी पनि सामेल थिइन्। 

‘मोर्चामा म पनि संलग्न थिएँ,’ युद्धका कुरा धेरै नगरौं भन्दै उनले थपिन्, ‘म ओखलढुंगामा ब्लकिङमा खटिएको थिएँ। त्यही मोर्चामा म बम आक्रमणमा परेँ। मेरो दाहिने हात गुम्यो।’   


राजनीतिमै सक्रिय पतिसहित सुनकोशी गाउँपालिकाको मूलखर्कमा बस्दै आएकी कार्कीले २०७४ को स्थानीय चुनाव पनि लडेकी थिइन्। माओवादीका तर्फबाट गाउँपालिका अध्यक्षको उम्मेदवार बनेकी उनी तेस्रो स्थानमा चित्त बुझाउन बाध्य भइन्। 

यसरी २०५४ देखि ५६ सम्म दुई वर्ष महिला सदस्यका रूपमा जनप्रतिनिधि भएको अनुभव संगालेकी कार्की अब संसदको माथिल्लो सदनको उम्मेदवार बनेकी छन्। 

https://www.youtube.com/channel/UCfGP1pKJErzg10EjftyC3lg?sub_confirmation=1

Comments

Popular posts from this blog

नागरिक शिक्षा अर्थ आवश्यक्ता र महत्व

१ नागरिक शिक्षाको अर्थ  नागरिक भनेको कुनै राज्यको निश्चित भौगलिक क्षेत्रभित्र स्थायी बसोबास गर्ने अधिकार र कर्तव्यद्वारा राज्यसँग सम्बन्धित भएको राज्य वा समाजको एक अभिन्न सदस्य हो । नागरिक जसले कुनै राज्यको पहिचान बोकेको हुन्छ । नागरिक भएवापत उसले राज्यबाट नागरिकता प्राप्त गरेको हुन्छ । त्यो नागरिकता उसको राष्ट्रिय पहिचान दिने राष्ट्रिय परिचयपत्र हो तर त्यस नागरिकताले उसको तीन पुस्ते परिचय खुलाउने मात्र नभइ नागरिक राज्यको संबिधानप्रदत्त हक अधिकार र कर्तव्य सृजना गराउँछ । नागरिक अधिकारप्रति जागरुकता, सचेतना, आत्मसम्मान र आत्मनिर्णय जस्ता कुराहरु स्वःत सिर्जना गराई दिन्छ । यसको लागि नागरिकले नागरिकताको महत्व र अर्थ बुझ्न जरुरी छ हुन्छ । यसको अर्थ महत्व नबुझेर लामो समयसम्म ठालुबर्गले शोषण गरे नागरिक रैति र जनता भएर बाँचे ।  त्यसैले नागरिकहरुले आफूले पाएको नागरिकता अनुसार अथवा स्वतन्त्र राज्यको नागरिकको हैसियतले पाउने हक अधिकार कर्तव्य सचेत र जागरुक हुनैपर्छ यसका लागि नागरिक शिक्षाको खाँचो पर्दछ ।  नागरिकलाई संबिधान प्रदत्त हक अधिकार कर्तव्य र कानुनी उपचार बारे सचेत गराउने शि...

Proposal for Thesis

 १. शोध शीर्षक  अध्ययन गर्न गइरहेको प्रस्तावित शोधपत्रको शीर्षक कक्षा ८ मा अध्ययनरत सर्लाही जिल्लाका सामुदायिक विद्यालयका अध्ययनरत तामाङ विद्यार्थीहरूको सस्वरपठन सीप अवस्थाको एक अध्ययन” रहने छ ।  २. शोधको प्रयोजन प्रस्तावित शोधपत्र त्रिभुवन विश्वविद्यालय शिक्षाशास्त्र सङ्काय, नेपाली भाषा शिक्षा विभागअन्तर्गत स्नातकोत्तर तह नेपाली दोस्रो वर्षको पाठ्यांश ५९८ को उद्देश्य पूरा गर्ने प्रयोजनका निमित्त रहने छ ।  ३. समस्था कथन  भाषा सञ्चार आदनप्रदान गर्ने मुख्य माध्यम हो । भाषाको विकासले नै वालबालिकाको सिकाइ क्षमतामा बृद्धि ल्याउँछ । भाषा विकासमा सुनाइ, बोलाइ, पढाइ र लेखाइ गरी चारवटा सीप विकास हुनु जरुरी हुन्छ । नेपालको सन्दर्भमा नेपाली भाषाको विकासलाई मुख्य जोड दिई सानै कक्षादेखि नै नेपाली भाषाको विषयलाई अनिवार्य गराइ पठनपाठन हुँदै आइरहेको छ । भाषाको विकासमा विभिन्न तत्वहरुले प्रभाव पार्दछ जसका कारणले भाषामा त्रुटि हुने गर्दछ ।  कुनै पनि भाषा सिकाइका क्रममा त्रुटि हुनुलाई स्वाभाविक प्रक्रिया मानिन्छ । त्रुटिले भाषा सिकाइमा सिकाइको प्रकृति तथा प्रवृत्...

म त म नै हो

के लख्नु, र के वाेल्नु, के गर्नु हाे म यस्तै छु । यस्तै भन्दा कही कतै म जुजुमान भन्ने कथा सर्सती याद हुन्छ अली सानैमा पढेकाे सायद ७, ८ कक्षामा । काे नै किन हुन पर्याे र म त म नै हु । आफु अरुकोही किन हुन सकिन। फलानो जस्ताे भन्ने किन भइन यस्तै कुराहरु आउछन मनमा तर फेरी उहि संम्झन पुग्छु म त म नै हु । अरुकाे डाह इर्ष्या छैन मलाई । हाे म भन्ने गर्छु सवैलाइ राम्राे वन है असल हुनपर्छ। तर सवै राम्राे मात्रै भएकाे भए नराम्राे याे शव्दकाेषमा कहावाट पर्याे ।यहि साेच्छु फेरी त्यही म त म नै हु । के गरिस के पढिस सवैले साेधछन तर के गरीनस के भएन कसैलाइ वास्ता हुन्न। के भयाे सवैलाइ चासाे छ । के भएन कसैलाइ छैन । विवाह भयाे सवैलाइ चासाे हुन्छ। भव्य हुन्छ। २ वर्षपछि वावु भइयाे कसैलाइ केही फरक पर्देन केवल पर्छ त छाेरा की छाेरीमा भन्नेमा । ४ वर्ष पछी छाेरी छ फेरी पनि छाेरी कस्ताे अभागी खाली छाेरी मात्रै । के याे भन्नु नराम्राे हाे वा राम्राे वुझेकाे छैन किनकी म त म नै हु । समय चलिरहन्छ मेरा लागी मात्र अडिदैन अली वर्ष सुख दुख चलिरहन्छ । अनी फेरी कती कमाइस सवैले भन्न थाल्छन । केही देखिन्छ ए गरेछ । कसरी गर्या...

रित्तो हात लिएर जागरिबाट अवकाश पाएका

    रित्तो हात लिएर जागरिबाट अवकाश पाएका धनबहादुर केसी पटकपटक थमैतीमा परेका सर्लाहीको लालबन्दी नगरपालिका-१६ स्थित श्री डिम जनता माध्यमिक विद्यालयका कार्यालय सहयोगी मात्र हुन्, ६२ वर्षीय धनबहादुर केसी । यतिबेला उनी विद्यालयमा हुनुपर्ने हो । तर, एक सातादेखि काठमाडौंको माइतीघर मण्डलामा तातो घाममा धर्नामा छन् । ०३५ सालदेखि कार्यालय सहयोगीका रूपमा काम गरेका धनबहादुरले न धन कमाउन सके, न जागिरको ग्यारेन्टी नै भयो । उल्टै पटक-पटक उनी विद्यालयबाट अवकास पाए । अदालतको आदेशमा थमौती गर्दै बस्दै गरेर उनले ४३ वर्ष काम गरे । सुरुवाती चरणका तीन महिना त उनले निःशुल्क काम गरे । त्यसपछि महिनाको २५ रुपैयाँ पाउन थाले । हाल उनले महिनाको १५ हजार पाउँछन् । तर, उनको जागिर स्थायी भएन । हाल जागरिबाट अवकाश हुनेबेला भयो उनको । तर, रित्तो हात फर्कनु पर्ने बाध्यता सुनाउँछन् उनी । त्यसैले सेवा सुविधाको माग गर्दै उनी सिंहदरबारलाई घचघच्याउन काठमाडौं आइपुगेका हुन् । ‘कार्यालय सहयोगी भएरै पूरै जीवन बित्यो तर रित्तो हात कामबाट बिदा लिनुपर्ने स्थिति छ । राज्यले हामीलाई उपेक्षा गर्‍यो,’ सिंहदरबारतर्फ उनी औँला तेर्सा...

Followers