Skip to main content

संविधान विपरीत सरकार नै असुल्छ विद्यार्थीबाट पैसा

  संविधान विपरीत सरकार नै असुल्छ विद्यार्थीबाट पैसा News Summary Generated by OK AI. Editorially reviewed. सरकारले विद्यार्थीबाट उठाइरहेको शुल्क गैरकानूनी रहेको शिक्षा क्षेत्रका सरोकारवाला एवं विज्ञहरूको जिकिर छ । विद्यालय सञ्चालनको लागि कुनै न कुनै रूपमा शुल्क लिन बाध्य भएको प्रधानाध्यापकहरू स्वीकार्छन् । महालेखा परीक्षकको कार्यालयले विद्यार्थीबाट विभिन्न शीर्षकमा लिइरहेको शुल्कबारे प्रश्न उठाएको छ । ३० जेठ, काठमाडौं । सानोठिमीस्थित परीक्षा नियन्त्रण कार्यालयको कम्पाउण्डमा प्रत्येक दिन विद्यार्थीको लामो लाइन लाग्छ । बिहान १० नबज्दै लामबद्ध भएका विद्यार्थी कोही प्रमाणपत्र बनाउन, कोही हराएको प्रमाणपत्रको प्रतिलिपि लिन त्यहाँ पुगेका हुन् । त्यही लाइनमा थिए, बाराबाट आएका सुरेश सुनार । उनले भने, ‘एसईईको मूल प्रमाणपत्र हराएपछि प्रतिलिपि लिन आएको हुँ । ५०० रुपैयाँ शुल्क तिरें ।’ काठमाडौं कपनबाट प्रमाणपत्र प्रमाणीकरण गर्न गएकी निरुमाया श्रेष्ठले पनि १ हजार रुपैयाँ राजस्व बुझाइन् । प्रमाणपत्र सच्याउन सल्यानबाट आएका कमल चन्दले पनि ५०० राजस्व बुझाए । ‘शुल्क लाग्छ भनेपछि तिर्नै पर्‍यो नि’ उनी...

 

प्रधानमन्त्रीको सचिवालयबाट हटाइए १३ जना

अनलाइनखबर अनलाइनखबर
 २०८० माघ २ गते १५:५४

२ माघ, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको स्वकीय सचिवालयमा कार्यरत १३ जना हटाइएका छन् । एक वर्षको कार्यकालको समीक्षापछि प्रचण्डले स्वकीय सचिवालयबाट १३ जना हटाएका हुन् ।

१ माघदेखि सचिवालयका एक स्वकीय सहसचिव, ४ जना स्वकीय उपसचिव, एक स्वकीय शाखा अधिकृत, २ जना प्रशासन सहायक, २ जना कम्प्युटर सहायक र २ जना हलुका सवारी चालक जिम्मेवारी मुक्त भएका हुन् ।

प्रधामनन्त्रीका प्रमुख स्वकीय सचिव सन्तु दरैकाअनुसार स्वकीय सहसचिव रहेका नारायणप्रसाद ढुंगानासहित सचिवालयका १३ जनालाई एक वर्षको योगदानको लागि धन्यवादसहित बिदा गरिएको हो ।

स्वकीय उपसचिवहरु रमेशप्रसाद गुरागाईं, ओमकुमारी पौडेल, सावित्रीकुमारी अधिकारी र कलबहादुर नाथ विदा भएका छन् ।

स्वकीय शाखा अधिकृत लाले कुमालसँगै प्रशासन सहायकद्वय युवराज शाह र रामलाल पराजुली पनि हटाइएका छन् ।

कम्प्युटर सहायक बासुदेव शर्मा र खड्क योगीसँगै कार्यालय सहयोगी अविनाश वाइवा पनि प्रधानमन्त्रीको सचिवालयबाट बिदा भएका छन् ।

हलुका सवारी चालकहरु रमेशप्रसाद घिमिरे पवित्रबहादुर शाही पनि सचिवालयबाट हटेका छन् ।

‘प्रधामनन्त्री कार्यालयको सचिवसहित विभिन्न पदको दरबन्दी कटौती गरेर चुस्त बनाउने क्रममा सचिवालयमा पनि कटौती गरिएको हो,’ प्रमुख स्वकीय सचिव दरैले भने,‘यो प्रधामनन्त्रीको अठोट बमोजिमको सुधारको काम हो ।’

१३ जना विदाइ भएपनि सचिवालयका अत्यावश्यक ठाउँमा केही जनशक्ति पनि ल्याइने उनले बताए । सचिवालयमा राष्ट्रिय समाचार समितिबाट हरि लामिछानेलाई लगिएको छ । प्रधामनन्त्रीले अर्थ मामिलाका सल्लाहकार पनि सचिवालयमा थप्न सक्ने अधिकारीहरु बताउँछन् । अहिलेसम्म प्रधामनन्त्रीको स्वीकय सचिवालयमा ३५ जना नियुक्त भएर कार्यरत थिए 

Comments

Popular posts from this blog

voice kids

 

UANTO IMG COLLECT

 

TSC IMG Collection

 

UANTO Multi Teacher Office

Followers