संविधान विपरीत सरकार नै असुल्छ विद्यार्थीबाट पैसा News Summary Generated by OK AI. Editorially reviewed. सरकारले विद्यार्थीबाट उठाइरहेको शुल्क गैरकानूनी रहेको शिक्षा क्षेत्रका सरोकारवाला एवं विज्ञहरूको जिकिर छ । विद्यालय सञ्चालनको लागि कुनै न कुनै रूपमा शुल्क लिन बाध्य भएको प्रधानाध्यापकहरू स्वीकार्छन् । महालेखा परीक्षकको कार्यालयले विद्यार्थीबाट विभिन्न शीर्षकमा लिइरहेको शुल्कबारे प्रश्न उठाएको छ । ३० जेठ, काठमाडौं । सानोठिमीस्थित परीक्षा नियन्त्रण कार्यालयको कम्पाउण्डमा प्रत्येक दिन विद्यार्थीको लामो लाइन लाग्छ । बिहान १० नबज्दै लामबद्ध भएका विद्यार्थी कोही प्रमाणपत्र बनाउन, कोही हराएको प्रमाणपत्रको प्रतिलिपि लिन त्यहाँ पुगेका हुन् । त्यही लाइनमा थिए, बाराबाट आएका सुरेश सुनार । उनले भने, ‘एसईईको मूल प्रमाणपत्र हराएपछि प्रतिलिपि लिन आएको हुँ । ५०० रुपैयाँ शुल्क तिरें ।’ काठमाडौं कपनबाट प्रमाणपत्र प्रमाणीकरण गर्न गएकी निरुमाया श्रेष्ठले पनि १ हजार रुपैयाँ राजस्व बुझाइन् । प्रमाणपत्र सच्याउन सल्यानबाट आएका कमल चन्दले पनि ५०० राजस्व बुझाए । ‘शुल्क लाग्छ भनेपछि तिर्नै पर्यो नि’ उनी...
पोखरा । यती एयरलाइन्सले १६ जुन २०१७ मा आफ्नो फेसबुक पेजमा एयर होस्टेजको मुस्कानसहितको तस्बिर राखेर लेखेको थियो, “मुस्कान हाम्रो भाषा हो ।” तस्बिरमा मुस्काइरहेकी युवती चाहिँ किस्मी थापा थिइन् । उनको सामाजिक सञ्जाल नियाल्दा मुस्काइरहेका तस्बिर देखिन्छन् अनि देखिन्छन्, उनको एयरलाइन्स लक्ष्य र सपना । फुटबल खेलाडी रोनाल्डोको फ्यान रहेकी थापाले दुई दिनअघि पनि उनै फुटबलरको तस्बिर सेयर गरेकी थिइन्, जुन सामाजिक सञ्जालमा उनको अन्तिम पोस्ट बन्न पुग्यो । ‘योर लाइफ इज योर रोड, अन्ली यू क्यान वाक अन इट’, ‘आई मिस फ्लाइङ इन द स्काई, कोरोना गो सुन...’ । सामाजिक सञ्जालमा कुनैबेला थापाले सेयर गरेका क्याप्सन हुन् यी । यी दुई वाक्यले नै उनको विगतको संघर्ष र सफलतालाई पुष्टि गर्छ । तर, अब उनी नै इतिहास भइसकिन् । आइतबार बिहान १० बजेर ७ मिनेट जाँदा सम्पर्कविहीन भएको तारा एयरको ट्विनअटर विमान सोमबार बिहान भेटिँदा विमानमा सवार २२ जनाकै निधन भएको छ । तिनै २२ मध्येकी एक हुन् किस्मी । उनी यात्रु नभई क्याबिन क्रू मेम्बर हुन् । साथीहरूका लागि उनी मनिषा हुन् । परिवारको लागि अविभावक । ‘म हावासँग सम्बन...