Skip to main content

AIartificial intelligence बारे बुझ्नैपर्ने ५१ कुराहरू

            कृत्रिम बुद्धिमत्ता (AI artificial intelligence ) बारे बुझ्नैपर्ने ५१ कुराहर What is Artificial intelligence (AI)? Artificial intelligence (AI) encompasses the fields of computer and data science focused on building machines with human intelligence to perform tasks like learning, reasoning, problem-solving, perception, and language understanding. Instead of relying on explicit instructions from a programmer, AI systems learn from data that enables them to handle complex problems and simple repetitive tasks, improving how they respond over time. AI handles many tasks faster with exceptional accuracy and reliability, freeing humans from repetitive and tedious chores. Businesses and organizations save time and money by automating and optimizing routine processes, using the technology to stay connected with customers and gain a competitive edge. AI is part of everyday life. If you've used a self-service kiosk to check in before a flight, typed key...

‘पानी नआउने, लाइन नआउने, बेथिति र अनियमितता भएको अवस्था छ भने मलाई ९८१९०१२३७१ र ९७४६९६५१९८ मा कल गर्नुहोला' -हर्कराज राई(साम्पाङ)

 ठूला राजनीतिक दलहरू नेकपा एमाले र नेपाली कांग्रेसका धरानमा नाम चलेका उम्मेदवारहरूलाई पराजित गर्दै एकाएक स्वतन्त्रबाट मेयरमा विजयी भएका हर्कराज राई(साम्पाङ) ले उपमहानगरपालिकाको महँगो सवारी प्रयोग नगरी जनताको सेवा गर्ने प्रतिबद्धता जनाएका छन्। उनले धरानका जनताले आफूलाई उनीहरूको सेवा गर्न मेयरमा विजयी बनाएकाले महँगो गाडी नचढ्ने सार्वजनिक रूपमा घोषणा गरेका हुन् ।  

नवनिर्वाचित राईले सामाजिक सञ्जालबाट गाडी नचढ्ने घोषणा गरेका हुन् । ‘म करोडौँ पर्ने गाडी चढेर हिडेँ भने बाटोका खाल्डो र भत्केका सडक देखिँदैन त्यसैले म सडकमै हिँड्न चाहन्छु । किनकि ती भत्केका खाडलहरू पुर्नुछ, बिग्रिएका बाटाहरु मर्मत गर्नुछ,’ उनले भनेका छन् । आफूसँग भएको पुरानो मोटरसाइकल चढेर जनताको सेवा गर्ने प्रतिज्ञा उनले गरेका छन् ।  

ad

धरानमा सामाजिक सरोकारका विषयमा आवाज उठाउँदै आएका राईले  समस्या परेको अवस्थामा आफ्नो निजी फोन नम्बरमा सम्पर्क गर्नसमेत आग्रह गरेका छन् । ‘पानी नआउने, लाइन नआउने, बेथिति र अनियमितता भएको अवस्था छ भने मलाई ९८१९०१२३७१ र ९७४६९६५१९८ मा कल गर्नुहोला । तपाईंको सेवक, जय धरान’, सामाजिक सञ्जालमा राईले लेखेका छन् ।  

धरान उपमहानगरपालिका प्रशासन महाशाखा प्रमुख गणेश खतिवडाका अनुसार स्टोर विभागले मेयरका लागि  को १ ज ६४० नं.को सेतो स्कोर्पियो गाडी र सवारीचालक तयारी अवस्थामा राखेको छ । त्यस्तै, उपमेयरका लागि पनि गाडी तयारी अवस्थामा राखेको खतिवडाले जानकारी दिए । ‘हामीले उहाँहरूले पाउने सेवा सुविधा तयारी अवस्थामा राखेका छौँ । सुविधा लिने वा नलिने भन्ने उहाँहरूको निर्णय हो,’ प्रमुख खतिवडाले भने, ‘मेयर उपमेयर दुवैजनाले गाडी प्रयोग गर्नुभएको छैन । गाडीबारे हामीले जानकारी गराएका छौँ । मेयर साप त मंगलबार पदवहाल गरेपछि उपमहानगरपालिका आउनुभएकै छैन ।’ मेयरले आफ्नो कार्यकालभरि निजीचालक पनि राख्न सक्ने व्यवस्था छ । 

करोडौँको गाडी चढेर हिँड्दा भत्केर खाल्डा परेका सडकहरू देखिँदैन । त्यसैले म सडकमै हिँड्न चाहन्छु । भत्केका खाडलहरू पुर्नुछ, बिग्रिएका बाटाहरू मर्मत गर्नुछ ।

मंगलबार पदभार ग्रहणपछि मेयर राई उपमहानगरपालिका पुगेका छैनन् । उनले मेयरमा निर्वाचित भएलगत्तै जनताका आधारभूत र अति आवश्यक समस्या समाधान नभएसम्म आफू फिल्डमै रहने घोषणा गरेका थिए । मेयरमा निर्वाचित भएपछि विभिन्न सामाजिक संघ संस्थाहरूले सम्मानका लागि निम्तो दिए पनि मेयर राईले सामाजिक सञ्जालबाटै सम्मानका लागि नबोलाइदिन आग्रहसमेत गरेका छन् । ‘मलाई सम्मान समारोहमा सहभागी बन्ने खास रुचि छैन । म काम गर्न चाहन्छु । मेरो यो भावना र चाहनाको ख्याल गरिदिनु हुन्छ भन्ने आशा लिएको छु,’ उनले सामाजिक सञ्जालमा लेखेका छन् । खानेपानीको समस्याबाट विक्षिप्त धरानवासी जनताले निर्वाचनबाट ठूला राजनीतिक दलहरूलाई अस्वीकार गरेका छन् । उनीहरूले स्वतन्त्र उम्मेदवार राईलाई विजयी गराएका छन् । 

लामो सयमदेखि सामाजिक अभियानमा लागेका साम्पाङले खानेपानीको समस्या समाधानलाई नै चुनवी मुद्दा बनाएका थिए । मंगलबार पदभार ग्रहण गर्दै उनले पहिलो चरणमै खानेपानी वितरणलाई चुस्त बनाउँदै चुहावटलाई रोक्ने प्रतिबद्धता जनाएका छन् । खानेपानी वितरणलाई व्यवस्थापन गर्न नसक्दा नै खानेपानीको अभाव चुलिँदै गएको उनको भनाइ छ । ‘धरानको पहिलो समस्या भनेको खानेपानी हो, परियोजना संचालन हुँदा पनि खानेपानीको अभाव भइरहेको छ । यसको समाधान नै मेरो पहिलो प्राथमिकतामा रहेको छ,’ पदभार ग्रहण गर्दै राईले भने, ‘परियोजनाको उत्पादन बढाउने र स्रोत थप्ने कामलाई अघि बढाउने मेरो पहिलो प्राथमिकता हुनेछ ।’

मेयर साम्पाङले पदभार ग्रहण गरेसँगै वैज्ञानिक कर लागू गर्न अध्ययन गरी सुझाव पेस गर्न एक कार्यदल गठन गर्ने निर्णय पनि गरेका छन् । उक्त कार्यदलको संयोजकमा उपमेयर अइन्द्रबिक्रम बेघालाई जिम्मेवारी दिइएको छ भने सदस्य सचिवमा राजश्व महाशाखा प्रमुख रहेका छन् । यस्तै, सदस्यमा प्रमुख प्रशासकीय अधिकृत, नगरप्रमुखबाट मनोनीत एकजना अर्थशास्त्री र सुनसरी उद्योग वाणिज्य संघका अध्यक्ष वा उनले तोकेको व्यक्ति कार्यदलमा सदस्य रहनेछ्न । कार्यदलले धरानको कर वैज्ञानिक भए नभएको, आयस्रोतको पहिचान गर्ने र दररेट निर्धारणको लागि अध्ययन गरी सुझाव दिने मेयर राईले जानकारी दिए ।  

सर्वदलीय सहभागितामा धरानको विकासमा मिलेर अघि बढ्ने उनको प्रतिबद्धता छ । 

Comments

Popular posts from this blog

AIartificial intelligence बारे बुझ्नैपर्ने ५१ कुराहरू

            कृत्रिम बुद्धिमत्ता (AI artificial intelligence ) बारे बुझ्नैपर्ने ५१ कुराहर What is Artificial intelligence (AI)? Artificial intelligence (AI) encompasses the fields of computer and data science focused on building machines with human intelligence to perform tasks like learning, reasoning, problem-solving, perception, and language understanding. Instead of relying on explicit instructions from a programmer, AI systems learn from data that enables them to handle complex problems and simple repetitive tasks, improving how they respond over time. AI handles many tasks faster with exceptional accuracy and reliability, freeing humans from repetitive and tedious chores. Businesses and organizations save time and money by automating and optimizing routine processes, using the technology to stay connected with customers and gain a competitive edge. AI is part of everyday life. If you've used a self-service kiosk to check in before a flight, typed key...

Proposal for Thesis

 १. शोध शीर्षक  अध्ययन गर्न गइरहेको प्रस्तावित शोधपत्रको शीर्षक कक्षा ८ मा अध्ययनरत सर्लाही जिल्लाका सामुदायिक विद्यालयका अध्ययनरत तामाङ विद्यार्थीहरूको सस्वरपठन सीप अवस्थाको एक अध्ययन” रहने छ ।  २. शोधको प्रयोजन प्रस्तावित शोधपत्र त्रिभुवन विश्वविद्यालय शिक्षाशास्त्र सङ्काय, नेपाली भाषा शिक्षा विभागअन्तर्गत स्नातकोत्तर तह नेपाली दोस्रो वर्षको पाठ्यांश ५९८ को उद्देश्य पूरा गर्ने प्रयोजनका निमित्त रहने छ ।  ३. समस्था कथन  भाषा सञ्चार आदनप्रदान गर्ने मुख्य माध्यम हो । भाषाको विकासले नै वालबालिकाको सिकाइ क्षमतामा बृद्धि ल्याउँछ । भाषा विकासमा सुनाइ, बोलाइ, पढाइ र लेखाइ गरी चारवटा सीप विकास हुनु जरुरी हुन्छ । नेपालको सन्दर्भमा नेपाली भाषाको विकासलाई मुख्य जोड दिई सानै कक्षादेखि नै नेपाली भाषाको विषयलाई अनिवार्य गराइ पठनपाठन हुँदै आइरहेको छ । भाषाको विकासमा विभिन्न तत्वहरुले प्रभाव पार्दछ जसका कारणले भाषामा त्रुटि हुने गर्दछ ।  कुनै पनि भाषा सिकाइका क्रममा त्रुटि हुनुलाई स्वाभाविक प्रक्रिया मानिन्छ । त्रुटिले भाषा सिकाइमा सिकाइको प्रकृति तथा प्रवृत्...

नक्कली भुटानी शरणार्थी प्रकरण: लहरो तान्दा पहरो गर्जियो, ८१ जना विरुद्ध किटानी जाहेरी

    मुख्य   अपराध    समाचार साभार deshsanchar.com नक्कली भुटानी शरणार्थी प्रकरण: लहरो तान्दा पहरो गर्जियो, ८१ जना विरुद्ध किटानी जाहेरी राधिका आचार्य बैशाख २०, २०८० 11.2k Shares फाइल तस्बिर। नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने कार्यमा संलग्न भएको आरोपमा इन्द्रजित राई मंगलबार पक्राउ परे। उनी तत्कालीन गृहमन्त्री रामबहादुर थापा बादलका सुरक्षा सल्लाहकारसमेत हुन्। राईलाई द्वन्द्वको विज्ञ भनेर पनि चिनिन्छन्।  उनी संविधानसभा सदस्य पनि थिए। राईलाई मंगलबार बिहान ललितपुरबाट पक्राउ गरिएको केन्द्रीय प्रहरी प्रवक्ता एवं सूचना अधिकारी कुवेर कडायतले जानकारी दिए। गृहमन्त्रीका सल्लाहकार डा. राईसँगको मिलेमत्तोमा कम्तीमा १४५ जना नेपालीको नाम भुटानी शरणार्थीका रुपमा बालकृष्ण पन्थी नेतृत्वको कार्यदलको प्रतिवेदनमा थप गरेको भेटिएको स्रोतले जनाएको छ। हालसम्म प्रहरीमा २१ जना भन्दा धेरैले उक्त गिरोहविरुद्ध जाहेरी दर्ता गराएको उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता सोमेन्द्र सिंह राठौरले जानकारी दिए। उनका अनुसार ८१ जना विरुद्ध किटानी जाहेरी दर्ता भएको छ। प्रहरीले बा...

प्रधानमन्त्रीसँग ओलीले भने– दोषी उम्किनुहुँदैन, निर्दोष फसाउन खोजिए सह्य छैन

     मुख्य   अपराध    समाचार साभार nayapatrikadaily.com शुरोजंग पाण्डे        काठमाडाैं प्रधानमन्त्रीसँग ओलीले भने– दोषी उम्किनुहुँदैन, निर्दोष फसाउन खोजिए सह्य छैन एमालेले नक्कली भुटानी शरणार्थीका नाममा भएको ठगी प्रकरणमा दोषी उम्किन नहुने, तर निर्दोषलाई नियोजित रूपमा फसाउन खोजिए सह्य नहुने चेतावनी दिएको छ । पार्टी सचिव टोपबहादुर रायमाझीलाई प्रहरीले पक्राउ गर्ने तयारी गरिरहेका वेला अध्यक्ष केपी ओलीले बिहीबार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेटेर चेतावनीसहित ध्यानाकर्षण गराएका हुन् । रायमाझीका विषयमा पार्टीले पनि आन्तरिक छानबिन सुरु गरिसकेको भन्दै ओलीले अध्ययन सकिएपछि निष्कर्ष सार्वजनिक गरिनेसमेत बताए । ‘यो तानिएको हो कि तनाइएको हो भनेर हामी अध्ययन गर्दै छौँ । अध्ययनपछि हामी निष्कर्ष सार्वजनिक गर्छौँ,’ प्रधानमन्त्री प्रचण्डसँगको भेटवार्तापछि ओलीले पत्रकारसँग भने, ‘अवश्य नै, निर्दोष पर्नुहुँदैन, दोषी उम्किनुहुँदैन । दोषी उम्क्याउने प्रयास हाम्रो हुँदैन, तर निर्दोष फसाउन खोजियो भने हामी सहँदैनौँ ।’ चार वर्षअघि काटेको चेक जसले...

Contact form

Name

Email *

Message *

Translate

Follow us:
facebook sharing button
twitter sharing button
instagram sharing button
youtube sharing button
messenger sharing button
blogger sharing button

Life Post

5/block/Health Beauty