Skip to main content

डोनाल्ड ट्रम्पले सी जिनपिङलाई किन चीलको मूर्ति (The bald eagle ) उपहार दिए ?

डोनाल्ड ट्रम्पले चिनियाँ राष्ट्रपति सी जिनपिङलाई किन दिए चीलको मूर्ति?  यसको प्रतीकात्मक अर्थ के हो? US President Donald Trump gifted Chinese President Xi Jinping a bald eagle statue because it is the official national symbol of the United States and represents America's "free and soaring spirit." अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ह्वाइट हाउसमा आयोजित राजकीय रात्रिभोजका क्रममा चिनियाँ राष्ट्रपति सी जिनपिङलाई उपहारस्वरूप अमेरिकी राष्ट्रिय प्रतीक बाल्ड इगल (Bald Eagle) को विशेष मूर्ति प्रदान गरेका छन्। करिब तीन फिट अग्लो उक्त मूर्ति अमेरिकाको राष्ट्रिय पहिचान, स्वतन्त्रता र गौरवको प्रतीकका रूपमा प्रस्तुत गरिएको थियो। 🦅 ट्रम्पले चीलको मूर्ति दिनुको कारण अमेरिकाको राष्ट्रिय प्रतीक: बाल्ड इगल उत्तर अमेरिकामा पाइने चरा हो। यो अमेरिकाको राष्ट्रिय प्रतीक हो र यसले अमेरिकी स्वतन्त्रता, शक्ति, गौरव तथा उचाइमा उड्ने स्वतन्त्र भावनाको प्रतिनिधित्व गर्छ। व्यक्तिगत सम्बन्धको झल्को: ट्रम्पका अनुसार उक्त मूर्ति एक अस...

तारा एयरको ९ एन–‘एईटी’ ट्विनअटर विमान दुर्घटना किस्मीले लेखेकी थिइन्– यादहरूसँग मर्ने लक्ष्य छ

 


 पोखरा । यती एयरलाइन्सले १६ जुन २०१७ मा आफ्नो फेसबुक पेजमा एयर होस्टेजको मुस्कानसहितको तस्बिर राखेर लेखेको थियो, “मुस्कान हाम्रो भाषा हो ।”

तस्बिरमा मुस्काइरहेकी युवती चाहिँ किस्मी थापा थिइन् ।

उनको सामाजिक सञ्जाल नियाल्दा मुस्काइरहेका तस्बिर देखिन्छन् अनि देखिन्छन्, उनको एयरलाइन्स लक्ष्य र सपना ।

Agani Group

फुटबल खेलाडी रोनाल्डोको फ्यान रहेकी थापाले दुई दिनअघि पनि उनै फुटबलरको तस्बिर सेयर गरेकी थिइन्, जुन सामाजिक सञ्जालमा उनको अन्तिम पोस्ट बन्न पुग्यो ।

‘योर लाइफ इज योर रोड, अन्ली यू क्यान वाक अन इट’, ‘आई मिस फ्लाइङ इन द स्काई, कोरोना गो सुन...’ ।

Global bank

सामाजिक सञ्जालमा कुनैबेला थापाले सेयर गरेका क्याप्सन हुन् यी । यी दुई वाक्यले नै उनको विगतको संघर्ष र सफलतालाई पुष्टि गर्छ । तर, अब उनी नै इतिहास भइसकिन् ।

आइतबार बिहान १० बजेर ७ मिनेट जाँदा सम्पर्कविहीन भएको तारा एयरको ट्विनअटर विमान सोमबार बिहान भेटिँदा विमानमा सवार २२ जनाकै निधन भएको छ । तिनै २२ मध्येकी एक हुन् किस्मी । उनी यात्रु नभई क्याबिन क्रू मेम्बर हुन् ।

साथीहरूका लागि उनी मनिषा हुन् । परिवारको लागि अविभावक । ‘म हावासँग सम्बन्धित छु,’ कुनैबेला उनले लेखेका यी शब्दसँगै उनी पनि हावामै उडिरहँदा सदाका लागि संसार छाडेकी छन् ।

पोखरा विमानस्थलमा आइतबार विमान हराएको थाहा पाउनासाथ किस्मीका आफन्त र साथीहरू प्रार्थना गर्दै थिए । विमान भेटिएको थिएन र उनीहरूको आशा पनि मरेको थिएन ।

दिनभरको खोजतलासपछि पनि मौसमी खराबीका कारण सुरक्षाकर्मीसहित स्थानीयले आइतबार साँझसम्म पनि विमान भेटाउन सकेनन् ।

तर, सोमबार बिहानै खबर आयो, ‘मानापाथी हिमालको फेदतिर पर्ने सानोसोरे भिरमा विमान क्षतविक्षत अवस्थामा भेटियो ।’
विमानमात्रै होइन, यात्रु सबैको निधन भएको खबर पनि सँगै आयो ।

किस्मीको प्रार्थना गरिरहेका साथीहरू, पर्खिरहेका आफन्तहरू सबैको आशा निराशा भयो, सन्नाटा छायो अनि देखियो, पर्खी बसेकाहरूको कारुणिक र हृदयविदारक दृश्य ।

किस्मी अब स्मृतिमा मात्र रहिन् । यादहरू दिएर गइन् । उनैले लेखेकी थिइन्, ‘यादहरूसँग मर्ने लक्ष्य छ, सपनासँग होइन ।’

००० ०००
उनी एकल आमाकी एक्ली छोरी थिइन् । स्याङ्जाको चापाकोट नगरपालिका ४ मल्याङकोट हो उनी जन्मेको घर । मगर बुवा र दलित समुदायकी आमाबाट जन्मिएकी किस्मीले सानोमा बुवाको माया पाउन सकिनन् ।

उनी जन्मेको केही समयमा नै बुवा आमासँग अलग्गिएका थिए । त्यसपछि आमासँगै उनी मामाघरमा हुर्किइन् । त्यहीँबाटै उनले आफ्नो अध्ययनलाई अगाडि बढाइन् ।

कक्षा १० सम्म मल्याङकोटकै स्कुलमा पढेकी उनले प्लस टू स्याङ्जाको वालिङबाट पूरा गरिन् । 

कक्षा १२ पछि नै हो, उनी एयर होस्टेस बन्ने सपना लिएर पोखरा आएको । यसबीचमा उनले नागरिकता पाउनका लागि पनि ठूलै संघर्ष गर्नुपर्‍यो । आमाछोरीसँग टाढिएका बुवाले धेरैपछि मात्रै उनको नागरिकता बनाइदिन मानेका थिए ।

लक्ष्य पूरा गर्न उनी एयरलायन्स फ्लाइट अटेन्डेन्ट एकेडेमीमा नाम निकाल्न सफल भइन् र २०१५ मा भर्ना भइन् । ६ महिना लामो एयर होस्टेस कोर्स पूरा गरेपछि उनले पोखराकै एभिया क्लबमा काम पनि गरिन् ।

त्यही क्रममा यती एयरलाइन्सले एयर होस्टेजका लागि विज्ञापन खुलायो । एयर होस्टेजको सपना लिएकी उनले फर्म भरिन्, परीक्षा दिइन र सफल पनि भइन् । 

त्यो कामसँगै उनले परिवार पनि सम्हालिन्, उनी जुन उचाइ लिन चाहन्थिन् त्यो पूरा हुँदै थियो ।

सन् २०१७ मा यती एयरलाइन्सले उनलाई तारा एयरमा पठाइदियो । पाँच वर्षदेखि उनी तारा एयरमा एयर होस्टेजका रूपमा काम गर्दै आएकी थिइन् । तारा एयरअन्तर्गत जोमसोम, लुक्ला र नेपालगञ्ज उडानमा उनले काम गर्दै आएकी थिइन् । मुस्ताङबाट फर्किएर आइतबार नै काठमाडौं फर्किने सोमबार अर्कै रुटमा उनलाई खटाइएको थियो ।

तर, उनको जीवनमा त्यो दिन आएन । आफन्त र साथीहरूका लागि शोक आयो ।

गत स्थानीय चुनावमा जनप्रतिनिधि बनेकी आमाले छोरी गुमाइन्, छोरीले आमाको जितको खुसीयाली मनाउन पाइनन् ।

किस्मीले वर्षदिनअघि सामाजिक सञ्जालमा आफ्नो प्रेरणाको स्रोत हजुरआमा रहेको भनेर लेखेकी थिइन् । 

हजुरआमाले गाएको गीतको भिडियोसँगै उनले लेखेकी थिइन्, “हजुरले जीवनमा धेरै कुराको अनुभव गर्दै आउनुभएको छ । त्यही अनुभवबाट हामीलाई सिकाउँदै, बुझाउँदै आउनुभएको छ, हजुरजस्तो आमा, सासुआमा र हजुरआमा (बूढीमम्मी) पाउनु हामी सबै परिवारको सौभाग्य हो । विशेषगरी म आफूले आफूलाई एकदम भाग्यशाली सम्झिएकी छु, म सानो हुँदा हजुरको काखमा हुर्किन पाएँ । हजुरको स्याहार पाएँ । जब ठुलो भएँ, एउटा नारी भएँ । कसरी निडर भएर जीवनमा संघर्ष, आत्मविश्वास, आत्मबल र हिम्मतका साथ अगाडि बढ्न सक्नुपर्छ । समय चलिराख्ने चिज हो, हरेक औँसीपछि पूर्णिमा आउँछ ।  त्यसैले हरेस कहिले नखानू । म कुनै दिन कमजोर भएँ भने हजुरको कुरालाई याद गर्छु ! मेरो प्रेरणा र हिम्मतको स्रोत हो हजुर सधैँभरि यसरी हाँसेको देख्न पाम, हजुरको सेवा गर्न पाम र हजुरले जति खुसी माया दिनुभएको छ, त्यसको हजार गुना दिन सकूँ । यही मेरो जीवनको लक्ष्य हो ।”

आइतबार मात्रै होइन, सोमबार पनि पोखरा विमानस्थलमा आफन्तहरूको करुणामय रोदन दिनभर देखियो । विमान हराएको र यात्रु सबैको निधन भएको पुष्टि भएपछि किस्मीकी आफन्तहरूको रोदनले सोमबार पोखरा विमानस्थल नै आँशुमय बन्यो ।

नेपाली सेनाको जहाजबाट ल्याइएका १० वटा शव डीएनए परीक्षणका लागि काठमाडौं लग्दैगर्दा किस्मीकी आमा छोरी खोज्दै थिइन् । तर, तारा एयरको जहाजसँगै उनकी छोरी पनि ताराजस्तै टाढा भइसकेकी थिइन् ।

श्रीमान्ले छाडिसकेपछि एक्ली छोरीको हेरचाहमा खटिएकी उनै एक्ली आमाले आफ्नो टेक्ने सहारा पनि मेटियो ।

सम्पर्कविहीन भएको तारा एयरको विमानमा धनुषाका एकै परिवारको सात जना रहेको पुष्टि भएको छ । पोखराबाट जोमसोमको लागि उडेको तारा एयरको जहाज आज बिहानदेखि सम्पर्कविहीन छ । सो एयरका अनुसार उक्त विमानमा चालक दलका तीन सदस्यसहित २२ यात्रुहरू सवार रहेकामध्ये धनुषाको मिथिला नगरपालिका–११ लोटा गाउँका सात जना रहेको पुष्टि भएको छ ।


विमानमा राजनकुमार गोले, उनका बुबा इन्द्रबहादुर गोले, आमा राममाया तामाङ, काका पुरुषोत्तम गोले, काकी तुलसादेवी तामाङ, मामा मकरबहादुर तामाङ र माइजु सुकुमाया तामाङ रहेको परिवारजनले पुष्टि गरेको छ । गोले परिवार मुक्तिनाथ दर्शनका लागि विमानबाट जोमसोम जाँदै थिए । विमान बेपत्ता भएको खबरले परिवारमा रुवावासी चलेको छ भने  गाउँमा नै चिन्तित भएका छन् ।



सम्पर्कविहीन भएको जहाजमा १३ नेपाली, चार भारतीय, दुई जर्मन नागरिक र चालक दलका तीन सदस्यसहित २२ सवार रहेको जनाइएको छ ।



Comments

Popular posts from this blog

संयुक्त राष्ट्रसंघको ८१औँ महासभा (#UNGA81) मा परराष्ट्रमन्त्री माननीय शिशिर खनालको सम्बोधन

  Facebook Facebook Facebook Facebook Facebook Facebook Facebook Facebook Facebook Facebook Facebook Facebook Facebook Facebook Facebook Facebook Facebook Facebook Facebook Facebook Facebook Facebook Facebook Facebook Facebook Facebook Facebook Facebook Facebook Facebook Facebook Facebook Facebook संयुक्त राष्ट्रसंघको मुख्यालयमा आज आयोजित Climate Action and Just Transition सम्बन्धी उच्चस्तरीय बैठकलाई सम्बोधन गर्दै परराष्ट्रमन्त्री माननीय शिशिर खनालले जलवायु परिवर्तनसम्बन्धी प्रतिबद्धतालाई अब निर्णायक रूपमा कार्यान्वयनमा रूपान्तरण गर्न अन्तर्राष्ट्रिय समुदायलाई आग्रह गर्नुभएको छ नेपालमा हालै आएको विनाशकारी बाढीलाई ‘Himalayan Tsunami’ का रूपमा उल्लेख गर्दै मन्त्री खनालले उक्त विपद्बाट ५ अर्ब अमेरिकी डलरभन्दा बढीको क्षति भएको र यो नेपालको कुल गार्हस्थ्य उत्पादन (GDP) को करिब १५ प्रतिशत बराबर रहेको जानकारी गराउनुभयो। विश्वव्यापी हरितगृह ग्यास उत्सर्जनमा नेपालको योगदान ०.१ प्रतिशतभन्दा कम भए पनि जलवायु संकटका असमान र गम्भीर प्रभाव नेपालले भोगिरहेको उल्लेख गर्दै उहाँले यो केवल मानवीय संक...

सर्वोच्चले भन्यो ‘अन्य प्रमाणबाट पनि श्रीमान्–श्रीमतीको नाता पुष्टि हुन सक्छ’

सर्वोच्चले भन्यो– ‘अन्य प्रमाणबाट पनि नाता पुष्टि हुन सक्छ’ सर्वोच्च अदालतले श्रीमान्–श्रीमतीको नाता कायम गर्न विवाह दर्ताको प्रमाणपत्र बाध्यकारी नभएको व्याख्या गरेको छ। प्रमाणपत्र अनिवार्य र अपरिहार्य नहुने भन्दै सर्वोच्चले फैसलाको पूर्णपाठमा उल्लेख गरेको छ। आपसी सल्लाहमा मन्दिरमा गएर विवाह गरेका, त्यसपछि डेरा लिएर पतिपत्नीको रूपमा बसेका तर विवाह दर्तालगायत कुनै पनि प्रक्रिया पूरा नगरेको अवस्थामा समेत विवाहित मान्न मिल्ने फैसलाको पूर्णपाठमा उल्लेख छ।  एक किशोर–किशोरीको नाता सम्बन्ध विवादमा सर्वोच्च अदालतले ‘पतिपत्नीको रूपमा एकअर्कालाई स्वीकारेको अवस्थामा नाता प्रमाणित गर्न विवाह दर्ता अनिवार्य नहुने’ भनेको छ। ‘विधायिकाले कुनै कार्यबाट एक अर्कालाई पति–पत्नीको रूपमा स्वीकार गरेमा विवाह भएको मानिने भनी कानुनी आधार बनाएको थियो,’ सर्वोच्च अदालतले व्याख्यामा भनेको छ, ‘प्रत्यक्ष प्रमाणको अभाव भए पनि वैवाहिक सम्बन्ध देखिने अन्य सान्दर्भिक प्रमाण र परिस्थितिजन्य प्रमाणबाट निष्कर्षमा पुग्नुपर्ने हुन्छ।’ २०६४ सालमा विराटनगरस्थित मेट्रोपोलिस क्याम्पसमा उच्च तहको अध्ययन गरिरहेका बेला सुनसरीकी ...

डोनाल्ड ट्रम्पले सी जिनपिङलाई किन चीलको मूर्ति (The bald eagle ) उपहार दिए ?

डोनाल्ड ट्रम्पले चिनियाँ राष्ट्रपति सी जिनपिङलाई किन दिए चीलको मूर्ति?  यसको प्रतीकात्मक अर्थ के हो? US President Donald Trump gifted Chinese President Xi Jinping a bald eagle statue because it is the official national symbol of the United States and represents America's "free and soaring spirit." अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ह्वाइट हाउसमा आयोजित राजकीय रात्रिभोजका क्रममा चिनियाँ राष्ट्रपति सी जिनपिङलाई उपहारस्वरूप अमेरिकी राष्ट्रिय प्रतीक बाल्ड इगल (Bald Eagle) को विशेष मूर्ति प्रदान गरेका छन्। करिब तीन फिट अग्लो उक्त मूर्ति अमेरिकाको राष्ट्रिय पहिचान, स्वतन्त्रता र गौरवको प्रतीकका रूपमा प्रस्तुत गरिएको थियो। 🦅 ट्रम्पले चीलको मूर्ति दिनुको कारण अमेरिकाको राष्ट्रिय प्रतीक: बाल्ड इगल उत्तर अमेरिकामा पाइने चरा हो। यो अमेरिकाको राष्ट्रिय प्रतीक हो र यसले अमेरिकी स्वतन्त्रता, शक्ति, गौरव तथा उचाइमा उड्ने स्वतन्त्र भावनाको प्रतिनिधित्व गर्छ। व्यक्तिगत सम्बन्धको झल्को: ट्रम्पका अनुसार उक्त मूर्ति एक अस...

Proposal for Thesis

 १. शोध शीर्षक  अध्ययन गर्न गइरहेको प्रस्तावित शोधपत्रको शीर्षक कक्षा ८ मा अध्ययनरत सर्लाही जिल्लाका सामुदायिक विद्यालयका अध्ययनरत तामाङ विद्यार्थीहरूको सस्वरपठन सीप अवस्थाको एक अध्ययन” रहने छ ।  २. शोधको प्रयोजन प्रस्तावित शोधपत्र त्रिभुवन विश्वविद्यालय शिक्षाशास्त्र सङ्काय, नेपाली भाषा शिक्षा विभागअन्तर्गत स्नातकोत्तर तह नेपाली दोस्रो वर्षको पाठ्यांश ५९८ को उद्देश्य पूरा गर्ने प्रयोजनका निमित्त रहने छ ।  ३. समस्था कथन  भाषा सञ्चार आदनप्रदान गर्ने मुख्य माध्यम हो । भाषाको विकासले नै वालबालिकाको सिकाइ क्षमतामा बृद्धि ल्याउँछ । भाषा विकासमा सुनाइ, बोलाइ, पढाइ र लेखाइ गरी चारवटा सीप विकास हुनु जरुरी हुन्छ । नेपालको सन्दर्भमा नेपाली भाषाको विकासलाई मुख्य जोड दिई सानै कक्षादेखि नै नेपाली भाषाको विषयलाई अनिवार्य गराइ पठनपाठन हुँदै आइरहेको छ । भाषाको विकासमा विभिन्न तत्वहरुले प्रभाव पार्दछ जसका कारणले भाषामा त्रुटि हुने गर्दछ ।  कुनै पनि भाषा सिकाइका क्रममा त्रुटि हुनुलाई स्वाभाविक प्रक्रिया मानिन्छ । त्रुटिले भाषा सिकाइमा सिकाइको प्रकृति तथा प्रवृत्...

Contact form

Name

Email *

Message *

Translate

Follow us:
facebook sharing button
twitter sharing button
instagram sharing button
youtube sharing button
messenger sharing button
blogger sharing button

Life Post

5/block/Health Beauty