Skip to main content

संविधान विपरीत सरकार नै असुल्छ विद्यार्थीबाट पैसा

  संविधान विपरीत सरकार नै असुल्छ विद्यार्थीबाट पैसा News Summary Generated by OK AI. Editorially reviewed. सरकारले विद्यार्थीबाट उठाइरहेको शुल्क गैरकानूनी रहेको शिक्षा क्षेत्रका सरोकारवाला एवं विज्ञहरूको जिकिर छ । विद्यालय सञ्चालनको लागि कुनै न कुनै रूपमा शुल्क लिन बाध्य भएको प्रधानाध्यापकहरू स्वीकार्छन् । महालेखा परीक्षकको कार्यालयले विद्यार्थीबाट विभिन्न शीर्षकमा लिइरहेको शुल्कबारे प्रश्न उठाएको छ । ३० जेठ, काठमाडौं । सानोठिमीस्थित परीक्षा नियन्त्रण कार्यालयको कम्पाउण्डमा प्रत्येक दिन विद्यार्थीको लामो लाइन लाग्छ । बिहान १० नबज्दै लामबद्ध भएका विद्यार्थी कोही प्रमाणपत्र बनाउन, कोही हराएको प्रमाणपत्रको प्रतिलिपि लिन त्यहाँ पुगेका हुन् । त्यही लाइनमा थिए, बाराबाट आएका सुरेश सुनार । उनले भने, ‘एसईईको मूल प्रमाणपत्र हराएपछि प्रतिलिपि लिन आएको हुँ । ५०० रुपैयाँ शुल्क तिरें ।’ काठमाडौं कपनबाट प्रमाणपत्र प्रमाणीकरण गर्न गएकी निरुमाया श्रेष्ठले पनि १ हजार रुपैयाँ राजस्व बुझाइन् । प्रमाणपत्र सच्याउन सल्यानबाट आएका कमल चन्दले पनि ५०० राजस्व बुझाए । ‘शुल्क लाग्छ भनेपछि तिर्नै पर्‍यो नि’ उनी...

तारा एयरको ९ एन–‘एईटी’ ट्विनअटर विमान दुर्घटना किस्मीले लेखेकी थिइन्– यादहरूसँग मर्ने लक्ष्य छ

 


 पोखरा । यती एयरलाइन्सले १६ जुन २०१७ मा आफ्नो फेसबुक पेजमा एयर होस्टेजको मुस्कानसहितको तस्बिर राखेर लेखेको थियो, “मुस्कान हाम्रो भाषा हो ।”

तस्बिरमा मुस्काइरहेकी युवती चाहिँ किस्मी थापा थिइन् ।

उनको सामाजिक सञ्जाल नियाल्दा मुस्काइरहेका तस्बिर देखिन्छन् अनि देखिन्छन्, उनको एयरलाइन्स लक्ष्य र सपना ।

Agani Group

फुटबल खेलाडी रोनाल्डोको फ्यान रहेकी थापाले दुई दिनअघि पनि उनै फुटबलरको तस्बिर सेयर गरेकी थिइन्, जुन सामाजिक सञ्जालमा उनको अन्तिम पोस्ट बन्न पुग्यो ।

‘योर लाइफ इज योर रोड, अन्ली यू क्यान वाक अन इट’, ‘आई मिस फ्लाइङ इन द स्काई, कोरोना गो सुन...’ ।

Global bank

सामाजिक सञ्जालमा कुनैबेला थापाले सेयर गरेका क्याप्सन हुन् यी । यी दुई वाक्यले नै उनको विगतको संघर्ष र सफलतालाई पुष्टि गर्छ । तर, अब उनी नै इतिहास भइसकिन् ।

आइतबार बिहान १० बजेर ७ मिनेट जाँदा सम्पर्कविहीन भएको तारा एयरको ट्विनअटर विमान सोमबार बिहान भेटिँदा विमानमा सवार २२ जनाकै निधन भएको छ । तिनै २२ मध्येकी एक हुन् किस्मी । उनी यात्रु नभई क्याबिन क्रू मेम्बर हुन् ।

साथीहरूका लागि उनी मनिषा हुन् । परिवारको लागि अविभावक । ‘म हावासँग सम्बन्धित छु,’ कुनैबेला उनले लेखेका यी शब्दसँगै उनी पनि हावामै उडिरहँदा सदाका लागि संसार छाडेकी छन् ।

पोखरा विमानस्थलमा आइतबार विमान हराएको थाहा पाउनासाथ किस्मीका आफन्त र साथीहरू प्रार्थना गर्दै थिए । विमान भेटिएको थिएन र उनीहरूको आशा पनि मरेको थिएन ।

दिनभरको खोजतलासपछि पनि मौसमी खराबीका कारण सुरक्षाकर्मीसहित स्थानीयले आइतबार साँझसम्म पनि विमान भेटाउन सकेनन् ।

तर, सोमबार बिहानै खबर आयो, ‘मानापाथी हिमालको फेदतिर पर्ने सानोसोरे भिरमा विमान क्षतविक्षत अवस्थामा भेटियो ।’
विमानमात्रै होइन, यात्रु सबैको निधन भएको खबर पनि सँगै आयो ।

किस्मीको प्रार्थना गरिरहेका साथीहरू, पर्खिरहेका आफन्तहरू सबैको आशा निराशा भयो, सन्नाटा छायो अनि देखियो, पर्खी बसेकाहरूको कारुणिक र हृदयविदारक दृश्य ।

किस्मी अब स्मृतिमा मात्र रहिन् । यादहरू दिएर गइन् । उनैले लेखेकी थिइन्, ‘यादहरूसँग मर्ने लक्ष्य छ, सपनासँग होइन ।’

००० ०००
उनी एकल आमाकी एक्ली छोरी थिइन् । स्याङ्जाको चापाकोट नगरपालिका ४ मल्याङकोट हो उनी जन्मेको घर । मगर बुवा र दलित समुदायकी आमाबाट जन्मिएकी किस्मीले सानोमा बुवाको माया पाउन सकिनन् ।

उनी जन्मेको केही समयमा नै बुवा आमासँग अलग्गिएका थिए । त्यसपछि आमासँगै उनी मामाघरमा हुर्किइन् । त्यहीँबाटै उनले आफ्नो अध्ययनलाई अगाडि बढाइन् ।

कक्षा १० सम्म मल्याङकोटकै स्कुलमा पढेकी उनले प्लस टू स्याङ्जाको वालिङबाट पूरा गरिन् । 

कक्षा १२ पछि नै हो, उनी एयर होस्टेस बन्ने सपना लिएर पोखरा आएको । यसबीचमा उनले नागरिकता पाउनका लागि पनि ठूलै संघर्ष गर्नुपर्‍यो । आमाछोरीसँग टाढिएका बुवाले धेरैपछि मात्रै उनको नागरिकता बनाइदिन मानेका थिए ।

लक्ष्य पूरा गर्न उनी एयरलायन्स फ्लाइट अटेन्डेन्ट एकेडेमीमा नाम निकाल्न सफल भइन् र २०१५ मा भर्ना भइन् । ६ महिना लामो एयर होस्टेस कोर्स पूरा गरेपछि उनले पोखराकै एभिया क्लबमा काम पनि गरिन् ।

त्यही क्रममा यती एयरलाइन्सले एयर होस्टेजका लागि विज्ञापन खुलायो । एयर होस्टेजको सपना लिएकी उनले फर्म भरिन्, परीक्षा दिइन र सफल पनि भइन् । 

त्यो कामसँगै उनले परिवार पनि सम्हालिन्, उनी जुन उचाइ लिन चाहन्थिन् त्यो पूरा हुँदै थियो ।

सन् २०१७ मा यती एयरलाइन्सले उनलाई तारा एयरमा पठाइदियो । पाँच वर्षदेखि उनी तारा एयरमा एयर होस्टेजका रूपमा काम गर्दै आएकी थिइन् । तारा एयरअन्तर्गत जोमसोम, लुक्ला र नेपालगञ्ज उडानमा उनले काम गर्दै आएकी थिइन् । मुस्ताङबाट फर्किएर आइतबार नै काठमाडौं फर्किने सोमबार अर्कै रुटमा उनलाई खटाइएको थियो ।

तर, उनको जीवनमा त्यो दिन आएन । आफन्त र साथीहरूका लागि शोक आयो ।

गत स्थानीय चुनावमा जनप्रतिनिधि बनेकी आमाले छोरी गुमाइन्, छोरीले आमाको जितको खुसीयाली मनाउन पाइनन् ।

किस्मीले वर्षदिनअघि सामाजिक सञ्जालमा आफ्नो प्रेरणाको स्रोत हजुरआमा रहेको भनेर लेखेकी थिइन् । 

हजुरआमाले गाएको गीतको भिडियोसँगै उनले लेखेकी थिइन्, “हजुरले जीवनमा धेरै कुराको अनुभव गर्दै आउनुभएको छ । त्यही अनुभवबाट हामीलाई सिकाउँदै, बुझाउँदै आउनुभएको छ, हजुरजस्तो आमा, सासुआमा र हजुरआमा (बूढीमम्मी) पाउनु हामी सबै परिवारको सौभाग्य हो । विशेषगरी म आफूले आफूलाई एकदम भाग्यशाली सम्झिएकी छु, म सानो हुँदा हजुरको काखमा हुर्किन पाएँ । हजुरको स्याहार पाएँ । जब ठुलो भएँ, एउटा नारी भएँ । कसरी निडर भएर जीवनमा संघर्ष, आत्मविश्वास, आत्मबल र हिम्मतका साथ अगाडि बढ्न सक्नुपर्छ । समय चलिराख्ने चिज हो, हरेक औँसीपछि पूर्णिमा आउँछ ।  त्यसैले हरेस कहिले नखानू । म कुनै दिन कमजोर भएँ भने हजुरको कुरालाई याद गर्छु ! मेरो प्रेरणा र हिम्मतको स्रोत हो हजुर सधैँभरि यसरी हाँसेको देख्न पाम, हजुरको सेवा गर्न पाम र हजुरले जति खुसी माया दिनुभएको छ, त्यसको हजार गुना दिन सकूँ । यही मेरो जीवनको लक्ष्य हो ।”

आइतबार मात्रै होइन, सोमबार पनि पोखरा विमानस्थलमा आफन्तहरूको करुणामय रोदन दिनभर देखियो । विमान हराएको र यात्रु सबैको निधन भएको पुष्टि भएपछि किस्मीकी आफन्तहरूको रोदनले सोमबार पोखरा विमानस्थल नै आँशुमय बन्यो ।

नेपाली सेनाको जहाजबाट ल्याइएका १० वटा शव डीएनए परीक्षणका लागि काठमाडौं लग्दैगर्दा किस्मीकी आमा छोरी खोज्दै थिइन् । तर, तारा एयरको जहाजसँगै उनकी छोरी पनि ताराजस्तै टाढा भइसकेकी थिइन् ।

श्रीमान्ले छाडिसकेपछि एक्ली छोरीको हेरचाहमा खटिएकी उनै एक्ली आमाले आफ्नो टेक्ने सहारा पनि मेटियो ।

सम्पर्कविहीन भएको तारा एयरको विमानमा धनुषाका एकै परिवारको सात जना रहेको पुष्टि भएको छ । पोखराबाट जोमसोमको लागि उडेको तारा एयरको जहाज आज बिहानदेखि सम्पर्कविहीन छ । सो एयरका अनुसार उक्त विमानमा चालक दलका तीन सदस्यसहित २२ यात्रुहरू सवार रहेकामध्ये धनुषाको मिथिला नगरपालिका–११ लोटा गाउँका सात जना रहेको पुष्टि भएको छ ।


विमानमा राजनकुमार गोले, उनका बुबा इन्द्रबहादुर गोले, आमा राममाया तामाङ, काका पुरुषोत्तम गोले, काकी तुलसादेवी तामाङ, मामा मकरबहादुर तामाङ र माइजु सुकुमाया तामाङ रहेको परिवारजनले पुष्टि गरेको छ । गोले परिवार मुक्तिनाथ दर्शनका लागि विमानबाट जोमसोम जाँदै थिए । विमान बेपत्ता भएको खबरले परिवारमा रुवावासी चलेको छ भने  गाउँमा नै चिन्तित भएका छन् ।



सम्पर्कविहीन भएको जहाजमा १३ नेपाली, चार भारतीय, दुई जर्मन नागरिक र चालक दलका तीन सदस्यसहित २२ सवार रहेको जनाइएको छ ।



Comments

Popular posts from this blog

नागरिक शिक्षा अर्थ आवश्यक्ता र महत्व

१ नागरिक शिक्षाको अर्थ  नागरिक भनेको कुनै राज्यको निश्चित भौगलिक क्षेत्रभित्र स्थायी बसोबास गर्ने अधिकार र कर्तव्यद्वारा राज्यसँग सम्बन्धित भएको राज्य वा समाजको एक अभिन्न सदस्य हो । नागरिक जसले कुनै राज्यको पहिचान बोकेको हुन्छ । नागरिक भएवापत उसले राज्यबाट नागरिकता प्राप्त गरेको हुन्छ । त्यो नागरिकता उसको राष्ट्रिय पहिचान दिने राष्ट्रिय परिचयपत्र हो तर त्यस नागरिकताले उसको तीन पुस्ते परिचय खुलाउने मात्र नभइ नागरिक राज्यको संबिधानप्रदत्त हक अधिकार र कर्तव्य सृजना गराउँछ । नागरिक अधिकारप्रति जागरुकता, सचेतना, आत्मसम्मान र आत्मनिर्णय जस्ता कुराहरु स्वःत सिर्जना गराई दिन्छ । यसको लागि नागरिकले नागरिकताको महत्व र अर्थ बुझ्न जरुरी छ हुन्छ । यसको अर्थ महत्व नबुझेर लामो समयसम्म ठालुबर्गले शोषण गरे नागरिक रैति र जनता भएर बाँचे ।  त्यसैले नागरिकहरुले आफूले पाएको नागरिकता अनुसार अथवा स्वतन्त्र राज्यको नागरिकको हैसियतले पाउने हक अधिकार कर्तव्य सचेत र जागरुक हुनैपर्छ यसका लागि नागरिक शिक्षाको खाँचो पर्दछ ।  नागरिकलाई संबिधान प्रदत्त हक अधिकार कर्तव्य र कानुनी उपचार बारे सचेत गराउने शि...

Proposal for Thesis

 १. शोध शीर्षक  अध्ययन गर्न गइरहेको प्रस्तावित शोधपत्रको शीर्षक कक्षा ८ मा अध्ययनरत सर्लाही जिल्लाका सामुदायिक विद्यालयका अध्ययनरत तामाङ विद्यार्थीहरूको सस्वरपठन सीप अवस्थाको एक अध्ययन” रहने छ ।  २. शोधको प्रयोजन प्रस्तावित शोधपत्र त्रिभुवन विश्वविद्यालय शिक्षाशास्त्र सङ्काय, नेपाली भाषा शिक्षा विभागअन्तर्गत स्नातकोत्तर तह नेपाली दोस्रो वर्षको पाठ्यांश ५९८ को उद्देश्य पूरा गर्ने प्रयोजनका निमित्त रहने छ ।  ३. समस्था कथन  भाषा सञ्चार आदनप्रदान गर्ने मुख्य माध्यम हो । भाषाको विकासले नै वालबालिकाको सिकाइ क्षमतामा बृद्धि ल्याउँछ । भाषा विकासमा सुनाइ, बोलाइ, पढाइ र लेखाइ गरी चारवटा सीप विकास हुनु जरुरी हुन्छ । नेपालको सन्दर्भमा नेपाली भाषाको विकासलाई मुख्य जोड दिई सानै कक्षादेखि नै नेपाली भाषाको विषयलाई अनिवार्य गराइ पठनपाठन हुँदै आइरहेको छ । भाषाको विकासमा विभिन्न तत्वहरुले प्रभाव पार्दछ जसका कारणले भाषामा त्रुटि हुने गर्दछ ।  कुनै पनि भाषा सिकाइका क्रममा त्रुटि हुनुलाई स्वाभाविक प्रक्रिया मानिन्छ । त्रुटिले भाषा सिकाइमा सिकाइको प्रकृति तथा प्रवृत्...

म त म नै हो

के लख्नु, र के वाेल्नु, के गर्नु हाे म यस्तै छु । यस्तै भन्दा कही कतै म जुजुमान भन्ने कथा सर्सती याद हुन्छ अली सानैमा पढेकाे सायद ७, ८ कक्षामा । काे नै किन हुन पर्याे र म त म नै हु । आफु अरुकोही किन हुन सकिन। फलानो जस्ताे भन्ने किन भइन यस्तै कुराहरु आउछन मनमा तर फेरी उहि संम्झन पुग्छु म त म नै हु । अरुकाे डाह इर्ष्या छैन मलाई । हाे म भन्ने गर्छु सवैलाइ राम्राे वन है असल हुनपर्छ। तर सवै राम्राे मात्रै भएकाे भए नराम्राे याे शव्दकाेषमा कहावाट पर्याे ।यहि साेच्छु फेरी त्यही म त म नै हु । के गरिस के पढिस सवैले साेधछन तर के गरीनस के भएन कसैलाइ वास्ता हुन्न। के भयाे सवैलाइ चासाे छ । के भएन कसैलाइ छैन । विवाह भयाे सवैलाइ चासाे हुन्छ। भव्य हुन्छ। २ वर्षपछि वावु भइयाे कसैलाइ केही फरक पर्देन केवल पर्छ त छाेरा की छाेरीमा भन्नेमा । ४ वर्ष पछी छाेरी छ फेरी पनि छाेरी कस्ताे अभागी खाली छाेरी मात्रै । के याे भन्नु नराम्राे हाे वा राम्राे वुझेकाे छैन किनकी म त म नै हु । समय चलिरहन्छ मेरा लागी मात्र अडिदैन अली वर्ष सुख दुख चलिरहन्छ । अनी फेरी कती कमाइस सवैले भन्न थाल्छन । केही देखिन्छ ए गरेछ । कसरी गर्या...

रित्तो हात लिएर जागरिबाट अवकाश पाएका

    रित्तो हात लिएर जागरिबाट अवकाश पाएका धनबहादुर केसी पटकपटक थमैतीमा परेका सर्लाहीको लालबन्दी नगरपालिका-१६ स्थित श्री डिम जनता माध्यमिक विद्यालयका कार्यालय सहयोगी मात्र हुन्, ६२ वर्षीय धनबहादुर केसी । यतिबेला उनी विद्यालयमा हुनुपर्ने हो । तर, एक सातादेखि काठमाडौंको माइतीघर मण्डलामा तातो घाममा धर्नामा छन् । ०३५ सालदेखि कार्यालय सहयोगीका रूपमा काम गरेका धनबहादुरले न धन कमाउन सके, न जागिरको ग्यारेन्टी नै भयो । उल्टै पटक-पटक उनी विद्यालयबाट अवकास पाए । अदालतको आदेशमा थमौती गर्दै बस्दै गरेर उनले ४३ वर्ष काम गरे । सुरुवाती चरणका तीन महिना त उनले निःशुल्क काम गरे । त्यसपछि महिनाको २५ रुपैयाँ पाउन थाले । हाल उनले महिनाको १५ हजार पाउँछन् । तर, उनको जागिर स्थायी भएन । हाल जागरिबाट अवकाश हुनेबेला भयो उनको । तर, रित्तो हात फर्कनु पर्ने बाध्यता सुनाउँछन् उनी । त्यसैले सेवा सुविधाको माग गर्दै उनी सिंहदरबारलाई घचघच्याउन काठमाडौं आइपुगेका हुन् । ‘कार्यालय सहयोगी भएरै पूरै जीवन बित्यो तर रित्तो हात कामबाट बिदा लिनुपर्ने स्थिति छ । राज्यले हामीलाई उपेक्षा गर्‍यो,’ सिंहदरबारतर्फ उनी औँला तेर्सा...

Followers