Skip to main content

संविधान विपरीत सरकार नै असुल्छ विद्यार्थीबाट पैसा

  संविधान विपरीत सरकार नै असुल्छ विद्यार्थीबाट पैसा News Summary Generated by OK AI. Editorially reviewed. सरकारले विद्यार्थीबाट उठाइरहेको शुल्क गैरकानूनी रहेको शिक्षा क्षेत्रका सरोकारवाला एवं विज्ञहरूको जिकिर छ । विद्यालय सञ्चालनको लागि कुनै न कुनै रूपमा शुल्क लिन बाध्य भएको प्रधानाध्यापकहरू स्वीकार्छन् । महालेखा परीक्षकको कार्यालयले विद्यार्थीबाट विभिन्न शीर्षकमा लिइरहेको शुल्कबारे प्रश्न उठाएको छ । ३० जेठ, काठमाडौं । सानोठिमीस्थित परीक्षा नियन्त्रण कार्यालयको कम्पाउण्डमा प्रत्येक दिन विद्यार्थीको लामो लाइन लाग्छ । बिहान १० नबज्दै लामबद्ध भएका विद्यार्थी कोही प्रमाणपत्र बनाउन, कोही हराएको प्रमाणपत्रको प्रतिलिपि लिन त्यहाँ पुगेका हुन् । त्यही लाइनमा थिए, बाराबाट आएका सुरेश सुनार । उनले भने, ‘एसईईको मूल प्रमाणपत्र हराएपछि प्रतिलिपि लिन आएको हुँ । ५०० रुपैयाँ शुल्क तिरें ।’ काठमाडौं कपनबाट प्रमाणपत्र प्रमाणीकरण गर्न गएकी निरुमाया श्रेष्ठले पनि १ हजार रुपैयाँ राजस्व बुझाइन् । प्रमाणपत्र सच्याउन सल्यानबाट आएका कमल चन्दले पनि ५०० राजस्व बुझाए । ‘शुल्क लाग्छ भनेपछि तिर्नै पर्‍यो नि’ उनी...

फिल्म ‘काँडेतार’ को फष्टलुक सार्वजनिक


 फिल्म ‘काँडेतार’ को फष्टलुक सार्वजनिक भएको छ । गणतन्त्र दिवसको अवसर पारेर निर्माण युनिटले फिल्मको एकपोष्टर फष्टलुकको रुपमा सार्वजनिक गरेको हो ।


फष्टलुक पोष्टरमा अभिनेता नवल खड्का, गौरव पहारी, रेविका गुरुङ, सुरविना कार्कीलगायत कलाकार हातमा काँडेतार लिएको अवस्थामा देखिएका छन् । फिल्म नवल खड्काले नै निर्देशन गरेका हुन् ।



फिल्ममा नवल, गौरव, रेविका, सुरविनाको अलवा मुरली धर, प्रेम सुब्बा, परशुराम चौधरी, संजय खतिवडा, राजेन्द्र भगत, पन्नालाल सिकदार, प्रकाश अनुराग, प्रेम कार्की, महेश गिरी र बालकलाकार नादिया खड्का र सनया खड्का लगायतको अभिनय छ ।



नवल, माकिको राई र अञ्जु केसीकाे निर्माण रहेको फिल्ममा शिवम अधिकारी र नवल खड्काकै लेखन छ । सौरभ लामाको छायांकन, श्री श्रेष्ठको द्वन्द, कविराज गहतराजको नृत्य, मणि थापा, दीपक शर्माको संगीत रहेको फिल्मको कार्यकारी निर्माता सत्यकला राई हुन् ।



फिल्म सामना फिल्मस् प्रालिको ब्यानरमा निर्माण भएको हो । नवलले यस अगाडि राष्ट्रियताको बिषयमा दशगजा, भीमदत्त लगायतका फिल्म बनाएका थिए ।

Comments

Popular posts from this blog

प्रभावशाली महिलाको सूचीमा मधेशकी छोरी कलादुत सरिता साह

प्रभावशाली महिला’ को सूचीमा मधेशकी छोरी कलादुत सरिता साह आफ्नो नाट्यकलामार्फत मधेश प्रदेशलाईमात्र हैन पूरै नेपाललाई विश्वमा चिनाउन सफल मधेशकी छोरीहरु मध्येकी एउटा नाम हो सरिता साह । उनी महोत्तरी जिल्लाको सानो गाउँ टिम्कीयामा जन्मिएका ६ छोरीहरुमध्येकी सरिता माइली हुन् । बाल्यकालबाटै लैंगिक विभेदको भोगाइ अनुभव गरेकी सरिताको दाजुभाइ छैनन् । उनी २०८० को प्रभावशाली महिलको सूचिमा परेकी छिन् । अनलाइनखबरको जुरीले १०० महिलाहरुमध्येबाट ५० जनालाई २०८० सालको प्रभावशाली महिला छनौट गरेको थियो । जसमा उको नाम पनि समावेश छ । उनलाई अनलाईन खबरले मधेशलाई मूलधारसँग जोड्ने कलादूतको रुपमा लिएको छ । वास्तवमा उनले आफ्नो कलामार्फत नेपाललाई विश्वमा चिनाएकी छिन । सरिताले सञ्चारमाध्यममा न्युजरीडर, कार्यक्रम प्रस्तोता, कलाकार र नाटक निर्माता/निर्देशकको रुपमा काम गरिसकेकी छिन् । महिलाहरूलाई शिक्षाको अधिकारबाट वञ्चित भएको समुदायमा हुर्किए पनि उनले आफ्नो स्नातक तह सफलतापूर्वक पूरा गरिन्। उनलाई कलाकारको रुपमा स्थापित गर्न पनि सजिलो थिएन । नाटक र चलचित्रले समाजमा दिर्घकालिन चेतना र परिवर्तन ल्याउन सक्छ भन्ने व...

हामी what पढाउछौ तर जिजेनहरु how सिक्न चाहन्छन् ।

घोक्ने होइन, बुझ्ने र व्यवहारमा उतार्ने शिक्षाको पक्षमा जेन–जी Like खासमा  सन् १९९७ देखि २०१२ को बिचमा जन्मिएका मानिसलाई विश्वमै ‘जेन–जी’ पुस्ता भनेर चिनिन्छ । यो पुस्ता अहिले १३ वर्षदेखि २८ वर्ष उमेर समूहको छ । भविष्यको जिम्मेवारी लिन तम्तयार यो पुस्ता विश्वमा प्रविधिको विकाससँगै हुर्किएको छ । त्यसैले यो पुस्ताको सोच, चिन्तन र बुझाइ अन्य पुस्ताको भन्दा भिन्न छ ।   अन्य क्षेत्रमा मात्र हैन सुचना प्रविधिमा पनि अब्बल छन् जी जेनका पुस्ताका  विद्यार्थीहरु । यस पुस्ताका विद्यार्थीहरुको सिकाई शैली आधुनिक, सोचाइ आधुनिक देखिन्छ तर हाम्रा शिक्षकहरु परम्परावादी, सिकाउने शैली परम्परगत सिकिने ज्ञान परम्परावादी देखिदैछन् । हामीले what पढाउछौ तर विद्यार्थी how खोज्छन् । हामी what is पढाउँछौं जस्तै शिक्षा भनेको, अर्थशास्त्र नाम सर्वनाम स्वास्थ्य बिज्ञान भनेको केहो ? यस्तै यस्तै अनि यसैको भए नभएको नालीबेली पढाएर भएनभए बिद्वानहरुको परिभाषा लेखाएर समय खर्च गर्छौं । नेपालमा अहिले पनि परम्परागत शैलीमार्फत नै पठनपाठन हुँदै आएको छ । यसको अर्थ परम्परागत पाठ्यक्रम परम्परागत पाठ्रयव...

विद्यालय शिक्षा विधेयक अन्योलमै पिङ् खेल्दै कहिले मच्चिदै कहिले थच्चिदै

  विद्यालय शिक्षा विधेयक अन्योल :  ढिलाइ  किन ?  कृष्णसिंह धामीकृष्णसिंह धामी सोमबार, २६ जेठ २०८२, २० : ००   शिक्षा मन्त्रालय र नेपाल शिक्षक महासंघबिच वैशाख १७ गते भएको सहमतिअनुसार विधेयक सो म्यादभित्र पारित गरिनुपर्ने म्यान्डेट छ । तर प्रक्रिया ढिलो हुँदा विधेयक नै अलपत्र पर्ने सम्भावना देखिन थालेको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री रघुजी पन्तले जेठ ११ गते बसेको प्रतिनिधिसभाअन्तर्गतको शिक्षा समितिको बैठकमा एक साताको समय माग गरेका थिए । मन्त्रीले महासंघसँग छलफल र समन्वय गर्नुपर्ने भन्दै समय मागेपछि समितिले त्यो समय दिएको थियो । तर दिइएको १५ दिनभन्दा बढी समय बितिसक्दा पनि समिति बैठक बस्न सकेको छैन । यस्तो स्थितिमा विधेयक पारित गर्ने प्रक्रिया झन् अन्योल बनिरहेको छ । शिक्षा समितिका सभापति अम्मरबहादुर थापाले सरकारले समितिलाई पर्खामा राखेको र समय मागिरहेकाले बैठक बस्न नसकेको गुनासो गरे । ‘सुरुमा तीन दिनको समय मागियो, त्यसपछि सात दिन । अहिले अनिश्चितकालीन रूपमा पर्खिन भनेको छ,’ सभापति थापाले भने, ‘शिक्षामन्त्रीको उपस्थितिविना छलफल अघि बढ्न सक्दैन । तर मन्त...

डिमजनता स्कुलका विद्यार्थीहरु एस.इ.इ परीक्षामा सहभागी हुँदै ...........

श्री डिमजनता माध्यविद्यालयका विद्यार्थीहरु यस बर्षको  बैसाख ९ गते देखि संचालन हुने एस इ इ  परीक्षामा समावेश हुन जाँदैछन् । गत बर्ष  कोरोना महामारीको कारण विद्यालयले नै रा.प.बो.मा अंक पठाइ रिजल्ट निकालेको थियो । यस बर्ष पनि डेढ महिना कोरोनाको तेश्रो लहरले पढाइ भएको थिएन । यस बर्ष ७२ जनाले एस इ इ परीक्षामा सामेल हुने जानकारी विद्यालयले जानकरी गराएका छन् ।

Followers