Skip to main content

संविधान विपरीत सरकार नै असुल्छ विद्यार्थीबाट पैसा

  संविधान विपरीत सरकार नै असुल्छ विद्यार्थीबाट पैसा News Summary Generated by OK AI. Editorially reviewed. सरकारले विद्यार्थीबाट उठाइरहेको शुल्क गैरकानूनी रहेको शिक्षा क्षेत्रका सरोकारवाला एवं विज्ञहरूको जिकिर छ । विद्यालय सञ्चालनको लागि कुनै न कुनै रूपमा शुल्क लिन बाध्य भएको प्रधानाध्यापकहरू स्वीकार्छन् । महालेखा परीक्षकको कार्यालयले विद्यार्थीबाट विभिन्न शीर्षकमा लिइरहेको शुल्कबारे प्रश्न उठाएको छ । ३० जेठ, काठमाडौं । सानोठिमीस्थित परीक्षा नियन्त्रण कार्यालयको कम्पाउण्डमा प्रत्येक दिन विद्यार्थीको लामो लाइन लाग्छ । बिहान १० नबज्दै लामबद्ध भएका विद्यार्थी कोही प्रमाणपत्र बनाउन, कोही हराएको प्रमाणपत्रको प्रतिलिपि लिन त्यहाँ पुगेका हुन् । त्यही लाइनमा थिए, बाराबाट आएका सुरेश सुनार । उनले भने, ‘एसईईको मूल प्रमाणपत्र हराएपछि प्रतिलिपि लिन आएको हुँ । ५०० रुपैयाँ शुल्क तिरें ।’ काठमाडौं कपनबाट प्रमाणपत्र प्रमाणीकरण गर्न गएकी निरुमाया श्रेष्ठले पनि १ हजार रुपैयाँ राजस्व बुझाइन् । प्रमाणपत्र सच्याउन सल्यानबाट आएका कमल चन्दले पनि ५०० राजस्व बुझाए । ‘शुल्क लाग्छ भनेपछि तिर्नै पर्‍यो नि’ उनी...

Message From Chairmain




मानव सभ्यताको थालनी सँगै समूह, समुदाय र संगठनको अवधारणाको विकास हुँदै गयो । समुह एवंम संगठन संरचना मार्फत नै मानवले सोच, वृद्धि र भौतिक साधनको परिचालन गरि जीवन यापनको प्रगति पथमा अगाडी पढदै गयो । यसर्थ मानव सभ्यताको विकास सँगसँगै व्यवस्थापकीय इतिहास धेरै पूरानो भएता पनि आधुनिक व्यवस्थापनको धारण बिसौ शाताब्दीको शुरुलाई लिन सकिन्छ । व्यवस्थापनको प्राचीन रोमको सभ्यता र इजिप्टको विकासमा गाँसिएको छ । रोमन क्याथोलिक चर्च प्लेटो, शुकरात जस्ता दार्शनिकहरुले यस सम्बन्धी अब धारणलाई उजागर गर्ने काम गरे सुमेरियम सभ्यता, मिश्र मेसोपोसियम सभ्यता र चिनको सभ्यताले समेत व्यवस्थापन कार्यमा विशेष योगदान दिईएको मानिन्छ । व्यवस्थापनको मध्यकाललाई १८ औ शताब्दीको अन्त्य देखि २० औ शतब्दीको शुरुवातलाई लिइएको छ । जसमा पूर्व बैज्ञानिक व्यवस्थापन युगमा रोबर्ट ओईन र चाल्स डेविज जस्ता उधोगपतिले विशेष योगदान दिए भने आधुनिक व्यवस्थापनको युगमा फेडरिक टेलर जस्ता व्यक्तिले विशेष योगदान  दिए ।  विद्यालय वा संगठनको कर्मचारी तन्त्रमा अधिक र नियमहरुबाट स्पष्ट पारिएको तल देखि माथिल्लो श्रेणी सम्मको दर्जाको किटान हुनुपर्दछ । जुन आर्दश संगठनकै कर्मचारी तन्त्र हो र यसका क्रियाकलाप र उदेश्यहरु विवेकपूर्ण ढंगवात तय गरिएको हुन्छ र कामको सुव्यवस्थित विभाजन हुन्छ । यसरी गुण र योग्यताको आधारमा कार्य दक्षताको मूल्याङकन गरी सामुहिक ढंगले संगठनात्मक क्रियाकलापको उचित तथा प्रभावकारी र उपलब्धी पूर्ण प्रयोग गर्न सहयोग पु¥याउने कला व्यवस्थापन हो । मनव सभ्यतामा भएको दु्रत परिर्वतन र परिवर्तन भएका तिब्र आवश्यकता हरुलाई गर्ने उदेश्यले शिक्षाको स्वरुपमा भएको परिर्वतनको फलस्वरुप शिक्षा प्रदान गर्ने थलोको रुपमा औपचारिक विद्यालको स्थापना भएको हो । विद्यालय क्षेत्रको व्यवस्थापकिय अवधारणको विकासक्रमलाई नियाल्दा व्यवस्थापनकै एक अभिन्न अंगको रुपमा रहेको छ । अन्य व्यवस्थापन जस्तै शिक्षण सिकाई क्रियाकलापसँग सम्बन्धीत व्यक्ति संस्था र प्रकृयाको प्रभावकारी व्यवस्थापन गर्ने सिकाई उदेश्यले विद्यालय व्इवस्थापनको थालनि भएको हो । सिकाई उदेश्य परिपूर्ति गर्न प्रयोग गरिने शैक्षिक सामाग्रीको निर्माण, लेखन, प्रकासन, वितरण र शिक्षण विधिको बनोट तथा मूलाङ्कन जस्ता पक्षहरुलाई चुस्त दुरुस्त राखी समग्र शैक्षिक उपलब्धि सुधार गर्ने योजनालाई सहयोग गर्नका निम्ति विद्यालय व्यवस्थापनको आवश्यकता महत्वपूर्ण मानिन्छ । यसका साथै शैक्षिक श्रोतको छनौट, निर्माण, प्राप्ती र वितरणको उचित व्यवस्थापन, आर्थिक मानवीय वित्तिय, भौतिक साधन श्रोतको व्यवस्थापन, विभिन्न शैक्षिक योजनाहरुको निर्माणमा सहयोग, सामुदायिक संस्थाको रुपमा विद्ययालको सञ्चालन सरोकारवालासँग समन्वय अभिप्रेरित तथा निर्देशन शैक्षिक लक्ष्य र उदेश्य प्राप्तीका लागि सामुहिक र संगठित क्रियाकलापको सञ्चालनार्थ पनि विद्यालय व्यवस्थापनको आवश्यकताको महसुश गर्ने गर्दछ । यसरी विद्यालय व्यवस्थापनमा संस्थागत उदेश्य प्राप्तीको लागि आफना सहकर्मीबाट सहयोग, सहभागिता, मध्यस्ता संलग्नता प्राप्त गर्नका लागि समेत विद्यालय व्यवस्थापनको आवश्यकता पर्ने गर्दछ । यसका साथै शिक्षा क्षेत्रमा आएका नयाँ नयाँ खोज अनुसंधान बैज्ञानिक प्रविधि र विकास आदि जस्ता पक्षहरुको सहि पहिचान र प्रयोगका निम्त िसमेत विद्यालय व्यवस्थापनले सहयोग गर्दछ ।

Comments

Popular posts from this blog

थप पाँच ऐन सहित संघीय शिक्षा ऐन आउँदै

अन्ततः संघीय शिक्षा ऐन जारी गर्दै शिक्षा मन्त्रालय, थप पाँच ऐन पनि आउँदै काठमाडौँ- शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले संघीय शिक्षा ऐनसहित विभिन्न ६ वटा शिक्षासम्बन्धी विधेयकको मस्यौदा तयार गरेको छ । लामो समयदेखि प्रतीक्षारत संघीय शिक्षा ऐनको मस्यौदा संशोधन भई राय परामर्शका लागि अर्थ मन्त्रालयमा पुगेको छ । उक्त मस्यौदा ऐनका साथै उच्च शिक्षासम्बन्धी छाता विधेयक, प्राविधिक शिक्षा विधेयक, एकीकृत स्वास्थ्य विज्ञान प्रतिष्ठान, राष्ट्रिय योग्यता प्रारूपसम्बन्धी विधेयकको मस्यौदा पनि तयार गरिएको छ । संघीय शिक्षा ऐनमा निःशुल्क र अनिवार्य शिक्षा ऐन तथा शिक्षा सेवा आयोग ऐन र राष्ट्रिय परीक्षा बोर्ड ऐनका केही विषय समायोजनका लागि तयारी गरिएको छ । संघीय शिक्षा ऐनमा शिक्षक सेवा आयोगको मापदण्ड, सिद्धान्त र राष्ट्रिय शिक्षाको दर्शन, शिक्षा व्यवस्थापनबारे तीन तहका सरकारको स्पष्ट भूमिका, शिक्षकको तहगत प्रणालीबारे पनि सम्बोधन हुने जनाइएको छ । मन्त्रालयका प्रवक्ता दीपक शर्माले ती विधेयक रायपरामर्शका क्रममा रहेको र सकेसम्म चाँडै संघीय संसदमा प्रस्तुत हुने अपेक्षा रहेको बताए । प्रतिनिधिसभाको शिक्ष...

ईपीएस भाषा परीक्षामा सहभागी गराउन उच्च अदालत पाटनको आदेश

काठमाडौं । उच्च अदालत पाटनले सबैलाई ईपीएस भाषा परीक्षामा सहभागी गराउन आदेश दिएको छ । न्यायाधिश चन्द्रमणी ज्ञवालीको इजलासले सबैलाई ईपीएस भाषा परीक्षामा सहभागी गराउन आदेश दिएको हो । यसअघि पानी जहाज निर्माणको कामका लागि परीक्षा दिएर अनुत्तिर्ण भएका करिब २८ हजार परीक्षार्थीलाई पनि सामेल गराउन आदेश दिएको हो। यसअघि ईपीएस कार्यालयले अदालतको आदेश लिएर गएका १८ जनालाई मात्रै आवेदन भर्न दिइएको थियो। उनीहरूले शुक्रबार नै आवेदन दिइसकेका छन्। तर बाँकीले आवेदन भर्न नपाएपछि आन्दोलन गरेका थिए। आन्दोलन चर्किंदै जाँदा भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाको गाडीमा आगजनी गरेका थिए। भने प्रहरीले गोली चलाउँदा २ जनाको ज्यान गएको छ ।

Dim Janata School

shamser.info.np

shamser.info.np Site Map Call Now Admission मौसम विवरण × नेपाली पात्रो × ...

Followers