09 September 2026 Christianah, 11, stands in her secondary school classroom which was destroyed by Tropical Storm Jude in the Grand Sud region of Madagascar in March 2025. ११ वर्षीया क्रिस्टियाना, मार्च २०२५ मा मडागास्करको ग्रान्ड सुड क्षेत्रमा आएको ट्रपिकल स्टर्म जुड (उष्णकटिबंधीय आँधी) ले ध्वस्त पारेको आफ्नो माध्यमिक विद्यालयको कक्षाकोठामा उभिएकी छिन् । More than 171 million students had their schooling disrupted by climate hazards in 2025 – UNICEF Storms, floods, and heatwaves most common climate hazards causing school closures, class suspensions, and other education interruptions NEW YORK, 10 September 2026 – More than 171 million students globally – or 1 in 10 – from pre-primary to upper secondary age had their schooling disrupted by climate hazards in 2025, according to a new analysis released by UNICEF today. Learning Interrupted: Global Snapshot of Climate-Related School Disruptions in 2025 analyses data from 106 countries or territories and finds that clim...
मानव सभ्यताको थालनी सँगै समूह, समुदाय र संगठनको अवधारणाको विकास हुँदै गयो । समुह एवंम संगठन संरचना मार्फत नै मानवले सोच, वृद्धि र भौतिक साधनको परिचालन गरि जीवन यापनको प्रगति पथमा अगाडी पढदै गयो । यसर्थ मानव सभ्यताको विकास सँगसँगै व्यवस्थापकीय इतिहास धेरै पूरानो भएता पनि आधुनिक व्यवस्थापनको धारण बिसौ शाताब्दीको शुरुलाई लिन सकिन्छ । व्यवस्थापनको प्राचीन रोमको सभ्यता र इजिप्टको विकासमा गाँसिएको छ । रोमन क्याथोलिक चर्च प्लेटो, शुकरात जस्ता दार्शनिकहरुले यस सम्बन्धी अब धारणलाई उजागर गर्ने काम गरे सुमेरियम सभ्यता, मिश्र मेसोपोसियम सभ्यता र चिनको सभ्यताले समेत व्यवस्थापन कार्यमा विशेष योगदान दिईएको मानिन्छ । व्यवस्थापनको मध्यकाललाई १८ औ शताब्दीको अन्त्य देखि २० औ शतब्दीको शुरुवातलाई लिइएको छ । जसमा पूर्व बैज्ञानिक व्यवस्थापन युगमा रोबर्ट ओईन र चाल्स डेविज जस्ता उधोगपतिले विशेष योगदान दिए भने आधुनिक व्यवस्थापनको युगमा फेडरिक टेलर जस्ता व्यक्तिले विशेष योगदान दिए । विद्यालय वा संगठनको कर्मचारी तन्त्रमा अधिक र नियमहरुबाट स्पष्ट पारिएको तल देखि माथिल्लो श्रेणी सम्मको दर्जाको किटान हुनुपर्दछ । जुन आर्दश संगठनकै कर्मचारी तन्त्र हो र यसका क्रियाकलाप र उदेश्यहरु विवेकपूर्ण ढंगवात तय गरिएको हुन्छ र कामको सुव्यवस्थित विभाजन हुन्छ । यसरी गुण र योग्यताको आधारमा कार्य दक्षताको मूल्याङकन गरी सामुहिक ढंगले संगठनात्मक क्रियाकलापको उचित तथा प्रभावकारी र उपलब्धी पूर्ण प्रयोग गर्न सहयोग पु¥याउने कला व्यवस्थापन हो । मनव सभ्यतामा भएको दु्रत परिर्वतन र परिवर्तन भएका तिब्र आवश्यकता हरुलाई गर्ने उदेश्यले शिक्षाको स्वरुपमा भएको परिर्वतनको फलस्वरुप शिक्षा प्रदान गर्ने थलोको रुपमा औपचारिक विद्यालको स्थापना भएको हो । विद्यालय क्षेत्रको व्यवस्थापकिय अवधारणको विकासक्रमलाई नियाल्दा व्यवस्थापनकै एक अभिन्न अंगको रुपमा रहेको छ । अन्य व्यवस्थापन जस्तै शिक्षण सिकाई क्रियाकलापसँग सम्बन्धीत व्यक्ति संस्था र प्रकृयाको प्रभावकारी व्यवस्थापन गर्ने सिकाई उदेश्यले विद्यालय व्इवस्थापनको थालनि भएको हो । सिकाई उदेश्य परिपूर्ति गर्न प्रयोग गरिने शैक्षिक सामाग्रीको निर्माण, लेखन, प्रकासन, वितरण र शिक्षण विधिको बनोट तथा मूलाङ्कन जस्ता पक्षहरुलाई चुस्त दुरुस्त राखी समग्र शैक्षिक उपलब्धि सुधार गर्ने योजनालाई सहयोग गर्नका निम्ति विद्यालय व्यवस्थापनको आवश्यकता महत्वपूर्ण मानिन्छ । यसका साथै शैक्षिक श्रोतको छनौट, निर्माण, प्राप्ती र वितरणको उचित व्यवस्थापन, आर्थिक मानवीय वित्तिय, भौतिक साधन श्रोतको व्यवस्थापन, विभिन्न शैक्षिक योजनाहरुको निर्माणमा सहयोग, सामुदायिक संस्थाको रुपमा विद्ययालको सञ्चालन सरोकारवालासँग समन्वय अभिप्रेरित तथा निर्देशन शैक्षिक लक्ष्य र उदेश्य प्राप्तीका लागि सामुहिक र संगठित क्रियाकलापको सञ्चालनार्थ पनि विद्यालय व्यवस्थापनको आवश्यकताको महसुश गर्ने गर्दछ । यसरी विद्यालय व्यवस्थापनमा संस्थागत उदेश्य प्राप्तीको लागि आफना सहकर्मीबाट सहयोग, सहभागिता, मध्यस्ता संलग्नता प्राप्त गर्नका लागि समेत विद्यालय व्यवस्थापनको आवश्यकता पर्ने गर्दछ । यसका साथै शिक्षा क्षेत्रमा आएका नयाँ नयाँ खोज अनुसंधान बैज्ञानिक प्रविधि र विकास आदि जस्ता पक्षहरुको सहि पहिचान र प्रयोगका निम्त िसमेत विद्यालय व्यवस्थापनले सहयोग गर्दछ ।

Comments
Post a Comment
Thank you !