Skip to main content

संविधान विपरीत सरकार नै असुल्छ विद्यार्थीबाट पैसा

  संविधान विपरीत सरकार नै असुल्छ विद्यार्थीबाट पैसा News Summary Generated by OK AI. Editorially reviewed. सरकारले विद्यार्थीबाट उठाइरहेको शुल्क गैरकानूनी रहेको शिक्षा क्षेत्रका सरोकारवाला एवं विज्ञहरूको जिकिर छ । विद्यालय सञ्चालनको लागि कुनै न कुनै रूपमा शुल्क लिन बाध्य भएको प्रधानाध्यापकहरू स्वीकार्छन् । महालेखा परीक्षकको कार्यालयले विद्यार्थीबाट विभिन्न शीर्षकमा लिइरहेको शुल्कबारे प्रश्न उठाएको छ । ३० जेठ, काठमाडौं । सानोठिमीस्थित परीक्षा नियन्त्रण कार्यालयको कम्पाउण्डमा प्रत्येक दिन विद्यार्थीको लामो लाइन लाग्छ । बिहान १० नबज्दै लामबद्ध भएका विद्यार्थी कोही प्रमाणपत्र बनाउन, कोही हराएको प्रमाणपत्रको प्रतिलिपि लिन त्यहाँ पुगेका हुन् । त्यही लाइनमा थिए, बाराबाट आएका सुरेश सुनार । उनले भने, ‘एसईईको मूल प्रमाणपत्र हराएपछि प्रतिलिपि लिन आएको हुँ । ५०० रुपैयाँ शुल्क तिरें ।’ काठमाडौं कपनबाट प्रमाणपत्र प्रमाणीकरण गर्न गएकी निरुमाया श्रेष्ठले पनि १ हजार रुपैयाँ राजस्व बुझाइन् । प्रमाणपत्र सच्याउन सल्यानबाट आएका कमल चन्दले पनि ५०० राजस्व बुझाए । ‘शुल्क लाग्छ भनेपछि तिर्नै पर्‍यो नि’ उनी...

खबर स‌ग्रह






सांसदहरुको विधुतिय हाजिरी

प्रतिनिधिसभाका १७२ सांसदहरूको विद्युतीय हाजिरी लिनका लागि सङ्घीय संसद् सचिवालयले सांसदहरूको औँठाछाप लिने काम सम्पन्न गरेको छ । 

बिगतमा जस्तो अनुपस्थित भएर पनि हाजिर गरेर भत्ता बुझ्ने चलन रहेकोमा विद्युतीय हाजिरीले सांसदहरुलाई तोकिएको समयमा जाने आउने नियम  बसाउने र नआएको दिनको भत्ता बुझ्ने कार्यलाई पनि रोक लाग्नेछ भन्ने विश्वास गरेको छ

सांसदहरूले बैठक कक्ष बाहिर तथा भित्र उपयुक्त स्थानमा गएर सहज ढङ्गले हाजिरी गर्ने प्रबन्ध गरिएको छ । । 

यता राष्ट्रियसभाले भने यसअघिदेखि नै विद्युतीय हाजिरी सुरु गरिसकेको छ ।



गज्जवको संयोग

एउटै पालिकामा बाबु मेयर, छोरा प्रमुख प्रशासकीय अधिकृत, भतिजाे इन्जिनियर
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले प्रमुख प्रशासकीय अधिकृत नपठाउँदा दार्चुलाको शैल्यशिखर नगरपालिकामा एउटा गज्जवको संयोग जुरेको छ । 

पालिकामा अधिकृत नभएकै कारण बाउछोरालाई नगरप्रमुख र प्रमुख प्रशासकीय अधिकृत भएर काम गर्ने सौभाग्य जुरेको हो । 

यतिमात्र हैन, नगरप्रमुखका भतिजाले समेत यही गाउँपालिकामा इन्जिनियरका रुपमा काम गरिरहेका छन् । 

शैल्यशिखर नगरपालिकाकाका प्रमुख हुन्, बिजय सिंह धामी । हाल प्रमुख प्रशासकीय अधिकृतका रुपमा कार्यभार सम्हालिरहेका छन् उनका छोरा पुस्कर सिंह धामी । 

धामीको दरबन्दी दार्चुलाकै नौगाड गाउँपालिकामा छ । तर शैल्यशिखरमा प्रमुख प्रसाशकीय अधिकृत नभएपछि नगरपालिकाले छिमेकी पालिकामा कार्यरत पुस्करलाई प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी दिएपछि बाबु मेयर र छोरा प्रमुख प्रशासकीय अधिकत बन्ने सौभाग्य जुरेको हो । 

मेयरका भतिजा योगेश सिंह धामी यही नगरपालिकाको इन्जिनियरका रुपमा कार्यरत छन् । 


नब्बे वर्षकी यी वृद्धा मोडल 

 यी ९१ वर्षीया वृद्धको फेसन हेर्दा जोकोही पनि चकित पर्ने गर्दछ । बुढेसकालमा यी वृद्धालाई ग्लामरको भूत जागेको छ । उनी मोडलकै पहिरनमा भिडियो बनाउने गर्दछिन्, जुन सामाजिक सञ्जाल टिकटकमा निकै भाइरल हुने गरेको छ । अमेरिकाको क्यालिफोर्नियाकी बेत्सु लोउको टिकटकमा ६९ हजार फलोअर्स रहेका छन् । 

 उनले मोडलको जस्तो पहिरनमा टिकटकमा भिडियो बनाउने गरेकी छिन् । ९१ वर्षकी लोउले साना स्कर्ट एवं मोर्डन लुगाहरु लगाएर भिडियो बनाउने गर्दछिन् । यत्रो उमेरमा पनि उनको उमंग देखेर निकै प्रशंसा हुने गरेको छ । उनको फिटनेस, डे«सिङको तारिफ पनि निकै हुने गरेको छ ।

 (साँघु साप्ताहिक, २०८० माघ १५) बाट 

नौ महिनादेखि महालेखापरीक्षक रिक्त 



समयमै बेरूजु फस्र्यौट र संपरिक्षण नहुँदा सरकारी खर्चमा अनियमितता र वित्तीय अनुशासन पालन हुन सकिरहेको छैन । बेरूजु हुन नदिन, बजेट र स्वीकृत कार्यक्रम भन्दा बाहिर खर्च नगर्न लेखा अधिकृत र कार्यालय प्रमुखलाई उत्तरदायी र जिम्मेवार बनाउन महालेखापरीक्षकको कार्यालयले खवरदारी गर्दैै आएको छ ।बेरूजु राख्ने कार्यालय प्रमुख र लेखा प्रमुखको बेरूजु फस्यौट नहुन्जेलसम्म बढुवा रोक्का, जिम्मेवारी नदिने गरी संघीय निजामती सेवा ऐन, प्रदेश निजामती ऐन र स्थानीय तह निजामती ऐन र नियमावली बनाउन सकिएमा आर्थिक ऐन, कानुन र बजेट तथा योजना कार्यक्रमबाहेकबाट गरिने सरकारी खर्च कम हुने अपेक्षा गरिएको छ । जसका कारण अनियमितता केही हदसम्म रोकिने र बेरूजु नियन्त्रण हुने समाचारस्रोतले बताएको छ ।

२०८० जेठ ७ गते टंकमणि शर्मा अवकास भए । त्यसपछि रिक्त रहेको छ । प्रचण्ड नेतृत्वको महागठबन्धन सरकारले महालेखापरीक्षक नियुक्त गर्न सकिरहेको छैन । महालेखापरीक्षक नियुक्त नहुँदा महालेखापरीक्षक कार्यालयले २०७९ असार १७ गते पछाडि रोकिएको बेरूजु फस्र्याैट तथा सम्परीक्षण गर्न सकिरहेको छैन । कार्यवाहक महालेखापरीक्षक महेश्वर काफ्ले अघिल्लो साता २०८० माघ १२ गते शुक्रवार अनिवार्य अवकासमा गएका छन् ।




हड्डी खिइँदै, कमजोर हुँदै जाने क्रम सबै मानिसमा उमेर अनुसार बढ्दै जान्छ। यो स्वाभाविक रूपमा सम्पूर्ण मानिसहरूमा समय अनुसार देखिन्छ। यो समस्यालाई हामी अङ्ग्रेजीमा "ओस्टियो-आर्थ्राइटिस" (osteoarthritis) भन्छौँ। देख्न त यो उमेर ढल्किदै जाँदा सबै मानिसमा ढिलो चाँडो देखिन्छ तर महिनावारी रोकिने समय वा रोकिएका महिलाहरूमा अलि तिब्र रूपमा देखा पर्दछ। विशेष रूपमा यो रोग पुरुषहरूमा ५० -६० वर्षको उमेरमा देखिन्छ भने स्त्रीहरूमा ४० -५० वर्ष मै देखिन सुरु हुनसक्छ। जोर्नी किन खिइँदै जान्छ भनेर बुझ्न सर्वप्रथम जोर्नी क हो भन्ने बुझ्न जरुरी हुन्छ।

जोर्नी भनेको दुई हड्डीहरू आपसमा जोडिने ठाउँ हो। जोर्नीमा हड्डीलाई कार्टिलेज नामक सुरक्षात्मक तन्तुले ढाकेको हुन्छ। उमेर अनुसार या अन्य कारणले, यो कार्टिलेजको संश्लेषण र विश्लेषणको सन्तुलनमा अवरोध आउँछ र कार्टिलेज खिइन्छ, जसले गर्दा जोर्नी चलाउँदा हड्डीहरू एकआपसमा घोटिइन्छन् र जोर्नीहरू दुख्ने गर्दछ। ओस्टियो-आर्थ्राइटिसले कुनै पनि जोर्नीलाई असर गर्न सक्छ तर प्रायः घुँडा, कम्मर, मेरुदण्ड, काँध, हात, औँलाहरूमा समस्या निम्त्याउँछ।

यो समस्या उमेर बाहेक विगतको जोर्नीमा लागेको चोट (लिगमेन्ट च्यातिएको, मेनिस्कस च्यातिएको, हड्डी भाँचिएको, जोर्नी खुस्किएको), मोटोपना, बाथ इत्यादीका कारणहरूले पनि देखिन्छ। साथै धेरै उभिएर काम गर्ने , दौडिने , धेरै उकालो ओरालो या सिँडी चढ्ने र झर्ने, भारी बोक्ने मान्छेहरूमा पनि यो समस्या अलि कम उमेरमा नै देखा पर्दछ। जोर्नीको विकृति, जेनेटिक्स, होर्मोनल परिवर्तनहरूले पनि जोर्नी खिइने समस्यालाई छिटो निम्त्याउन सक्दछ।

Comments

Popular posts from this blog

Proposal for Thesis

 १. शोध शीर्षक  अध्ययन गर्न गइरहेको प्रस्तावित शोधपत्रको शीर्षक कक्षा ८ मा अध्ययनरत सर्लाही जिल्लाका सामुदायिक विद्यालयका अध्ययनरत तामाङ विद्यार्थीहरूको सस्वरपठन सीप अवस्थाको एक अध्ययन” रहने छ ।  २. शोधको प्रयोजन प्रस्तावित शोधपत्र त्रिभुवन विश्वविद्यालय शिक्षाशास्त्र सङ्काय, नेपाली भाषा शिक्षा विभागअन्तर्गत स्नातकोत्तर तह नेपाली दोस्रो वर्षको पाठ्यांश ५९८ को उद्देश्य पूरा गर्ने प्रयोजनका निमित्त रहने छ ।  ३. समस्था कथन  भाषा सञ्चार आदनप्रदान गर्ने मुख्य माध्यम हो । भाषाको विकासले नै वालबालिकाको सिकाइ क्षमतामा बृद्धि ल्याउँछ । भाषा विकासमा सुनाइ, बोलाइ, पढाइ र लेखाइ गरी चारवटा सीप विकास हुनु जरुरी हुन्छ । नेपालको सन्दर्भमा नेपाली भाषाको विकासलाई मुख्य जोड दिई सानै कक्षादेखि नै नेपाली भाषाको विषयलाई अनिवार्य गराइ पठनपाठन हुँदै आइरहेको छ । भाषाको विकासमा विभिन्न तत्वहरुले प्रभाव पार्दछ जसका कारणले भाषामा त्रुटि हुने गर्दछ ।  कुनै पनि भाषा सिकाइका क्रममा त्रुटि हुनुलाई स्वाभाविक प्रक्रिया मानिन्छ । त्रुटिले भाषा सिकाइमा सिकाइको प्रकृति तथा प्रवृत्...

Followers