Skip to main content

यी हुन् च्याट जिपिटीसँग शेयर गर्न नहुने कुराहरू

  यी हुन् च्याट जिपिटीसँग शेयर गर्न नहुने कुराहरू एआई प्रयोग गर्दा गोपनीयता र सुरक्षामा किन ध्यान दिनुपर्छ ? प्रविधिको तीव्र विकाससँगै कृत्रिम बुद्धिमत्ता अर्थात् एआई (Artificial Intelligence) आधारित सेवाहरूको प्रयोग विश्वभर तीव्र रूपमा बढिरहेको छ। आजकल विद्यार्थी, शिक्षक, पत्रकार, व्यवसायी तथा सामान्य प्रयोगकर्ताले समेत विभिन्न कामका लागि एआई प्रयोग गर्न थालेका छन्। त्यसमध्ये सबैभन्दा चर्चित एआई च्याटबटमध्ये एक हो च्याट जिपिटी। च्याट जिपिटीले प्रश्नको उत्तर दिन, लेख लेख्न, योजना बनाउन, अनुवाद गर्न, अध्ययनमा सहयोग गर्न तथा विभिन्न जानकारी उपलब्ध गराउन मद्दत गर्छ। यसले कामलाई छिटो, सजिलो र प्रभावकारी बनाउन सहयोग गरे पनि प्रयोगकर्ताको गोपनीयता तथा सुरक्षाको विषयमा सधैं सचेत रहन आवश्यक हुन्छ। विशेषज्ञहरूका अनुसार एआई अत्यन्त उपयोगी भए पनि यसमा संवेदनशील तथा गोप्य जानकारी शेयर गर्दा जोखिम उत्पन्न हुन सक्छ। त्यसैले च्याट जिपिटीसँग कुन प्रकारका जानकारी शेयर गर्नु हुँदैन भन्ने कुरा बुझ्नु अत्यन्त आवश्यक छ। च्याट जिपिटी : शक्तिशाली प्रविधि तर पूर्ण सुरक्षा होइन ओपन एआईद्वारा विकास गरिएको च...

उत्कृष्ट राष्ट्रिय शिक्षा पुरस्कार २०८०’ बाट पुरस्कृत प्रभावशाली महिला दुर्गमकी अब्बल गुरुआमा

प्रभावशाली महिला’ को सूचीमा दुर्गमकी  गुरुआमा

Editor कोशी प्रदेशको भोजपुरको षडानन्द नगरपालिका वडा नम्बर ३ सिक्तेलटारमा रहेको चन्द्रावती आधारभूत विद्यालय (कक्षा१–८) की प्रधानाध्यापक भक्तकुमारी तामाङ अनलाइन खबरले छानेको ५० जनामध्ये २०८० सालको प्रभावशाली महिलाको सूचिमा पर्न सफल भएकी छिन् । तामाङ प्राथमिक तहका शिक्षक हुन् । अनलाइन खबरले दुर्गमकी अब्बल गुरुआमा संज्ञा दिएको छ । ‘५० प्रभावशाली महिला’ को अन्तिम सूची तयार हुनुअघि अनलाइनखबरले काठमाडौंमा रहेको आफ्नो केन्द्रीय समाचार कक्ष र सातै प्रदेशका प्रदेश        कार्यालयहरूबाट सम्भावित व्यक्तिहरूको नामावली सहितको सूची तयार गरेको थियो । अन्तिम नाम छनोट गर्ने जुरीमा राष्ट्रिय मानवअधिकार आयोगकी सदस्य लिली थापा संयोजक, त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक डा. मञ्चला झा,पत्रकार र फिल्मकर्मी रम्यता लिम्बू र अनलाइनखबर डटकमका प्रधानसम्पादक शिव गाउँले सदस्य थिए ।

अनलाइनखबरको प्रभावशाली महिलाको सूचिमा मात्र हैन शिक्षा मन्त्रालयले यस वर्षको ‘उत्कृष्ट राष्ट्रिय शिक्षा पुरस्कार २०८०’ बाट पुरस्कृत गर्ने सूचीमा भक्तकुमारी तामाङको पनि नाम छ तर शिक्षा मन्त्रालयको ढिलासुस्तीका कारण पुरस्कार भने अहिलेसम्म प्राप्त गर्न सकेकी छैन । भक्तकुमारी तामाङको गतिशील नेतृत्वबाट भोजपुरको दुर्गम सरकारी स्कुलले केही वर्षदेखि कक्षा ८ को नगरस्तरीय परीक्षामा शतप्रतिशत नतिजा निकालिरहेको छ । दुर्गम सरकारी स्कुलहरुमध्ये उत्कृष्ट विद्यालय भएको छ ।

‘मैले विद्यालय सकेसम्म राम्रो बनाऊँ भनेर मिहिनेत गरिरहेकी छु । यसमा कक्षा ८ को नतिजाले पनि थप सहयोग गर्‍यो होला भन्ने लाग्छ ।’ किनकी हाम्रो विद्यालयले कक्षा ८ को नगरस्तरीय परीक्षामा केही वर्षयता शतप्रतिशत नतिजा निकालिरहेको छ ।

पालिका कार्यालयबाट पनि धेरै टाढा रहेको विद्यालयको शैक्षिक गुणस्तर चित्तबुझ्दो रहेको बताउँछन् पालिकाका विद्यालय निरीक्षक मणिराम तामाङ । उनी भन्छन्, ‘यो स्कुल विकट ठाउँमा छ । अहिलेको जस्तो शैक्षिक गुणस्तर हुनु राम्रो हो ।’ भौगोलिक अवस्थितिका हिसाबले यो अवस्थालाई राम्रो मान्न सकिने उनको भनाइ छ । 

२८ वर्षदेखि शिक्षकको रूपमा र २३ वर्षदेखि प्रधानाध्यापकको जिम्मेवारी सम्हाल्दै आएकी भक्तकुमारीले चन्द्रावतीको गुणस्तर उकास्न सकेजति मिहिनेत गरिरहेकी छिन् । पहाडी जिल्लाको पनि दुर्गम क्षेत्रमा रहेको विद्यालयको नेतृत्व गरिरहँदा उनले विभिन्न उतारचढाव झेलेकी छिन् ।

Editorप्रधानाध्यापकको नेतृत्व गरिरहेकी भक्तकुमारी भन्छिन्, ‘शैक्षिक अवस्था सुधार गर्नुपर्छ भन्ने अरूलाई त थियो नै । त्यसमा म प्रधानाध्यापक भएकोले मलाई झन् बढी दबाब थियो ।’ 

ग्रामीण क्षेत्रको विद्यालय भएकोले सबै बालबालिकाका अभिभावकहरू खेतीकिसानी गर्ने छन् । आफ्ना बालबालिकालाई पढाउनुपर्छ भनेर थाहा पाउने भए पनि कामको व्यस्तताका कारण अभिभावकले बालबालिकाको पढाइमा ध्यान दिन सक्ने अवस्था थिएन । विद्यालयले समय–समयमा अभिभावक भेला गरेर प्रतिक्रिया लिने तथा आफ्ना बालबालिकाको पढाइमा ध्यान दिन सचेत गराउने गर्न थाल्यो । भक्तकुमारी भन्छिन्, ‘बालबालिकाको पढाइमा ध्यान दिन भन्छौं तर उहाँहरूमा पनि ध्यान दिनुपर्छ भन्ने सचेतना छ तर कामकै कारण भने जस्तो समय दिन सक्नुहुन्न ।’ विद्यालयले, शिक्षकले पनि अभिभावकको बाध्यता र अवस्थाको कारण बढी दबाब दिन सक्ने अवस्था छैन । त्यसैले अलि बढी शिक्षकहरूले नै मिहिनेत गर्नु परिरहेको छ ।


सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न राष्ट्रिय परिचयपत्र नम्बर (NIN) अनिवार्य

राष्ट्रिय परिचयपत्र नम्बर (NIN) प्राप्त गर्न citizenportal मा Press गर्नुहोस्

Get Free Service  /   Get Payable Service

Comments

Popular posts from this blog

संविधान विपरीत सरकार नै असुल्छ विद्यार्थीबाट पैसा onlinekhabar.com

  संविधान विपरीत सरकार नै असुल्छ विद्यार्थीबाट पैसा onlinekhabar.com बाट साभार News Summary Generated by OK AI. Editorially reviewed. सरकारले विद्यार्थीबाट उठाइरहेको शुल्क गैरकानूनी रहेको शिक्षा क्षेत्रका सरोकारवाला एवं विज्ञहरूको जिकिर छ । विद्यालय सञ्चालनको लागि कुनै न कुनै रूपमा शुल्क लिन बाध्य भएको प्रधानाध्यापकहरू स्वीकार्छन् । महालेखा परीक्षकको कार्यालयले विद्यार्थीबाट विभिन्न शीर्षकमा लिइरहेको शुल्कबारे प्रश्न उठाएको छ । ३० जेठ, काठमाडौं । सानोठिमीस्थित परीक्षा नियन्त्रण कार्यालयको कम्पाउण्डमा प्रत्येक दिन विद्यार्थीको लामो लाइन लाग्छ । बिहान १० नबज्दै लामबद्ध भएका विद्यार्थी कोही प्रमाणपत्र बनाउन, कोही हराएको प्रमाणपत्रको प्रतिलिपि लिन त्यहाँ पुगेका हुन् । त्यही लाइनमा थिए, बाराबाट आएका सुरेश सुनार । उनले भने, ‘एसईईको मूल प्रमाणपत्र हराएपछि प्रतिलिपि लिन आएको हुँ । ५०० रुपैयाँ शुल्क तिरें ।’ काठमाडौं कपनबाट प्रमाणपत्र प्रमाणीकरण गर्न गएकी निरुमाया श्रेष्ठले पनि १ हजार रुपैयाँ राजस्व बुझाइन् । प्रमाणपत्र सच्याउन सल्यानबाट आएका कमल चन्दले पनि ५०० राजस्व बुझाए । ‘शुल्क लाग्छ...

Proposal for Thesis

 १. शोध शीर्षक  अध्ययन गर्न गइरहेको प्रस्तावित शोधपत्रको शीर्षक कक्षा ८ मा अध्ययनरत सर्लाही जिल्लाका सामुदायिक विद्यालयका अध्ययनरत तामाङ विद्यार्थीहरूको सस्वरपठन सीप अवस्थाको एक अध्ययन” रहने छ ।  २. शोधको प्रयोजन प्रस्तावित शोधपत्र त्रिभुवन विश्वविद्यालय शिक्षाशास्त्र सङ्काय, नेपाली भाषा शिक्षा विभागअन्तर्गत स्नातकोत्तर तह नेपाली दोस्रो वर्षको पाठ्यांश ५९८ को उद्देश्य पूरा गर्ने प्रयोजनका निमित्त रहने छ ।  ३. समस्था कथन  भाषा सञ्चार आदनप्रदान गर्ने मुख्य माध्यम हो । भाषाको विकासले नै वालबालिकाको सिकाइ क्षमतामा बृद्धि ल्याउँछ । भाषा विकासमा सुनाइ, बोलाइ, पढाइ र लेखाइ गरी चारवटा सीप विकास हुनु जरुरी हुन्छ । नेपालको सन्दर्भमा नेपाली भाषाको विकासलाई मुख्य जोड दिई सानै कक्षादेखि नै नेपाली भाषाको विषयलाई अनिवार्य गराइ पठनपाठन हुँदै आइरहेको छ । भाषाको विकासमा विभिन्न तत्वहरुले प्रभाव पार्दछ जसका कारणले भाषामा त्रुटि हुने गर्दछ ।  कुनै पनि भाषा सिकाइका क्रममा त्रुटि हुनुलाई स्वाभाविक प्रक्रिया मानिन्छ । त्रुटिले भाषा सिकाइमा सिकाइको प्रकृति तथा प्रवृत्...

Teacher's Guide for all classes

  Teacher's Guide 1.शिक्षक निर्देशिका, कक्षा १, मेरो नेपाली, २०७८ [ https://www.moecdc.gov.np/storage/gallery/1704094092.pdf ]( https://www.moecdc.gov.np/storage/gallery/1704094092.pdf... ) 2.शिक्षक निर्देशिका कक्षा १ अंग्रेजी [ https://www.moecdc.gov.np/storage/gallery/1672217211.pdf ]( https://www.moecdc.gov.np/storage/gallery/1672217211.pdf... ) 3.शिक्षक निर्देशिका कक्षा १ मेरो गणित [ https://www.moecdc.gov.np/storage/gallery/1672217481.pdf ]( https://www.moecdc.gov.np/storage/gallery/1672217481.pdf... ) 4.शिक्षक निर्देशिका कक्षा १ हाम्रो सेरोफेरो [ https://www.moecdc.gov.np/storage/gallery/1672217425.pdf ]( https://www.moecdc.gov.np/storage/gallery/1672217425.pdf... ) 5.शिक्षक निर्देशिका कक्षा २ मेरो नेपाली [ https://www.moecdc.gov.np/storage/gallery/1672813233.pdf ]( https://l.facebook.com/l.php?u=https%3A%2F%2Fwww.moecdc.gov.np%2Fstorage%2Fgallery%2F1672813233.pdf%3Ffbclid%3DIwZXh0bgNhZW0CMTAAYnJpZBExQ1ozYVhCQW9oSU5Sa0JudQEeXdkIKxfLvYnTRjM8v0sMZzXoFsHsAhOhg8vao_LmB9KVToqMeu28...

Contact form

Name

Email *

Message *

Translate

Follow us:
facebook sharing button
twitter sharing button
instagram sharing button
youtube sharing button
messenger sharing button
blogger sharing button

Life Post

5/block/Health Beauty