shamser.info.np
एकिकृत परीक्षा तथा सूचना प्रणाली Integrated Exam Management Information System-IEMIS बारे जानकारी
2082 को पहिलो त्रैमासिक परीक्षा आउँदैछ । आआफ्नो पाराले रिजल्ट बनाउने काम हुँन्छ होला ।
विद्यार्थीले प्राप्त गरेको ज्ञान, सिप र योग्यतालाई वास्तविक जीवनका परिस्थितिमा प्रयोग गर्न सक्ने क्षमताको मूल्याङ्कन हो। यसले विद्यार्थीको सिकाइ प्रक्रिया र उपलब्धिलाई विविध तरिकाबाट मापन गर्दछ।
... सिकाइ प्रक्रिया र मूल्याङ्कन एक सिक्काको दुई पाटो हो । यिनीहरुबीचको सम्बन्ध परिपुरक हुन्छ । तीमध्ये कुनै एक कमजोर भएमा शिक्षण प्रक्रिया अधुरो हुन्छ।
मूल्याङ्कनको एउटा भरपर्दो साधन र आधार भनेको परीक्षा हो । विद्यार्थीले प्राप्त गरेको उपलब्धिलाई प्रमाणिकरण गर्ने काम परीक्षाले गर्दछ । नतिजा प्रकाशन र सूचना व्यवस्थापन मूल्याङ्कन प्रणाली एउटा पक्ष हो ।
यसकारण मुल्याङ्कन प्रणाली चुस्तदुरुस्त बैज्ञानिक हुनु जरुरी छ ।
विद्यार्थीले प्राप्त गरेको उपलब्धिलाई अभिलेखीकरण गरी नतिजा प्रकाशन छिटो हुनु जरुरी हुन्छ नै । मूल्याङ्कन र नतिजा प्रकाशनको सन्दर्भमा
हाम्रो अभ्यास आफनै पाराको छ । मूल्याङ्कनको रुपमा परीक्षालाई जति जोड दिएपनि परिक्षा र नतिजाको विषयमा त्यति चासो राखेको पाइदैन । परीक्षा आआफ्नै पारामा र नतिजा पनि आआफ्नै पारामा हुन्छ ।
केन्द्रले मूल्याङ्कन सम्बन्धी बर्षेनी निती बनाउँछ । यसको कार्यान्वयन कसरी भइरहेको छ भनेर अनुगमन हुने गरेको देखिदैन । न त पालिकाले त्यो हैसियत राख्छ । विद्यालयहरुले नतिजा के कसरी गर्ने गरेको छ .
यता ध्यान गएको देखिदैन । फरक फरक विद्यालयमा फरक फरक रिजल्ट र फरक फरक प्रमाणपत्र दिने गरेको देखिन्छ । हुन त अहिले इमिसको व्यवस्थाले केही सहज बनाए पनि यसको पनि आफ्नै सिमितताहरु छन् ।
अझ धेरै विद्यालयमा हातले लिस्ट टाँस गरेर मूल्याङ्कनको झन्झट टार्छ । कतिपय विद्यालयमा परीक्षा शुल्कको सदुपयोग खाजा नास्तामा गरेको पाइन्छ । शैक्षिक उपलब्धीको प्रमाणपत्र दिइदैन ।
परीक्षाको नतिजा हप्तौ कुर्नु पर्ने अवस्था देखिन्छ । सानो होस ठुलो जुनसुकै परीक्षाको नतिजा हेर्न पाउने र प्रमाणपत्र प्राप्त गर्ने अधिकार विद्यार्थीमा हुन्छ । यही कुरालाई मध्य नजर राखी छिटोभन्दा छिटो नतिजा
प्रकासन गरी मूल्याङ्कन अभिलेखीकरण कार्यमा चुस्त बनाउन र हप्तौ दिनको काम केही घण्टामा प्रकाशन गर्न मोबाइलमाबाटै अङ्क चढाई नतिजा पनि मोबाइलमै हेर्न सकिने र विद्यार्थीले पनि अनलाइनमै
नतिजा हेरी ग्रेडशिट डाउनलोड गर्न सकिने किसिमको सफ्टवेयर डेभलभ गरिएको छ । यसको नाम Integrated Exam Management Information System-IEMIS रहेकोछ

नेपालको प्रमुख अनलाइन खबरहरु
Subscribe
शिक्षकको सरुवा हुँदै..

लालबन्दी नगरपालिका भित्र संचालित सामुदायिक विद्यालयहरुमा कार्यरत शिक्षक सरुवाको विषयले पटकपटक हल्ला चल्दै आएको छ । विगत केही दिन देखि लालबन्दी नगरपालिका भित्र संचालित सामुदायिक विद्यालयहरुमा कार्यरत शिक्षक सरुवाको विषयले निकै चर्चा पायो । स्कुलदेखि चिया पसलमा शिक्षक सरुवाको विषय चलेको थियो । कक्षामा जानुपहिले हरेक दिन केही न केही कुरा निस्कन्थ्यो र कहाँ कता पुर्याइदिने हो भनेर ... सोच्न आपसमा कुराकानी भैरहन्थ्यो । खासगरी धेरै वर्षदेखि एउटै विद्यालयमा रहेका घरपायक शहरी क्षेत्रमा सपरिवार बस्ने टिउशन कोचिङ् चल्ने काम पाउने अङ्ग्रेजी माध्यम र कक्षा ११/१२ र क्याम्पसमा पार्टटाइम काम पाउने अर्थात बृतिविकास हुने विद्यालयहरुका शिक्षकहरुमा खासमा एक किसिमको तनाव बढेको थियो। हल्लाैहल्लामा मिति: २०८१/०५/१७, सोमबारका दिन नगर प्रमुखको कार्यालयबाट प्रेस विज्ञप्ति जारी भयो । शिक्षक सरुवाको विषय केही दिनसम्म सामसुम हुन पुग्यो । यधपि नगर प्रमुखको कार्यालयबाट जारी भएको प्रेस विज्ञप्तिमा दरबन्दी मिलानको विषय उठान भएकोले एकदिन पक्कै शिक्षक सरुवाको विषय उठ्छ भन्ने कुरा सबैलाई थाह नभएको हैन। दशैं तिहारपछि शिक्षक सरुवाको प्रक्रिया अघि बढ्नेछ भन्ने अनुमान गरिएको छ । भरपर्दो श्रोत अनुसार अहिले सरुवा कार्यबिधिमा नगरपालिका जुटिरहेको छ । नगर शिक्षा समितिमा छलफल गरी नगरपरिषदबाट कार्यबिधि पास गर्ने तयारीमा रहेको छ भन्ने हल्ला पनि सुनिन थालेको छ । बिधि प्रक्रियाको लागि कार्यबिधि बन्नु राम्रो पक्ष हो । तर कार्यबिधिमा रहने प्रक्रियाहरु कति तटस्थ रहन्छ र नियमसम्मत हुन्छ हुँदैन भन्ने विषय मुख्य हो । यता हल्ला होइन भनेपनि भित्रभित्र होमवर्क गर्ने प्रबृतिले नगरपालिकाको कार्यप्रति शिक्षकहरु असन्तुष्ट बनेकाछन् । शिक्षक सरुवाले मात्र शिक्षाको गुणस्तर बढ्छ भनेर कठोर निर्णय लिनु ठीक होला नहोला तर कहिले सरुवा कहिले दरबन्दी मिलानको हल्लाले शिक्षा तहसनहस हुने कुरा चाही पक्का छ । अरुले जे अपनाए जे गरे त्यही गर्नु र अरुको लहैलहैमा बहकिनु ठीक हैन । भर्खरै शिक्षामन्त्रीले देशभरी दरबन्दी मिलानको कुरा उठाउनु भएको छ । दरबन्दी मिलान भयो भने पक्कैपनि स्थायी दरबन्दी बितरण हुन्छ नै । एकदुई महिना पर्खने पो होकी । यसपछि अवस्था परिस्थिति अनुसार नीति नियमसम्मत सही निर्णय लिनु बुद्धिमानी हुन्छ । हाम्रो भन्नु यत्ति हो । यस पटकको हल्ला हल्लामात्र हो वा यथार्थ हो फेरि प्रेस विज्ञप्तिकोपर्खाइमा शिक्षकहरु रहेकाछन् ।
महावीर पुनद्वारा पुस्तक बिक्री

बीरगंज कृषि औजार कारखानालाई ब्युँताउन किताब बिक्री गर्ने क्रममा सर्लाही आउनु भएका समाजसेवी तथा नेपाली बैज्ञानिक महाबिर तथा राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष पुन आज बाईरोडको बाटो हुँदै काठमाण्डौ फर्कनु भएको छ । सर्लाहीको बागमति नपामा सबैभन्दा बढी पुस्तक बिक्री भएको र ३ वटा स्कुलहरु र ३ वटा संस्थाहरुमा किताब पुगेन अब छठ पर्वपछि फेरि किताब बेच्न सर्लाही आउने छु भन्दै आफ्नो फेशबुकपेजमा लेख्नु भएको छ ।
किताब बिक्री गर्ने क्रममा डिमजनता माविमा आउनु भएका डा.पुनले भन्नु भयो "सरकारी स्वामित्वमा रहेको बीरगंज कृषि औजार कारखाना मर्मतसंभार गरी पुन संचालनमा ल्याउने जिम्मेवारी सरकारले मलाई दिनुभएको छ । आइन्दा सरकारले बदमासी गर्यो भने जनताले खबरदारी गर्नुपर्छ यसकै लागि पनि जनतालाई सचेत बनाउन पुस्तक बिक्री अभियानमा लागेको हुँ " सोही दिन दशैंतिहारको शुभ कामना आदनप्रदान गर्ने दिन परेकोले उहँाले शिक्षक अभिभावक विद्यार्थी लालबन्दीबासी र संघसंस्था कर्मचारी जनप्रतिनिधिसबैलाई शुभकामना दिनुभएको थियो । उक्त दिनमै पुनबाट लालबन्दी नपाले 100 थान लिँदा लालबन्दी निवासी दिनेश पाठक एक्लैले ६८ वटा किताब किन्नुभएको छ । उहाँले ति किताबहरु दशैंमा उपहार स्वरूप युवाहरुलाई बाँडने र स्थानिय विद्यालयहरुमा दिने बताउनु भएको छ
धन्यबाद दिनेश पाठक ज्युलाईशिक्षक दरबन्दी मिलान गर्न कार्यदल गठन गर्दै शिक्षा मन्त्रालय

शिक्षामन्त्री विद्या भट्टराईका अनुसार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले सामुदायिक विद्यालयका शिक्षकको दरबन्दी मिलान गर्न कार्यदल बनाउने भएको छ । विद्यालयको दरबन्दीको मिलान गर्न अद्यावधिक विवरणसहित सुझाव दिन तीन दिनभित्रमा कार्यदल बनाउने लागेको समाचार बाहिर आएको छ ।
शिक्षा पत्रकार समाजको चौथो वार्षिकोत्सव कार्यक्रममा बोल्दै शिक्षामन्त्री विद्याले " कति शिक्षक छन् ? कति आवश्यक छ ? भन्ने अहिलेको अद्यावधिक विवरण आवश्यक भएकाले कार्यदल गठन गर्न लागेका हौँ । " नयाँ कार्यदल गठन किन गर्नुपरेको ? भन्ने प्रश्नमा शिक्षामन्त्रीले छोटो जवाफ दिइन महाश्रम शर्माको प्रतिवेदन पुरानो भएकोले नयाँ कार्यदल गठन गर्नु परेको हो,’ उनले भनिन् ।
महाश्रम शर्माको प्रतिवेदन
शिक्षक दरबन्दी पुनर्वितरणबारे सुझाव दिन पूर्वसचिव महाश्रम शर्माको संयोजकत्वमा गठन गरेको कार्यदलले २०७५ सालमा बुझाएको एउटा प्रतिवेदन अनुसार देशका ७१ वटा विद्यालयमा मात्रै माध्यमिक तहका गणित, अङ्ग्रेजी र विज्ञान तिनै विषयका स्थायी शिक्षक छन्। जबकि देशमा माध्यमिक तह (कक्षा ९-१०) चलेका सामुदायिक विद्यालयको सङ्ख्या करिब ७ हजार छ। गणित, विज्ञान र अङ्ग्रेजी विषयमा दरबन्दी नभएका विद्यालयमा दरबन्दी थपेर शिक्षक सेवा आयोगबाट स्थायी शिक्षक पठाउने व्यवस्था मिलाउनुको सट्टा सङ्घीय अनुदान, नगर अनुदान, पालिका अनुदान भन्दै अनुदानका शिक्षक राख्नुपर्छ भन्ने सुझाव कसले दिएको होला ?
स्मरण रहोस् सरकारले २०५६ सालदेखि शिक्षकको एउटा पनि स्वीकृत दरबन्दी थप गरेको छैन। शिक्षक दरबन्दी पुनर्वितरण सुझाव कार्यदल, २०७५ को प्रतिवेदन अनुसार, विद्यालय, शिक्षक र विद्यार्थी सङ्ख्याका आधारमा देशभर करिब ५७ हजार शिक्षक दरबन्दी अपुग छ। जसमध्ये निमाविमा २५ हजार ६३६, माविमा २३ हजार ३३३ र उच्च माविमा सात हजार ८०५ शिक्षक अपुग रहेको कार्यदलको निष्कर्ष थियो।
तथ्याङक विभागले ग्रामीण भेगमा जनसङ्ख्या घटेको तथ्याङक सार्वजनिक गरेकोले शर्माको प्रतिवेदनले औँल्याएको विवरण पुरानो भएको उनको भनाइ थियो । अब कति शिक्षक आवश्यक छ भनेर यकिन गरेर सिफारिस गर्न कार्यदल गठन गर्न लागिएको उनले बताइन् । शिक्षा मन्त्रालयले २०७५ सालमा पूर्वसचिव तथा राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष महाश्रम शर्माको संयोजकत्वमा कार्यदल गठन गरेको थियो ।शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयबाट स्वीकृत मिति : २०७६।१०।१२ गते( माननीय मन्त्रीस्तरबाट) शिक्षक दरबन्दी (मिलान तथा व्यवस्थापन) कार्यविधि, २०७६
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयबाट स्वीकृत मिति : २०७६।१०।१२ गते( माननीय मन्त्रीस्तरबाट)
शिक्षक दरबन्दी (मिलान तथा व्यवस्थापन) कार्यविधि, २०७६
शिक्षा तथा मान स्रोत विकास केन्द्र सानोठिमी, भक्तपुर२ ०७६
प्रस्तावना : नेपाल सरकार, मन्त्रिपरिषद्बाट साविकमा नेपाल सरकारले जिल्लागत रुपमा उपुलब्ध गराएको प्राथमिक, निम्न माध्यमिक र माध्यमिक तहका शिक्षक दरबन्दी तथा राहत अनुदान कोटालाई शिक्षा ऐन, २०२८ को दफा ११ को उपदफा (५) को खण्ड (च) बमोशिमको दरबन्दी मिलानको काय स्थानीय तहगत रुपमा बाडफाड गरी दरबन्दी मिलान गर्न शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयलाई जिम्मेवारी दिनेभनी मिति २०७६।०५।०४ मा भएको निर्णयलाई प्रकयागत रुपमा सरल, सहि र पारदर्शीढंगबाट कार्यान्वयन गर्न वाञ्छनीय भएकोले, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले यो कार्यविधि बनाई लागु गरको छ । थप पढ्नुहोस्
www.freevisitorcounters.com थप जानकारी »
कमेन्ट गर्नुहोस्
Related News
सुचना संचार अपडेट
शिक्षक अभिभावक संघको गठन, काम, कर्तव्य र अधिकार-२०७९
शिक्षक सरुवा
Find Result Public Poll
कक्षा १२ को नियमित र आंशिक परीक्षार्थीहरूको परीक्षा आवेदन फाराम भर्ने/भराउने सम्बन्धी सूचना
२०८१ सालमा सञ्चालन हुने माध्यमिक शिक्षा परीक्षा कक्षा–१० (एसइइ) मा समावेश हुनका लागि परीक्षा आवेदन फाराम भर्ने भराउने सम्बन्धी सूचना
होमवर्कको राम्रा र नराम्रा पक्ष
शिक्षक सरुवाको हल्ला फेरि चल्न थाल्यो
फूलपाती भित्र्याइँदै
"कक्षा ११ १२ को परीक्षा सहयोगी सामाग्रीहरु ।
Facebook Page
सम्पादकीय

विद्यानाथ कोइराला: Public Poll
Online Result
शिक्षक सेवा आयोग प्रश्न
Service_Demand
दरबन्दी मिलान

Dr.Mahabir & Dinesh Pathak Lalbandi, Sarlahi
घरघरमा पढाइ कुना

नाम सोधे उसलाई, फूलझैँ हाँसिदेला
नयाँ दम्पतिले शिशुको बारेमा जान्नैपर्ने कुराहरु

Single Girl from different countries
टेरेसा कुमारी बिश्वकर्माको
यसमा अनलाइन मार्क एन्ट्री गरि ५ मिनेट भित्र रिपोर्ट लिन सकिने छ ।
सिङ्गल र मल्टी ग्रेडसिट लेजर र प्रवेशपत्र लिन सकिनेछ ।
रिजल्ट सिट प्रिन्ट गरी भित्तामा टाँस्न सकिने छ । विद्यार्थीले पनि अनलाइनमै ग्रेडशिट डाउनलोड गर्न सकिने छ ।
जुनसुकै वर्षको जुनसुके त्रैमासिक वार्षिक परीक्षााको अभिलेख बनाइ राख्न सजिलो हुन्छ ।
युजर आइडी र पासवर्ड राखेर युजर एकाउण्ट बनाइ लगइन भएको।
यसमा सामुदायिक र संस्थागत विद्यालयले रिजल्ट बनाउन सकिन्छ।
सुखमा नमातिने दुखमा नआतिने गुणहरुको विकास हुनु नै शिक्षा हो । ।
जिब्रो एउटा त्यस्तो छुरी हो जसले खुन ननिकाली काट्न सक्छ । Read more

Profession: teaching (Gvt)
Education: M.A.(Pol.Sci.), M.Ed.(EPM)
Blood Group: (O+)
स्टोरिज
Latest News & Articles
-
नागरिक शिक्षा अर्थ आवश्यक्ता र महत्व.
शमसेर पुलामी । नागरिक भनेको कुनै राज्यको निश्चित भौगलिक क्षेत्रभित्र स्थायी बसोबास गर्ने अधिकार र कर्तव्यद्वारा राज्यसँग सम्बन्धित भएको राज्य वा समाजको एक अभिन्न सदस्य हो । नागरिक जसले कुनै राज्यको पहिचान बोकेको हुन्छ । नागरिक भएवापत उसले राज्यबाट नागरिकता प्राप्त गरेको हुन्छ । त्यो नागरिकता उसको राष्ट्रिय पहिचान दिने राष्ट्रिय परिचयपत्र हो तर त्यस नागरिकताले उसको तीन पुस्ते परिचय खुलाउने मात्र नभइ नागरिक राज्यको संबिधानप्रदत्त हक अधिकार र कर्तव्य सृजना गराउँछ । नागरिक अधिकारप्रति जागरुकता, सचेतना, आत्मसम्मान र आत्मनिर्णय जस्ता कुराहरु स्वःत सिर्जना गराई दिन्छ । यसको लागि नागरिकले नागरिकताको महत्व र अर्थ बुझ्न जरुरी छ हुन्छ । यसको अर्थ महत्व नबुझेर लामो समयसम्म ठालुबर्गले शोषण गरे नागरिक रैति र जनता भएर बाँचे । त्यसैले नागरिकहरुले आफूले पाएको नागरिकता अनुसार अथवा स्वतन्त्र राज्यको नागरिकको हैसियतले पाउने हक अधिकार कर्तव्य सचेत र जागरुक हुनैपर्छ यसका लागि नागरिक शिक्षाको खाँचो पर्दछ ।
नागरिकलाई संबिधान प्रदत्त हक अधिकार कर्तव्य............. … Read More
शिक्षक सेवा र लोक सेवा आयोग परीक्षा सहयोगी
हाम्रो टिम

शमसेर पुलामी
Web creator
I spent about fifteen to sixteen years in the field of teaching , keeping up with modern technology and constantly updating my skills. Along with teaching, I have worked creating accounting software for grades and small teacher savings groups. I am always learning something new.

Rosie Meg
Adviser
Click on Shamsher Blogspot for important informational activities related to education including tsc. There is a YouTube icon on the main page of this website. It is lauro_media official channel. Please subscribe to like and share.

lauro_media
Support Page
Lauro Media is an independent newsportal site page. Efforts will be made to make it education-friendly. Small software that will be useful to the school will be prepared and service will be provided.

Dim Janta Secondary school
Supporter School
Dim Janta Secondary school is supporter team member. This school lies in the Parwanipur Municipality, Sarlahi district of Madhes Pradesh.This school has supported providind financial aid.Many of news post are published in this website
विद्यार्थी सेगमेन्ट
फोटो ग्यालेरी : ५० प्रभावशाली महिला
बिज्ञापन खण्ड

Useful Links
Advertisement
- GK

News Portal
Contact Us
- : Site Map
- Mobile Number : 9817826200
- blogspot : lauro-media
तपाईको सुझाव हेर्नुस
Comments