यी हुन् च्याट जिपिटीसँग शेयर गर्न नहुने कुराहरू एआई प्रयोग गर्दा गोपनीयता र सुरक्षामा किन ध्यान दिनुपर्छ ? प्रविधिको तीव्र विकाससँगै कृत्रिम बुद्धिमत्ता अर्थात् एआई (Artificial Intelligence) आधारित सेवाहरूको प्रयोग विश्वभर तीव्र रूपमा बढिरहेको छ। आजकल विद्यार्थी, शिक्षक, पत्रकार, व्यवसायी तथा सामान्य प्रयोगकर्ताले समेत विभिन्न कामका लागि एआई प्रयोग गर्न थालेका छन्। त्यसमध्ये सबैभन्दा चर्चित एआई च्याटबटमध्ये एक हो च्याट जिपिटी। च्याट जिपिटीले प्रश्नको उत्तर दिन, लेख लेख्न, योजना बनाउन, अनुवाद गर्न, अध्ययनमा सहयोग गर्न तथा विभिन्न जानकारी उपलब्ध गराउन मद्दत गर्छ। यसले कामलाई छिटो, सजिलो र प्रभावकारी बनाउन सहयोग गरे पनि प्रयोगकर्ताको गोपनीयता तथा सुरक्षाको विषयमा सधैं सचेत रहन आवश्यक हुन्छ। विशेषज्ञहरूका अनुसार एआई अत्यन्त उपयोगी भए पनि यसमा संवेदनशील तथा गोप्य जानकारी शेयर गर्दा जोखिम उत्पन्न हुन सक्छ। त्यसैले च्याट जिपिटीसँग कुन प्रकारका जानकारी शेयर गर्नु हुँदैन भन्ने कुरा बुझ्नु अत्यन्त आवश्यक छ। च्याट जिपिटी : शक्तिशाली प्रविधि तर पूर्ण सुरक्षा होइन ओपन एआईद्वारा विकास गरिएको च...
गत आईतबार राष्ट्रपति रामचन्द्र पाैडेलबाट नेपाल ऐनलाई संशोधन गर्न बनेको अध्यादेश जारी भएसँगै सामाजिक सञ्जालमा सामुदायिक विद्यालयको विद्यालय व्यवस्थापन समितिमा मनोनित गरिने व्यवस्था हटाईएको समाचारले खुबै चर्चा पायो । यो अध्यादेशले शिक्षा ऐनको २०२८ को दफा झिक्ने र थप्ने काम भएको भएको थियो । सशोधित उक्त एेनमा ८ दफा १२ (विद्यालय व्यवस्थापन समिति) को उपदफा १ को खण्ड ग मा रहेको बुद्धिजीवी, समाजसेवी दस लाख सहयोग गर्ने एक जना महिला सहित २ जना सदस्य रहने व्यवस्था हटाएको रहेछ भने शिक्षक महासंघको प्रतिनिधित्वको व्यवस्थालाई खारेज गरेको कुरालाई सामाजिक सञ्जालमामा मिश्रित प्रतिक्रियाहरु देखिन थाल्यो भने बिब्यसमा मनोनित दुईजना सख्या घटाएकोमा धेरैले सहमत जनाएको प्रतिक्रिया देखिन्थ्यो ।
सामाजिक सञ्जालमा क्रिया प्रतिक्रिया आउदै गर्दा केही पालिकाहरुले भने सुचनै निकालेर पुनर्गठन गर्न निर्देशननै जारी गरेको पढेँ । सुचना हुबहु नक्कल गरेको लाग्यो । यसैक्रममा मेरो ध्यान स्थानीय सरकार संचालन ऐन २०७४ तर्फ तानियो । इन्टरनेटमा सबिधान एेन कानुन डाउनलोड गरेर पढेँ ।
२०७४ -०६-२९ गते प्रमाणिकरण भएको स्थानीय सरकार संचालन ऐन २०७४ नेपालको संविधानको धारा २९६ को उपधारा (१) बमोजिमको व्यवस्थापिका संसदले बनाएको रहेछ । उक्त एेनको परिच्छेद ३ गाउँपालिका तथा नगरपालिकाको काम, कर्तव्य र अधिकार संविधानको अनुसूची ८ मा उल्लेख भए बमोजिम हुनेछन भनिएको रहेछ । यही परिच्छेद को २ ज मा विद्यालय व्यवस्थापन समिति गठन तथा व्यवस्थापन स्थानीय सरकारको रहेछ भन्ने प्रमाण फेला पर्यो ।
नेपालको सबिधान २०७२ को अनुसुची ८ मा माध्यमिक तहसम्मको शिक्षा स्थानीय सरकारलाई दिएको रहेछ जसले पालिकालाई अधिकार सम्पन्न बनाएको थियो । नयाँ शिक्षा एेन बन्ने रहर पुरा नहुँदै दफा उपदफा परिवर्तन भएको छ । शिक्षा एेनमा भएका अन्य सशोधन सघीय सरकारकै अधिकारमा पर्छ होला । तर विद्यालय व्यवस्थापन समिति गठन सम्बन्धमा स्थानीय सरकार अधिकार सम्पन्न छ भन्ने मेरो जिकिर मात्र हो ।
स्थानीय सरकारले चाहे साविकको ब्यवस्था यथावत राख्ने वा सघीय सरकारले गरेको सशोधनलाई मान्ने । यदि अध्यादेश अनुसार गर्ने हो भने संविधानको अनुसूची ८ स्थानीय सरकार संचालन ऐन २०७४ मा पनि सशोधन हुनु जरुरी छ ।
कुनै कुनै पालिकाले आफैले शिक्षा एेन नियम र्कायबिधि बनाएर लागू पनि गरेको प्रमाणहरु भेटिन्छ । कतै कतै तत्कालिकआवश्यक्ता पुरा गर्न कार्यकारिणी बैठकबाट पास गरी काम चलाउँदै आएको पनि देखियो । हरेकको मोबाइलमा शिक्षा एेन थपघट गरेको समाचारले छपक्कै ढाकिरहँदा पालिका महासँघले एक शब्द पनि बोलेको देखिएन । हु नत यो ब्यवस्था शिक्षाक्षेत्रका बिज्ञहरुका सल्लाह अनुसार गरिएको थियो र आवश्यकता पनि यही थियो ।
पढ्नुहोस स्थानीय सरकार संचालन ऐन २०७४
जिटलको दुनियाँमा च्यातिएको हाजिरी रजिष्टर बोकेर बिद्यार्थीको हाजिर गरेर जागिर खाने दिन गयो । अब डिजिटल हाजिर मोबाइलबाटै तपाईलाई यो सेवा हामी उपलब्ध गराउँछौ । यो लिङ्क मा जानुस र Try गर्नुस
ln.run/DR0ah
अन्य सेवाको लागि https://ln.run/fXx6p
ln.run/DR0ah
अन्य सेवाको लागि https://ln.run/fXx6p

Comments
Post a Comment
Thank you !