Skip to main content

ब्रिक्स (BRICS) के हो ? नेपाल किन गएनन् भाग लिन ?

नागरिक शिक्षा अर्थ आवश्यक्ता र महत्व

१ नागरिक शिक्षाको अर्थ 

नागरिक भनेको कुनै राज्यको निश्चित भौगलिक क्षेत्रभित्र स्थायी बसोबास गर्ने अधिकार र कर्तव्यद्वारा राज्यसँग सम्बन्धित भएको राज्य वा समाजको एक अभिन्न सदस्य हो । नागरिक जसले कुनै राज्यको पहिचान बोकेको हुन्छ ।
नागरिक भएवापत उसले राज्यबाट नागरिकता प्राप्त गरेको हुन्छ । त्यो नागरिकता उसको राष्ट्रिय पहिचान दिने राष्ट्रिय परिचयपत्र हो तर त्यस नागरिकताले उसको तीन पुस्ते परिचय खुलाउने मात्र नभइ नागरिक राज्यको संबिधानप्रदत्त हक अधिकार र कर्तव्य सृजना गराउँछ । नागरिक अधिकारप्रति जागरुकता, सचेतना, आत्मसम्मान र आत्मनिर्णय जस्ता कुराहरु स्वःत सिर्जना गराई दिन्छ । यसको लागि नागरिकले नागरिकताको महत्व र अर्थ बुझ्न जरुरी छ हुन्छ । यसको अर्थ महत्व नबुझेर लामो समयसम्म ठालुबर्गले शोषण गरे नागरिक रैति र जनता भएर बाँचे ।  त्यसैले नागरिकहरुले आफूले पाएको नागरिकता अनुसार अथवा स्वतन्त्र राज्यको नागरिकको हैसियतले पाउने हक अधिकार कर्तव्य सचेत र जागरुक हुनैपर्छ यसका लागि नागरिक शिक्षाको खाँचो पर्दछ । 
नागरिकलाई संबिधान प्रदत्त हक अधिकार कर्तव्य र कानुनी उपचार बारे सचेत गराउने शिक्षा नागरिक शिक्षा हो । नागरिक अधिकारका लागि नागरिकले राज्यको संबिधान र राज्य संरचना निर्माण गरेको हुन्छ । संबिधान अनुसार शासक छान्ने शासकमार्फत शासनमा भाग लिएर आफ्नो अधिकार उपयोग गर्ने, सहभागी हुने, कर्तव्य पालन गर्ने व्यवस्था सिर्जना गरेको हुन्छ । यसरी नागरिकलाई संबिधान कानुन, शासन, नागरिक कर्तव्य, शासन प्रणाली, राज्यका अग प्रशासन नागरिक दायित्व, आत्म सम्मान जस्ता बिषयहरुमा नागरिकलाई ज्ञान सचेतनाको अति आवश्यक हुन्छ। यही बिषयमा सचेतिकरण गरी जागरुक नागरिक तयार गर्ने बिषयवस्तुहरु समेटेर दिइने शिक्षा नै 
नागरिक शिक्षा हो । नागरिक शिक्षाले राज्यका नागरिकहरुमा नागरिक मुद्दाहरु, राजनीति, संस्कार नागरिक हक हित कर्तव्य प्रतिको चेतनाको विकास गर्दछ ।
२.नागरिक शिक्षाको आवश्यक्ता र महत्व 
नागरिकलाई संबिधानप्रदत्त हक अधिकारप्रति सचेत बनाउने, नागरिक कर्तव्य तथा भूमिका बारेमा जानकारी गराउने शिक्षालाई नागरिक शिक्षा भनिन्छ । संबिधानले कल्याणकारी राज्यको स्थापना गर्न नागरिकहरुको अधिकार र कर्तव्यहरु सुनिश्चित गरेको हुन्छ । यी अधिकार र कर्तव्यको पालनाले राज्यमा सुव्यवस्था र सुशासन स्थापना हुने भएकोले नागरिक शिक्षाको आवश्यकता पर्दछ ।
यसको आवश्यकता र महत्वहरु निम्न रहेका छन्
क नागरिक शिक्षाले नागरिकप्रति सचेतताको विकास गराउँछ,
ख नागरिक अधिकारमात्र हैन कर्तव्य र भूमिकाको जानकारी गराउँछ, 
ग राज्यले अंगिकार गरेको व्यवस्था अनुरुपको नागरिक आचरणको विकास गराउँछ ।
घ राव्य संचालनमा सहयोग पुर्याउँछ ।
ङ् जिम्मेवार व्यक्ति संस्थालाई नागरिकप्रति उत्तरदायित्व बनाउन सिकाउँछ ।
च आम नागरिकको जीव्नसँग जोडिएको नागरिक शिक्षाका हरेक पक्षहरुको ज्ञान सिप बढाउँछ 
छ नागरिक शिक्षाले नागरिक जीवनलाई सुखमय शान्तिमय चनाखो सजग बनाउँछ ।
 ३.नागरिक शिक्षाको  बिषय क्षेत्रहरु वा पक्ष वा क्षेत्रहरु
राज्यका एक निश्चित भौगलिक क्षेत्रमा स्थायी बसोबास गर्ने अधिकार र कर्तव्यद्वारा राज्यसँग सम्बन्ध गाँसिएको एक सामाजिक सदस्य हो । नागरिकको सम्बन्ध केवल भौगलिक क्षेत्रसँगमात्र नरहेर उसको स्वतन्त्र जीवन विकासको लागि राज्यले प्रदान गरिने अधिकार र कर्तव्यको सुनिश्चित गरेको छ । झट्ट सुन्दा नागरिक शिक्षा देशका नागरिकलाई देश सेवा गर्ने सक्षम नागरिक बनाउने शिक्षा हो बुझिन्छ । तर नागरिक जीवनसँगै राज्य निर्माण, कानुन राज्य संरचना, देखि आम जनजीवनमा के कसरी व्यवहार गर्ने सामाजिक आर्थिक राजनीतिक प्रणाली, आदि बिभिन्न पक्षहरुसँग सरोकार राख्दछ । एक किसिमले नागरिक शिक्षाले नागरिकलाई कर्तव्य बोध र जागरुक बनाउने काम गर्दछ । यस अर्थमा नागरिक शिक्षा बिभिन्न पक्षसँग सम्बन्धित हुन्छ । अर्थात यसले बिभिन्न बिषय वा कार्य क्षेत्रसँग सरोकार राख्दछ । यसका निम्न पक्षहरु रहेका छन्ः
अ) नागरिक शिक्षा सम्बन्धि ज्ञान प्राप्ति र निर्माण ः व्यक्तिलाई नागरिकता, नागरिक अधिकार नागरिक कर्तव्य आदिको ज्ञान प्राप्त गर्न र यस अनुरुप आफ्ना मूल्यहरु निर्माण गर्नमा सहयोग गर्दछ । यस अन्तर्गत निम्न बिषय क्षेत्रहरु पर्दछ ।
क) नागरिक हकहित अधिकार कर्तव्य सम्बन्धि बौद्धिक विकासमा भाग लिने क्षमताको विकास
ख) नागरिक मुद्दाहरू (मामिला सवाल) सँग सम्बन्धित ज्ञान प्राप्ति
ग) नागरिक मुद्दाहरूमा प्रभाव पार्ने समूह /सँस्था तथा प्रणालीहरूको पहिचान

घ) बिगतका सामाजिक द्वन्द सामाजिक अभियान सामाजिक गतिबिधिहरूको पहिचान

 शिक्षक शमसेर पुलामी

कक्षा १२ शिक्षा र विकास शिक्षण योजनाको रुपमा तयार पारिएको सामाग्री

x


Comments

Popular posts from this blog

शिक्षक सेवा आयोग (TSC) मा भर्खरै नियुक्त हुनुभएका नवनियुक्त पदाधिकारीहरूको छोटो परिचय

शिक्षक सेवा आयोगमा नयाँ पदाधिकारीहरु नियुक्त      शिक्षक सेवा आयोग (TSC) मा भर्खरै नियुक्त हुनुभएका नवनियुक्त पदाधिकारीहरू  बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले डा. हरिप्रसाद लम्सालकाे अध्यक्षतामा तीन सदस्यीय शिक्षक सेवा आयोग पदाधिकारीहरु नियुक्त गरेको छ। आयोगका अन्य दुई सदस्यहरुमा रामशरण सापकोटा र विष्णु घिमिरे रिमाल रहेका छन् । शिक्षक सेवा आयोग एेन २०२८ अनुसार शिक्षक सेवा आयोगमा एक महिलासहित तीन सदस्य रहने व्यविस्था छ ।  डा. हरिप्रसाद लम्साल नेपाल सरकारको पूर्व सचिव रहिसक्नुभएका उहाँले शिक्षा मन्त्रालयको प्रवक्ता तथा सहसचिव र सुदूरपश्चिम प्रदेशको प्रमुख सचिव लगायतका उच्च प्रशासनिक पदहरूमा रहेर लामो समय शिक्षा क्षेत्र र निजामती सेवामा रहेर काम गरिसक्नु भएको छ । तस्बिरको तल बायाँपट्टि रहनुभएका ब्यक्ति रामशरण सापकोटा हुन् । उहाँ आयोगको खुला सदस्य पदमा नियुक्त हुनुभएको हो। उहाँ मकवानपुर जिल्लाका बासिन्दा हुनुहुन्छ। उहाँ पनि शिक्षा र प्रशासन क्षेत्रको विशेष अनुभव बोकेका व्यक्तित्व हुनुहुन्छ। यसैगरी   तस्बिरको तल दायाँपट्टि रहनुभएकी अर्का ब्यक्ति  वि...

ब्रिक्स (BRICS) के हो ? नेपाल किन गएनन् भाग लिन ?

THE GRAZONE :As criticism grows over landslide inaction, leaks show Nepal’s new leaders groomed by US regime change outfit

fairnepal.com As criticism grows over landslide inaction, leaks show Nepal’s new leaders groomed by US regime change outfit Kit Klarenberg and Wyatt Reed · September 9, 2026 As public anger against the Nepalese government mounts after deadly landslides in Nepal, files show the country’s new prime minister and several of his colleagues came to power thanks in part to a covert program sponsored by the US government. Eight months before a deadly landslide in Nepal claimed over 1,000 lives this September, the country’s new leaders emerged for the first time. It was December 2025, and a meeting had just been held in Kathmandu between the city’s rapper-turned-mayor, Balen Shah, and the head of the Rastriya Swatantra Party (RSP), Rabi Lamichhane. Having seized power after the bloody unrest which rocked Nepal just a few months prior, the pair immediately put forward a seven-point plan pledging to root out “corruption and poor governance,” and to replace it with “good governance, prosperity, ...

रक्षा बम र ग्रेटा थुनबर्गको जलवायु न्यायसम्बन्धी सन्देश

जलवायु न्यायका लागि नेपालको आवाज · ब्लग 🌍 रक्षा बम · ग्रेटा थुनबर्ग · जलवायु न्याय जलवायु न्यायका लागि नेपालको आवाज रक्षा बमको अन्तर्राष्ट्रिय आवाज र ग्रेटा थुनबर्गको जलवायु न्यायसम्बन्धी सन्देश “हामीलाई दान होइन, न्याय र क्षतिपूर्ति चाहिन्छ।” — रक्षा बम, नोबेल शान्ति सम्मेलन, ओस्लो 🇳🇵 नेपाली आवाज रक्षा बम : अन्तर्राष्ट्रिय मञ्चमा नेपालको जलवायु न्यायको आवाज नर्वेको ओस्लोमा आयोजित नोबेल शान्ति सम्मेलनमा मन्तव्य राख्दै युवा जलवायु अभियन्ता रक्षा बम नोबेल पिस फोरममा रक्षा बमले राखेको यो अभिव्यक्ति नेपालको लागि विश्व समुदायमा प्रवेश गर्ने प्रस्थान बिन्दु हो। एक जना युवाले अन्तर्राष्ट्रिय फोरममा यति कुरा राख्नु नेपालको लागि अवसर हो। अब राज्य तहबाट नै यही आवाजका साथ विश्व फोरममा जानुपर्छ। नर्वेको ओस्लोमा आयोजित Nobel Peace Conference मा Read more...

Contact form

Name

Email *

Message *

Translate

Follow us:
facebook sharing button
twitter sharing button
instagram sharing button
youtube sharing button
messenger sharing button
blogger sharing button

Life Post

5/block/Health Beauty