Skip to main content

Posts

Showing posts from May, 2024

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयबाट स्वीकृत शिक्षक दरबन्दी (मिलान तथा व्यवस्थापन) कार्यविधि, २०७६

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयबाट स्वीकृत मिति : २०७६।१०।१२ गते( माननीय मन्त्रीस्तरबाट) शिक्षक दरबन्दी (मिलान तथा व्यवस्थापन) कार्यविधि, २०७६ शिक्षा तथा मान स्रोत विकास केन्द्र सानोठिमी, भक्तपुर२ ०७६ प्रस्तावना : नेपाल सरकार, मन्त्रिपरिषद्बाट साविकमा नेपाल सरकारले जिल्लागत रुपमा उपुलब्ध गराएको प्राथमिक, निम्न माध्यमिक र माध्यमिक तहका शिक्षक दरबन्दी तथा राहत अनुदान कोटालाई शिक्षा ऐन, २०२८ को दफा ११ को उपदफा (५) को खण्ड (च) बमोशिमको दरबन्दी मिलानको काय स्थानीय तहगत रुपमा बाडफाड गरी दरबन्दी मिलान गर्न शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयलाई जिम्मेवारी दिनेभनी मिति २०७६।०५।०४ मा भएको निर्णयलाई प्रकयागत रुपमा सरल, सहि र पारदर्शीढंगबाट कार्यान्वयन गर्न वाञ्छनीय भएकोले, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले यो कार्यविधि बनाई लागु गरको छ । परिच्छेद–१ प्रारम्भिक १. सक्षिप्त नाम  प्रारम्भ : (१) यस कार्यविधिको नाम : शिक्षक दरबन्दी(मिलान तथा व्यवस्थापन) कार्यविधि, २०७६ रहको छ । (२) यो कार्यविधि मन्त्रालयबाट स्वीकृत भएको मितिदेखि प्रारम्भ हुनेछ । २. परिभाषा : विषय वा प्रसंगले अर्को अर

प्रभावशाली महिलाको सूचीमा मधेशकी छोरी कलादुत सरिता साह

प्रभावशाली महिला’ को सूचीमा मधेशकी छोरी कलादुत सरिता साह आफ्नो नाट्यकलामार्फत मधेश प्रदेशलाईमात्र हैन पूरै नेपाललाई विश्वमा चिनाउन सफल मधेशकी छोरीहरु मध्येकी एउटा नाम हो सरिता साह । उनी महोत्तरी जिल्लाको सानो गाउँ टिम्कीयामा जन्मिएका ६ छोरीहरुमध्येकी सरिता माइली हुन् । बाल्यकालबाटै लैंगिक विभेदको भोगाइ अनुभव गरेकी सरिताको दाजुभाइ छैनन् । उनी २०८० को प्रभावशाली महिलको सूचिमा परेकी छिन् । अनलाइनखबरको जुरीले १०० महिलाहरुमध्येबाट ५० जनालाई २०८० सालको प्रभावशाली महिला छनौट गरेको थियो । जसमा उको नाम पनि समावेश छ । उनलाई अनलाईन खबरले मधेशलाई मूलधारसँग जोड्ने कलादूतको रुपमा लिएको छ । वास्तवमा उनले आफ्नो कलामार्फत नेपाललाई विश्वमा चिनाएकी छिन । सरिताले सञ्चारमाध्यममा न्युजरीडर, कार्यक्रम प्रस्तोता, कलाकार र नाटक निर्माता/निर्देशकको रुपमा काम गरिसकेकी छिन् । महिलाहरूलाई शिक्षाको अधिकारबाट वञ्चित भएको समुदायमा हुर्किए पनि उनले आफ्नो स्नातक तह सफलतापूर्वक पूरा गरिन्। उनलाई कलाकारको रुपमा स्थापित गर्न पनि सजिलो थिएन । नाटक र चलचित्रले समाजमा दिर्घकालिन चेतना र परिवर्तन ल्याउन सक्छ भन्ने व

उत्कृष्ट राष्ट्रिय शिक्षा पुरस्कार २०८०’ बाट पुरस्कृत प्रभावशाली महिला दुर्गमकी अब्बल गुरुआमा

प्रभावशाली महिला’ को सूचीमा दुर्गमकी  गुरुआमा कोशी प्रदेशको भोजपुरको षडानन्द नगरपालिका वडा नम्बर ३ सिक्तेलटारमा रहेको चन्द्रावती आधारभूत विद्यालय (कक्षा१–८) की प्रधानाध्यापक भक्तकुमारी तामाङ अनलाइन खबरले छानेको ५० जनामध्ये २०८० सालको प्रभावशाली महिलाको सूचिमा पर्न सफल भएकी छिन् । तामाङ प्राथमिक तहका शिक्षक हुन् । अनलाइन खबरले दुर्गमकी अब्बल गुरुआमा संज्ञा दिएको छ । ‘५० प्रभावशाली महिला’ को अन्तिम सूची तयार हुनुअघि अनलाइनखबरले काठमाडौंमा रहेको आफ्नो केन्द्रीय समाचार कक्ष र सातै प्रदेशका प्रदेश        कार्यालयहरूबाट सम्भावित व्यक्तिहरूको नामावली सहितको सूची तयार गरेको थियो । अन्तिम नाम छनोट गर्ने जुरीमा राष्ट्रिय मानवअधिकार आयोगकी सदस्य लिली थापा संयोजक, त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक डा. मञ्चला झा,पत्रकार र फिल्मकर्मी रम्यता लिम्बू र अनलाइनखबर डटकमका प्रधानसम्पादक शिव गाउँले सदस्य थिए । अनलाइनखबरको प्रभावशाली महिलाको सूचिमा मात्र हैन शिक्षा मन्त्रालयले यस वर्षको ‘उत्कृष्ट राष्ट्रिय शिक्षा पुरस्कार २०८०’ बाट पुरस्कृत गर्ने सूचीमा भक्तकुमारी तामाङको पनि नाम छ तर शि

अब राष्ट्रिय परिचयपत्रले नै ड्राइभिङ लाइसेन्सको काम गर्ने !

अब राष्ट्रिय परिचयपत्रले नै ड्राइभिङ लाइसेन्सको काम गर्ने ! काठमाडौं । राष्ट्रिय परिचयपत्र भएका व्यक्तिले अब चाँडै नै सवारी चालक अनुमतिपत्र (ड्राइभिङ लाइसेन्स) बोक्नु नपर्ने भएको छ । सबै सरकारी परिचयपत्रको काम राष्ट्रिय परिचयपत्रमार्फत प्रदान गर्ने सरकारी योजना अनुसार सवारी चालक अनुमतिपत्रको विवरण राष्ट्रिय परिचयपत्रमा एकीकृत गर्न लागिएको हो । राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागका निर्देशक मुकेशकुमार केशरीले यातायात व्यवस्था विभागसँग प्राविधिक सहकार्य गरी सवारी चालक अनुमतिपत्रमा भएका विवरण राष्ट्रिय परिचयपत्रमा एकीकृत गर्ने काम भइरहेको जानकारी दिए । निर्देशक केशरीका अनुसार एक महिनाभित्र सवारी चालक अनुमतिपत्रको विवरण राष्ट्रिय परिचयपत्रमा समावेश गर्ने काम सम्पन्न हुनेछ । त्यसपछि चालकले आफ्नो सवारी सवारी चालक अनुमतिपत्र नबोकेर राष्ट्रिय परिचयपत्र बोके पुग्ने उनले जनाए । यो व्यवस्था लागु भएपछि राष्ट्रिय परिचयपत्रको पछाडिपट्टि रहेको क्यूआर कोड स्क्यान गरी ट्राफिक प्रहरीले सवारी चालकको सबै विवरण हेर्न सक्ने बताइएको छ ।  यसका लागि प्रहरीसँग पनि छलफल भइरहेको निर्देशक केशरीले जनाए । उनका अ

२०८० सालको प्रभावशाली महिला मधेशकी एक्ली दलित वडाध्यक्ष शर्मिलादेवी राम

२०८० सालको प्रभावशाली महिला मधेशकी एक्ली दलित वडाध्यक्ष शर्मिलादेवी राम   मधेशकी एक्ली दलित वडाध्यक्ष भनेर चिनिने सर्लाहीको बरहथवा नगरपालिका–१० की शर्मिलादेवी राम यो वर्ष प्रभावशाली महिलको सूचिमा परेकी छिन् । अनलाइनखबरको जुरीले १०० महिलाहरुमध्ये ५० जनालाई २०८० सालको प्रभावशाली महिलाको सूचिमा राखेको छ ।   ‘५० प्रभावशाली महिला’ को अन्तिम सूची तयार हुनुअघि अनलाइनखबरले काठमाडौंमा रहेको आफ्नो केन्द्रीय समाचार कक्ष र सातै प्रदेशका प्रदेश कार्यालयहरूबाट सम्भावित व्यक्तिहरूको नामावली सहितको सूची तयार गरेको थियो । अन्तिम नाम छनोट गर्ने जुरीमा राष्ट्रिय मानवअधिकार आयोगकी सदस्य लिली थापा संयोजक, त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक डा. मञ्चला झा, पत्रकार र फिल्मकर्मी रम्यता लिम्बू र अनलाइनखबरडटकमका प्रधानसम्पादक शिव गाउँले सदस्य थिए । ५० प्रभावशाली महिला’ को अन्तिम सूचीमा रहेकी शर्मिलादेवी राम बहुजन एकता पार्टीबाट विजयी भएकी हुन । वडाअध्यक्ष जित्नुअघि पनि उनी ६ वर्षदेखि समाजसेवामै थिइन् । राजनीतिसँगै समाजसेवामा सक्रिय रहेकी उनी आम समस्या बारे परिचित छन् ।  घरभित्र बुहारी र घर बाहिर जनप्रतिनिधिको

मर्निङ वाकमा निस्कँदा ध्यान दिनुस्

  मर्निङ वाकमा निस्कँदा ध्यान दिनुस् मर्निङ वाक हाम्रो शरीरलाई स्फूर्त राख्नका लागि अति आवश्यक हुन्छ । दैनिक कम्तीमा ३० मिनेट मर्निङ वाक गर्‍यौँ भने शरीर तथा मस्तिष्क रिफ्रेस रहन्छ । मोटोपन, मुटुरोग, मधुमेह, फ्याटी लिभरजस्ता रोगलाई धेरै हदसम्म नियन्त्रणमा राख्न सकिन्छ । कडा शारीरिक व्यायाम गर्न नसक्ने मानिस पनि मर्निङ वाक गरेर स्वस्थ रहन सक्छन् । शरीरमा उत्साह र सकारात्मक परिवर्तन देखिन्छ । तर, मर्निङ वाक गर्दा केही कुरामा ध्यान दिन जरुरी छ ।  घाममा ननिस्कनुस् :  मर्निङ वाक बिहानको समयमा गर्नुपर्छ । सूर्योदयभन्दा थोरै पहिले सुरु गर्‍यो भने राम्रो हुन्छ । अत्यधिक घाम चर्किएपछि मर्निङ वाकमा निस्कनु राम्रो मानिँदैन । किनकि, चर्को घामले गर्दा डिहाइड्रेसन हुन सक्छ ।  ड्रेसअप :  मर्निङ वाक गर्दा ड्रेसअपमा पनि ध्यान दिनुपर्छ । सकेसम्म कटनको कपडा लगाउनुपर्छ । यसले शीतलता प्रदान गर्छ । धेरै बाक्लो लुगा लगाएर हिँड्दा चाँडै पसिना निस्कन्छ र स्वास्थ्यलाई फाइदा गर्छ भन्ने पनि कतिपयलाई लाग्छ । तर, यो राम्रो होइन । यसले शरीरलाई डिहाइड्रेट गर्छ । त्यसैगरी, आरामदायी स्पोर्टस् जुत्ता छनोट गर्नुपर्छ ।  ए

डेनमार्कका बालबालिकालाई मिथिला चित्र सिकाउँदै रन्जु यादव

  डेनमार्कका बालबालिकालाई मिथिला चित्र सिकाउँदै रन्जु यादव युरोप भ्रमणमा रहेकी मिथिला चित्रकार रन्जु यादवले डेनमार्कको राजधानी कोपनहेगनमा मिथिला चित्रकलासम्बन्धी प्रशिक्षण दिदै प्रसिद्ध चित्रकार यादवले डेनमार्कमा बस्ने नेपाली र भारतीय बालबालिकालाई मिथिला चित्रसम्बन्धी प्रशिक्षण दिएकी हुन् । चित्रकार यादव अहिले तेतिस दिवसीय युरोप भ्रमणको क्रममा डेनमार्कमा छिन् । यही मौका छोपेर गैरआवासीय नेपाली संघ डेनमार्कले कोपनहेगनमा शुक्रबार एक दिवसीय मिथिला कला कार्यशाला आयोजना गरेको थियो । आफ्ना बालबालिकालाई लिएर कार्यशालामा गएका अभिभावकहरुले मिथिला चित्रकलाप्रति आकर्षित भई चित्रकार यादवसँग साना बालबालिकासँगै मिथिला चित्र बनाउन सिकेका थिए । त्यस अवसरमा चित्रकार यादवका ३० भन्दा बढी मिथिला चित्र कार्यशाला स्थलमा प्रदर्शनीमा राखिएको थियो ।युरोपका देशहरुमा आफ्नो एकल मिथिला चित्रकला प्रदर्शनी गर्नका लागि चित्रकार यादव बैशाख ६ गतेदेखि युरोप भ्रमणमा छिन् । जर्मनीको फ्र्यान्कफर्टमा बैशाख ८ गते चित्रकार यादवको एकल चित्रकला प्रदर्शनी सम्पन्न भएको थियो । यस्तै बैशाख २९ र ३० गते डेनमार्कको कोपनहेगनमा दुई दिवसी

मधुमेह बिरामीका लागि नेपालीले विकास गरेको उपयोगी एप

  मधुमेह बिरामीका लागि नेपालीले विकास गरेको उपयोगी एप काठमाडौं । पोखरामा रहेको स्वास्थ्य प्रविधि (हेल्थटेक) स्टार्टअप दक्ष एआई प्रालिले मधुमेह बिरामीहरूका लागि लक्षित गर्दै मोबाइल एप विकास गरेको छ ।  ‘Diabetes Sugar Tracker’  नामक एपमा मधुमेह बिरामीको स्वास्थ्य सुधारमा सहयोग गर्नेगरी विभिन्न फिचर राखिएको छ । यसअन्तर्गत रगतमा चिनीको मात्रा ट्र्याक गर्ने, मधुमेह लक्षणहरू र आहारसम्बन्धी जानकारी रेकर्ड गर्ने, तौल अनुगमन गर्ने, औषधि व्यवस्थापन गर्ने लगायतका सुविधा रहेको कम्पनीले जनाएको छ ।  चाँडै नै एपमा रगतमा चिनीको मात्रा पढ्नेगरी हार्डवेयर इन्टिग्रेसन गर्ने, एपबाटै डाक्टरको समय लिन मिल्ने, खानपान सल्लाह सेवा थप्ने लगायतका योजना ल्याइएको छ । हाल आईओएस डिभाइसका लागि उपलब्ध यो एप निकट भविष्यमा एन्ड्रोइड र वेब प्लेटफेर्मका लागि समेत विकास गरिने कम्पनीले जनाएको छ । मेडिकल क्षेत्र (नर्सिङ) मा क्रियाशील रिता बराल र आईटी क्षेत्रमा क्रियाशील आविष्कार भट्टराईको पहलमा यो एप विकास भएको हो ।

सामाजिक सुरक्षा

 

अबदेखि स्वदेशमै सफ्टवेयर विकास गर्ने सरकारको घोषणा

  अबदेखि स्वदेशमै सफ्टवेयर विकास गर्ने सरकारको घोषणा मङ्गलबार  । अब सार्वजनिक निकायमा प्रयोगमा आउने प्रणाली तथा सफ्टवेयर सरकारी क्षेत्रबाट निर्माण गरिने भएको छ । मङ्गलबार सार्वजनिक सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम मार्फत यस्तो घोषणा आएको हो । सङ्घीय संसद्‌को संयुक्त बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा स्वदेशमा विकसित सफ्टवेयरलाई प्राथमिकता दिई उपयोग गर्ने नीति लिने विषय समेत उल्लेख छ । सञ्चार तथा सूचना प्रविधि एवं प्रणालीको सुरक्षित र प्रभावकारी प्रयोगका लागि कानूनी र संस्थागत व्यवस्था गरिने कुरा पनि त्यसमा समेटिएको छ । यस्तै राष्ट्रपति पौडेलले डिजिटल नेपाल फ्रेमवर्क परिमार्जन गरिने समेत बताए । साइबर सुरक्षा सम्बन्धी प्रतिकार्य तथा जनचेतना सम्बन्धी कार्यलाई प्रभावकारी बनाउन संस्थागत व्यवस्था गरिने नीति समेत सरकारले लिएको छ । डिजिटल साक्षरता विस्तार गरी महिला अल्पसङ्ख्यक र पिछडिएको वर्ग, क्षेत्र र समुदायको सूचना प्रविधिमा पहुँच विस्तार गरिने कुरा पनि नीति तथा कार्यक्रममा उल्लेख छ ।

Followers