Skip to main content

संविधान विपरीत सरकार नै असुल्छ विद्यार्थीबाट पैसा

  संविधान विपरीत सरकार नै असुल्छ विद्यार्थीबाट पैसा News Summary Generated by OK AI. Editorially reviewed. सरकारले विद्यार्थीबाट उठाइरहेको शुल्क गैरकानूनी रहेको शिक्षा क्षेत्रका सरोकारवाला एवं विज्ञहरूको जिकिर छ । विद्यालय सञ्चालनको लागि कुनै न कुनै रूपमा शुल्क लिन बाध्य भएको प्रधानाध्यापकहरू स्वीकार्छन् । महालेखा परीक्षकको कार्यालयले विद्यार्थीबाट विभिन्न शीर्षकमा लिइरहेको शुल्कबारे प्रश्न उठाएको छ । ३० जेठ, काठमाडौं । सानोठिमीस्थित परीक्षा नियन्त्रण कार्यालयको कम्पाउण्डमा प्रत्येक दिन विद्यार्थीको लामो लाइन लाग्छ । बिहान १० नबज्दै लामबद्ध भएका विद्यार्थी कोही प्रमाणपत्र बनाउन, कोही हराएको प्रमाणपत्रको प्रतिलिपि लिन त्यहाँ पुगेका हुन् । त्यही लाइनमा थिए, बाराबाट आएका सुरेश सुनार । उनले भने, ‘एसईईको मूल प्रमाणपत्र हराएपछि प्रतिलिपि लिन आएको हुँ । ५०० रुपैयाँ शुल्क तिरें ।’ काठमाडौं कपनबाट प्रमाणपत्र प्रमाणीकरण गर्न गएकी निरुमाया श्रेष्ठले पनि १ हजार रुपैयाँ राजस्व बुझाइन् । प्रमाणपत्र सच्याउन सल्यानबाट आएका कमल चन्दले पनि ५०० राजस्व बुझाए । ‘शुल्क लाग्छ भनेपछि तिर्नै पर्‍यो नि’ उनी...

प्रभावशाली महिलाको सूचीमा मधेशकी छोरी कलादुत सरिता साह

प्रभावशाली महिला’ को सूचीमा मधेशकी छोरी कलादुत सरिता साह
Sarita Sah

आफ्नो नाट्यकलामार्फत मधेश प्रदेशलाईमात्र हैन पूरै नेपाललाई विश्वमा चिनाउन सफल मधेशकी छोरीहरु मध्येकी एउटा नाम हो सरिता साह । उनी महोत्तरी जिल्लाको सानो गाउँ टिम्कीयामा जन्मिएका ६ छोरीहरुमध्येकी सरिता माइली हुन् । बाल्यकालबाटै लैंगिक विभेदको भोगाइ अनुभव गरेकी सरिताको दाजुभाइ छैनन् । उनी २०८० को प्रभावशाली महिलको सूचिमा परेकी छिन् । अनलाइनखबरको जुरीले १०० महिलाहरुमध्येबाट ५० जनालाई २०८० सालको प्रभावशाली महिला छनौट गरेको थियो । जसमा उको नाम पनि समावेश छ । उनलाई अनलाईन खबरले मधेशलाई मूलधारसँग जोड्ने कलादूतको रुपमा लिएको छ । वास्तवमा उनले आफ्नो कलामार्फत नेपाललाई विश्वमा चिनाएकी छिन । सरिताले सञ्चारमाध्यममा न्युजरीडर, कार्यक्रम प्रस्तोता, कलाकार र नाटक निर्माता/निर्देशकको रुपमा काम गरिसकेकी छिन् । महिलाहरूलाई शिक्षाको अधिकारबाट वञ्चित भएको समुदायमा हुर्किए पनि उनले आफ्नो स्नातक तह सफलतापूर्वक पूरा गरिन्। उनलाई कलाकारको रुपमा स्थापित गर्न पनि सजिलो थिएन । नाटक र चलचित्रले समाजमा दिर्घकालिन चेतना र परिवर्तन ल्याउन सक्छ भन्ने विश्वास भएकाले उनी चलचित्र निर्माता बन्न प्रेरित भइन् । उनी मधेसी समुदाय र महिला अधिकारका मुद्दाहरूमा काम गर्न चाहन्छिन्। यो फेलोसिप उनको लागि बलात्कार अपराधको बारेमा मानिसहरूलाई सचेत गराउने र दोषीलाई न्यायको कठघरामा ल्याउने र पीडितहरूले सम्मानजनक जीवन बिताउन मद्दत गर्ने अवसर हो। Sarita Sah

अनलाईन खबरले मुख्यपृष्ठमा सरिता साहको बारेमा यस्तो लेखेको छ : ' चुलो–चौकोबाट महिला बाहिर निस्कन नसक्ने समाजमा सरिताले खुलेर गरेको नाट्य कर्मले मधेश बदलिंदैछ भन्ने जनाउ दिन्छ । उनी स्वयं भन्छिन्, ‘पछिल्लो समय मधेशी महिलाको जीवनस्तरमा आएको सुधारमा कलाको प्रमुख योगदान छ ।’ सरिता साह चलचित्र र रङ्‍गमञ्‍च दुबैमा पनि उत्तिकै पोख्त छिन् । उनी नेपाली रङ्‍गमञ्‍चमा एक कुशल अभिनेता/लेखक/निर्देशक हुन् जसले कथानक चलचित्र, लघु चलचित्र, व्यवसायिक, जनचेतनामूलक/सन्देशमूलक चलचित्रहरूमा काम गरिसकेकी छन् । समाजमा विद्यामान समस्या/मुद्‍दाहरू थुप्रै सन्देशमूल भिडियोको निर्माण पनि गरेकी छन् । उनले निर्देशन गरेको पहिलो सिनेमा फागुनिया हो । Sarita Sah

एसएलसी सकिएपछि जब रेडियो नाटकमा काम गर्न थालिन्, अभिनयप्रति उनको हुटहुटी गाढा भयो । यतिबेला उनलाई सामाजिक मुद्दालाई कलासँग जोड्नुपर्छ भन्ने बोध भयो । यसबेला जनकपुरमा धेरै रेडियो नाटकमा काम गरिन् । सामाजिक कथामा यी नाटक बन्थे । त्यतिबेला अभिनेता रवीन्द्र झा मिलाप नाट्य समूहमा थिए । उनले नै सरितालाई शिल्पी थिएटरसम्म ल्याइपुर्‍याए । यहीबेला कचहरी नाटक ‘नारी’ मञ्चन भयो । यो नाटकलाई देशभर देखाइयो । महिला हिंसाको कथावस्तु समेटिएको नाटकले प्रशंसा बटुल्यो । जति नाटक गर्दै गइन्, यसको सामाजिक प्रभाव बुझ्दै गइन् । उनी भन्छिन् । ‘धेरै नाटक गरेपछि महिला, भेदभाव र नागरिकता मुद्दालाई कला मार्फत उठाउनुपर्छ भन्ने सोच ममा आयो । त्यसपछि मैले कलासँग जोडेर ती मुद्दा उठाउन सुरु गरेँ’ यही बेला उनले बहुचर्चित नाटक 'ढकियामे नागरिकता' नाटकको कलाकारमात्र हैन उनले यो नाटकको निर्देशन पनि गरिन् । काठमाडौंको शिल्पी थिएटरमा यो नाटक मंचन भएको थियो । योमात्र हैन उनले लू, काशीदेवीमा पनि रङ्‍गमञ्‍चीय नाटकहरूको निर्देशन गरिसकेकी छन् भने दर्जनौँ नाटकहरूमा आफ्नो कौसल प्रदर्शन गरिसकेकी छन् । सरिता तिनै सफल निर्देशक हुन्, जसले लेखक नयनराज पाण्डेको बहुचर्चित उपन्यास 'लू' लाई नाट्य रूपान्तरण तथा निर्देशन गरेकी थिइन् । मण्डला थिएटरमा त्यो नाटक १०० दिनभन्दा बेसी चल्न सक्यो। ‘ढकियामे नागरिकता’ नाटक जनकपुरधाममे मञ्चन ।

रुसको महोत्सवमा मधेशको कथा: सरिता साह

Sarita Sah

विश्‍वका ४० ओटा देशहरूबाट १६९ ओटामा छनोट भएको ‘१०औँ जिरो प्‍लस अन्‍तर्राष्ट्रिय चलचित्र महोत्वस २०२३’ (10th Zero Plus International Film Festival 2023) मा नेपालबाट सरिता साहद्वारा निर्देशित र अनिल कुर्मीद्वारा लिखित लघु चलचित्र ‘द नोटबुक’ (The Notebook) पनि ‘शर्ट लाइभ एक्सन फिल्म्स्’ (Short Live Action Films) श्रेणीमा प्रतिस्पर्दामा छनोट भएको छ । यो महोत्सव रूसको ट्यूमेन सहरमा अक्टोबर १ देखि ९ सम्म आयोजना हुँदैछ । यस फिल्मका निर्देशक सरिता साहले यस अघि बनाएको चलचित्र ‘फगुनिया’ले पनि Spiny Babler International Film Festival मा Best Director Award, 3rd IAWRT Nepal Short Film Competition मा 1st Position, Women’s International Film Festival Nigeria मा Honorable Mention बाट सम्मानित हुनुका साथै अन्य दर्जनौँ राष्ट्रिय-अन्तर्राष्ट्रिय चलचित्र महोत्सवहरूमा नोमिनेसन तथा आधिकारिक छनोटमा पर्न सफल भइसकेको छ । यसले सरिता साहलाई एक कुशल कलाकार हुनुका साथै एक अब्‍बल दर्जाको निर्देशकको रूपमा पनि उभ्याइदिएको छ । केही हप्ता अगाडि उनले आफ्नो युट्यूब च्यानलमार्फत ‘फगुनिया’लाई सार्वजनिक गरेकी छन् ।

रंगकर्मी सरिता साहसँगकै कुराकानी भिडियो

उनले प्रजातान्त्रिक योद्धा तथा शहीद दुर्गानन्द झाकी पत्नी काशीदेवीको जीवनमा आधारित अर्को नाटक निर्माण गरिन् । त्यो नाटक हेरेर भावुक नहुने कमै थिए । नेपाली कांग्रेसका अधिकांश नेताहरूले 'काशीदेवी' शीर्षकको त्यो नाटक हेरिसकेका छन् । प्रायः नेपाली रंगमञ्चमा विदेशी नाटककारका रचना अनुवाद भएर देखाइन्छन् । सरिता यसकी अपवाद छिन् । उनले लगालग बनाइरहेका नाटकमा नेपालको मैदानी भूभागका कथाव्यथा चित्रित हुन्छन् । काठमाडौंका दर्शकलाई उनी मधेसको वास्तविक पीडा कलामार्फत पस्किरहेकी छन् ।

‘५० प्रभावशाली महिला’ को अन्तिम सूची तयार हुनुअघि अनलाइनखबरले काठमाडौंमा रहेको आफ्नो केन्द्रीय समाचार कक्ष र सातै प्रदेशका प्रदेश कार्यालयहरूबाट सम्भावित व्यक्तिहरूको नामावली सहितको सूची तयार गरेको थियो । अन्तिम नाम छनोट गर्ने जुरीमा राष्ट्रिय मानवअधिकार आयोगकी सदस्य लिली थापा संयोजक, त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक डा. मञ्चला झा,पत्रकार र फिल्मकर्मी रम्यता लिम्बू र अनलाइनखबरडटकमका प्रधानसम्पादक शिव गाउँले सदस्य थिए । महिला चुलो–चौकोबाट बाहिर निस्कन नसक्ने मधेशी समाजलाई सरिताले कलामार्फत सुधारउन्मुख बनाएको छ मधेशलाई मूलधारसँग जोड्ने कलादूतको रुपमा मात्र हैन अरनिको भृकुटी जत्ति नेपाललाई विश्वलाई चिनाउन कलादूत बन्न सफल भएकी छिन । उनलाई हाम्रो शिरनिहुराएर नमन छ । shamser.info.np

Comments

Popular posts from this blog

नागरिक शिक्षा अर्थ आवश्यक्ता र महत्व

१ नागरिक शिक्षाको अर्थ  नागरिक भनेको कुनै राज्यको निश्चित भौगलिक क्षेत्रभित्र स्थायी बसोबास गर्ने अधिकार र कर्तव्यद्वारा राज्यसँग सम्बन्धित भएको राज्य वा समाजको एक अभिन्न सदस्य हो । नागरिक जसले कुनै राज्यको पहिचान बोकेको हुन्छ । नागरिक भएवापत उसले राज्यबाट नागरिकता प्राप्त गरेको हुन्छ । त्यो नागरिकता उसको राष्ट्रिय पहिचान दिने राष्ट्रिय परिचयपत्र हो तर त्यस नागरिकताले उसको तीन पुस्ते परिचय खुलाउने मात्र नभइ नागरिक राज्यको संबिधानप्रदत्त हक अधिकार र कर्तव्य सृजना गराउँछ । नागरिक अधिकारप्रति जागरुकता, सचेतना, आत्मसम्मान र आत्मनिर्णय जस्ता कुराहरु स्वःत सिर्जना गराई दिन्छ । यसको लागि नागरिकले नागरिकताको महत्व र अर्थ बुझ्न जरुरी छ हुन्छ । यसको अर्थ महत्व नबुझेर लामो समयसम्म ठालुबर्गले शोषण गरे नागरिक रैति र जनता भएर बाँचे ।  त्यसैले नागरिकहरुले आफूले पाएको नागरिकता अनुसार अथवा स्वतन्त्र राज्यको नागरिकको हैसियतले पाउने हक अधिकार कर्तव्य सचेत र जागरुक हुनैपर्छ यसका लागि नागरिक शिक्षाको खाँचो पर्दछ ।  नागरिकलाई संबिधान प्रदत्त हक अधिकार कर्तव्य र कानुनी उपचार बारे सचेत गराउने शि...

img & Video Gallery

आफुलाई कुन कक्षाको चाहिएको हो इमेजमा थिच्नुहोस । Veiw Gradesheet   

शिक्षा क्षेत्रमा २० प्रतिशत बजेट छुट्याउन अनेरास्ववियु क्रान्तिकारीको माग

काठमाडौं ।  नेकपा माओवादी निकट अखिल (क्रान्तिकारी) ले कुल बजेटको २० प्रतिशत शिक्षा क्षेत्रमा छुट्याउनु पर्ने माग गरेको छ । आगामी आर्थिक वर्षको बजेटमा युवा तथा विद्यार्थीबाट सुझाव मागेका अर्थमन्त्री जनार्दन शर्मालाई बिहीबार अखिल क्रान्तिकारीको तर्फबाट १७ बुँदे सुझाव बुझाइएको हो । सुझावमा आधारभूत शिक्षालाई अनिवार्य र निशुल्क गरिनुपर्ने, माध्यमिक शिक्षा निशुल्कको अधिकारलाई पूर्ण कार्यान्वयन गर्नुपर्ने, हरेक वर्ष एउटा आवासिय सुविधासहितको विद्यालय स्थापना गर्नुपर्ने, हरेक मावि तहको विद्यालयमा प्रयोगशाला हुनुपर्ने लगायतका सुझावहरु क्रान्तिकारीले दिएको छ ।  अनेरास्ववियु क्रान्तिकारीले अर्थमन्त्रीलाई बुझाएको सुझावपत्र यस्ताे छः माननीय अर्थमन्त्री ज्यू, अर्थ मन्त्रालय  सिंहदरबार काठमाडौं  बिषय : सुझाव सम्बन्धमा   उपरोक्त सम्बन्धमा माननीय अर्थमन्त्री द्वारा नयाँ आ.व. ०७९/०८० को लागि युवा विद्यार्थी बाट सुझाव संकलन कार्यक्रम राख्नुभएकोमा हाम्रो संगठन अखिल (क्रान्तिकारी) को तर्फबाट सराहना गर्दछौं । तपाईं कोभिड -१९ बाट थिलथिलो भएको अर्थतन्त्र, बदलिएको विश्व  परिवेश...

विद्यालयका कर्मचारीहरु फेरि आन्दोलनमा

विद्यालयका कर्मचारीहरु फेरि आन्दोलनमा सर्लाहीको लालबन्दी नगरपालिका-१६ स्थित श्री डिम जनता माध्यमिक विद्यालयका कार्यालय सहयोगी मात्र हुन्, ६२ वर्षीय धनबहादुर केसी । यतिबेला उनी विद्यालयमा हुनुपर्ने हो । तर, एक सातादेखि काठमाडौंको माइतीघर मण्डलामा तातो घाममा धर्नामा छन् । ०३५ सालदेखि कार्यालय सहयोगीका रूपमा काम गरेका धनबहादुरले न धन कमाउन सके, न जागिरको ग्यारेन्टी नै भयो । उल्टै पटक-पटक उनी विद्यालयबाट निकालिए । थमौती गर्दै बस्दै गरेर उनले ४३ वर्ष काम गरे । सुरुवाती चरणका तीन महिना त उनले निःशुल्क काम गरे । त्यसपछि महिनाको २५ रुपैयाँ पाउन थाले । हाल उनले महिनाको १५ हजार पाउँछन् । तर, उनको जागिर स्थायी भएन ।  हाल जागरिबाट अवकाश हुनेबेला भयो उनको । तर, रित्तो हात फर्कनु पर्ने बाध्यता सुनाउँछन् उनी । त्यसैले सेवा सुविधाको माग गर्दै उनी सिंहदरबारलाई घचघच्याउन काठमाडौं आइपुगेका हुन् । ‘कार्यालय सहयोगी भएरै पूरै जीवन बित्यो तर रित्तो हात कामबाट बिदा लिनुपर्ने स्थिति छ । राज्यले हामीलाई उपेक्षा गर्‍यो,’ सिंहदरबारतर्फ उनी औँला तेर्साउँदै भन्छन्, ‘एक साता भयो तातो घाममा बस...

Followers