Skip to main content

डोनाल्ड ट्रम्पले सी जिनपिङलाई किन चीलको मूर्ति (The bald eagle ) उपहार दिए ?

डोनाल्ड ट्रम्पले चिनियाँ राष्ट्रपति सी जिनपिङलाई किन दिए चीलको मूर्ति?  यसको प्रतीकात्मक अर्थ के हो? US President Donald Trump gifted Chinese President Xi Jinping a bald eagle statue because it is the official national symbol of the United States and represents America's "free and soaring spirit." अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ह्वाइट हाउसमा आयोजित राजकीय रात्रिभोजका क्रममा चिनियाँ राष्ट्रपति सी जिनपिङलाई उपहारस्वरूप अमेरिकी राष्ट्रिय प्रतीक बाल्ड इगल (Bald Eagle) को विशेष मूर्ति प्रदान गरेका छन्। करिब तीन फिट अग्लो उक्त मूर्ति अमेरिकाको राष्ट्रिय पहिचान, स्वतन्त्रता र गौरवको प्रतीकका रूपमा प्रस्तुत गरिएको थियो। 🦅 ट्रम्पले चीलको मूर्ति दिनुको कारण अमेरिकाको राष्ट्रिय प्रतीक: बाल्ड इगल उत्तर अमेरिकामा पाइने चरा हो। यो अमेरिकाको राष्ट्रिय प्रतीक हो र यसले अमेरिकी स्वतन्त्रता, शक्ति, गौरव तथा उचाइमा उड्ने स्वतन्त्र भावनाको प्रतिनिधित्व गर्छ। व्यक्तिगत सम्बन्धको झल्को: ट्रम्पका अनुसार उक्त मूर्ति एक अस...

प्रभावशाली महिलाको सूचीमा मधेशकी छोरी कलादुत सरिता साह

प्रभावशाली महिला’ को सूचीमा मधेशकी छोरी कलादुत सरिता साह
Sarita Sah

आफ्नो नाट्यकलामार्फत मधेश प्रदेशलाईमात्र हैन पूरै नेपाललाई विश्वमा चिनाउन सफल मधेशकी छोरीहरु मध्येकी एउटा नाम हो सरिता साह । उनी महोत्तरी जिल्लाको सानो गाउँ टिम्कीयामा जन्मिएका ६ छोरीहरुमध्येकी सरिता माइली हुन् । बाल्यकालबाटै लैंगिक विभेदको भोगाइ अनुभव गरेकी सरिताको दाजुभाइ छैनन् । उनी २०८० को प्रभावशाली महिलको सूचिमा परेकी छिन् । अनलाइनखबरको जुरीले १०० महिलाहरुमध्येबाट ५० जनालाई २०८० सालको प्रभावशाली महिला छनौट गरेको थियो । जसमा उको नाम पनि समावेश छ । उनलाई अनलाईन खबरले मधेशलाई मूलधारसँग जोड्ने कलादूतको रुपमा लिएको छ । वास्तवमा उनले आफ्नो कलामार्फत नेपाललाई विश्वमा चिनाएकी छिन । सरिताले सञ्चारमाध्यममा न्युजरीडर, कार्यक्रम प्रस्तोता, कलाकार र नाटक निर्माता/निर्देशकको रुपमा काम गरिसकेकी छिन् । महिलाहरूलाई शिक्षाको अधिकारबाट वञ्चित भएको समुदायमा हुर्किए पनि उनले आफ्नो स्नातक तह सफलतापूर्वक पूरा गरिन्। उनलाई कलाकारको रुपमा स्थापित गर्न पनि सजिलो थिएन । नाटक र चलचित्रले समाजमा दिर्घकालिन चेतना र परिवर्तन ल्याउन सक्छ भन्ने विश्वास भएकाले उनी चलचित्र निर्माता बन्न प्रेरित भइन् । उनी मधेसी समुदाय र महिला अधिकारका मुद्दाहरूमा काम गर्न चाहन्छिन्। यो फेलोसिप उनको लागि बलात्कार अपराधको बारेमा मानिसहरूलाई सचेत गराउने र दोषीलाई न्यायको कठघरामा ल्याउने र पीडितहरूले सम्मानजनक जीवन बिताउन मद्दत गर्ने अवसर हो। Sarita Sah

अनलाईन खबरले मुख्यपृष्ठमा सरिता साहको बारेमा यस्तो लेखेको छ : ' चुलो–चौकोबाट महिला बाहिर निस्कन नसक्ने समाजमा सरिताले खुलेर गरेको नाट्य कर्मले मधेश बदलिंदैछ भन्ने जनाउ दिन्छ । उनी स्वयं भन्छिन्, ‘पछिल्लो समय मधेशी महिलाको जीवनस्तरमा आएको सुधारमा कलाको प्रमुख योगदान छ ।’ सरिता साह चलचित्र र रङ्‍गमञ्‍च दुबैमा पनि उत्तिकै पोख्त छिन् । उनी नेपाली रङ्‍गमञ्‍चमा एक कुशल अभिनेता/लेखक/निर्देशक हुन् जसले कथानक चलचित्र, लघु चलचित्र, व्यवसायिक, जनचेतनामूलक/सन्देशमूलक चलचित्रहरूमा काम गरिसकेकी छन् । समाजमा विद्यामान समस्या/मुद्‍दाहरू थुप्रै सन्देशमूल भिडियोको निर्माण पनि गरेकी छन् । उनले निर्देशन गरेको पहिलो सिनेमा फागुनिया हो । Sarita Sah

एसएलसी सकिएपछि जब रेडियो नाटकमा काम गर्न थालिन्, अभिनयप्रति उनको हुटहुटी गाढा भयो । यतिबेला उनलाई सामाजिक मुद्दालाई कलासँग जोड्नुपर्छ भन्ने बोध भयो । यसबेला जनकपुरमा धेरै रेडियो नाटकमा काम गरिन् । सामाजिक कथामा यी नाटक बन्थे । त्यतिबेला अभिनेता रवीन्द्र झा मिलाप नाट्य समूहमा थिए । उनले नै सरितालाई शिल्पी थिएटरसम्म ल्याइपुर्‍याए । यहीबेला कचहरी नाटक ‘नारी’ मञ्चन भयो । यो नाटकलाई देशभर देखाइयो । महिला हिंसाको कथावस्तु समेटिएको नाटकले प्रशंसा बटुल्यो । जति नाटक गर्दै गइन्, यसको सामाजिक प्रभाव बुझ्दै गइन् । उनी भन्छिन् । ‘धेरै नाटक गरेपछि महिला, भेदभाव र नागरिकता मुद्दालाई कला मार्फत उठाउनुपर्छ भन्ने सोच ममा आयो । त्यसपछि मैले कलासँग जोडेर ती मुद्दा उठाउन सुरु गरेँ’ यही बेला उनले बहुचर्चित नाटक 'ढकियामे नागरिकता' नाटकको कलाकारमात्र हैन उनले यो नाटकको निर्देशन पनि गरिन् । काठमाडौंको शिल्पी थिएटरमा यो नाटक मंचन भएको थियो । योमात्र हैन उनले लू, काशीदेवीमा पनि रङ्‍गमञ्‍चीय नाटकहरूको निर्देशन गरिसकेकी छन् भने दर्जनौँ नाटकहरूमा आफ्नो कौसल प्रदर्शन गरिसकेकी छन् । सरिता तिनै सफल निर्देशक हुन्, जसले लेखक नयनराज पाण्डेको बहुचर्चित उपन्यास 'लू' लाई नाट्य रूपान्तरण तथा निर्देशन गरेकी थिइन् । मण्डला थिएटरमा त्यो नाटक १०० दिनभन्दा बेसी चल्न सक्यो। ‘ढकियामे नागरिकता’ नाटक जनकपुरधाममे मञ्चन ।

रुसको महोत्सवमा मधेशको कथा: सरिता साह

Sarita Sah

विश्‍वका ४० ओटा देशहरूबाट १६९ ओटामा छनोट भएको ‘१०औँ जिरो प्‍लस अन्‍तर्राष्ट्रिय चलचित्र महोत्वस २०२३’ (10th Zero Plus International Film Festival 2023) मा नेपालबाट सरिता साहद्वारा निर्देशित र अनिल कुर्मीद्वारा लिखित लघु चलचित्र ‘द नोटबुक’ (The Notebook) पनि ‘शर्ट लाइभ एक्सन फिल्म्स्’ (Short Live Action Films) श्रेणीमा प्रतिस्पर्दामा छनोट भएको छ । यो महोत्सव रूसको ट्यूमेन सहरमा अक्टोबर १ देखि ९ सम्म आयोजना हुँदैछ । यस फिल्मका निर्देशक सरिता साहले यस अघि बनाएको चलचित्र ‘फगुनिया’ले पनि Spiny Babler International Film Festival मा Best Director Award, 3rd IAWRT Nepal Short Film Competition मा 1st Position, Women’s International Film Festival Nigeria मा Honorable Mention बाट सम्मानित हुनुका साथै अन्य दर्जनौँ राष्ट्रिय-अन्तर्राष्ट्रिय चलचित्र महोत्सवहरूमा नोमिनेसन तथा आधिकारिक छनोटमा पर्न सफल भइसकेको छ । यसले सरिता साहलाई एक कुशल कलाकार हुनुका साथै एक अब्‍बल दर्जाको निर्देशकको रूपमा पनि उभ्याइदिएको छ । केही हप्ता अगाडि उनले आफ्नो युट्यूब च्यानलमार्फत ‘फगुनिया’लाई सार्वजनिक गरेकी छन् ।

रंगकर्मी सरिता साहसँगकै कुराकानी भिडियो

उनले प्रजातान्त्रिक योद्धा तथा शहीद दुर्गानन्द झाकी पत्नी काशीदेवीको जीवनमा आधारित अर्को नाटक निर्माण गरिन् । त्यो नाटक हेरेर भावुक नहुने कमै थिए । नेपाली कांग्रेसका अधिकांश नेताहरूले 'काशीदेवी' शीर्षकको त्यो नाटक हेरिसकेका छन् । प्रायः नेपाली रंगमञ्चमा विदेशी नाटककारका रचना अनुवाद भएर देखाइन्छन् । सरिता यसकी अपवाद छिन् । उनले लगालग बनाइरहेका नाटकमा नेपालको मैदानी भूभागका कथाव्यथा चित्रित हुन्छन् । काठमाडौंका दर्शकलाई उनी मधेसको वास्तविक पीडा कलामार्फत पस्किरहेकी छन् ।

‘५० प्रभावशाली महिला’ को अन्तिम सूची तयार हुनुअघि अनलाइनखबरले काठमाडौंमा रहेको आफ्नो केन्द्रीय समाचार कक्ष र सातै प्रदेशका प्रदेश कार्यालयहरूबाट सम्भावित व्यक्तिहरूको नामावली सहितको सूची तयार गरेको थियो । अन्तिम नाम छनोट गर्ने जुरीमा राष्ट्रिय मानवअधिकार आयोगकी सदस्य लिली थापा संयोजक, त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक डा. मञ्चला झा,पत्रकार र फिल्मकर्मी रम्यता लिम्बू र अनलाइनखबरडटकमका प्रधानसम्पादक शिव गाउँले सदस्य थिए । महिला चुलो–चौकोबाट बाहिर निस्कन नसक्ने मधेशी समाजलाई सरिताले कलामार्फत सुधारउन्मुख बनाएको छ मधेशलाई मूलधारसँग जोड्ने कलादूतको रुपमा मात्र हैन अरनिको भृकुटी जत्ति नेपाललाई विश्वलाई चिनाउन कलादूत बन्न सफल भएकी छिन । उनलाई हाम्रो शिरनिहुराएर नमन छ । shamser.info.np

Comments

Popular posts from this blog

संयुक्त राष्ट्रसंघको ८१औँ महासभा (#UNGA81) मा परराष्ट्रमन्त्री माननीय शिशिर खनालको सम्बोधन

  Facebook Facebook Facebook Facebook Facebook Facebook Facebook Facebook Facebook Facebook Facebook Facebook Facebook Facebook Facebook Facebook Facebook Facebook Facebook Facebook Facebook Facebook Facebook Facebook Facebook Facebook Facebook Facebook Facebook Facebook Facebook Facebook Facebook संयुक्त राष्ट्रसंघको मुख्यालयमा आज आयोजित Climate Action and Just Transition सम्बन्धी उच्चस्तरीय बैठकलाई सम्बोधन गर्दै परराष्ट्रमन्त्री माननीय शिशिर खनालले जलवायु परिवर्तनसम्बन्धी प्रतिबद्धतालाई अब निर्णायक रूपमा कार्यान्वयनमा रूपान्तरण गर्न अन्तर्राष्ट्रिय समुदायलाई आग्रह गर्नुभएको छ नेपालमा हालै आएको विनाशकारी बाढीलाई ‘Himalayan Tsunami’ का रूपमा उल्लेख गर्दै मन्त्री खनालले उक्त विपद्बाट ५ अर्ब अमेरिकी डलरभन्दा बढीको क्षति भएको र यो नेपालको कुल गार्हस्थ्य उत्पादन (GDP) को करिब १५ प्रतिशत बराबर रहेको जानकारी गराउनुभयो। विश्वव्यापी हरितगृह ग्यास उत्सर्जनमा नेपालको योगदान ०.१ प्रतिशतभन्दा कम भए पनि जलवायु संकटका असमान र गम्भीर प्रभाव नेपालले भोगिरहेको उल्लेख गर्दै उहाँले यो केवल मानवीय संक...

सर्वोच्चले भन्यो ‘अन्य प्रमाणबाट पनि श्रीमान्–श्रीमतीको नाता पुष्टि हुन सक्छ’

सर्वोच्चले भन्यो– ‘अन्य प्रमाणबाट पनि नाता पुष्टि हुन सक्छ’ सर्वोच्च अदालतले श्रीमान्–श्रीमतीको नाता कायम गर्न विवाह दर्ताको प्रमाणपत्र बाध्यकारी नभएको व्याख्या गरेको छ। प्रमाणपत्र अनिवार्य र अपरिहार्य नहुने भन्दै सर्वोच्चले फैसलाको पूर्णपाठमा उल्लेख गरेको छ। आपसी सल्लाहमा मन्दिरमा गएर विवाह गरेका, त्यसपछि डेरा लिएर पतिपत्नीको रूपमा बसेका तर विवाह दर्तालगायत कुनै पनि प्रक्रिया पूरा नगरेको अवस्थामा समेत विवाहित मान्न मिल्ने फैसलाको पूर्णपाठमा उल्लेख छ।  एक किशोर–किशोरीको नाता सम्बन्ध विवादमा सर्वोच्च अदालतले ‘पतिपत्नीको रूपमा एकअर्कालाई स्वीकारेको अवस्थामा नाता प्रमाणित गर्न विवाह दर्ता अनिवार्य नहुने’ भनेको छ। ‘विधायिकाले कुनै कार्यबाट एक अर्कालाई पति–पत्नीको रूपमा स्वीकार गरेमा विवाह भएको मानिने भनी कानुनी आधार बनाएको थियो,’ सर्वोच्च अदालतले व्याख्यामा भनेको छ, ‘प्रत्यक्ष प्रमाणको अभाव भए पनि वैवाहिक सम्बन्ध देखिने अन्य सान्दर्भिक प्रमाण र परिस्थितिजन्य प्रमाणबाट निष्कर्षमा पुग्नुपर्ने हुन्छ।’ २०६४ सालमा विराटनगरस्थित मेट्रोपोलिस क्याम्पसमा उच्च तहको अध्ययन गरिरहेका बेला सुनसरीकी ...

डोनाल्ड ट्रम्पले सी जिनपिङलाई किन चीलको मूर्ति (The bald eagle ) उपहार दिए ?

डोनाल्ड ट्रम्पले चिनियाँ राष्ट्रपति सी जिनपिङलाई किन दिए चीलको मूर्ति?  यसको प्रतीकात्मक अर्थ के हो? US President Donald Trump gifted Chinese President Xi Jinping a bald eagle statue because it is the official national symbol of the United States and represents America's "free and soaring spirit." अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ह्वाइट हाउसमा आयोजित राजकीय रात्रिभोजका क्रममा चिनियाँ राष्ट्रपति सी जिनपिङलाई उपहारस्वरूप अमेरिकी राष्ट्रिय प्रतीक बाल्ड इगल (Bald Eagle) को विशेष मूर्ति प्रदान गरेका छन्। करिब तीन फिट अग्लो उक्त मूर्ति अमेरिकाको राष्ट्रिय पहिचान, स्वतन्त्रता र गौरवको प्रतीकका रूपमा प्रस्तुत गरिएको थियो। 🦅 ट्रम्पले चीलको मूर्ति दिनुको कारण अमेरिकाको राष्ट्रिय प्रतीक: बाल्ड इगल उत्तर अमेरिकामा पाइने चरा हो। यो अमेरिकाको राष्ट्रिय प्रतीक हो र यसले अमेरिकी स्वतन्त्रता, शक्ति, गौरव तथा उचाइमा उड्ने स्वतन्त्र भावनाको प्रतिनिधित्व गर्छ। व्यक्तिगत सम्बन्धको झल्को: ट्रम्पका अनुसार उक्त मूर्ति एक अस...

Proposal for Thesis

 १. शोध शीर्षक  अध्ययन गर्न गइरहेको प्रस्तावित शोधपत्रको शीर्षक कक्षा ८ मा अध्ययनरत सर्लाही जिल्लाका सामुदायिक विद्यालयका अध्ययनरत तामाङ विद्यार्थीहरूको सस्वरपठन सीप अवस्थाको एक अध्ययन” रहने छ ।  २. शोधको प्रयोजन प्रस्तावित शोधपत्र त्रिभुवन विश्वविद्यालय शिक्षाशास्त्र सङ्काय, नेपाली भाषा शिक्षा विभागअन्तर्गत स्नातकोत्तर तह नेपाली दोस्रो वर्षको पाठ्यांश ५९८ को उद्देश्य पूरा गर्ने प्रयोजनका निमित्त रहने छ ।  ३. समस्था कथन  भाषा सञ्चार आदनप्रदान गर्ने मुख्य माध्यम हो । भाषाको विकासले नै वालबालिकाको सिकाइ क्षमतामा बृद्धि ल्याउँछ । भाषा विकासमा सुनाइ, बोलाइ, पढाइ र लेखाइ गरी चारवटा सीप विकास हुनु जरुरी हुन्छ । नेपालको सन्दर्भमा नेपाली भाषाको विकासलाई मुख्य जोड दिई सानै कक्षादेखि नै नेपाली भाषाको विषयलाई अनिवार्य गराइ पठनपाठन हुँदै आइरहेको छ । भाषाको विकासमा विभिन्न तत्वहरुले प्रभाव पार्दछ जसका कारणले भाषामा त्रुटि हुने गर्दछ ।  कुनै पनि भाषा सिकाइका क्रममा त्रुटि हुनुलाई स्वाभाविक प्रक्रिया मानिन्छ । त्रुटिले भाषा सिकाइमा सिकाइको प्रकृति तथा प्रवृत्...

Contact form

Name

Email *

Message *

Translate

Follow us:
facebook sharing button
twitter sharing button
instagram sharing button
youtube sharing button
messenger sharing button
blogger sharing button

Life Post

5/block/Health Beauty