Skip to main content

संविधान विपरीत सरकार नै असुल्छ विद्यार्थीबाट पैसा

  संविधान विपरीत सरकार नै असुल्छ विद्यार्थीबाट पैसा News Summary Generated by OK AI. Editorially reviewed. सरकारले विद्यार्थीबाट उठाइरहेको शुल्क गैरकानूनी रहेको शिक्षा क्षेत्रका सरोकारवाला एवं विज्ञहरूको जिकिर छ । विद्यालय सञ्चालनको लागि कुनै न कुनै रूपमा शुल्क लिन बाध्य भएको प्रधानाध्यापकहरू स्वीकार्छन् । महालेखा परीक्षकको कार्यालयले विद्यार्थीबाट विभिन्न शीर्षकमा लिइरहेको शुल्कबारे प्रश्न उठाएको छ । ३० जेठ, काठमाडौं । सानोठिमीस्थित परीक्षा नियन्त्रण कार्यालयको कम्पाउण्डमा प्रत्येक दिन विद्यार्थीको लामो लाइन लाग्छ । बिहान १० नबज्दै लामबद्ध भएका विद्यार्थी कोही प्रमाणपत्र बनाउन, कोही हराएको प्रमाणपत्रको प्रतिलिपि लिन त्यहाँ पुगेका हुन् । त्यही लाइनमा थिए, बाराबाट आएका सुरेश सुनार । उनले भने, ‘एसईईको मूल प्रमाणपत्र हराएपछि प्रतिलिपि लिन आएको हुँ । ५०० रुपैयाँ शुल्क तिरें ।’ काठमाडौं कपनबाट प्रमाणपत्र प्रमाणीकरण गर्न गएकी निरुमाया श्रेष्ठले पनि १ हजार रुपैयाँ राजस्व बुझाइन् । प्रमाणपत्र सच्याउन सल्यानबाट आएका कमल चन्दले पनि ५०० राजस्व बुझाए । ‘शुल्क लाग्छ भनेपछि तिर्नै पर्‍यो नि’ उनी...

मर्निङ वाकमा निस्कँदा ध्यान दिनुस्

 

मर्निङ वाकमा निस्कँदा ध्यान दिनुस्

मर्निङ वाक हाम्रो शरीरलाई स्फूर्त राख्नका लागि अति आवश्यक हुन्छ । दैनिक कम्तीमा ३० मिनेट मर्निङ वाक गर्‍यौँ भने शरीर तथा मस्तिष्क रिफ्रेस रहन्छ । मोटोपन, मुटुरोग, मधुमेह, फ्याटी लिभरजस्ता रोगलाई धेरै हदसम्म नियन्त्रणमा राख्न सकिन्छ । कडा शारीरिक व्यायाम गर्न नसक्ने मानिस पनि मर्निङ वाक गरेर स्वस्थ रहन सक्छन् । शरीरमा उत्साह र सकारात्मक परिवर्तन देखिन्छ । तर, मर्निङ वाक गर्दा केही कुरामा ध्यान दिन जरुरी छ । 

घाममा ननिस्कनुस् : मर्निङ वाक बिहानको समयमा गर्नुपर्छ । सूर्योदयभन्दा थोरै पहिले सुरु गर्‍यो भने राम्रो हुन्छ । अत्यधिक घाम चर्किएपछि मर्निङ वाकमा निस्कनु राम्रो मानिँदैन । किनकि, चर्को घामले गर्दा डिहाइड्रेसन हुन सक्छ । 

ड्रेसअप : मर्निङ वाक गर्दा ड्रेसअपमा पनि ध्यान दिनुपर्छ । सकेसम्म कटनको कपडा लगाउनुपर्छ । यसले शीतलता प्रदान गर्छ । धेरै बाक्लो लुगा लगाएर हिँड्दा चाँडै पसिना निस्कन्छ र स्वास्थ्यलाई फाइदा गर्छ भन्ने पनि कतिपयलाई लाग्छ । तर, यो राम्रो होइन । यसले शरीरलाई डिहाइड्रेट गर्छ । त्यसैगरी, आरामदायी स्पोर्टस् जुत्ता छनोट गर्नुपर्छ । 

एक घन्टाअघि पानी पिउने : कतिपयले हिँड्नुभन्दा एकैछिनअघि मात्रै पानी पिउँछन् । जो राम्रो होइन । पानी पिएलगत्तै हिँड्दा पेटमा समस्या देखिन सक्छ । दिसा लाग्लाजस्तो हुने, छिनछिनमा पिसाब आउने समस्या देखिन्छ । त्यो राम्रो होइन । मर्निङ वाक गर्नुभन्दा एक घन्टाअघि पानी पिउनु राम्रो हुन्छ । 

लामो समय नहिँड्ने : मर्निङ वाक गर्दा लामो समय हिँड्नुहुँदैन । कतिपय व्यक्ति एकै दिनमा दुई घन्टा तथा कैयौँ किलोमिटर हिँड्ने गर्छन् । तर, त्यसो गर्नुहँुदैन । हरेक दिन आधा घन्टा हिँडे पुग्छ । तर, नियमित हुनुपर्छ । ६ मिनेटमा कमसेकम ५ देखि ६ सय मिटर क्रस गर्ने गरी हिँड्नुपर्छ । यसलाई ब्रिस वाक पनि भनिन्छ । यसले मुटु, फोक्सो, हाड–जोर्नी, मांसपेशी सबैको अभ्यास हुन्छ । 

खानपानमा ध्यान दिने : मर्निङ वाकमा निस्कँदा कतिपयको खाएर निस्कने बानी हुन्छ । यदि खाएर निस्कने हो भने आधा घन्टाअघि नै खाइसक्नुपर्छ । कतिपयले चिया, कफी खाने गर्छन् । यसले पनि शरीरमा डिहाइड्रेसन हुन्छ । पिसाब बढी लागेर शरीरमा पानीको मात्रा कम भइदियो भने मिर्गाैलामा असर पर्न सक्छ । तसर्थ, मर्निङ वाक जानुअघि चिया, कफी पिउनुहुँदैन । मर्निङ वाकबाट आएलगत्तै पनि चिया, कफी पिउनु राम्रो मानिदैन । तर, जुस पिउन सकिन्छ । कागतीपानी पिउन सकिन्छ । यसले शरीरलाई रिफ्रेस गर्छ । मर्निङ वाकबाट आएपछि मैदाजन्य खानेकुरा खानुहुँदैन । यसले ग्यास्ट्रिक बढाउँछ । 

उकालोमा बिस्तारै हिँड्नुस् : उकालो–ओरालोमा बिस्तारै हिँड्नुपर्छ । यस्ता ठाउँमा छिटोछिटो हिँड्दा जोइन्टहरू बिग्रने सम्भावना हुन्छ । कतिपय मानिस ओरालोमा फटाफट हिँड्ने गर्छन् । यसरी हिँड्दा पछि गएर घुँडाको समस्या आउँछ । 

Comments

Popular posts from this blog

UANTO IMG COLLECT

 

Dim Janata School

रित्तो हात लिएर जागरिबाट अवकाश पाएका

    रित्तो हात लिएर जागरिबाट अवकाश पाएका धनबहादुर केसी पटकपटक थमैतीमा परेका सर्लाहीको लालबन्दी नगरपालिका-१६ स्थित श्री डिम जनता माध्यमिक विद्यालयका कार्यालय सहयोगी मात्र हुन्, ६२ वर्षीय धनबहादुर केसी । यतिबेला उनी विद्यालयमा हुनुपर्ने हो । तर, एक सातादेखि काठमाडौंको माइतीघर मण्डलामा तातो घाममा धर्नामा छन् । ०३५ सालदेखि कार्यालय सहयोगीका रूपमा काम गरेका धनबहादुरले न धन कमाउन सके, न जागिरको ग्यारेन्टी नै भयो । उल्टै पटक-पटक उनी विद्यालयबाट अवकास पाए । अदालतको आदेशमा थमौती गर्दै बस्दै गरेर उनले ४३ वर्ष काम गरे । सुरुवाती चरणका तीन महिना त उनले निःशुल्क काम गरे । त्यसपछि महिनाको २५ रुपैयाँ पाउन थाले । हाल उनले महिनाको १५ हजार पाउँछन् । तर, उनको जागिर स्थायी भएन । हाल जागरिबाट अवकाश हुनेबेला भयो उनको । तर, रित्तो हात फर्कनु पर्ने बाध्यता सुनाउँछन् उनी । त्यसैले सेवा सुविधाको माग गर्दै उनी सिंहदरबारलाई घचघच्याउन काठमाडौं आइपुगेका हुन् । ‘कार्यालय सहयोगी भएरै पूरै जीवन बित्यो तर रित्तो हात कामबाट बिदा लिनुपर्ने स्थिति छ । राज्यले हामीलाई उपेक्षा गर्‍यो,’ सिंहदरबारतर्फ उनी औँला तेर्सा...

सामाजिक संजालमा भाइरल सुरक्षा

सामाजिक संजालमा भाइरल सुरक्षा : मोहनी लागायो की मन्तर गरेर कपाल कोरेर साली भाटू संगई बसम पिरिम जोडेर सामाजिक संजालमा भाइरल बनिरहेको छ

Followers