Skip to main content

डोनाल्ड ट्रम्पले सी जिनपिङलाई किन चीलको मूर्ति (The bald eagle ) उपहार दिए ?

डोनाल्ड ट्रम्पले चिनियाँ राष्ट्रपति सी जिनपिङलाई किन दिए चीलको मूर्ति?  यसको प्रतीकात्मक अर्थ के हो? US President Donald Trump gifted Chinese President Xi Jinping a bald eagle statue because it is the official national symbol of the United States and represents America's "free and soaring spirit." अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ह्वाइट हाउसमा आयोजित राजकीय रात्रिभोजका क्रममा चिनियाँ राष्ट्रपति सी जिनपिङलाई उपहारस्वरूप अमेरिकी राष्ट्रिय प्रतीक बाल्ड इगल (Bald Eagle) को विशेष मूर्ति प्रदान गरेका छन्। करिब तीन फिट अग्लो उक्त मूर्ति अमेरिकाको राष्ट्रिय पहिचान, स्वतन्त्रता र गौरवको प्रतीकका रूपमा प्रस्तुत गरिएको थियो। 🦅 ट्रम्पले चीलको मूर्ति दिनुको कारण अमेरिकाको राष्ट्रिय प्रतीक: बाल्ड इगल उत्तर अमेरिकामा पाइने चरा हो। यो अमेरिकाको राष्ट्रिय प्रतीक हो र यसले अमेरिकी स्वतन्त्रता, शक्ति, गौरव तथा उचाइमा उड्ने स्वतन्त्र भावनाको प्रतिनिधित्व गर्छ। व्यक्तिगत सम्बन्धको झल्को: ट्रम्पका अनुसार उक्त मूर्ति एक अस...

२०८० सालको प्रभावशाली महिला मधेशकी एक्ली दलित वडाध्यक्ष शर्मिलादेवी राम

२०८० सालको प्रभावशाली महिला मधेशकी एक्ली दलित वडाध्यक्ष शर्मिलादेवी राम  


मधेशकी एक्ली दलित वडाध्यक्ष भनेर चिनिने सर्लाहीको बरहथवा नगरपालिका–१० की शर्मिलादेवी राम यो वर्ष प्रभावशाली महिलको सूचिमा परेकी छिन् । अनलाइनखबरको जुरीले १०० महिलाहरुमध्ये ५० जनालाई २०८० सालको प्रभावशाली महिलाको सूचिमा राखेको छ ।  

‘५० प्रभावशाली महिला’ को अन्तिम सूची तयार हुनुअघि अनलाइनखबरले काठमाडौंमा रहेको आफ्नो केन्द्रीय समाचार कक्ष र सातै प्रदेशका प्रदेश कार्यालयहरूबाट सम्भावित व्यक्तिहरूको नामावली सहितको सूची तयार गरेको थियो । अन्तिम नाम छनोट गर्ने जुरीमा राष्ट्रिय मानवअधिकार आयोगकी सदस्य लिली थापा संयोजक, त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक डा. मञ्चला झा,पत्रकार र फिल्मकर्मी रम्यता लिम्बू र अनलाइनखबरडटकमका प्रधानसम्पादक शिव गाउँले सदस्य थिए । ५० प्रभावशाली महिला’ को अन्तिम सूचीमा रहेकी शर्मिलादेवी राम बहुजन एकता पार्टीबाट विजयी भएकी हुन ।

वडाअध्यक्ष जित्नुअघि पनि उनी ६ वर्षदेखि समाजसेवामै थिइन् । राजनीतिसँगै समाजसेवामा सक्रिय रहेकी उनी आम समस्या बारे परिचित छन् । 

घरभित्र बुहारी र घर बाहिर जनप्रतिनिधिको भूमिकामा उभिनुपर्छ । घर–व्यवहार उनको बाध्यता हो, समाजसेवा रहर । उनले रहरले गर्ने काममा लगनशीलता देखाएकी छन्, आफ्ना मतदातालाई खुसी राख्ने कोसिस गरेकी छन् । उनको कामबाट उनी आफूभन्दा बढी वडावासी सन्तुष्ट छन् । ‘जतिबेला खोज्दा पनि हाम्रो काममा तयार रहनुहुन्छ । चाहिएको बेलामा हामीसँगै भइदिनु नै हाम्रा लागि खुसीको कुरा हो’, स्थानीय पुनिता यादव भन्छिन् ।

 शर्मिलाका लागि पनि आफ्नो व्यक्तिगत जीवन भन्नु नै वडावासीको सेवा हो । ‘मलाई जनताका काम गरेरै खुसी मिल्छ । कति गर्न सकेकी छु भन्ने अरूले मूल्यांकन गर्ने कुरा हो’ शर्मिला भन्छिन्, ‘मैले सक्ने जति गर्नुपर्छ भनेर लागिरहेकी हुन्छु । आपत्विपद् वा समस्यामा सक्ने सहयोग गर्न प्रयासरत रहन्छु । मलाई विश्वास गरी जिताउने जनताको लागि म अग्रसर त हुनैपर्‍यो नि !’  

उनले आफू निर्वाचित भएपछि पालिकाबाट वडाले पाएको पहिलो आर्थिक वर्ष २०७९/८० को  ४४ लाख रुपैयाँ बजेट उनले वडाको शिक्षा, स्वास्थ्य, कृषि र भौतिक पूर्वाधारमा खर्च गरेकी छन् । महेन्द्र रत्न माध्यमिक विद्यालय सीतापुरमा सरकारी जागिरमा नाम निकाल्न चाहनेका लागि उनले तीन महिने लोकसेवा कोचिङ सञ्चालन गराएकी थिइन् । बालबालिकालाई विद्यालय जान र पढ्नप्रति जागरुकता बढाउन ८०० वटा किताब बोक्ने झोला वितरण गरिन् । यस्ता सबै काम गर्न वडामा बजेट हुँदैन । उनी आफ्नो तलब भत्ता खर्च गरेर भए पनि शिक्षा क्षेत्रमा काम गरिरहेकी हुन्छिन् ।

वडाका किसनपुर र सीतापुर लगायत बस्तीमा विपन्न बालबालिकाका लागि उनले नियमित ट्युसन सञ्चालन गरेकी छन् । जहाँ करिब ३०० बालबालिका पढ्छन् । त्यसको खर्च सबै उनले आफ्नै तलबबाट व्यवस्था गरिदिएकी छन् । उनी आउने वर्षदेखि केही सामुदायिक विद्यालयमा अंग्रेजी माध्यमबाट पढाइ सुरु गराउने योजनामा छिन् । यसले आम मान्छेको सामुदायिक विद्यालयप्रति विश्वाससँगै गुणस्तर पनि बढ्ने शर्मिलाको बुझाइ छ । सिंचाइको समस्या रहेका क्षेत्रमा उनले ३४ वटा स्यालो ट्युवेल खेतमा जोडेकी छन् ।  

समुदायमा दलित त्यसमा पनि महिलामाथि हुने उत्पीडन चरम छ । उनले यी सबै चुनौतीलाई चिर्न सकेकी छन् । उनले त्यसलाई राजनीति र समाजसेवा मार्फत चिर्न सकेकी छु भन्ने बुझेकी छन् । महिला जागरणका लागि आवाज उठाउने उनले समानताका लागि मधेशी महिला आफूले लगाउने घुम्टोबाट बाहिर आउनुपर्छ भनेर अभियान चलाएकी थिइन् । घरको आर्थिक अवस्थाका कारण पढ्नबाट वञ्चित बालबालिकालाई विद्यालयसम्म पुर्‍याउन अभिभावकलाई परामर्श दिनेदेखि विपन्न परिवारलाई कापी–कलम समेतमा उनी सहयोग गर्छिन् । 

‘म महिला, त्यसमा पनि दलित । तल्लो जातकी छोरीलाई नमस्कार गर्नुपर्छ भन्ने संकीर्णता देखाउँछन् । केही राजनीतिक दलका व्यक्तिहरू मान्छेलाई उक्साउँछन्’ शर्मिला भन्छिन्, ‘जसरी मैले काम गरिरहेकी छु, भोलि गएर आफ्नो राजनीतिक भविष्य चौपट हुन्छ कि भन्ने चिन्ताले पनि उनीहरू कुनै कुनै काममा अड्चन हाल्छन् ।’

यद्यपि, समाजमा काम गर्ने क्रममा घरपरिवार र समाजबाट पाउने सहयोगले शर्मिलाको आत्मबल बढेको छ । आफू समाजसेवामै रहँदा पहिल्याएका समस्यालाई क्रमिक रूपमा समाधान गर्ने प्रयासमा उनको लगाव छ ।

तीन वर्षभित्र शिक्षा, स्वास्थ्य, कृषि, खानेपानी, सडकसँगै भौतिक पूर्वाधारको न्यूनतम समस्या हल गर्ने उनको लक्ष्य छ । यदि पूर्ण रूपमा समाधान गर्न नसके आगामी चुनावमा पुनः वडाअध्यक्ष दोहोर्‍याउने योजनामा छिन् शर्मिला ।

बुबाको प्रेरणा 

बुबा रामआश्रय राम नेकपा एमालेको स्थानीय कार्यकर्ता थिए । शर्मिला ५ वर्षकै हुँदा बुबा रामआश्रयको जनकपुरको एक आन्दोलनमा सहभागी हुन पुगेका बेला सवारी दुर्घटनामा परेर मृत्यु भयो । परिवारकी कान्छी छोरी ३४ वर्षीया शर्मिलाले आफ्नै बुबाको प्रेरणा पाएर सामाजिक कार्य थालेकी हुन् ।

गाउँकै मध्यमवर्गीय घरपरिवार, विवाह पछि पारिवारिक सदस्यहरू शिक्षित हुँदा उनी समाजसेवातिर लागिन् । दाजु भुपेन्द्र विज्ञान विषयका शिक्षक छन्, दिदी निर्मला मिथिला आर्टको काम गर्छिन् । शर्मिला १३ वर्षकै छँदा उनको विवाह रामनरेश रामसँग भयो । श्रीमान् रामनरेशको जोडबलमाा बिहेपछि नै उनले २०६५ मा एसएलसी पास गरिन् । खरिदारबाट सरकारी जगिरेमा प्रवेश रामनरेश अहिले मलंगवा नगरपालिकामा शाखा अधिकृत छन् ।

१५ वर्षकी छोरी र १३ वर्षका छोरा छन् । छोरी अनमिका कक्षा ७ र छोरा अनाम ६ मा पढ्छन् । शर्मिलाको संयुक्त परिवारमा देवरानी र सासूले घरको भार सम्हालेपछि उनलाई सामाजिक सेवामा लाग्न सहज भएको छ । घरपरिवारको सहयोगले समाजसेवासँगै राजनीतिमा उनी अब्बल बन्दै गइरहेको स्थानीयहरू बताउँछन् ।

श्रोत – शैलेन्द्र महतो


Comments

Popular posts from this blog

संयुक्त राष्ट्रसंघको ८१औँ महासभा (#UNGA81) मा परराष्ट्रमन्त्री माननीय शिशिर खनालको सम्बोधन

  Facebook Facebook Facebook Facebook Facebook Facebook Facebook Facebook Facebook Facebook Facebook Facebook Facebook Facebook Facebook Facebook Facebook Facebook Facebook Facebook Facebook Facebook Facebook Facebook Facebook Facebook Facebook Facebook Facebook Facebook Facebook Facebook Facebook संयुक्त राष्ट्रसंघको मुख्यालयमा आज आयोजित Climate Action and Just Transition सम्बन्धी उच्चस्तरीय बैठकलाई सम्बोधन गर्दै परराष्ट्रमन्त्री माननीय शिशिर खनालले जलवायु परिवर्तनसम्बन्धी प्रतिबद्धतालाई अब निर्णायक रूपमा कार्यान्वयनमा रूपान्तरण गर्न अन्तर्राष्ट्रिय समुदायलाई आग्रह गर्नुभएको छ नेपालमा हालै आएको विनाशकारी बाढीलाई ‘Himalayan Tsunami’ का रूपमा उल्लेख गर्दै मन्त्री खनालले उक्त विपद्बाट ५ अर्ब अमेरिकी डलरभन्दा बढीको क्षति भएको र यो नेपालको कुल गार्हस्थ्य उत्पादन (GDP) को करिब १५ प्रतिशत बराबर रहेको जानकारी गराउनुभयो। विश्वव्यापी हरितगृह ग्यास उत्सर्जनमा नेपालको योगदान ०.१ प्रतिशतभन्दा कम भए पनि जलवायु संकटका असमान र गम्भीर प्रभाव नेपालले भोगिरहेको उल्लेख गर्दै उहाँले यो केवल मानवीय संक...

सर्वोच्चले भन्यो ‘अन्य प्रमाणबाट पनि श्रीमान्–श्रीमतीको नाता पुष्टि हुन सक्छ’

सर्वोच्चले भन्यो– ‘अन्य प्रमाणबाट पनि नाता पुष्टि हुन सक्छ’ सर्वोच्च अदालतले श्रीमान्–श्रीमतीको नाता कायम गर्न विवाह दर्ताको प्रमाणपत्र बाध्यकारी नभएको व्याख्या गरेको छ। प्रमाणपत्र अनिवार्य र अपरिहार्य नहुने भन्दै सर्वोच्चले फैसलाको पूर्णपाठमा उल्लेख गरेको छ। आपसी सल्लाहमा मन्दिरमा गएर विवाह गरेका, त्यसपछि डेरा लिएर पतिपत्नीको रूपमा बसेका तर विवाह दर्तालगायत कुनै पनि प्रक्रिया पूरा नगरेको अवस्थामा समेत विवाहित मान्न मिल्ने फैसलाको पूर्णपाठमा उल्लेख छ।  एक किशोर–किशोरीको नाता सम्बन्ध विवादमा सर्वोच्च अदालतले ‘पतिपत्नीको रूपमा एकअर्कालाई स्वीकारेको अवस्थामा नाता प्रमाणित गर्न विवाह दर्ता अनिवार्य नहुने’ भनेको छ। ‘विधायिकाले कुनै कार्यबाट एक अर्कालाई पति–पत्नीको रूपमा स्वीकार गरेमा विवाह भएको मानिने भनी कानुनी आधार बनाएको थियो,’ सर्वोच्च अदालतले व्याख्यामा भनेको छ, ‘प्रत्यक्ष प्रमाणको अभाव भए पनि वैवाहिक सम्बन्ध देखिने अन्य सान्दर्भिक प्रमाण र परिस्थितिजन्य प्रमाणबाट निष्कर्षमा पुग्नुपर्ने हुन्छ।’ २०६४ सालमा विराटनगरस्थित मेट्रोपोलिस क्याम्पसमा उच्च तहको अध्ययन गरिरहेका बेला सुनसरीकी ...

डोनाल्ड ट्रम्पले सी जिनपिङलाई किन चीलको मूर्ति (The bald eagle ) उपहार दिए ?

डोनाल्ड ट्रम्पले चिनियाँ राष्ट्रपति सी जिनपिङलाई किन दिए चीलको मूर्ति?  यसको प्रतीकात्मक अर्थ के हो? US President Donald Trump gifted Chinese President Xi Jinping a bald eagle statue because it is the official national symbol of the United States and represents America's "free and soaring spirit." अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ह्वाइट हाउसमा आयोजित राजकीय रात्रिभोजका क्रममा चिनियाँ राष्ट्रपति सी जिनपिङलाई उपहारस्वरूप अमेरिकी राष्ट्रिय प्रतीक बाल्ड इगल (Bald Eagle) को विशेष मूर्ति प्रदान गरेका छन्। करिब तीन फिट अग्लो उक्त मूर्ति अमेरिकाको राष्ट्रिय पहिचान, स्वतन्त्रता र गौरवको प्रतीकका रूपमा प्रस्तुत गरिएको थियो। 🦅 ट्रम्पले चीलको मूर्ति दिनुको कारण अमेरिकाको राष्ट्रिय प्रतीक: बाल्ड इगल उत्तर अमेरिकामा पाइने चरा हो। यो अमेरिकाको राष्ट्रिय प्रतीक हो र यसले अमेरिकी स्वतन्त्रता, शक्ति, गौरव तथा उचाइमा उड्ने स्वतन्त्र भावनाको प्रतिनिधित्व गर्छ। व्यक्तिगत सम्बन्धको झल्को: ट्रम्पका अनुसार उक्त मूर्ति एक अस...

Proposal for Thesis

 १. शोध शीर्षक  अध्ययन गर्न गइरहेको प्रस्तावित शोधपत्रको शीर्षक कक्षा ८ मा अध्ययनरत सर्लाही जिल्लाका सामुदायिक विद्यालयका अध्ययनरत तामाङ विद्यार्थीहरूको सस्वरपठन सीप अवस्थाको एक अध्ययन” रहने छ ।  २. शोधको प्रयोजन प्रस्तावित शोधपत्र त्रिभुवन विश्वविद्यालय शिक्षाशास्त्र सङ्काय, नेपाली भाषा शिक्षा विभागअन्तर्गत स्नातकोत्तर तह नेपाली दोस्रो वर्षको पाठ्यांश ५९८ को उद्देश्य पूरा गर्ने प्रयोजनका निमित्त रहने छ ।  ३. समस्था कथन  भाषा सञ्चार आदनप्रदान गर्ने मुख्य माध्यम हो । भाषाको विकासले नै वालबालिकाको सिकाइ क्षमतामा बृद्धि ल्याउँछ । भाषा विकासमा सुनाइ, बोलाइ, पढाइ र लेखाइ गरी चारवटा सीप विकास हुनु जरुरी हुन्छ । नेपालको सन्दर्भमा नेपाली भाषाको विकासलाई मुख्य जोड दिई सानै कक्षादेखि नै नेपाली भाषाको विषयलाई अनिवार्य गराइ पठनपाठन हुँदै आइरहेको छ । भाषाको विकासमा विभिन्न तत्वहरुले प्रभाव पार्दछ जसका कारणले भाषामा त्रुटि हुने गर्दछ ।  कुनै पनि भाषा सिकाइका क्रममा त्रुटि हुनुलाई स्वाभाविक प्रक्रिया मानिन्छ । त्रुटिले भाषा सिकाइमा सिकाइको प्रकृति तथा प्रवृत्...

Contact form

Name

Email *

Message *

Translate

Follow us:
facebook sharing button
twitter sharing button
instagram sharing button
youtube sharing button
messenger sharing button
blogger sharing button

Life Post

5/block/Health Beauty