Skip to main content

डोनाल्ड ट्रम्पले सी जिनपिङलाई किन चीलको मूर्ति (The bald eagle ) उपहार दिए ?

Simple Polls डोनाल्ड ट्रम्पले चिनियाँ राष्ट्रपति सी जिनपिङलाई किन दिए चीलको मूर्ति?  यसको प्रतीकात्मक अर्थ के हो? Like or Dislike US President Donald Trump gifted Chinese President Xi Jinping a bald eagle statue because it is the official national symbol of the United States and represents America's "free and soaring spirit." अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ह्वाइट हाउसमा आयोजित राजकीय रात्रिभोजका क्रममा चिनियाँ राष्ट्रपति सी जिनपिङलाई उपहारस्वरूप अमेरिकी राष्ट्रिय प्रतीक बाल्ड इगल (Bald Eagle) को विशेष मूर्ति प्रदान गरेका छन्। करिब तीन फिट अग्लो उक्त मूर्ति अमेरिकाको राष्ट्रिय पहिचान, स्वतन्त्रता र गौरवको प्रतीकका रूपमा प्रस्तुत गरिएको थियो। 🦅 ट्रम्पले चीलको मूर्ति दिनुको कारण अमेरिकाको राष्ट्रिय प्रतीक: बाल्ड इगल उत्तर अमेरिकामा पाइने चरा हो। यो अमेरिकाको राष्ट्रिय प्रतीक हो र यसले अमेरिकी स्वतन्त्रता, शक्ति, गौरव तथा उचाइमा उड्ने स्वतन्त्र भावनाको प्रतिनिधि...

२०८० सालको प्रभावशाली महिला मधेशकी एक्ली दलित वडाध्यक्ष शर्मिलादेवी राम

२०८० सालको प्रभावशाली महिला मधेशकी एक्ली दलित वडाध्यक्ष शर्मिलादेवी राम  


मधेशकी एक्ली दलित वडाध्यक्ष भनेर चिनिने सर्लाहीको बरहथवा नगरपालिका–१० की शर्मिलादेवी राम यो वर्ष प्रभावशाली महिलको सूचिमा परेकी छिन् । अनलाइनखबरको जुरीले १०० महिलाहरुमध्ये ५० जनालाई २०८० सालको प्रभावशाली महिलाको सूचिमा राखेको छ ।  

‘५० प्रभावशाली महिला’ को अन्तिम सूची तयार हुनुअघि अनलाइनखबरले काठमाडौंमा रहेको आफ्नो केन्द्रीय समाचार कक्ष र सातै प्रदेशका प्रदेश कार्यालयहरूबाट सम्भावित व्यक्तिहरूको नामावली सहितको सूची तयार गरेको थियो । अन्तिम नाम छनोट गर्ने जुरीमा राष्ट्रिय मानवअधिकार आयोगकी सदस्य लिली थापा संयोजक, त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक डा. मञ्चला झा,पत्रकार र फिल्मकर्मी रम्यता लिम्बू र अनलाइनखबरडटकमका प्रधानसम्पादक शिव गाउँले सदस्य थिए । ५० प्रभावशाली महिला’ को अन्तिम सूचीमा रहेकी शर्मिलादेवी राम बहुजन एकता पार्टीबाट विजयी भएकी हुन ।

वडाअध्यक्ष जित्नुअघि पनि उनी ६ वर्षदेखि समाजसेवामै थिइन् । राजनीतिसँगै समाजसेवामा सक्रिय रहेकी उनी आम समस्या बारे परिचित छन् । 

घरभित्र बुहारी र घर बाहिर जनप्रतिनिधिको भूमिकामा उभिनुपर्छ । घर–व्यवहार उनको बाध्यता हो, समाजसेवा रहर । उनले रहरले गर्ने काममा लगनशीलता देखाएकी छन्, आफ्ना मतदातालाई खुसी राख्ने कोसिस गरेकी छन् । उनको कामबाट उनी आफूभन्दा बढी वडावासी सन्तुष्ट छन् । ‘जतिबेला खोज्दा पनि हाम्रो काममा तयार रहनुहुन्छ । चाहिएको बेलामा हामीसँगै भइदिनु नै हाम्रा लागि खुसीको कुरा हो’, स्थानीय पुनिता यादव भन्छिन् ।

 शर्मिलाका लागि पनि आफ्नो व्यक्तिगत जीवन भन्नु नै वडावासीको सेवा हो । ‘मलाई जनताका काम गरेरै खुसी मिल्छ । कति गर्न सकेकी छु भन्ने अरूले मूल्यांकन गर्ने कुरा हो’ शर्मिला भन्छिन्, ‘मैले सक्ने जति गर्नुपर्छ भनेर लागिरहेकी हुन्छु । आपत्विपद् वा समस्यामा सक्ने सहयोग गर्न प्रयासरत रहन्छु । मलाई विश्वास गरी जिताउने जनताको लागि म अग्रसर त हुनैपर्‍यो नि !’  

उनले आफू निर्वाचित भएपछि पालिकाबाट वडाले पाएको पहिलो आर्थिक वर्ष २०७९/८० को  ४४ लाख रुपैयाँ बजेट उनले वडाको शिक्षा, स्वास्थ्य, कृषि र भौतिक पूर्वाधारमा खर्च गरेकी छन् । महेन्द्र रत्न माध्यमिक विद्यालय सीतापुरमा सरकारी जागिरमा नाम निकाल्न चाहनेका लागि उनले तीन महिने लोकसेवा कोचिङ सञ्चालन गराएकी थिइन् । बालबालिकालाई विद्यालय जान र पढ्नप्रति जागरुकता बढाउन ८०० वटा किताब बोक्ने झोला वितरण गरिन् । यस्ता सबै काम गर्न वडामा बजेट हुँदैन । उनी आफ्नो तलब भत्ता खर्च गरेर भए पनि शिक्षा क्षेत्रमा काम गरिरहेकी हुन्छिन् ।

वडाका किसनपुर र सीतापुर लगायत बस्तीमा विपन्न बालबालिकाका लागि उनले नियमित ट्युसन सञ्चालन गरेकी छन् । जहाँ करिब ३०० बालबालिका पढ्छन् । त्यसको खर्च सबै उनले आफ्नै तलबबाट व्यवस्था गरिदिएकी छन् । उनी आउने वर्षदेखि केही सामुदायिक विद्यालयमा अंग्रेजी माध्यमबाट पढाइ सुरु गराउने योजनामा छिन् । यसले आम मान्छेको सामुदायिक विद्यालयप्रति विश्वाससँगै गुणस्तर पनि बढ्ने शर्मिलाको बुझाइ छ । सिंचाइको समस्या रहेका क्षेत्रमा उनले ३४ वटा स्यालो ट्युवेल खेतमा जोडेकी छन् ।  

समुदायमा दलित त्यसमा पनि महिलामाथि हुने उत्पीडन चरम छ । उनले यी सबै चुनौतीलाई चिर्न सकेकी छन् । उनले त्यसलाई राजनीति र समाजसेवा मार्फत चिर्न सकेकी छु भन्ने बुझेकी छन् । महिला जागरणका लागि आवाज उठाउने उनले समानताका लागि मधेशी महिला आफूले लगाउने घुम्टोबाट बाहिर आउनुपर्छ भनेर अभियान चलाएकी थिइन् । घरको आर्थिक अवस्थाका कारण पढ्नबाट वञ्चित बालबालिकालाई विद्यालयसम्म पुर्‍याउन अभिभावकलाई परामर्श दिनेदेखि विपन्न परिवारलाई कापी–कलम समेतमा उनी सहयोग गर्छिन् । 

‘म महिला, त्यसमा पनि दलित । तल्लो जातकी छोरीलाई नमस्कार गर्नुपर्छ भन्ने संकीर्णता देखाउँछन् । केही राजनीतिक दलका व्यक्तिहरू मान्छेलाई उक्साउँछन्’ शर्मिला भन्छिन्, ‘जसरी मैले काम गरिरहेकी छु, भोलि गएर आफ्नो राजनीतिक भविष्य चौपट हुन्छ कि भन्ने चिन्ताले पनि उनीहरू कुनै कुनै काममा अड्चन हाल्छन् ।’

यद्यपि, समाजमा काम गर्ने क्रममा घरपरिवार र समाजबाट पाउने सहयोगले शर्मिलाको आत्मबल बढेको छ । आफू समाजसेवामै रहँदा पहिल्याएका समस्यालाई क्रमिक रूपमा समाधान गर्ने प्रयासमा उनको लगाव छ ।

तीन वर्षभित्र शिक्षा, स्वास्थ्य, कृषि, खानेपानी, सडकसँगै भौतिक पूर्वाधारको न्यूनतम समस्या हल गर्ने उनको लक्ष्य छ । यदि पूर्ण रूपमा समाधान गर्न नसके आगामी चुनावमा पुनः वडाअध्यक्ष दोहोर्‍याउने योजनामा छिन् शर्मिला ।

बुबाको प्रेरणा 

बुबा रामआश्रय राम नेकपा एमालेको स्थानीय कार्यकर्ता थिए । शर्मिला ५ वर्षकै हुँदा बुबा रामआश्रयको जनकपुरको एक आन्दोलनमा सहभागी हुन पुगेका बेला सवारी दुर्घटनामा परेर मृत्यु भयो । परिवारकी कान्छी छोरी ३४ वर्षीया शर्मिलाले आफ्नै बुबाको प्रेरणा पाएर सामाजिक कार्य थालेकी हुन् ।

गाउँकै मध्यमवर्गीय घरपरिवार, विवाह पछि पारिवारिक सदस्यहरू शिक्षित हुँदा उनी समाजसेवातिर लागिन् । दाजु भुपेन्द्र विज्ञान विषयका शिक्षक छन्, दिदी निर्मला मिथिला आर्टको काम गर्छिन् । शर्मिला १३ वर्षकै छँदा उनको विवाह रामनरेश रामसँग भयो । श्रीमान् रामनरेशको जोडबलमाा बिहेपछि नै उनले २०६५ मा एसएलसी पास गरिन् । खरिदारबाट सरकारी जगिरेमा प्रवेश रामनरेश अहिले मलंगवा नगरपालिकामा शाखा अधिकृत छन् ।

१५ वर्षकी छोरी र १३ वर्षका छोरा छन् । छोरी अनमिका कक्षा ७ र छोरा अनाम ६ मा पढ्छन् । शर्मिलाको संयुक्त परिवारमा देवरानी र सासूले घरको भार सम्हालेपछि उनलाई सामाजिक सेवामा लाग्न सहज भएको छ । घरपरिवारको सहयोगले समाजसेवासँगै राजनीतिमा उनी अब्बल बन्दै गइरहेको स्थानीयहरू बताउँछन् ।

श्रोत – शैलेन्द्र महतो


Comments

Popular posts from this blog

रित्तो हात लिएर जागरिबाट अवकाश पाएका

    रित्तो हात लिएर जागरिबाट अवकाश पाएका धनबहादुर केसी पटकपटक थमैतीमा परेका सर्लाहीको लालबन्दी नगरपालिका-१६ स्थित श्री डिम जनता माध्यमिक विद्यालयका कार्यालय सहयोगी मात्र हुन्, ६२ वर्षीय धनबहादुर केसी । यतिबेला उनी विद्यालयमा हुनुपर्ने हो । तर, एक सातादेखि काठमाडौंको माइतीघर मण्डलामा तातो घाममा धर्नामा छन् । ०३५ सालदेखि कार्यालय सहयोगीका रूपमा काम गरेका धनबहादुरले न धन कमाउन सके, न जागिरको ग्यारेन्टी नै भयो । उल्टै पटक-पटक उनी विद्यालयबाट अवकास पाए । अदालतको आदेशमा थमौती गर्दै बस्दै गरेर उनले ४३ वर्ष काम गरे । सुरुवाती चरणका तीन महिना त उनले निःशुल्क काम गरे । त्यसपछि महिनाको २५ रुपैयाँ पाउन थाले । हाल उनले महिनाको १५ हजार पाउँछन् । तर, उनको जागिर स्थायी भएन । हाल जागरिबाट अवकाश हुनेबेला भयो उनको । तर, रित्तो हात फर्कनु पर्ने बाध्यता सुनाउँछन् उनी । त्यसैले सेवा सुविधाको माग गर्दै उनी सिंहदरबारलाई घचघच्याउन काठमाडौं आइपुगेका हुन् । ‘कार्यालय सहयोगी भएरै पूरै जीवन बित्यो तर रित्तो हात कामबाट बिदा लिनुपर्ने स्थिति छ । राज्यले हामीलाई उपेक्षा गर्‍यो,’ सिंहदरबारतर्फ उनी औँला तेर्सा...

नागरिकहरूको राय-सुझावहरू सिधै प्रधानमन्त्रीको सचिवालयसम्म

 शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय - नेपाल प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले आगामी आर्थिक वर्षको नीति, कार्यक्रम तथा बजेट तर्जुमा गर्ने प्रक्रियामा आम नागरिकको प्रत्यक्ष सहभागिता सुनिश्चित गर्न 'सुझाव संकलन पोर्टल' सञ्चालनमा ल्याएको छ। आगामी सोमबार सार्वजनिक हुने नीति तथा कार्यक्रममा जनताका वास्तविक आवश्यकता र मौलिक अपेक्षाहरूलाई समेट्दै शासन व्यवस्थालाई थप पारदर्शी र जनमुखी बनाउने उद्देश्यले यो डिजिटल प्लेटफर्मको सुरुवात गरिएको हो।  यस पोर्टलका माध्यमबाट देश-विदेशमा रहनुभएका सम्पूर्ण नेपाली नागरिक, विषयविज्ञ र नीति निर्माताहरूले बजेट निर्माण र विकासका प्राथमिकताका सम्बन्धमा आफ्ना महत्वपूर्ण राय-सुझावहरू सिधै सरकारसमक्ष पेश गर्न सक्नुहुनेछ। प्रेस तथा अनुसन्धान विज्ञ दीपा दाहालका अनुसार सरकारको नीति निर्माण प्रक्रियालाई प्रशासनिक घेरामा मात्र सीमित नराखी आम जनताको भावना र विज्ञतालाई कदर गर्ने प्रधानमन्त्रीज्यूको मुख्य योजना अनुरूप यो कदम चालिएको हो। दाहालले यो पोर्टलले नागरिक र राज्यबीचको दूरी मेटाउँदै सुशासनको नयाँ अभ्यास स्थापित गर्ने र प्राप्त भएका सुझावहरूलाई...

सामाजिक सञ्जालमा Deepfake र Black PR को बढ्दो खतरा ! विशेषगरी युवा पुस्ता र बालबालिका बढी प्रभावित

⚠️ संवेदनशील सामग्री चेतावनी (Sensitive Content Warning): यस पोस्टमा डिजिटल अपराध, नक्कली सामग्री (Deepfake), चरित्र हत्या, र साइबर दुर्व्यवहारका घटनाहरूको चर्चा गरिएको छ। यसले केही पाठकहरूमा असहजता, चिन्ता, वा पीडादायी सम्झनाहरू जगाउन सक्छ। कृपया विवेकपूर्वक पढ्नुहोला। यदि तपाईं यस्तो कुनै घटनाको पीडित हुनुहुन्छ भने, पोस्टको अन्त्यमा उल्लेखित सहायताका उपायहरू उपयोगी हुन सक्छन्। सामाजिक सञ्जालमा Deepfake र Black PR को बढ्दो खतरा डिजिटल युगको नयाँ चुनौती जब म मोबाइल स्क्रोल गर्छु, मेरो Facebook, TikTok, YouTube Shorts र रिलहरूमा अनावश्यक फोटो, भिडियो र स्टाटसहरू आइरहन्छन्। आफूलाई मनपर्ने नेता वा चर्चित व्यक्तिको नाम र फोटो प्रयोग गरिएको उस्तै नक्कली आईडीबाट अचम्म लाग्ने स्टाटस पोस्ट गरिएको देखिन्छ। कतै कसैको चरित्र हत्या गर्ने edited तस्वीर हुन्छ, कतै अपमानजनक भिडियो, कतै भ्रामक समाचार। आज सामाजिक सञ्जालमा यस्ता सामग्री यति धेरै देखिन थालेका छन् कि सत्य र झुट छुट्याउनै कठिन हुने अवस्था सिर्जना भएको छ। Artificial Intelligence (AI) का नयाँ उपकरणहरूको प्र...

संयुक्त राष्ट्रसंघको ८१औँ महासभा (#UNGA81) मा परराष्ट्रमन्त्री माननीय शिशिर खनालको सम्बोधन

  Like or Dislike Facebook Facebook Facebook Facebook Facebook Facebook Facebook Facebook Facebook Facebook Facebook Facebook Facebook Facebook Facebook Facebook Facebook Facebook Facebook Facebook Facebook Facebook Facebook Facebook Facebook Facebook Facebook Facebook Facebook Facebook Facebook Facebook Facebook संयुक्त राष्ट्रसंघको मुख्यालयमा आज आयोजित Climate Action and Just Transition सम्बन्धी उच्चस्तरीय बैठकलाई सम्बोधन गर्दै परराष्ट्रमन्त्री माननीय शिशिर खनालले जलवायु परिवर्तनसम्बन्धी प्रतिबद्धतालाई अब निर्णायक रूपमा कार्यान्वयनमा रूपान्तरण गर्न अन्तर्राष्ट्रिय समुदायलाई आग्रह गर्नुभएको छ नेपालमा हालै आएको विनाशकारी बाढीलाई ‘Himalayan Tsunami’ का रूपमा उल्लेख गर्दै मन्त्री खनालले उक्त विपद्बाट ५ अर्ब अमेरिकी डलरभन्दा बढीको क्षति भएको र यो नेपालको कुल गार्हस्थ्य उत्पादन (GDP) को करिब १५ प्रतिशत बराबर रहेको जानकारी गराउनुभयो। विश्वव्यापी हरितगृह ग्यास उत्सर्जनमा नेपालको योगदान ०.१ प्रतिशतभन्दा कम भए पनि जलवायु संकटका असमान र गम्भीर प्...

Contact form

Name

Email *

Message *

Translate

Follow us:
facebook sharing button
twitter sharing button
instagram sharing button
youtube sharing button
messenger sharing button
blogger sharing button

Life Post

5/block/Health Beauty