संविधान विपरीत सरकार नै असुल्छ विद्यार्थीबाट पैसा News Summary Generated by OK AI. Editorially reviewed. सरकारले विद्यार्थीबाट उठाइरहेको शुल्क गैरकानूनी रहेको शिक्षा क्षेत्रका सरोकारवाला एवं विज्ञहरूको जिकिर छ । विद्यालय सञ्चालनको लागि कुनै न कुनै रूपमा शुल्क लिन बाध्य भएको प्रधानाध्यापकहरू स्वीकार्छन् । महालेखा परीक्षकको कार्यालयले विद्यार्थीबाट विभिन्न शीर्षकमा लिइरहेको शुल्कबारे प्रश्न उठाएको छ । ३० जेठ, काठमाडौं । सानोठिमीस्थित परीक्षा नियन्त्रण कार्यालयको कम्पाउण्डमा प्रत्येक दिन विद्यार्थीको लामो लाइन लाग्छ । बिहान १० नबज्दै लामबद्ध भएका विद्यार्थी कोही प्रमाणपत्र बनाउन, कोही हराएको प्रमाणपत्रको प्रतिलिपि लिन त्यहाँ पुगेका हुन् । त्यही लाइनमा थिए, बाराबाट आएका सुरेश सुनार । उनले भने, ‘एसईईको मूल प्रमाणपत्र हराएपछि प्रतिलिपि लिन आएको हुँ । ५०० रुपैयाँ शुल्क तिरें ।’ काठमाडौं कपनबाट प्रमाणपत्र प्रमाणीकरण गर्न गएकी निरुमाया श्रेष्ठले पनि १ हजार रुपैयाँ राजस्व बुझाइन् । प्रमाणपत्र सच्याउन सल्यानबाट आएका कमल चन्दले पनि ५०० राजस्व बुझाए । ‘शुल्क लाग्छ भनेपछि तिर्नै पर्यो नि’ उनी...
राष्ट्रियसभामा युवा माओवादीलाई लैजान लबिङ् Source : Drishti News https://www.drishtinews.com/ काठमाडौं । माघ ११ गते राष्ट्रियसभा सदस्य निर्वाचन हुँदै छ । यसअघिका सदस्यहरूको समय सकिएपछि नयाँ सदस्यका लागि निर्वाचन हुन लागेको हो । यसअघि निर्वाचित २१ र मनोनीत १ जनाको समय सकिँदै छ । त्यसैले माघ ११ मा २० जना सदस्यका लागि निर्वाचन हुँदै छ । बाँकी १ सदस्य राष्ट्रपतिबाट मनोनीत हुने छन् । राष्ट्रियसभा सदस्यको निर्वाचन हुने भएपछि राजनीतिक दलहरू उम्मेदवार चयनका क्रममा छन् । यस कार्यमा नेपाली कांग्रेस अग्रस्थानमा छ । प्रदेशहरूबाट उम्मेदवारको सिफारिस माग्दै गठबन्धन दलबिच निर्वाचनमा गठबन्धन गर्ने निर्णय गरिसकेको छ । कांग्रेसले प्रक्रिया अघि बढाइसके पनि गठबन्धनका अन्य दल र प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले भने यस विषयमा ठोस निर्णय गरिसकेको छैन । तर, सबै दलले आन्तरिक तयारी भने थालेका छन् । राष्ट्रियसभा सदस्य निर्वाचनको तयारी बढेसँगै नेकपा माओवादी केन्द्रमा भने युवालाई अवसर दिइनुपर्ने माग बढेको छ । त्यसमा पनि युवा–विद्यार्थीको नाम ...