Skip to main content

यी हुन् च्याट जिपिटीसँग शेयर गर्न नहुने कुराहरू

  यी हुन् च्याट जिपिटीसँग शेयर गर्न नहुने कुराहरू एआई प्रयोग गर्दा गोपनीयता र सुरक्षामा किन ध्यान दिनुपर्छ ? प्रविधिको तीव्र विकाससँगै कृत्रिम बुद्धिमत्ता अर्थात् एआई (Artificial Intelligence) आधारित सेवाहरूको प्रयोग विश्वभर तीव्र रूपमा बढिरहेको छ। आजकल विद्यार्थी, शिक्षक, पत्रकार, व्यवसायी तथा सामान्य प्रयोगकर्ताले समेत विभिन्न कामका लागि एआई प्रयोग गर्न थालेका छन्। त्यसमध्ये सबैभन्दा चर्चित एआई च्याटबटमध्ये एक हो च्याट जिपिटी। च्याट जिपिटीले प्रश्नको उत्तर दिन, लेख लेख्न, योजना बनाउन, अनुवाद गर्न, अध्ययनमा सहयोग गर्न तथा विभिन्न जानकारी उपलब्ध गराउन मद्दत गर्छ। यसले कामलाई छिटो, सजिलो र प्रभावकारी बनाउन सहयोग गरे पनि प्रयोगकर्ताको गोपनीयता तथा सुरक्षाको विषयमा सधैं सचेत रहन आवश्यक हुन्छ। विशेषज्ञहरूका अनुसार एआई अत्यन्त उपयोगी भए पनि यसमा संवेदनशील तथा गोप्य जानकारी शेयर गर्दा जोखिम उत्पन्न हुन सक्छ। त्यसैले च्याट जिपिटीसँग कुन प्रकारका जानकारी शेयर गर्नु हुँदैन भन्ने कुरा बुझ्नु अत्यन्त आवश्यक छ। च्याट जिपिटी : शक्तिशाली प्रविधि तर पूर्ण सुरक्षा होइन ओपन एआईद्वारा विकास गरिएको च...

छुटेका नागरिकता र पासपोर्टको चाङ (नाम सहित)

 Edukhabar

विहीबार, १२ पुस २०८०
गतिविधि

शिक्षाको कार्यालयमा छुटेका नागरिकता र पासपोर्टको चाङ (नाम सहित)

चाङ लगाएर राखेको नागरिकता, पासपोर्टमा भएको नाम र ठेगाना शाखाको अनुमतिमा उतारेका छौं ।

 
 विहीबार, १२ पुस २०८०
6Shares
facebook sharing button
twitter sharing button
whatsapp sharing button
sharethis sharing button

भक्तपुर - विदेश अध्ययनको अनुमति लिन सानोठिमी पुगेका युवायुवतीले छाडेको नागरिकता र राहदानीको चाङ बढ्दै गए पनि खोज्न आउनेको संख्या शुन्य छ । 

शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयको वैदेशिक अध्ययन अनुमति शाखामा सेवा लिन गएका युवायुवतीले अनुमति लिनको लागि सक्कली कागज देखाएकै ठाउँमा छाडेर हिँड्ने गरेका छन् । पछिल्लो केही महिना यता शाखामा थुप्रिएको नागरिकता र पासपोर्टको संख्या बढेको छ । 

शाखामा थुप्रिएको नागरिकता र पासपोर्ट कसको हो ? भनेर एडुखबरले केलाएको छ । शाखाका एउटा कोठाको दराजमा चाङ लगाएर राखेको चाङमा एक सय तीन जनाको नागरिकता र १६ जनाको पासपोर्ट छ । 

citizenshippassport
‘सक्कली कागज देखाए पछि एनओसीको काम पुरा हुन्छ’ शाखा प्रमुख शान्तिराम पौडेलले भने ‘एनओसी पाएको खुसीमा नागरिकता, पासपोर्ट र अरु कागजपत्र छाडेर जाने गरेका छन् । तर, खोज्न फर्केर आउँदैनन् ।’ 

यसरी छाडेको नागरिकता, पासपोर्ट, एटिएम कार्ड, मतदाता परिचयपत्र, शैक्षिक प्रमाणपत्र सुरक्षित राखेको उनले बताए । दराजमा चाङ लगाएर राखेको नागरिकता, पासपोर्टमा भएको नाम र ठेगाना शाखाको अनुमतिमा हामीले उतारेका छौं । यसको उद्देश्य एउटै हो – नागरिकता, पासपोर्ट जस्ता अति महत्वपूर्ण कागजात हराएपछि व्यक्तिले भोग्नु पर्ने हैरानीबाट उन्मुक्ति मिलोस् !

हेर्नुहोस् ककसका कागजात छुटेका छन् :

6Shares
facebook sharing button
twitter sharing button
whatsapp sharing button
sharethis sharing button

प्रतिक्रिया

Comments

Contact form

Name

Email *

Message *

Translate

Follow us:
facebook sharing button
twitter sharing button
instagram sharing button
youtube sharing button
messenger sharing button
blogger sharing button

Life Post

5/block/Health Beauty