Skip to main content

संविधान विपरीत सरकार नै असुल्छ विद्यार्थीबाट पैसा

  संविधान विपरीत सरकार नै असुल्छ विद्यार्थीबाट पैसा News Summary Generated by OK AI. Editorially reviewed. सरकारले विद्यार्थीबाट उठाइरहेको शुल्क गैरकानूनी रहेको शिक्षा क्षेत्रका सरोकारवाला एवं विज्ञहरूको जिकिर छ । विद्यालय सञ्चालनको लागि कुनै न कुनै रूपमा शुल्क लिन बाध्य भएको प्रधानाध्यापकहरू स्वीकार्छन् । महालेखा परीक्षकको कार्यालयले विद्यार्थीबाट विभिन्न शीर्षकमा लिइरहेको शुल्कबारे प्रश्न उठाएको छ । ३० जेठ, काठमाडौं । सानोठिमीस्थित परीक्षा नियन्त्रण कार्यालयको कम्पाउण्डमा प्रत्येक दिन विद्यार्थीको लामो लाइन लाग्छ । बिहान १० नबज्दै लामबद्ध भएका विद्यार्थी कोही प्रमाणपत्र बनाउन, कोही हराएको प्रमाणपत्रको प्रतिलिपि लिन त्यहाँ पुगेका हुन् । त्यही लाइनमा थिए, बाराबाट आएका सुरेश सुनार । उनले भने, ‘एसईईको मूल प्रमाणपत्र हराएपछि प्रतिलिपि लिन आएको हुँ । ५०० रुपैयाँ शुल्क तिरें ।’ काठमाडौं कपनबाट प्रमाणपत्र प्रमाणीकरण गर्न गएकी निरुमाया श्रेष्ठले पनि १ हजार रुपैयाँ राजस्व बुझाइन् । प्रमाणपत्र सच्याउन सल्यानबाट आएका कमल चन्दले पनि ५०० राजस्व बुझाए । ‘शुल्क लाग्छ भनेपछि तिर्नै पर्‍यो नि’ उनी...

छुटेका नागरिकता र पासपोर्टको चाङ (नाम सहित)

 Edukhabar

विहीबार, १२ पुस २०८०
गतिविधि

शिक्षाको कार्यालयमा छुटेका नागरिकता र पासपोर्टको चाङ (नाम सहित)

चाङ लगाएर राखेको नागरिकता, पासपोर्टमा भएको नाम र ठेगाना शाखाको अनुमतिमा उतारेका छौं ।

 
 विहीबार, १२ पुस २०८०
6Shares
facebook sharing button
twitter sharing button
whatsapp sharing button
sharethis sharing button

भक्तपुर - विदेश अध्ययनको अनुमति लिन सानोठिमी पुगेका युवायुवतीले छाडेको नागरिकता र राहदानीको चाङ बढ्दै गए पनि खोज्न आउनेको संख्या शुन्य छ । 

शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयको वैदेशिक अध्ययन अनुमति शाखामा सेवा लिन गएका युवायुवतीले अनुमति लिनको लागि सक्कली कागज देखाएकै ठाउँमा छाडेर हिँड्ने गरेका छन् । पछिल्लो केही महिना यता शाखामा थुप्रिएको नागरिकता र पासपोर्टको संख्या बढेको छ । 

शाखामा थुप्रिएको नागरिकता र पासपोर्ट कसको हो ? भनेर एडुखबरले केलाएको छ । शाखाका एउटा कोठाको दराजमा चाङ लगाएर राखेको चाङमा एक सय तीन जनाको नागरिकता र १६ जनाको पासपोर्ट छ । 

citizenshippassport
‘सक्कली कागज देखाए पछि एनओसीको काम पुरा हुन्छ’ शाखा प्रमुख शान्तिराम पौडेलले भने ‘एनओसी पाएको खुसीमा नागरिकता, पासपोर्ट र अरु कागजपत्र छाडेर जाने गरेका छन् । तर, खोज्न फर्केर आउँदैनन् ।’ 

यसरी छाडेको नागरिकता, पासपोर्ट, एटिएम कार्ड, मतदाता परिचयपत्र, शैक्षिक प्रमाणपत्र सुरक्षित राखेको उनले बताए । दराजमा चाङ लगाएर राखेको नागरिकता, पासपोर्टमा भएको नाम र ठेगाना शाखाको अनुमतिमा हामीले उतारेका छौं । यसको उद्देश्य एउटै हो – नागरिकता, पासपोर्ट जस्ता अति महत्वपूर्ण कागजात हराएपछि व्यक्तिले भोग्नु पर्ने हैरानीबाट उन्मुक्ति मिलोस् !

हेर्नुहोस् ककसका कागजात छुटेका छन् :

6Shares
facebook sharing button
twitter sharing button
whatsapp sharing button
sharethis sharing button

प्रतिक्रिया

Comments

Popular posts from this blog

संविधान विपरीत सरकार नै असुल्छ विद्यार्थीबाट पैसा

  संविधान विपरीत सरकार नै असुल्छ विद्यार्थीबाट पैसा News Summary Generated by OK AI. Editorially reviewed. सरकारले विद्यार्थीबाट उठाइरहेको शुल्क गैरकानूनी रहेको शिक्षा क्षेत्रका सरोकारवाला एवं विज्ञहरूको जिकिर छ । विद्यालय सञ्चालनको लागि कुनै न कुनै रूपमा शुल्क लिन बाध्य भएको प्रधानाध्यापकहरू स्वीकार्छन् । महालेखा परीक्षकको कार्यालयले विद्यार्थीबाट विभिन्न शीर्षकमा लिइरहेको शुल्कबारे प्रश्न उठाएको छ । ३० जेठ, काठमाडौं । सानोठिमीस्थित परीक्षा नियन्त्रण कार्यालयको कम्पाउण्डमा प्रत्येक दिन विद्यार्थीको लामो लाइन लाग्छ । बिहान १० नबज्दै लामबद्ध भएका विद्यार्थी कोही प्रमाणपत्र बनाउन, कोही हराएको प्रमाणपत्रको प्रतिलिपि लिन त्यहाँ पुगेका हुन् । त्यही लाइनमा थिए, बाराबाट आएका सुरेश सुनार । उनले भने, ‘एसईईको मूल प्रमाणपत्र हराएपछि प्रतिलिपि लिन आएको हुँ । ५०० रुपैयाँ शुल्क तिरें ।’ काठमाडौं कपनबाट प्रमाणपत्र प्रमाणीकरण गर्न गएकी निरुमाया श्रेष्ठले पनि १ हजार रुपैयाँ राजस्व बुझाइन् । प्रमाणपत्र सच्याउन सल्यानबाट आएका कमल चन्दले पनि ५०० राजस्व बुझाए । ‘शुल्क लाग्छ भनेपछि तिर्नै पर्‍यो नि’ उनी...

हामी what पढाउछौ तर जिजेनहरु how सिक्न चाहन्छन् ।

घोक्ने होइन, बुझ्ने र व्यवहारमा उतार्ने शिक्षाको पक्षमा जेन–जी Like खासमा  सन् १९९७ देखि २०१२ को बिचमा जन्मिएका मानिसलाई विश्वमै ‘जेन–जी’ पुस्ता भनेर चिनिन्छ । यो पुस्ता अहिले १३ वर्षदेखि २८ वर्ष उमेर समूहको छ । भविष्यको जिम्मेवारी लिन तम्तयार यो पुस्ता विश्वमा प्रविधिको विकाससँगै हुर्किएको छ । त्यसैले यो पुस्ताको सोच, चिन्तन र बुझाइ अन्य पुस्ताको भन्दा भिन्न छ ।   अन्य क्षेत्रमा मात्र हैन सुचना प्रविधिमा पनि अब्बल छन् जी जेनका पुस्ताका  विद्यार्थीहरु । यस पुस्ताका विद्यार्थीहरुको सिकाई शैली आधुनिक, सोचाइ आधुनिक देखिन्छ तर हाम्रा शिक्षकहरु परम्परावादी, सिकाउने शैली परम्परगत सिकिने ज्ञान परम्परावादी देखिदैछन् । हामीले what पढाउछौ तर विद्यार्थी how खोज्छन् । हामी what is पढाउँछौं जस्तै शिक्षा भनेको, अर्थशास्त्र नाम सर्वनाम स्वास्थ्य बिज्ञान भनेको केहो ? यस्तै यस्तै अनि यसैको भए नभएको नालीबेली पढाएर भएनभए बिद्वानहरुको परिभाषा लेखाएर समय खर्च गर्छौं । नेपालमा अहिले पनि परम्परागत शैलीमार्फत नै पठनपाठन हुँदै आएको छ । यसको अर्थ परम्परागत पाठ्यक्रम परम्परागत पाठ्रयव...

Followers