Skip to main content

Posts

यी हुन् च्याट जिपिटीसँग शेयर गर्न नहुने कुराहरू

  यी हुन् च्याट जिपिटीसँग शेयर गर्न नहुने कुराहरू एआई प्रयोग गर्दा गोपनीयता र सुरक्षामा किन ध्यान दिनुपर्छ ? प्रविधिको तीव्र विकाससँगै कृत्रिम बुद्धिमत्ता अर्थात् एआई (Artificial Intelligence) आधारित सेवाहरूको प्रयोग विश्वभर तीव्र रूपमा बढिरहेको छ। आजकल विद्यार्थी, शिक्षक, पत्रकार, व्यवसायी तथा सामान्य प्रयोगकर्ताले समेत विभिन्न कामका लागि एआई प्रयोग गर्न थालेका छन्। त्यसमध्ये सबैभन्दा चर्चित एआई च्याटबटमध्ये एक हो च्याट जिपिटी। च्याट जिपिटीले प्रश्नको उत्तर दिन, लेख लेख्न, योजना बनाउन, अनुवाद गर्न, अध्ययनमा सहयोग गर्न तथा विभिन्न जानकारी उपलब्ध गराउन मद्दत गर्छ। यसले कामलाई छिटो, सजिलो र प्रभावकारी बनाउन सहयोग गरे पनि प्रयोगकर्ताको गोपनीयता तथा सुरक्षाको विषयमा सधैं सचेत रहन आवश्यक हुन्छ। विशेषज्ञहरूका अनुसार एआई अत्यन्त उपयोगी भए पनि यसमा संवेदनशील तथा गोप्य जानकारी शेयर गर्दा जोखिम उत्पन्न हुन सक्छ। त्यसैले च्याट जिपिटीसँग कुन प्रकारका जानकारी शेयर गर्नु हुँदैन भन्ने कुरा बुझ्नु अत्यन्त आवश्यक छ। च्याट जिपिटी : शक्तिशाली प्रविधि तर पूर्ण सुरक्षा होइन ओपन एआईद्वारा विकास गरिएको च...

तीनवटा राजनीतिक दलको घोषणापत्र हेर्दा शिक्षा क्षेत्रले माग गरेको कुरा समेट्न खोजेको देखिन्छ । तर....

 मैले तीनवटा राजनीतिक दलको घोषणापत्र हेर्दा शिक्षा क्षेत्रले माग गरेको कुरा समेट्न खोजेको देखिन्छ । कतिपय मुद्दाहरू वस्तुनिष्ठ नै देखिन्छन् तर उनीहरूको राजनीतिक व्यवहारले त्यसमा पनि विश्वास गर्ने आधार भने छैन । किनभने अहिलेसम्म राजनीतिक दलहरू इमानदार भएर काम गरेका छैनन् । एमालेले माध्यमिक तहसम्मको शिक्षा अनिवार्य र निःशुल्क भनेको छ, माओवादीले विपन्न र दुर्गमका सहज पहुँच नभएकालाई आवासीय शिक्षा भनेको छ । अहिलेको स्रोत अनुसार यी दुई दलले घोषणा गरेको कुरा पूरा गर्न सम्भव नै छैन । त्यस्तैगरी माओवादीले प्रत्येक प्रदेशमा प्रादेशिक विश्वविद्यालय स्थापना गरिने र प्रत्येक जिल्लामा त्रिविको कम्तीमा एउटा आंगिक क्याम्पस राख्ने भनेको छ । यो आफैंमा विरोधाभास कुरा हो । अर्को गठबन्धन दलहरूमध्ये माओवादीले ६ महिनाभित्र शिक्षा ऐन ल्याउँछु, कांग्रेसले एक वर्षभित्र ल्याउँछु भनेको छ । जबकि अहिले शासन सत्तामा भएका दलहरू यिनै हुन् । अहिलेसम्म ल्याउन नसक्नेले ६ महिनाभित्र अथवा एक वर्षभित्र कसरी ल्याउने हो ? अहिले विश्वविद्यालय यिनै दलहरूको पकडमा छ । कांग्रेसले विश्वविद्यालयका कुलपति प्रधानमन्त्री, सहकुलप...

एसइईमा ‘ए’ प्लस ल्याउने विद्यार्थीलाई मासिक भत्ता

पर्वतको कुश्मा नगरपालिकाले सामुदायिक विद्यालयबाट एसइईमा ‘ए’ प्लस अङ्क ल्याएर उत्तीर्ण हुने विद्यार्थीलाई मासिक भत्ता दिने भएको छ । नगरसभाबाट पारित भएको उक्त कार्यक्रम नगरको चालु वर्षको नीति तथा कार्यक्रम र बजेट कार्यान्वयन भएसँगै लागू भएको हो । कुश्मा नगरपालिकाले विद्यार्थीहरुको पढाइप्रतिको लगाव बढाउन तथा सामुदायिक विद्यालयमा पढ्न उत्प्रेरित र प्रोत्साहन गर्ने उद्देश्यले मासिक भत्ताको व्यवस्था गरेको नगरप्रमुख रामचन्द्र जोशीले जानकारी दिए । मासिक रुपमा विद्यार्थीहरुलाई रु दुई हजार भत्ता दिन सुरु गरिएको जोशीले बताए । यसले विद्यार्थीलाई पढाइमा ऊर्जा मिल्नाका साथै विपन्न बालबालिकालाई थोरै भए पनि आर्थिक समस्या समेत टर्ने विश्वास लिएको उनको भनाइ छ । यस्तो भत्ता एसइई पास भएर कक्षा १२ को पढाइ नसकिने बेलासम्म दिइने नगरपालिकाले जनाएको छ । एसइईमा ‘ए’ प्लस ल्याएर कक्षा ११ मा फेल भएमा भने भत्ता कटौती हुने गरी कार्यविधि बनाइएको छ । सामुदायिक विद्यालयका बालबालिकालाई भत्ता दिए पनि संस्थागत अर्थात् निजी बोर्डिङमा पढ्ने विद्यार्थीहरुलाई भने नदिइने नगरप्रमुख जोशीले बताए ।

भाषा सिक्ने सबैभन्दा सही उमेर कुन हो र किन ?

 शरद ऋतुको एउटा व्यस्त बिहानी । उत्तरी लन्डनस्थित स्पेनिस नर्सरी । यो एउटा दोभासे नर्सरी स्कुल हो । “यो उमेरमा बालबालिकाहरूले भाषा सिक्दैनन्, उनीहरूले भाषा ग्रहण गर्छन्,” स्कुलकी निर्देशक कार्मेन रामप्रेसादले भनिन् । यस विद्यालयका धेरै बालबालिकाका लागि स्पेनिस भाषा तेस्रो वा चौथो भाषा हो। उनीहरूको मातृभाषामा क्रोयसियन, हिब्रु, कोरियन र डच पर्छन् । बालबालिकाले भाषा सिक्न गरिरहेका यी सङ्घर्षलाई औसत उमेर पुगेको मानिससँग दाँज्दा हामी सजिलै निष्कर्ष निकाल्छौँ: भाषा सानो छँदै सिक्नु नै उत्तम हो । तर विज्ञानले भने भाषासँग कसरी हाम्रो जीवनकालभरी सम्बन्ध विकसित भइरहन्छ भन्ने एउटा जटिल धारणा प्रस्तुत गर्छ। यसले ढिला भाषा सिक्न थाल्नेहरूलाई प्रोत्साहित गर्छ ।  जीवनको फरकफरक समयमा भाषा सिक्नुका भिन्न-भिन्न फाइदाहरू छन् । शिशुका रुपमा हामी फरक स्वरहरू सुन्न सक्छौं; त्योभन्दा अलि ठूलो बामे सर्नसक्ने बच्चा हुँदा हामी रैथाने लबज चकित पार्ने गतिमा सिक्न सक्छौँ । वयस्क हुँदा हामी लामो समय शब्दमा ध्यान दिन्छौँ र लेखपढका लागि महत्त्वपूर्ण क्षमता हुन्छ जसले गर्दा शब्द सिक्न हामीलाई मद्दत गर...

UANTO IMG COLLECT

 

shamser.info.np/lauro_media#

  लौरो मेडियासाइटमा तपाई‌लाई स्वागत छ । लौरो मेडिया https://shamser.info.np वेभसाइटको साइटपेज हो । यसबाट प्रकासित समाचार जानकारी सुचना आदी स्वतन्त्र र निष्पक्ष बनाउन प्रयास गरिएको हुन्छ । सकेसम्म शिक्षासँग नै बढी सम्बध्द हुनेछ । विद्यालय शिक्षाको गुणस्तर सुधारमा विद्यालय शिक्षाका सरोकारहरुको बिचार योगदानको कदर गरिने छ । यस मेडियाले शिक्षालाई प्रविधिममैत्री बनाउन प्रोत्शाहन समेत दिने गर्दछ । यसको वेभ लिङ्क https://shamser.info.np/lauro_media# हो । यसमा यस बाहेक पनि अन्य बिभिन्न साइट पेजहरु पनि रहेका छन् । यस वेभसाइटलाई महत्वपूर्ण सरकारी अफिसियल लिङ्क गरी सबै खाले सेवा उपलब्ध गराउने प्रयासमा जुटेको छ । यो मुख्य वेभसाइटमा विद्यालयलाई काम लाग्ने साना तिना सफ्टवेयर जस्तै विद्यालयको अनलाइन रिजल्ट अनलाइन भर्ना अनलाइन डेटा इन्ट्री एडिट लगायत ग्रेडसिट, प्रवेशपत्र, सर्टिफिकेट, जेनेरेटसफ्टवेयर राखिएकोछ । साथै विद्यालयलाई अत्यन्तै काम लाग्ने आम्दानी खर्चको लेखा व्यवस्थापन तथा आन्तरिक अडिट गर्ने सफ्टवेर जुन कम्प्युटरमा सामान्या जानकारी राख्नेले जोसुकैले चलाउन सकिनंछ । खास गरी सान...

'मलाई बेलखानेको छोरो भन्ने गर्दथे ।’ प्राडा विद्यानाथ कोइराला

  प्राडा विद्यानाथ कोइराला शिक्षा अभियन्ताका रुपमा चिनिन्छन् । विस २००९ भदौ ५ गते आमा प्रेमकुमारी कोइराला र वुवा साध्यप्रसाद कोइरालाका सुपुत्रका रुपमा सिन्धुलीको कुशेश्वर गाविस वडा नं २ दुम्जामा जन्मिएका विद्यानाथ नेपालको शिक्षा कसरी सुर्धान सकिन्छ भन्नेमा लागिरहेका छन् । कोइराला शिक्षकले राम्रोसँग पढाउने र विद्यार्थीले पढे भने नेपालको शिक्षा अन्तराष्ट्रिय स्तरको हुने दावी गर्छन् । उनी यसैलाई सुधार गर्नका लागि विगत ५ वर्षदेखि शिक्षक चाहेमा गर्न सक्छन् भन्ने अभियानमा समेत चलाएका छन् । उनी अभियानमार्फत् शिक्षकलाई व्यहारिक शिक्षण सीप सिकाउन एक ठाउमा भेला गरि विद्यार्थीलाई पढाउने व्यहारिक शिक्षण सीपबारे जानकारी गराउने गर्दछन् । अहिले उनी २५ बढी जिल्लामा शिक्षकलाई यस्तै व्यहारिक सीप सिकाइसकेका छन् । विद्यालय तहमा शिक्षकले विद्यार्थीलाई पढाउन खोजे राम्रो पढाए शिक्षा व्यवहारिक हुने उनी बताउँछन् । तर, शिक्षक राम्रोसँग नपढाउने र विद्यार्थीले नपढदिनाले शिक्षाको स्तर खस्कन गएको उनी तर्क गर्छन् । उनले अहिलेकै पाठ्क्रममा नै नेपालको शिक्षण सुधार सके व्यवहारिक बनाउन सकिने दाबी गर्छन् । शिक्षक ...

Contact form

Name

Email *

Message *

Translate

Follow us:
facebook sharing button
twitter sharing button
instagram sharing button
youtube sharing button
messenger sharing button
blogger sharing button

Life Post

5/block/Health Beauty