शिक्षक सेवा आयोगमा नयाँ पदाधिकारीहरु नियुक्त शिक्षक सेवा आयोग (TSC) मा भर्खरै नियुक्त हुनुभएका नवनियुक्त पदाधिकारीहरू बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले डा. हरिप्रसाद लम्सालकाे अध्यक्षतामा तीन सदस्यीय शिक्षक सेवा आयोग पदाधिकारीहरु नियुक्त गरेको छ। आयोगका अन्य दुई सदस्यहरुमा रामशरण सापकोटा र विष्णु घिमिरे रिमाल रहेका छन् । शिक्षक सेवा आयोग एेन २०२८ अनुसार शिक्षक सेवा आयोगमा एक महिलासहित तीन सदस्य रहने व्यविस्था छ । डा. हरिप्रसाद लम्साल नेपाल सरकारको पूर्व सचिव रहिसक्नुभएका उहाँले शिक्षा मन्त्रालयको प्रवक्ता तथा सहसचिव र सुदूरपश्चिम प्रदेशको प्रमुख सचिव लगायतका उच्च प्रशासनिक पदहरूमा रहेर लामो समय शिक्षा क्षेत्र र निजामती सेवामा रहेर काम गरिसक्नु भएको छ । तस्बिरको तल बायाँपट्टि रहनुभएका ब्यक्ति रामशरण सापकोटा हुन् । उहाँ आयोगको खुला सदस्य पदमा नियुक्त हुनुभएको हो। उहाँ मकवानपुर जिल्लाका बासिन्दा हुनुहुन्छ। उहाँ पनि शिक्षा र प्रशासन क्षेत्रको विशेष अनुभव बोकेका व्यक्तित्व हुनुहुन्छ। यसैगरी तस्बिरको तल दायाँपट्टि रहनुभएकी अर्का ब्यक्ति वि...
तीनवटा राजनीतिक दलको घोषणापत्र हेर्दा शिक्षा क्षेत्रले माग गरेको कुरा समेट्न खोजेको देखिन्छ । तर....

- मैले तीनवटा राजनीतिक दलको घोषणापत्र हेर्दा शिक्षा क्षेत्रले माग गरेको कुरा समेट्न खोजेको देखिन्छ । कतिपय मुद्दाहरू वस्तुनिष्ठ नै देखिन्छन् तर उनीहरूको राजनीतिक व्यवहारले त्यसमा पनि विश्वास गर्ने आधार भने छैन । किनभने अहिलेसम्म राजनीतिक दलहरू इमानदार भएर काम गरेका छैनन् । एमालेले माध्यमिक तहसम्मको शिक्षा अनिवार्य र निःशुल्क भनेको छ, माओवादीले विपन्न र दुर्गमका सहज पहुँच नभएकालाई आवासीय शिक्षा भनेको छ । अहिलेको स्रोत अनुसार यी दुई दलले घोषणा गरेको कुरा पूरा गर्न सम्भव नै छैन । त्यस्तैगरी माओवादीले प्रत्येक प्रदेशमा प्रादेशिक विश्वविद्यालय स्थापना गरिने र प्रत्येक जिल्लामा त्रिविको कम्तीमा एउटा आंगिक क्याम्पस राख्ने भनेको छ । यो आफैंमा विरोधाभास कुरा हो ।
- अर्को गठबन्धन दलहरूमध्ये माओवादीले ६ महिनाभित्र शिक्षा ऐन ल्याउँछु, कांग्रेसले एक वर्षभित्र ल्याउँछु भनेको छ । जबकि अहिले शासन सत्तामा भएका दलहरू यिनै हुन् । अहिलेसम्म ल्याउन नसक्नेले ६ महिनाभित्र अथवा एक वर्षभित्र कसरी ल्याउने हो ? अहिले विश्वविद्यालय यिनै दलहरूको पकडमा छ । कांग्रेसले विश्वविद्यालयका कुलपति प्रधानमन्त्री, सहकुलपति शिक्षामन्त्री हुने व्यवस्था हटाउँछु भन्छ । उसले अहिले गरेको राजनीतिक गडबडी र विश्वविद्यालयमा हुने नियुक्तिलाई लिएर गरेको राजनीतिक खिचातानी, भागबन्डाको राजनीति हेरेर कसरी विश्वास गर्ने ? यसरी उनीहरूको घोषणा र व्यवहारले विश्वासको संकट सिर्जना गरेको छ ।
Comments
Post a Comment
Thank you !