Skip to main content

डोनाल्ड ट्रम्पले सी जिनपिङलाई किन चीलको मूर्ति (The bald eagle ) उपहार दिए ?

डोनाल्ड ट्रम्पले चिनियाँ राष्ट्रपति सी जिनपिङलाई किन दिए चीलको मूर्ति?  यसको प्रतीकात्मक अर्थ के हो? US President Donald Trump gifted Chinese President Xi Jinping a bald eagle statue because it is the official national symbol of the United States and represents America's "free and soaring spirit." अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ह्वाइट हाउसमा आयोजित राजकीय रात्रिभोजका क्रममा चिनियाँ राष्ट्रपति सी जिनपिङलाई उपहारस्वरूप अमेरिकी राष्ट्रिय प्रतीक बाल्ड इगल (Bald Eagle) को विशेष मूर्ति प्रदान गरेका छन्। करिब तीन फिट अग्लो उक्त मूर्ति अमेरिकाको राष्ट्रिय पहिचान, स्वतन्त्रता र गौरवको प्रतीकका रूपमा प्रस्तुत गरिएको थियो। 🦅 ट्रम्पले चीलको मूर्ति दिनुको कारण अमेरिकाको राष्ट्रिय प्रतीक: बाल्ड इगल उत्तर अमेरिकामा पाइने चरा हो। यो अमेरिकाको राष्ट्रिय प्रतीक हो र यसले अमेरिकी स्वतन्त्रता, शक्ति, गौरव तथा उचाइमा उड्ने स्वतन्त्र भावनाको प्रतिनिधित्व गर्छ। व्यक्तिगत सम्बन्धको झल्को: ट्रम्पका अनुसार उक्त मूर्ति एक अस...

'मलाई बेलखानेको छोरो भन्ने गर्दथे ।’ प्राडा विद्यानाथ कोइराला


 प्राडा विद्यानाथ कोइराला शिक्षा अभियन्ताका रुपमा चिनिन्छन् । विस २००९ भदौ ५ गते आमा प्रेमकुमारी कोइराला र वुवा साध्यप्रसाद कोइरालाका सुपुत्रका रुपमा सिन्धुलीको कुशेश्वर गाविस वडा नं २ दुम्जामा जन्मिएका विद्यानाथ नेपालको शिक्षा कसरी सुर्धान सकिन्छ भन्नेमा लागिरहेका छन् । कोइराला शिक्षकले राम्रोसँग पढाउने र विद्यार्थीले पढे भने नेपालको शिक्षा अन्तराष्ट्रिय स्तरको हुने दावी गर्छन् ।

उनी यसैलाई सुधार गर्नका लागि विगत ५ वर्षदेखि शिक्षक चाहेमा गर्न सक्छन् भन्ने अभियानमा समेत चलाएका छन् । उनी अभियानमार्फत् शिक्षकलाई व्यहारिक शिक्षण सीप सिकाउन एक ठाउमा भेला गरि विद्यार्थीलाई पढाउने व्यहारिक शिक्षण सीपबारे जानकारी गराउने गर्दछन् । अहिले उनी २५ बढी जिल्लामा शिक्षकलाई यस्तै व्यहारिक सीप सिकाइसकेका छन् ।

विद्यालय तहमा शिक्षकले विद्यार्थीलाई पढाउन खोजे राम्रो पढाए शिक्षा व्यवहारिक हुने उनी बताउँछन् । तर, शिक्षक राम्रोसँग नपढाउने र विद्यार्थीले नपढदिनाले शिक्षाको स्तर खस्कन गएको उनी तर्क गर्छन् । उनले अहिलेकै पाठ्क्रममा नै नेपालको शिक्षण सुधार सके व्यवहारिक बनाउन सकिने दाबी गर्छन् । शिक्षक पढाउने र विद्यार्थीको पढ्ने सीप नभएका कारण शिक्षा विग्रदै गएको दोष उनी लगाउछन् । र भन्छन– ‘यहाको शिक्षा राम्रो हुँदाहँुदै पनि शिक्षकले पढाउन नजान्ने र विद्यार्थी पढ्ने रुची दिदैनन् । जसले गर्दा विद्यार्थी नपढेर पास गर्ने परम्परा रहेको छ ।’

कोइराला नेपालको शिक्षा प्रणाली ठीक नहुनुमा राजनीतिक दल मुख्य दोषी भएको आरोप लगाउँछन् । पाठ्यक्रम, परीक्षा प्रणाली गलत भएर यहाँको शिक्षण प्रणाली दोष लगाउने काम गलत रहेको उनको बुझाई रहेको छ । उनी भन्छन–‘तर त्यसो होइन पाठ्यक्रमलाई दोष देखाउने एउटा कुरा हो तर ती त निर्जिव हुन सुर्धान सकिन्छ । तर त्यही सुधार गर्न नचाहने राजनीतिक दल शिक्षालाई व्यवहारिक बनाउने नसक्ने मुख्य दोषी हन् ।’

विद्यार्थीलाई सुझाब
उनी विद्यार्थीलाई पढेर जागिर नभई बृद्धि खर्च गर्न आग्रह गछन् । पढेर जागिर पाइएन भनेर भन्दा पढेको विद्यार्थीले जागिर भन्दा पनि बृद्धि खर्च कम गरेर कमाउने हो नकि जागिर उनी भन्छन पढेर जागिर खोज्ने होइन् । आफै काम गर्ने हो । र अरुलाई काम दिने हो । तर नेपालमा पढेर नै जागिर खाने मानसिकता भएको कारण धेरै पढेका मान्छे वेरोजगार भएको उनको भनाइ रहेको छ ।

शिक्षकप्रतिको नजर
उनको नजरमा नेपालका शिक्षकलाई सन्तुष्टिको रुपमा रहेका छैनन् । नेपालमा शिक्षकको पढाउने सीपका कारण शिक्षकको स्तर खस्केको उनी बताउँछन् । पहिलेका शिक्षकमा पढाउने खुवी रहेको तर अहिले नपढाएर कुनै राजनैतिक दलको विल्लाभिरे पछि नपढाएर तलव खान पाइन्छ भन्ने मानसिकताका शिक्षक भएको कारणले शिक्षण व्यवहारिक नभएको उनको भनाई रहेको छ ।

नेपालमा पढाउने शिक्षक थोरै भएका बताउने कोइरालाले शिक्षकलाई वास्तविक शिक्षक बनाउन नसकेको गुनासो गर्छन् । ‘शिक्षकलाई शिक्षक बनाउँन सकेनौं । भएपनि थोरै छन्–उनी तर्क गर्छन ‘तर नपढाउने शिक्षक धेरै रहेका छन् ।’
नेपालको शिक्षा सुर्धान गर्नमा पहिले शिक्षकलाई सुर्धानुपर्ने बताउने कोइराला त्रिवि शिक्षा संकायको एमफिल संयोजकको रुपमा स्थापना कालदेखि विस २०६१ बाट कार्यरत रहेका छन् । उनी विहान विद्यार्थीका शोधपत्र थेसीस जस्ता कुराहरु हेर्ने गर्दछन् । र दिउँसो डिल्लीबजारस्थित त्रिविको एमफिल कार्यलयमा विद्यार्थीहरुलाई पढाउने गर्दछन् । भने बाँकी समयमा नेपालको शिक्षालाई कसरी सुर्धान सकिन्छ भन्नेमा बित्ने गरेको छ ।

दुई लिपीलाई जोड्दै
सरल स्वभावका कोइराला अर्को नयाँ काम पनि थालनी गरेका छन् । उनले दुई भाषाको लिपिलाई एउटैबाट पढ्न सकिने नयाँ अनुसन्धानमा लागेका छन् । अनुसन्धानबाट उनले एउटा भाषा लिपिबाट अर्को भाषाको लिपि सिकाउने सकिने बताउँछन् । एक भाषा पढ्दा अर्को भाषाको लिपिपनि सँगै हुनाले एउटा पढ्दा अर्को लिपि जान्न सकिने उनी बताउँछन् । ‘उर्दुको लिपिमा अंग्रेजी लिपि पनि हुन्छ । अंग्रेजीमा भएको उर्दुमा पनि हुन्छ’ उनी भन्छन–‘त्यही एक लिपिलाई पढ्दा अर्को लिपि पनि जानिन्छ ।’

३ भाई र ५ बहिनीमा सवभन्दा जेठा कोइराला सानैदेखि पढाइमा तिक्ष्ण रहेका थिए । उनको औपचारिक शिक्षा कुशेश्वरमावि कुशेश्वरबाट भएको हो । तर, उनले पहिलो पटक विस २०१४ सालतिर फुपुसँग काठमाडौ आएका बेला अक्षर चिनेका थिए ।

अनि एकै पटकमा कुशेश्वरमाविमा २ कक्षामा भर्ना भएका थिए । कक्षा ५ सम्म त्यति पढाई राम्रो नभएको कोइराला जव कक्षा ५ मा फेल भए अनि पढाइलाई सुधारे । उनी त्यसपछि कक्षामा सधै प्रथम हुन थाले । उनी भन्छन–‘कक्षा ५ मा फेलभएपछि मेरो पढाइ राम्रो हुन थाल्यो र सधँै प्रथम भएँ ।’ तर एसएलसी परीक्षामा द्वितीय श्रेणीमा पास भए ।

घरको आर्थिक स्थिति कमजोर भएका कोइराला सानैदेखि दुःखगरि पढेका हुन् । उनले स्कुलतहदेखि नै अर्काको घरमा भाडा माझेर स्नातकोत्तरसम्म अध्ययन गरे । विद्यालय तहमा पनि आफुभन्दा तल्लो तहमा पढाउने गर्दथे । शिक्षकहरुले उनलाई तल्लो तहमा पढाउन लगाउथे र राती पढ्नको लागि मट्टीतेल दिने गरेको उनी सम्झन्छन् ।

अत्यन्तै न्युन आर्थिक स्थिति भएका कोइरालाको परिवारलाई चैत्र र वैशाख खान पुग्दैनथ्यो । घरमा खेतवारी नभएकोले दुई महिना उनको परिवारले केही खाने नभएपछि बेलमात्र खाएर बाच्ने गर्दथ्यो । उनी सम्झन्छन दुई महिना घरमा रहेको अन्नबाली पुग्दैनथ्यो । त्यतिवेला बेलमात्र खाएर हाम्रो परीवार बाच्थ्यो । अनि मलाई बेलखानेको छोरो भन्ने गर्दथे ।’

कोइराला क्यानडाबाट पिएचडी गरेपछि कमाउन थालेका हुन् । अहिले उनको चावहिलमा घर रहेको छ ।

कोइरालाले विस २०२५ सालमा एसएलसी परीक्षा पास गरेका हुन् । त्यसपछिको शिक्षा उनको काठमाडौँको त्रिवि केन्द्रीय क्याम्पस किर्तिपुरमा भयो । पढाइमा राम्रो भएकोले उच्च शिक्षा उनलाई साइन्स पढ्ने इच्छा हुदाहुदैँ पनि पाएनन् ।

साइन्स पढ्न नपाएपछि कृषि पढ्ने रहर थियो । तर पनि पढ्न पाएनन् । अनि सरकारले शिक्षा पढेपछि पैसा पनि दिने भएकोले उनले शिक्षा विषय रोजे । त्यतिबेला सरकारले शिक्षा संंकाय पढ्ने विद्यार्थीलाई मासिक ७० रुपिँया दिने गर्दथ्यो । ‘घरमा मलाई राम्रो बिषय पढाउने पैसा थिएन’,उनी सम्झन्छन–‘अनि पढेपछि पैसा पनि पाइने भएकोले शिक्षा संकाय रोजेको हूँ ।’
विस ०२७ सालमा प्रवीणता प्रमाणपत्र तह द्वितीय श्रेणाी विस ०२९ सालमा स्नातक तह उत्तीर्ण गरे । स्नातक तह उत्तीर्ण गरेपछि आर्थिक अवस्था कमजोर भएका कोइरालाले तीनवर्ष विस २०३० देखि २०३३ सम्म आफु पढेको विद्यालयमा गई पढाउन थाले । स्थानीय मानिसहरुले विद्यालय बिग्रन थालेका भन्दै काठमाडौमा पढिरहेका कोइरालालाई विद्यालयको प्राधानाध्यापक समेत बनाइदिएका थिए ।
त्यसपछि उनी पुन काठमाडौं आई आफ्नो अध्ययनलाई निरन्तरता दिए । कोइरालाले विस २०३५ सालमा एजुकेशन प्लानिग एण्ड म्यानेजमेन्टमा स्नातकोत्तर उत्तिर्ण गरे । त्यही बेला उनको लिला भट्टराईसँग विवाह भयो । उनका छोरा संवेदन कोइराला र छोरी संचिता कोइराला छन् ।

आर्थिक अवस्था कमजोर रहेका कोइराला स्नातकोत्तर पास गरेपछि जागिरको खानेतर्फ लागे । उनले त्रिविले अस्थायी शिक्षक विज्ञापनमा आवेदन दिए र नाम निकाले । अस्थायीमा नाम निकालेका कोइराला पहिले बुटवल बहुमुखी क्याम्पस र त्यसपछि ठाकुरराम क्याम्पस वीरगंजमा अध्यापन गराए । ठाकुरराममा अध्यापन गराउँदा गराउँदै उनी स्थायी पनि भए ।

कोइराला त्रिविले शिक्षा विकास तथा अनुसन्धान केन्द्र स्थापना भएपछि विस २०३९ सालमा जागिर खाने काठमाडौं आए । र उनी त्यही अनुसन्धानकर्ताको रुपमा काम गर्दा सरकारी कोटामा विद्यावारिधी गर्न विस २०४९ सालमा क्यानडा गएका थिए । कोइरालाले स्कुलिङ एण्ड दलित अफ नेपालमा विद्यावारिधी गरेका छन् । उप अनुसन्धान अधिकृतको रुपम काम गरेका कोइराला पछि उपप्राध्यापक हुँदै विस २०५४ सालमा सहप्राध्यापक भए । विस २०५० देखि दुई वर्ष उनी स्नातकोत्तरलाई अध्यापन समेत गराएका कोइराला विस २०५५ मा प्रोफेसर भएका हुन ।
डेनमार्क, नर्वे, फ्रान्स, अमेरिका, जर्मन, थाइल्याण्ड, इण्डोनेसिया, केन्या, फिलिपिन्स जस्ता १२ देशको भ्रमण गरिसकेका कोइराला नयाँ नयाँ कुराको अनुसन्धान गर्न रुचाउँछन् । महेन्द्र विद्या भुषण पुरस्कारबाट सम्मानित उनी त्रिविले प्रदान गर्ने शिक्षा पुरस्कार दुई पटक पाएका छन् ।

go to online result

Comments

Popular posts from this blog

डोनाल्ड ट्रम्पले सी जिनपिङलाई किन चीलको मूर्ति (The bald eagle ) उपहार दिए ?

डोनाल्ड ट्रम्पले चिनियाँ राष्ट्रपति सी जिनपिङलाई किन दिए चीलको मूर्ति?  यसको प्रतीकात्मक अर्थ के हो? US President Donald Trump gifted Chinese President Xi Jinping a bald eagle statue because it is the official national symbol of the United States and represents America's "free and soaring spirit." अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ह्वाइट हाउसमा आयोजित राजकीय रात्रिभोजका क्रममा चिनियाँ राष्ट्रपति सी जिनपिङलाई उपहारस्वरूप अमेरिकी राष्ट्रिय प्रतीक बाल्ड इगल (Bald Eagle) को विशेष मूर्ति प्रदान गरेका छन्। करिब तीन फिट अग्लो उक्त मूर्ति अमेरिकाको राष्ट्रिय पहिचान, स्वतन्त्रता र गौरवको प्रतीकका रूपमा प्रस्तुत गरिएको थियो। 🦅 ट्रम्पले चीलको मूर्ति दिनुको कारण अमेरिकाको राष्ट्रिय प्रतीक: बाल्ड इगल उत्तर अमेरिकामा पाइने चरा हो। यो अमेरिकाको राष्ट्रिय प्रतीक हो र यसले अमेरिकी स्वतन्त्रता, शक्ति, गौरव तथा उचाइमा उड्ने स्वतन्त्र भावनाको प्रतिनिधित्व गर्छ। व्यक्तिगत सम्बन्धको झल्को: ट्रम्पका अनुसार उक्त मूर्ति एक अस...

संयुक्त राष्ट्रसंघको ८१औँ महासभा (#UNGA81) मा परराष्ट्रमन्त्री माननीय शिशिर खनालको सम्बोधन

  Facebook Facebook Facebook Facebook Facebook Facebook Facebook Facebook Facebook Facebook Facebook Facebook Facebook Facebook Facebook Facebook Facebook Facebook Facebook Facebook Facebook Facebook Facebook Facebook Facebook Facebook Facebook Facebook Facebook Facebook Facebook Facebook Facebook संयुक्त राष्ट्रसंघको मुख्यालयमा आज आयोजित Climate Action and Just Transition सम्बन्धी उच्चस्तरीय बैठकलाई सम्बोधन गर्दै परराष्ट्रमन्त्री माननीय शिशिर खनालले जलवायु परिवर्तनसम्बन्धी प्रतिबद्धतालाई अब निर्णायक रूपमा कार्यान्वयनमा रूपान्तरण गर्न अन्तर्राष्ट्रिय समुदायलाई आग्रह गर्नुभएको छ नेपालमा हालै आएको विनाशकारी बाढीलाई ‘Himalayan Tsunami’ का रूपमा उल्लेख गर्दै मन्त्री खनालले उक्त विपद्बाट ५ अर्ब अमेरिकी डलरभन्दा बढीको क्षति भएको र यो नेपालको कुल गार्हस्थ्य उत्पादन (GDP) को करिब १५ प्रतिशत बराबर रहेको जानकारी गराउनुभयो। विश्वव्यापी हरितगृह ग्यास उत्सर्जनमा नेपालको योगदान ०.१ प्रतिशतभन्दा कम भए पनि जलवायु संकटका असमान र गम्भीर प्रभाव नेपालले भोगिरहेको उल्लेख गर्दै उहाँले यो केवल मानवीय संक...

सर्वोच्चले भन्यो ‘अन्य प्रमाणबाट पनि श्रीमान्–श्रीमतीको नाता पुष्टि हुन सक्छ’

सर्वोच्चले भन्यो– ‘अन्य प्रमाणबाट पनि नाता पुष्टि हुन सक्छ’ सर्वोच्च अदालतले श्रीमान्–श्रीमतीको नाता कायम गर्न विवाह दर्ताको प्रमाणपत्र बाध्यकारी नभएको व्याख्या गरेको छ। प्रमाणपत्र अनिवार्य र अपरिहार्य नहुने भन्दै सर्वोच्चले फैसलाको पूर्णपाठमा उल्लेख गरेको छ। आपसी सल्लाहमा मन्दिरमा गएर विवाह गरेका, त्यसपछि डेरा लिएर पतिपत्नीको रूपमा बसेका तर विवाह दर्तालगायत कुनै पनि प्रक्रिया पूरा नगरेको अवस्थामा समेत विवाहित मान्न मिल्ने फैसलाको पूर्णपाठमा उल्लेख छ।  एक किशोर–किशोरीको नाता सम्बन्ध विवादमा सर्वोच्च अदालतले ‘पतिपत्नीको रूपमा एकअर्कालाई स्वीकारेको अवस्थामा नाता प्रमाणित गर्न विवाह दर्ता अनिवार्य नहुने’ भनेको छ। ‘विधायिकाले कुनै कार्यबाट एक अर्कालाई पति–पत्नीको रूपमा स्वीकार गरेमा विवाह भएको मानिने भनी कानुनी आधार बनाएको थियो,’ सर्वोच्च अदालतले व्याख्यामा भनेको छ, ‘प्रत्यक्ष प्रमाणको अभाव भए पनि वैवाहिक सम्बन्ध देखिने अन्य सान्दर्भिक प्रमाण र परिस्थितिजन्य प्रमाणबाट निष्कर्षमा पुग्नुपर्ने हुन्छ।’ २०६४ सालमा विराटनगरस्थित मेट्रोपोलिस क्याम्पसमा उच्च तहको अध्ययन गरिरहेका बेला सुनसरीकी ...

Proposal for Thesis

 १. शोध शीर्षक  अध्ययन गर्न गइरहेको प्रस्तावित शोधपत्रको शीर्षक कक्षा ८ मा अध्ययनरत सर्लाही जिल्लाका सामुदायिक विद्यालयका अध्ययनरत तामाङ विद्यार्थीहरूको सस्वरपठन सीप अवस्थाको एक अध्ययन” रहने छ ।  २. शोधको प्रयोजन प्रस्तावित शोधपत्र त्रिभुवन विश्वविद्यालय शिक्षाशास्त्र सङ्काय, नेपाली भाषा शिक्षा विभागअन्तर्गत स्नातकोत्तर तह नेपाली दोस्रो वर्षको पाठ्यांश ५९८ को उद्देश्य पूरा गर्ने प्रयोजनका निमित्त रहने छ ।  ३. समस्था कथन  भाषा सञ्चार आदनप्रदान गर्ने मुख्य माध्यम हो । भाषाको विकासले नै वालबालिकाको सिकाइ क्षमतामा बृद्धि ल्याउँछ । भाषा विकासमा सुनाइ, बोलाइ, पढाइ र लेखाइ गरी चारवटा सीप विकास हुनु जरुरी हुन्छ । नेपालको सन्दर्भमा नेपाली भाषाको विकासलाई मुख्य जोड दिई सानै कक्षादेखि नै नेपाली भाषाको विषयलाई अनिवार्य गराइ पठनपाठन हुँदै आइरहेको छ । भाषाको विकासमा विभिन्न तत्वहरुले प्रभाव पार्दछ जसका कारणले भाषामा त्रुटि हुने गर्दछ ।  कुनै पनि भाषा सिकाइका क्रममा त्रुटि हुनुलाई स्वाभाविक प्रक्रिया मानिन्छ । त्रुटिले भाषा सिकाइमा सिकाइको प्रकृति तथा प्रवृत्...

Contact form

Name

Email *

Message *

Translate

Follow us:
facebook sharing button
twitter sharing button
instagram sharing button
youtube sharing button
messenger sharing button
blogger sharing button

Life Post

5/block/Health Beauty