Skip to main content

शिक्षक सेवा आयोग (TSC) मा भर्खरै नियुक्त हुनुभएका नवनियुक्त पदाधिकारीहरूको छोटो परिचय

शिक्षक सेवा आयोगमा नयाँ पदाधिकारीहरु नियुक्त      शिक्षक सेवा आयोग (TSC) मा भर्खरै नियुक्त हुनुभएका नवनियुक्त पदाधिकारीहरू  बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले डा. हरिप्रसाद लम्सालकाे अध्यक्षतामा तीन सदस्यीय शिक्षक सेवा आयोग पदाधिकारीहरु नियुक्त गरेको छ। आयोगका अन्य दुई सदस्यहरुमा रामशरण सापकोटा र विष्णु घिमिरे रिमाल रहेका छन् । शिक्षक सेवा आयोग एेन २०२८ अनुसार शिक्षक सेवा आयोगमा एक महिलासहित तीन सदस्य रहने व्यविस्था छ ।  डा. हरिप्रसाद लम्साल नेपाल सरकारको पूर्व सचिव रहिसक्नुभएका उहाँले शिक्षा मन्त्रालयको प्रवक्ता तथा सहसचिव र सुदूरपश्चिम प्रदेशको प्रमुख सचिव लगायतका उच्च प्रशासनिक पदहरूमा रहेर लामो समय शिक्षा क्षेत्र र निजामती सेवामा रहेर काम गरिसक्नु भएको छ । तस्बिरको तल बायाँपट्टि रहनुभएका ब्यक्ति रामशरण सापकोटा हुन् । उहाँ आयोगको खुला सदस्य पदमा नियुक्त हुनुभएको हो। उहाँ मकवानपुर जिल्लाका बासिन्दा हुनुहुन्छ। उहाँ पनि शिक्षा र प्रशासन क्षेत्रको विशेष अनुभव बोकेका व्यक्तित्व हुनुहुन्छ। यसैगरी   तस्बिरको तल दायाँपट्टि रहनुभएकी अर्का ब्यक्ति  वि...

'मलाई बेलखानेको छोरो भन्ने गर्दथे ।’ प्राडा विद्यानाथ कोइराला


 प्राडा विद्यानाथ कोइराला शिक्षा अभियन्ताका रुपमा चिनिन्छन् । विस २००९ भदौ ५ गते आमा प्रेमकुमारी कोइराला र वुवा साध्यप्रसाद कोइरालाका सुपुत्रका रुपमा सिन्धुलीको कुशेश्वर गाविस वडा नं २ दुम्जामा जन्मिएका विद्यानाथ नेपालको शिक्षा कसरी सुर्धान सकिन्छ भन्नेमा लागिरहेका छन् । कोइराला शिक्षकले राम्रोसँग पढाउने र विद्यार्थीले पढे भने नेपालको शिक्षा अन्तराष्ट्रिय स्तरको हुने दावी गर्छन् ।

उनी यसैलाई सुधार गर्नका लागि विगत ५ वर्षदेखि शिक्षक चाहेमा गर्न सक्छन् भन्ने अभियानमा समेत चलाएका छन् । उनी अभियानमार्फत् शिक्षकलाई व्यहारिक शिक्षण सीप सिकाउन एक ठाउमा भेला गरि विद्यार्थीलाई पढाउने व्यहारिक शिक्षण सीपबारे जानकारी गराउने गर्दछन् । अहिले उनी २५ बढी जिल्लामा शिक्षकलाई यस्तै व्यहारिक सीप सिकाइसकेका छन् ।

विद्यालय तहमा शिक्षकले विद्यार्थीलाई पढाउन खोजे राम्रो पढाए शिक्षा व्यवहारिक हुने उनी बताउँछन् । तर, शिक्षक राम्रोसँग नपढाउने र विद्यार्थीले नपढदिनाले शिक्षाको स्तर खस्कन गएको उनी तर्क गर्छन् । उनले अहिलेकै पाठ्क्रममा नै नेपालको शिक्षण सुधार सके व्यवहारिक बनाउन सकिने दाबी गर्छन् । शिक्षक पढाउने र विद्यार्थीको पढ्ने सीप नभएका कारण शिक्षा विग्रदै गएको दोष उनी लगाउछन् । र भन्छन– ‘यहाको शिक्षा राम्रो हुँदाहँुदै पनि शिक्षकले पढाउन नजान्ने र विद्यार्थी पढ्ने रुची दिदैनन् । जसले गर्दा विद्यार्थी नपढेर पास गर्ने परम्परा रहेको छ ।’

कोइराला नेपालको शिक्षा प्रणाली ठीक नहुनुमा राजनीतिक दल मुख्य दोषी भएको आरोप लगाउँछन् । पाठ्यक्रम, परीक्षा प्रणाली गलत भएर यहाँको शिक्षण प्रणाली दोष लगाउने काम गलत रहेको उनको बुझाई रहेको छ । उनी भन्छन–‘तर त्यसो होइन पाठ्यक्रमलाई दोष देखाउने एउटा कुरा हो तर ती त निर्जिव हुन सुर्धान सकिन्छ । तर त्यही सुधार गर्न नचाहने राजनीतिक दल शिक्षालाई व्यवहारिक बनाउने नसक्ने मुख्य दोषी हन् ।’

विद्यार्थीलाई सुझाब
उनी विद्यार्थीलाई पढेर जागिर नभई बृद्धि खर्च गर्न आग्रह गछन् । पढेर जागिर पाइएन भनेर भन्दा पढेको विद्यार्थीले जागिर भन्दा पनि बृद्धि खर्च कम गरेर कमाउने हो नकि जागिर उनी भन्छन पढेर जागिर खोज्ने होइन् । आफै काम गर्ने हो । र अरुलाई काम दिने हो । तर नेपालमा पढेर नै जागिर खाने मानसिकता भएको कारण धेरै पढेका मान्छे वेरोजगार भएको उनको भनाइ रहेको छ ।

शिक्षकप्रतिको नजर
उनको नजरमा नेपालका शिक्षकलाई सन्तुष्टिको रुपमा रहेका छैनन् । नेपालमा शिक्षकको पढाउने सीपका कारण शिक्षकको स्तर खस्केको उनी बताउँछन् । पहिलेका शिक्षकमा पढाउने खुवी रहेको तर अहिले नपढाएर कुनै राजनैतिक दलको विल्लाभिरे पछि नपढाएर तलव खान पाइन्छ भन्ने मानसिकताका शिक्षक भएको कारणले शिक्षण व्यवहारिक नभएको उनको भनाई रहेको छ ।

नेपालमा पढाउने शिक्षक थोरै भएका बताउने कोइरालाले शिक्षकलाई वास्तविक शिक्षक बनाउन नसकेको गुनासो गर्छन् । ‘शिक्षकलाई शिक्षक बनाउँन सकेनौं । भएपनि थोरै छन्–उनी तर्क गर्छन ‘तर नपढाउने शिक्षक धेरै रहेका छन् ।’
नेपालको शिक्षा सुर्धान गर्नमा पहिले शिक्षकलाई सुर्धानुपर्ने बताउने कोइराला त्रिवि शिक्षा संकायको एमफिल संयोजकको रुपमा स्थापना कालदेखि विस २०६१ बाट कार्यरत रहेका छन् । उनी विहान विद्यार्थीका शोधपत्र थेसीस जस्ता कुराहरु हेर्ने गर्दछन् । र दिउँसो डिल्लीबजारस्थित त्रिविको एमफिल कार्यलयमा विद्यार्थीहरुलाई पढाउने गर्दछन् । भने बाँकी समयमा नेपालको शिक्षालाई कसरी सुर्धान सकिन्छ भन्नेमा बित्ने गरेको छ ।

दुई लिपीलाई जोड्दै
सरल स्वभावका कोइराला अर्को नयाँ काम पनि थालनी गरेका छन् । उनले दुई भाषाको लिपिलाई एउटैबाट पढ्न सकिने नयाँ अनुसन्धानमा लागेका छन् । अनुसन्धानबाट उनले एउटा भाषा लिपिबाट अर्को भाषाको लिपि सिकाउने सकिने बताउँछन् । एक भाषा पढ्दा अर्को भाषाको लिपिपनि सँगै हुनाले एउटा पढ्दा अर्को लिपि जान्न सकिने उनी बताउँछन् । ‘उर्दुको लिपिमा अंग्रेजी लिपि पनि हुन्छ । अंग्रेजीमा भएको उर्दुमा पनि हुन्छ’ उनी भन्छन–‘त्यही एक लिपिलाई पढ्दा अर्को लिपि पनि जानिन्छ ।’

३ भाई र ५ बहिनीमा सवभन्दा जेठा कोइराला सानैदेखि पढाइमा तिक्ष्ण रहेका थिए । उनको औपचारिक शिक्षा कुशेश्वरमावि कुशेश्वरबाट भएको हो । तर, उनले पहिलो पटक विस २०१४ सालतिर फुपुसँग काठमाडौ आएका बेला अक्षर चिनेका थिए ।

अनि एकै पटकमा कुशेश्वरमाविमा २ कक्षामा भर्ना भएका थिए । कक्षा ५ सम्म त्यति पढाई राम्रो नभएको कोइराला जव कक्षा ५ मा फेल भए अनि पढाइलाई सुधारे । उनी त्यसपछि कक्षामा सधै प्रथम हुन थाले । उनी भन्छन–‘कक्षा ५ मा फेलभएपछि मेरो पढाइ राम्रो हुन थाल्यो र सधँै प्रथम भएँ ।’ तर एसएलसी परीक्षामा द्वितीय श्रेणीमा पास भए ।

घरको आर्थिक स्थिति कमजोर भएका कोइराला सानैदेखि दुःखगरि पढेका हुन् । उनले स्कुलतहदेखि नै अर्काको घरमा भाडा माझेर स्नातकोत्तरसम्म अध्ययन गरे । विद्यालय तहमा पनि आफुभन्दा तल्लो तहमा पढाउने गर्दथे । शिक्षकहरुले उनलाई तल्लो तहमा पढाउन लगाउथे र राती पढ्नको लागि मट्टीतेल दिने गरेको उनी सम्झन्छन् ।

अत्यन्तै न्युन आर्थिक स्थिति भएका कोइरालाको परिवारलाई चैत्र र वैशाख खान पुग्दैनथ्यो । घरमा खेतवारी नभएकोले दुई महिना उनको परिवारले केही खाने नभएपछि बेलमात्र खाएर बाच्ने गर्दथ्यो । उनी सम्झन्छन दुई महिना घरमा रहेको अन्नबाली पुग्दैनथ्यो । त्यतिवेला बेलमात्र खाएर हाम्रो परीवार बाच्थ्यो । अनि मलाई बेलखानेको छोरो भन्ने गर्दथे ।’

कोइराला क्यानडाबाट पिएचडी गरेपछि कमाउन थालेका हुन् । अहिले उनको चावहिलमा घर रहेको छ ।

कोइरालाले विस २०२५ सालमा एसएलसी परीक्षा पास गरेका हुन् । त्यसपछिको शिक्षा उनको काठमाडौँको त्रिवि केन्द्रीय क्याम्पस किर्तिपुरमा भयो । पढाइमा राम्रो भएकोले उच्च शिक्षा उनलाई साइन्स पढ्ने इच्छा हुदाहुदैँ पनि पाएनन् ।

साइन्स पढ्न नपाएपछि कृषि पढ्ने रहर थियो । तर पनि पढ्न पाएनन् । अनि सरकारले शिक्षा पढेपछि पैसा पनि दिने भएकोले उनले शिक्षा विषय रोजे । त्यतिबेला सरकारले शिक्षा संंकाय पढ्ने विद्यार्थीलाई मासिक ७० रुपिँया दिने गर्दथ्यो । ‘घरमा मलाई राम्रो बिषय पढाउने पैसा थिएन’,उनी सम्झन्छन–‘अनि पढेपछि पैसा पनि पाइने भएकोले शिक्षा संकाय रोजेको हूँ ।’
विस ०२७ सालमा प्रवीणता प्रमाणपत्र तह द्वितीय श्रेणाी विस ०२९ सालमा स्नातक तह उत्तीर्ण गरे । स्नातक तह उत्तीर्ण गरेपछि आर्थिक अवस्था कमजोर भएका कोइरालाले तीनवर्ष विस २०३० देखि २०३३ सम्म आफु पढेको विद्यालयमा गई पढाउन थाले । स्थानीय मानिसहरुले विद्यालय बिग्रन थालेका भन्दै काठमाडौमा पढिरहेका कोइरालालाई विद्यालयको प्राधानाध्यापक समेत बनाइदिएका थिए ।
त्यसपछि उनी पुन काठमाडौं आई आफ्नो अध्ययनलाई निरन्तरता दिए । कोइरालाले विस २०३५ सालमा एजुकेशन प्लानिग एण्ड म्यानेजमेन्टमा स्नातकोत्तर उत्तिर्ण गरे । त्यही बेला उनको लिला भट्टराईसँग विवाह भयो । उनका छोरा संवेदन कोइराला र छोरी संचिता कोइराला छन् ।

आर्थिक अवस्था कमजोर रहेका कोइराला स्नातकोत्तर पास गरेपछि जागिरको खानेतर्फ लागे । उनले त्रिविले अस्थायी शिक्षक विज्ञापनमा आवेदन दिए र नाम निकाले । अस्थायीमा नाम निकालेका कोइराला पहिले बुटवल बहुमुखी क्याम्पस र त्यसपछि ठाकुरराम क्याम्पस वीरगंजमा अध्यापन गराए । ठाकुरराममा अध्यापन गराउँदा गराउँदै उनी स्थायी पनि भए ।

कोइराला त्रिविले शिक्षा विकास तथा अनुसन्धान केन्द्र स्थापना भएपछि विस २०३९ सालमा जागिर खाने काठमाडौं आए । र उनी त्यही अनुसन्धानकर्ताको रुपमा काम गर्दा सरकारी कोटामा विद्यावारिधी गर्न विस २०४९ सालमा क्यानडा गएका थिए । कोइरालाले स्कुलिङ एण्ड दलित अफ नेपालमा विद्यावारिधी गरेका छन् । उप अनुसन्धान अधिकृतको रुपम काम गरेका कोइराला पछि उपप्राध्यापक हुँदै विस २०५४ सालमा सहप्राध्यापक भए । विस २०५० देखि दुई वर्ष उनी स्नातकोत्तरलाई अध्यापन समेत गराएका कोइराला विस २०५५ मा प्रोफेसर भएका हुन ।
डेनमार्क, नर्वे, फ्रान्स, अमेरिका, जर्मन, थाइल्याण्ड, इण्डोनेसिया, केन्या, फिलिपिन्स जस्ता १२ देशको भ्रमण गरिसकेका कोइराला नयाँ नयाँ कुराको अनुसन्धान गर्न रुचाउँछन् । महेन्द्र विद्या भुषण पुरस्कारबाट सम्मानित उनी त्रिविले प्रदान गर्ने शिक्षा पुरस्कार दुई पटक पाएका छन् ।

go to online result

Comments

Popular posts from this blog

रक्षा बम र ग्रेटा थुनबर्गको जलवायु न्यायसम्बन्धी सन्देश

जलवायु न्यायका लागि नेपालको आवाज · ब्लग 🌍 रक्षा बम · ग्रेटा थुनबर्ग · जलवायु न्याय जलवायु न्यायका लागि नेपालको आवाज रक्षा बमको अन्तर्राष्ट्रिय आवाज र ग्रेटा थुनबर्गको जलवायु न्यायसम्बन्धी सन्देश “हामीलाई दान होइन, न्याय र क्षतिपूर्ति चाहिन्छ।” — रक्षा बम, नोबेल शान्ति सम्मेलन, ओस्लो 🇳🇵 नेपाली आवाज रक्षा बम : अन्तर्राष्ट्रिय मञ्चमा नेपालको जलवायु न्यायको आवाज नर्वेको ओस्लोमा आयोजित नोबेल शान्ति सम्मेलनमा मन्तव्य राख्दै युवा जलवायु अभियन्ता रक्षा बम नोबेल पिस फोरममा रक्षा बमले राखेको यो अभिव्यक्ति नेपालको लागि विश्व समुदायमा प्रवेश गर्ने प्रस्थान बिन्दु हो। एक जना युवाले अन्तर्राष्ट्रिय फोरममा यति कुरा राख्नु नेपालको लागि अवसर हो। अब राज्य तहबाट नै यही आवाजका साथ विश्व फोरममा जानुपर्छ। नर्वेको ओस्लोमा आयोजित Nobel Peace Conference मा Read more...

शिक्षक सेवा आयोग (TSC) मा भर्खरै नियुक्त हुनुभएका नवनियुक्त पदाधिकारीहरूको छोटो परिचय

शिक्षक सेवा आयोगमा नयाँ पदाधिकारीहरु नियुक्त      शिक्षक सेवा आयोग (TSC) मा भर्खरै नियुक्त हुनुभएका नवनियुक्त पदाधिकारीहरू  बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले डा. हरिप्रसाद लम्सालकाे अध्यक्षतामा तीन सदस्यीय शिक्षक सेवा आयोग पदाधिकारीहरु नियुक्त गरेको छ। आयोगका अन्य दुई सदस्यहरुमा रामशरण सापकोटा र विष्णु घिमिरे रिमाल रहेका छन् । शिक्षक सेवा आयोग एेन २०२८ अनुसार शिक्षक सेवा आयोगमा एक महिलासहित तीन सदस्य रहने व्यविस्था छ ।  डा. हरिप्रसाद लम्साल नेपाल सरकारको पूर्व सचिव रहिसक्नुभएका उहाँले शिक्षा मन्त्रालयको प्रवक्ता तथा सहसचिव र सुदूरपश्चिम प्रदेशको प्रमुख सचिव लगायतका उच्च प्रशासनिक पदहरूमा रहेर लामो समय शिक्षा क्षेत्र र निजामती सेवामा रहेर काम गरिसक्नु भएको छ । तस्बिरको तल बायाँपट्टि रहनुभएका ब्यक्ति रामशरण सापकोटा हुन् । उहाँ आयोगको खुला सदस्य पदमा नियुक्त हुनुभएको हो। उहाँ मकवानपुर जिल्लाका बासिन्दा हुनुहुन्छ। उहाँ पनि शिक्षा र प्रशासन क्षेत्रको विशेष अनुभव बोकेका व्यक्तित्व हुनुहुन्छ। यसैगरी   तस्बिरको तल दायाँपट्टि रहनुभएकी अर्का ब्यक्ति  वि...

Proposal for Thesis

 १. शोध शीर्षक  अध्ययन गर्न गइरहेको प्रस्तावित शोधपत्रको शीर्षक कक्षा ८ मा अध्ययनरत सर्लाही जिल्लाका सामुदायिक विद्यालयका अध्ययनरत तामाङ विद्यार्थीहरूको सस्वरपठन सीप अवस्थाको एक अध्ययन” रहने छ ।  २. शोधको प्रयोजन प्रस्तावित शोधपत्र त्रिभुवन विश्वविद्यालय शिक्षाशास्त्र सङ्काय, नेपाली भाषा शिक्षा विभागअन्तर्गत स्नातकोत्तर तह नेपाली दोस्रो वर्षको पाठ्यांश ५९८ को उद्देश्य पूरा गर्ने प्रयोजनका निमित्त रहने छ ।  ३. समस्था कथन  भाषा सञ्चार आदनप्रदान गर्ने मुख्य माध्यम हो । भाषाको विकासले नै वालबालिकाको सिकाइ क्षमतामा बृद्धि ल्याउँछ । भाषा विकासमा सुनाइ, बोलाइ, पढाइ र लेखाइ गरी चारवटा सीप विकास हुनु जरुरी हुन्छ । नेपालको सन्दर्भमा नेपाली भाषाको विकासलाई मुख्य जोड दिई सानै कक्षादेखि नै नेपाली भाषाको विषयलाई अनिवार्य गराइ पठनपाठन हुँदै आइरहेको छ । भाषाको विकासमा विभिन्न तत्वहरुले प्रभाव पार्दछ जसका कारणले भाषामा त्रुटि हुने गर्दछ ।  कुनै पनि भाषा सिकाइका क्रममा त्रुटि हुनुलाई स्वाभाविक प्रक्रिया मानिन्छ । त्रुटिले भाषा सिकाइमा सिकाइको प्रकृति तथा प्रवृत्...

संविधान विपरीत सरकार नै असुल्छ विद्यार्थीबाट पैसा onlinekhabar.com

  संविधान विपरीत सरकार नै असुल्छ विद्यार्थीबाट पैसा onlinekhabar.com बाट साभार News Summary Generated by OK AI. Editorially reviewed. सरकारले विद्यार्थीबाट उठाइरहेको शुल्क गैरकानूनी रहेको शिक्षा क्षेत्रका सरोकारवाला एवं विज्ञहरूको जिकिर छ । विद्यालय सञ्चालनको लागि कुनै न कुनै रूपमा शुल्क लिन बाध्य भएको प्रधानाध्यापकहरू स्वीकार्छन् । महालेखा परीक्षकको कार्यालयले विद्यार्थीबाट विभिन्न शीर्षकमा लिइरहेको शुल्कबारे प्रश्न उठाएको छ । ३० जेठ, काठमाडौं । सानोठिमीस्थित परीक्षा नियन्त्रण कार्यालयको कम्पाउण्डमा प्रत्येक दिन विद्यार्थीको लामो लाइन लाग्छ । बिहान १० नबज्दै लामबद्ध भएका विद्यार्थी कोही प्रमाणपत्र बनाउन, कोही हराएको प्रमाणपत्रको प्रतिलिपि लिन त्यहाँ पुगेका हुन् । त्यही लाइनमा थिए, बाराबाट आएका सुरेश सुनार । उनले भने, ‘एसईईको मूल प्रमाणपत्र हराएपछि प्रतिलिपि लिन आएको हुँ । ५०० रुपैयाँ शुल्क तिरें ।’ काठमाडौं कपनबाट प्रमाणपत्र प्रमाणीकरण गर्न गएकी निरुमाया श्रेष्ठले पनि १ हजार रुपैयाँ राजस्व बुझाइन् । प्रमाणपत्र सच्याउन सल्यानबाट आएका कमल चन्दले पनि ५०० राजस्व बुझाए । ‘शुल्क लाग्छ...

Contact form

Name

Email *

Message *

Translate

Follow us:
facebook sharing button
twitter sharing button
instagram sharing button
youtube sharing button
messenger sharing button
blogger sharing button

Life Post

5/block/Health Beauty