Skip to main content

डोनाल्ड ट्रम्पले सी जिनपिङलाई किन चीलको मूर्ति (The bald eagle ) उपहार दिए ?

Simple Polls डोनाल्ड ट्रम्पले चिनियाँ राष्ट्रपति सी जिनपिङलाई किन दिए चीलको मूर्ति?  यसको प्रतीकात्मक अर्थ के हो? Like or Dislike US President Donald Trump gifted Chinese President Xi Jinping a bald eagle statue because it is the official national symbol of the United States and represents America's "free and soaring spirit." अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ह्वाइट हाउसमा आयोजित राजकीय रात्रिभोजका क्रममा चिनियाँ राष्ट्रपति सी जिनपिङलाई उपहारस्वरूप अमेरिकी राष्ट्रिय प्रतीक बाल्ड इगल (Bald Eagle) को विशेष मूर्ति प्रदान गरेका छन्। करिब तीन फिट अग्लो उक्त मूर्ति अमेरिकाको राष्ट्रिय पहिचान, स्वतन्त्रता र गौरवको प्रतीकका रूपमा प्रस्तुत गरिएको थियो। 🦅 ट्रम्पले चीलको मूर्ति दिनुको कारण अमेरिकाको राष्ट्रिय प्रतीक: बाल्ड इगल उत्तर अमेरिकामा पाइने चरा हो। यो अमेरिकाको राष्ट्रिय प्रतीक हो र यसले अमेरिकी स्वतन्त्रता, शक्ति, गौरव तथा उचाइमा उड्ने स्वतन्त्र भावनाको प्रतिनिधि...

भाषा सिक्ने सबैभन्दा सही उमेर कुन हो र किन ?

 शरद ऋतुको एउटा व्यस्त बिहानी । उत्तरी लन्डनस्थित स्पेनिस नर्सरी । यो एउटा दोभासे नर्सरी स्कुल हो । “यो उमेरमा बालबालिकाहरूले भाषा सिक्दैनन्, उनीहरूले भाषा ग्रहण गर्छन्,” स्कुलकी निर्देशक कार्मेन रामप्रेसादले भनिन् । यस विद्यालयका धेरै बालबालिकाका लागि स्पेनिस भाषा तेस्रो वा चौथो भाषा हो। उनीहरूको मातृभाषामा क्रोयसियन, हिब्रु, कोरियन र डच पर्छन् । बालबालिकाले भाषा सिक्न गरिरहेका यी सङ्घर्षलाई औसत उमेर पुगेको मानिससँग दाँज्दा हामी सजिलै निष्कर्ष निकाल्छौँ: भाषा सानो छँदै सिक्नु नै उत्तम हो । तर विज्ञानले भने भाषासँग कसरी हाम्रो जीवनकालभरी सम्बन्ध विकसित भइरहन्छ भन्ने एउटा जटिल धारणा प्रस्तुत गर्छ। यसले ढिला भाषा सिक्न थाल्नेहरूलाई प्रोत्साहित गर्छ । 


जीवनको फरकफरक समयमा भाषा सिक्नुका भिन्न-भिन्न फाइदाहरू छन् । शिशुका रुपमा हामी फरक स्वरहरू सुन्न सक्छौं; त्योभन्दा अलि ठूलो बामे सर्नसक्ने बच्चा हुँदा हामी रैथाने लबज चकित पार्ने गतिमा सिक्न सक्छौँ । वयस्क हुँदा हामी लामो समय शब्दमा ध्यान दिन्छौँ र लेखपढका लागि महत्त्वपूर्ण क्षमता हुन्छ जसले गर्दा शब्द सिक्न हामीलाई मद्दत गर्छ। र, उमेर बाहेक सामाजिक परिवेश, पढाउने तरिका एवम् प्रेम र मित्रता जस्ता कुराले पनि हामी कतिवटा भाषा कति राम्ररी बोल्न सक्छौँ भन्ने विषयलाई असर गर्नसक्छ। युनिभर्सिटी अफ एडिनबराकी बहुभाषासम्बन्धी केन्द्रकी निर्देशक एन्टोनेल्ला सोराचेले उमेरसँगै सबैकुरा ओरालो नलाग्ने बताइन् । उनले ‘व्याख्यासहितको स्पष्ट सिकाइ’ को उदाहरण दिइन् जसमा कक्षाकोठामा शिक्षकले नियमसहित भाषा सिकाउँछन् । यस्तो सिकाइका लागि बालबालिकाभन्दा वयस्कहरू धेरै उत्तम हुन्छन् । इजरेलमा भएको एउटा अध्ययनमा अनुसन्धानकर्ताहरूले वयस्कहरूले कृत्रिम भाषाको नियम बुझेर त्यसलाई नयाँ शब्दहरूमा प्रयोग गर्नसक्ने पत्ता लगाए। स्पेनका दुईवटा भाषा सिकिरहेकाहरू २,००० जनासँग गरिएको एउटा अध्ययनमा पनि कम उमेरका भन्दा उमेर पुगेका मानिसहरूले छिट्टै भाषा सिक्न सकेको देखायो । हामी प्राकृतिक रुपमै भाषा सिक्न सुरु गर्छौँ। बाल्यावस्थामा हामीले विश्वका भाषाहरूमा हुने छ सय व्यञ्जन र दुई सयवटा वर्ण सुन्न सक्छौँ। पहिलो वर्षभित्र हाम्रो दिमाग धेरै सुनिरहेको स्वरहरूमा पोख्त हुन थाल्छ । नवजात शिशु त आमाको कोखमा हुँदा सुनेकै लबजको नक्कल गरेर रुन थाल्छ। सोराचे भन्छिन्, “आफ्नै भाषा टिप्नका लागि बाल्यावस्था निकै महत्त्वपूर्ण हुन्छ।” एक्लिएका वा अनाथ बालबालिकामा गरिएको अध्ययनले समयमै भाषा नसिकेको अवस्थामा पछि त्यसलाई सजिलै टिप्न नसक्ने देखाएको छ । तर आश्चर्य के छ भने विदेशी भाषा सिक्नका लागि भने त्यो नियम लागु हुँदैन। युनिभर्सिटी अफ योर्ककी मनोभाषाविद् ड्यानिएला ट्रेनकिकले नयाँ देश सर्न लागेको एउटा परिवारको उदाहरण दिइन् । बालबालिकाहरूले अभिभावकको दाँजोमा धेरै छिटो भाषा सिक्छन्। 

 नयाँ भाषा सिक्नका लागि बालबालिकाले हतारो महसुस गर्छन् । साथी बनाउने र उनीहरूसँग घुलमिल हुने जस्ता सामाजिक कारणले उनीहरूले भाषा सिक्नु निकै महत्त्वपूर्ण हो भन्ने बुझ्छन् उनीहरूका आमाबुवा भने आफूलाई बुझ्ने आफूहरूजस्तै आप्रवासीसँग घुलमिल हुने सम्भावना बढी हुन्छ। सन् २०१३ मा इटलीको भाषा सिकिरहेका ब्रिटिश वयस्कहरूसँग गरिएको अध्ययनमा भाषा सिक्न समस्या भएकाहरूलाई शिक्षक र अन्य विद्यार्थीसँग मिलाएर मद्दत गरिएको थियो। “सामाजिक उत्प्रेरणा भएन भने टिक्नै मुस्किल हुन्छ, भाषा सिक्नका लागि वर्षौं बिताउनु पर्छ।” यो वर्षको सुरुमा एमआइटीमा अनलाइन प्रश्नोत्तरमा आधारित भएर झण्डै छ लाख ७० हजार मानिसहरूमा गरिएको एउटा अध्ययनमा स्थानीय मानिसको जस्तै अङ्ग्रेजी व्याकरणको ज्ञान हासिल गर्न १० वर्ष हुँदा सुरु गर्नु निकै उत्तम हुने पाइएको थियो। तर उक्त अध्ययनले हामी आफ्नै भाषामा पनि राम्रो हुँदै जाने देखाएको थियो । उदाहरणका लागि हामी आफ्नो भाषामा पनि व्याकरणमा पारङ्गत ३० वर्षभित्र मात्रै हुन सक्छौँ । एउटा छुट्टै अनलाइन अध्ययनले भने रैथाने मानिसहरूले पनि आफ्नो आधा उमेर नपुग्दासम्म प्रत्येक दिन नयाँ शब्द सिक्ने देखाएको थियो । भाषा किन पढ्ने? “मानिसहरूले कहिलेकाहीँ सोध्छन् विदेशी भाषा सिक्नुको ठूलो फाइदा के छ ?” ट्रेनकिक भन्छिन्। “के मैले थप पैसा कमाउँछु ? म थप बाठो हुन्छु ? म स्वस्थ रहन्छु ?” “तर खासमा विदेशी भाषा जान्नुको सबैभन्दा ठूलो फाइदा भनेको धेरै मानिससँग सम्वाद गर्न सक्नु हो,” उनी भन्छिन्। स्पेनिस नर्सरीकी निर्देशक आफैँले पनि दोस्रो भाषा ढिला सिक्न थालेकी हुन् । रामप्रेसाद रोमानियामा हुर्किइन् र उनले अङ्ग्रेजीमा पकड जमाउन थालेकी २० वर्षको उमेरपछि मात्रै हो। विविसीबाट

Comments

Popular posts from this blog

सामाजिक सञ्जालमा Deepfake र Black PR को बढ्दो खतरा ! विशेषगरी युवा पुस्ता र बालबालिका बढी प्रभावित

⚠️ संवेदनशील सामग्री चेतावनी (Sensitive Content Warning): यस पोस्टमा डिजिटल अपराध, नक्कली सामग्री (Deepfake), चरित्र हत्या, र साइबर दुर्व्यवहारका घटनाहरूको चर्चा गरिएको छ। यसले केही पाठकहरूमा असहजता, चिन्ता, वा पीडादायी सम्झनाहरू जगाउन सक्छ। कृपया विवेकपूर्वक पढ्नुहोला। यदि तपाईं यस्तो कुनै घटनाको पीडित हुनुहुन्छ भने, पोस्टको अन्त्यमा उल्लेखित सहायताका उपायहरू उपयोगी हुन सक्छन्। सामाजिक सञ्जालमा Deepfake र Black PR को बढ्दो खतरा डिजिटल युगको नयाँ चुनौती जब म मोबाइल स्क्रोल गर्छु, मेरो Facebook, TikTok, YouTube Shorts र रिलहरूमा अनावश्यक फोटो, भिडियो र स्टाटसहरू आइरहन्छन्। आफूलाई मनपर्ने नेता वा चर्चित व्यक्तिको नाम र फोटो प्रयोग गरिएको उस्तै नक्कली आईडीबाट अचम्म लाग्ने स्टाटस पोस्ट गरिएको देखिन्छ। कतै कसैको चरित्र हत्या गर्ने edited तस्वीर हुन्छ, कतै अपमानजनक भिडियो, कतै भ्रामक समाचार। आज सामाजिक सञ्जालमा यस्ता सामग्री यति धेरै देखिन थालेका छन् कि सत्य र झुट छुट्याउनै कठिन हुने अवस्था सिर्जना भएको छ। Artificial Intelligence (AI) का नयाँ उपकरणहरूको प्र...

Proposal for Thesis

 १. शोध शीर्षक  अध्ययन गर्न गइरहेको प्रस्तावित शोधपत्रको शीर्षक कक्षा ८ मा अध्ययनरत सर्लाही जिल्लाका सामुदायिक विद्यालयका अध्ययनरत तामाङ विद्यार्थीहरूको सस्वरपठन सीप अवस्थाको एक अध्ययन” रहने छ ।  २. शोधको प्रयोजन प्रस्तावित शोधपत्र त्रिभुवन विश्वविद्यालय शिक्षाशास्त्र सङ्काय, नेपाली भाषा शिक्षा विभागअन्तर्गत स्नातकोत्तर तह नेपाली दोस्रो वर्षको पाठ्यांश ५९८ को उद्देश्य पूरा गर्ने प्रयोजनका निमित्त रहने छ ।  ३. समस्था कथन  भाषा सञ्चार आदनप्रदान गर्ने मुख्य माध्यम हो । भाषाको विकासले नै वालबालिकाको सिकाइ क्षमतामा बृद्धि ल्याउँछ । भाषा विकासमा सुनाइ, बोलाइ, पढाइ र लेखाइ गरी चारवटा सीप विकास हुनु जरुरी हुन्छ । नेपालको सन्दर्भमा नेपाली भाषाको विकासलाई मुख्य जोड दिई सानै कक्षादेखि नै नेपाली भाषाको विषयलाई अनिवार्य गराइ पठनपाठन हुँदै आइरहेको छ । भाषाको विकासमा विभिन्न तत्वहरुले प्रभाव पार्दछ जसका कारणले भाषामा त्रुटि हुने गर्दछ ।  कुनै पनि भाषा सिकाइका क्रममा त्रुटि हुनुलाई स्वाभाविक प्रक्रिया मानिन्छ । त्रुटिले भाषा सिकाइमा सिकाइको प्रकृति तथा प्रवृत्...

रित्तो हात लिएर जागरिबाट अवकाश पाएका

    रित्तो हात लिएर जागरिबाट अवकाश पाएका धनबहादुर केसी पटकपटक थमैतीमा परेका सर्लाहीको लालबन्दी नगरपालिका-१६ स्थित श्री डिम जनता माध्यमिक विद्यालयका कार्यालय सहयोगी मात्र हुन्, ६२ वर्षीय धनबहादुर केसी । यतिबेला उनी विद्यालयमा हुनुपर्ने हो । तर, एक सातादेखि काठमाडौंको माइतीघर मण्डलामा तातो घाममा धर्नामा छन् । ०३५ सालदेखि कार्यालय सहयोगीका रूपमा काम गरेका धनबहादुरले न धन कमाउन सके, न जागिरको ग्यारेन्टी नै भयो । उल्टै पटक-पटक उनी विद्यालयबाट अवकास पाए । अदालतको आदेशमा थमौती गर्दै बस्दै गरेर उनले ४३ वर्ष काम गरे । सुरुवाती चरणका तीन महिना त उनले निःशुल्क काम गरे । त्यसपछि महिनाको २५ रुपैयाँ पाउन थाले । हाल उनले महिनाको १५ हजार पाउँछन् । तर, उनको जागिर स्थायी भएन । हाल जागरिबाट अवकाश हुनेबेला भयो उनको । तर, रित्तो हात फर्कनु पर्ने बाध्यता सुनाउँछन् उनी । त्यसैले सेवा सुविधाको माग गर्दै उनी सिंहदरबारलाई घचघच्याउन काठमाडौं आइपुगेका हुन् । ‘कार्यालय सहयोगी भएरै पूरै जीवन बित्यो तर रित्तो हात कामबाट बिदा लिनुपर्ने स्थिति छ । राज्यले हामीलाई उपेक्षा गर्‍यो,’ सिंहदरबारतर्फ उनी औँला तेर्सा...

नागरिकहरूको राय-सुझावहरू सिधै प्रधानमन्त्रीको सचिवालयसम्म

 शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय - नेपाल प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले आगामी आर्थिक वर्षको नीति, कार्यक्रम तथा बजेट तर्जुमा गर्ने प्रक्रियामा आम नागरिकको प्रत्यक्ष सहभागिता सुनिश्चित गर्न 'सुझाव संकलन पोर्टल' सञ्चालनमा ल्याएको छ। आगामी सोमबार सार्वजनिक हुने नीति तथा कार्यक्रममा जनताका वास्तविक आवश्यकता र मौलिक अपेक्षाहरूलाई समेट्दै शासन व्यवस्थालाई थप पारदर्शी र जनमुखी बनाउने उद्देश्यले यो डिजिटल प्लेटफर्मको सुरुवात गरिएको हो।  यस पोर्टलका माध्यमबाट देश-विदेशमा रहनुभएका सम्पूर्ण नेपाली नागरिक, विषयविज्ञ र नीति निर्माताहरूले बजेट निर्माण र विकासका प्राथमिकताका सम्बन्धमा आफ्ना महत्वपूर्ण राय-सुझावहरू सिधै सरकारसमक्ष पेश गर्न सक्नुहुनेछ। प्रेस तथा अनुसन्धान विज्ञ दीपा दाहालका अनुसार सरकारको नीति निर्माण प्रक्रियालाई प्रशासनिक घेरामा मात्र सीमित नराखी आम जनताको भावना र विज्ञतालाई कदर गर्ने प्रधानमन्त्रीज्यूको मुख्य योजना अनुरूप यो कदम चालिएको हो। दाहालले यो पोर्टलले नागरिक र राज्यबीचको दूरी मेटाउँदै सुशासनको नयाँ अभ्यास स्थापित गर्ने र प्राप्त भएका सुझावहरूलाई...

Contact form

Name

Email *

Message *

Translate

Follow us:
facebook sharing button
twitter sharing button
instagram sharing button
youtube sharing button
messenger sharing button
blogger sharing button

Life Post

5/block/Health Beauty