Skip to main content

शिक्षक सेवा आयोग (TSC) मा भर्खरै नियुक्त हुनुभएका नवनियुक्त पदाधिकारीहरूको छोटो परिचय

शिक्षक सेवा आयोगमा नयाँ पदाधिकारीहरु नियुक्त      शिक्षक सेवा आयोग (TSC) मा भर्खरै नियुक्त हुनुभएका नवनियुक्त पदाधिकारीहरू  बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले डा. हरिप्रसाद लम्सालकाे अध्यक्षतामा तीन सदस्यीय शिक्षक सेवा आयोग पदाधिकारीहरु नियुक्त गरेको छ। आयोगका अन्य दुई सदस्यहरुमा रामशरण सापकोटा र विष्णु घिमिरे रिमाल रहेका छन् । शिक्षक सेवा आयोग एेन २०२८ अनुसार शिक्षक सेवा आयोगमा एक महिलासहित तीन सदस्य रहने व्यविस्था छ ।  डा. हरिप्रसाद लम्साल नेपाल सरकारको पूर्व सचिव रहिसक्नुभएका उहाँले शिक्षा मन्त्रालयको प्रवक्ता तथा सहसचिव र सुदूरपश्चिम प्रदेशको प्रमुख सचिव लगायतका उच्च प्रशासनिक पदहरूमा रहेर लामो समय शिक्षा क्षेत्र र निजामती सेवामा रहेर काम गरिसक्नु भएको छ । तस्बिरको तल बायाँपट्टि रहनुभएका ब्यक्ति रामशरण सापकोटा हुन् । उहाँ आयोगको खुला सदस्य पदमा नियुक्त हुनुभएको हो। उहाँ मकवानपुर जिल्लाका बासिन्दा हुनुहुन्छ। उहाँ पनि शिक्षा र प्रशासन क्षेत्रको विशेष अनुभव बोकेका व्यक्तित्व हुनुहुन्छ। यसैगरी   तस्बिरको तल दायाँपट्टि रहनुभएकी अर्का ब्यक्ति  वि...

भाषा सिक्ने सबैभन्दा सही उमेर कुन हो र किन ?

 शरद ऋतुको एउटा व्यस्त बिहानी । उत्तरी लन्डनस्थित स्पेनिस नर्सरी । यो एउटा दोभासे नर्सरी स्कुल हो । “यो उमेरमा बालबालिकाहरूले भाषा सिक्दैनन्, उनीहरूले भाषा ग्रहण गर्छन्,” स्कुलकी निर्देशक कार्मेन रामप्रेसादले भनिन् । यस विद्यालयका धेरै बालबालिकाका लागि स्पेनिस भाषा तेस्रो वा चौथो भाषा हो। उनीहरूको मातृभाषामा क्रोयसियन, हिब्रु, कोरियन र डच पर्छन् । बालबालिकाले भाषा सिक्न गरिरहेका यी सङ्घर्षलाई औसत उमेर पुगेको मानिससँग दाँज्दा हामी सजिलै निष्कर्ष निकाल्छौँ: भाषा सानो छँदै सिक्नु नै उत्तम हो । तर विज्ञानले भने भाषासँग कसरी हाम्रो जीवनकालभरी सम्बन्ध विकसित भइरहन्छ भन्ने एउटा जटिल धारणा प्रस्तुत गर्छ। यसले ढिला भाषा सिक्न थाल्नेहरूलाई प्रोत्साहित गर्छ । 


जीवनको फरकफरक समयमा भाषा सिक्नुका भिन्न-भिन्न फाइदाहरू छन् । शिशुका रुपमा हामी फरक स्वरहरू सुन्न सक्छौं; त्योभन्दा अलि ठूलो बामे सर्नसक्ने बच्चा हुँदा हामी रैथाने लबज चकित पार्ने गतिमा सिक्न सक्छौँ । वयस्क हुँदा हामी लामो समय शब्दमा ध्यान दिन्छौँ र लेखपढका लागि महत्त्वपूर्ण क्षमता हुन्छ जसले गर्दा शब्द सिक्न हामीलाई मद्दत गर्छ। र, उमेर बाहेक सामाजिक परिवेश, पढाउने तरिका एवम् प्रेम र मित्रता जस्ता कुराले पनि हामी कतिवटा भाषा कति राम्ररी बोल्न सक्छौँ भन्ने विषयलाई असर गर्नसक्छ। युनिभर्सिटी अफ एडिनबराकी बहुभाषासम्बन्धी केन्द्रकी निर्देशक एन्टोनेल्ला सोराचेले उमेरसँगै सबैकुरा ओरालो नलाग्ने बताइन् । उनले ‘व्याख्यासहितको स्पष्ट सिकाइ’ को उदाहरण दिइन् जसमा कक्षाकोठामा शिक्षकले नियमसहित भाषा सिकाउँछन् । यस्तो सिकाइका लागि बालबालिकाभन्दा वयस्कहरू धेरै उत्तम हुन्छन् । इजरेलमा भएको एउटा अध्ययनमा अनुसन्धानकर्ताहरूले वयस्कहरूले कृत्रिम भाषाको नियम बुझेर त्यसलाई नयाँ शब्दहरूमा प्रयोग गर्नसक्ने पत्ता लगाए। स्पेनका दुईवटा भाषा सिकिरहेकाहरू २,००० जनासँग गरिएको एउटा अध्ययनमा पनि कम उमेरका भन्दा उमेर पुगेका मानिसहरूले छिट्टै भाषा सिक्न सकेको देखायो । हामी प्राकृतिक रुपमै भाषा सिक्न सुरु गर्छौँ। बाल्यावस्थामा हामीले विश्वका भाषाहरूमा हुने छ सय व्यञ्जन र दुई सयवटा वर्ण सुन्न सक्छौँ। पहिलो वर्षभित्र हाम्रो दिमाग धेरै सुनिरहेको स्वरहरूमा पोख्त हुन थाल्छ । नवजात शिशु त आमाको कोखमा हुँदा सुनेकै लबजको नक्कल गरेर रुन थाल्छ। सोराचे भन्छिन्, “आफ्नै भाषा टिप्नका लागि बाल्यावस्था निकै महत्त्वपूर्ण हुन्छ।” एक्लिएका वा अनाथ बालबालिकामा गरिएको अध्ययनले समयमै भाषा नसिकेको अवस्थामा पछि त्यसलाई सजिलै टिप्न नसक्ने देखाएको छ । तर आश्चर्य के छ भने विदेशी भाषा सिक्नका लागि भने त्यो नियम लागु हुँदैन। युनिभर्सिटी अफ योर्ककी मनोभाषाविद् ड्यानिएला ट्रेनकिकले नयाँ देश सर्न लागेको एउटा परिवारको उदाहरण दिइन् । बालबालिकाहरूले अभिभावकको दाँजोमा धेरै छिटो भाषा सिक्छन्। 

 नयाँ भाषा सिक्नका लागि बालबालिकाले हतारो महसुस गर्छन् । साथी बनाउने र उनीहरूसँग घुलमिल हुने जस्ता सामाजिक कारणले उनीहरूले भाषा सिक्नु निकै महत्त्वपूर्ण हो भन्ने बुझ्छन् उनीहरूका आमाबुवा भने आफूलाई बुझ्ने आफूहरूजस्तै आप्रवासीसँग घुलमिल हुने सम्भावना बढी हुन्छ। सन् २०१३ मा इटलीको भाषा सिकिरहेका ब्रिटिश वयस्कहरूसँग गरिएको अध्ययनमा भाषा सिक्न समस्या भएकाहरूलाई शिक्षक र अन्य विद्यार्थीसँग मिलाएर मद्दत गरिएको थियो। “सामाजिक उत्प्रेरणा भएन भने टिक्नै मुस्किल हुन्छ, भाषा सिक्नका लागि वर्षौं बिताउनु पर्छ।” यो वर्षको सुरुमा एमआइटीमा अनलाइन प्रश्नोत्तरमा आधारित भएर झण्डै छ लाख ७० हजार मानिसहरूमा गरिएको एउटा अध्ययनमा स्थानीय मानिसको जस्तै अङ्ग्रेजी व्याकरणको ज्ञान हासिल गर्न १० वर्ष हुँदा सुरु गर्नु निकै उत्तम हुने पाइएको थियो। तर उक्त अध्ययनले हामी आफ्नै भाषामा पनि राम्रो हुँदै जाने देखाएको थियो । उदाहरणका लागि हामी आफ्नो भाषामा पनि व्याकरणमा पारङ्गत ३० वर्षभित्र मात्रै हुन सक्छौँ । एउटा छुट्टै अनलाइन अध्ययनले भने रैथाने मानिसहरूले पनि आफ्नो आधा उमेर नपुग्दासम्म प्रत्येक दिन नयाँ शब्द सिक्ने देखाएको थियो । भाषा किन पढ्ने? “मानिसहरूले कहिलेकाहीँ सोध्छन् विदेशी भाषा सिक्नुको ठूलो फाइदा के छ ?” ट्रेनकिक भन्छिन्। “के मैले थप पैसा कमाउँछु ? म थप बाठो हुन्छु ? म स्वस्थ रहन्छु ?” “तर खासमा विदेशी भाषा जान्नुको सबैभन्दा ठूलो फाइदा भनेको धेरै मानिससँग सम्वाद गर्न सक्नु हो,” उनी भन्छिन्। स्पेनिस नर्सरीकी निर्देशक आफैँले पनि दोस्रो भाषा ढिला सिक्न थालेकी हुन् । रामप्रेसाद रोमानियामा हुर्किइन् र उनले अङ्ग्रेजीमा पकड जमाउन थालेकी २० वर्षको उमेरपछि मात्रै हो। विविसीबाट

Comments

Popular posts from this blog

रक्षा बम र ग्रेटा थुनबर्गको जलवायु न्यायसम्बन्धी सन्देश

जलवायु न्यायका लागि नेपालको आवाज · ब्लग 🌍 रक्षा बम · ग्रेटा थुनबर्ग · जलवायु न्याय जलवायु न्यायका लागि नेपालको आवाज रक्षा बमको अन्तर्राष्ट्रिय आवाज र ग्रेटा थुनबर्गको जलवायु न्यायसम्बन्धी सन्देश “हामीलाई दान होइन, न्याय र क्षतिपूर्ति चाहिन्छ।” — रक्षा बम, नोबेल शान्ति सम्मेलन, ओस्लो 🇳🇵 नेपाली आवाज रक्षा बम : अन्तर्राष्ट्रिय मञ्चमा नेपालको जलवायु न्यायको आवाज नर्वेको ओस्लोमा आयोजित नोबेल शान्ति सम्मेलनमा मन्तव्य राख्दै युवा जलवायु अभियन्ता रक्षा बम नोबेल पिस फोरममा रक्षा बमले राखेको यो अभिव्यक्ति नेपालको लागि विश्व समुदायमा प्रवेश गर्ने प्रस्थान बिन्दु हो। एक जना युवाले अन्तर्राष्ट्रिय फोरममा यति कुरा राख्नु नेपालको लागि अवसर हो। अब राज्य तहबाट नै यही आवाजका साथ विश्व फोरममा जानुपर्छ। नर्वेको ओस्लोमा आयोजित Nobel Peace Conference मा Read more...

शिक्षक सेवा आयोग (TSC) मा भर्खरै नियुक्त हुनुभएका नवनियुक्त पदाधिकारीहरूको छोटो परिचय

शिक्षक सेवा आयोगमा नयाँ पदाधिकारीहरु नियुक्त      शिक्षक सेवा आयोग (TSC) मा भर्खरै नियुक्त हुनुभएका नवनियुक्त पदाधिकारीहरू  बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले डा. हरिप्रसाद लम्सालकाे अध्यक्षतामा तीन सदस्यीय शिक्षक सेवा आयोग पदाधिकारीहरु नियुक्त गरेको छ। आयोगका अन्य दुई सदस्यहरुमा रामशरण सापकोटा र विष्णु घिमिरे रिमाल रहेका छन् । शिक्षक सेवा आयोग एेन २०२८ अनुसार शिक्षक सेवा आयोगमा एक महिलासहित तीन सदस्य रहने व्यविस्था छ ।  डा. हरिप्रसाद लम्साल नेपाल सरकारको पूर्व सचिव रहिसक्नुभएका उहाँले शिक्षा मन्त्रालयको प्रवक्ता तथा सहसचिव र सुदूरपश्चिम प्रदेशको प्रमुख सचिव लगायतका उच्च प्रशासनिक पदहरूमा रहेर लामो समय शिक्षा क्षेत्र र निजामती सेवामा रहेर काम गरिसक्नु भएको छ । तस्बिरको तल बायाँपट्टि रहनुभएका ब्यक्ति रामशरण सापकोटा हुन् । उहाँ आयोगको खुला सदस्य पदमा नियुक्त हुनुभएको हो। उहाँ मकवानपुर जिल्लाका बासिन्दा हुनुहुन्छ। उहाँ पनि शिक्षा र प्रशासन क्षेत्रको विशेष अनुभव बोकेका व्यक्तित्व हुनुहुन्छ। यसैगरी   तस्बिरको तल दायाँपट्टि रहनुभएकी अर्का ब्यक्ति  वि...

नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश २०८३ ले शिक्षा ऐन २०२८ मा गरेका संशोधनहरु

नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश २०८३ ले शिक्षा ऐन २०२८ मा गरेका संशोधनहरु १ राष्ट्रिय परीक्षा बोर्डका पदाधिकारीको पदावधि सम्बन्धी व्यवस्था हटाईएको २.राष्ट्रिय शिक्षा परिषद्मा प्राध्यापक संघ र नेपाल शिक्षक महासंघको प्रतिनिधित्व हटाईएको ३.जिल्ला शिक्षा समितिमा नेपाल शिक्षक महासंघको प्रतिनिधित्व हटाईएको ४.शिक्षक सेवा आयोगका पदाधिकारीको पदावधि सम्बन्धी व्यवस्था हटाईएको ५.सामुदायिक विद्यालयको विद्यालय व्यवस्थापन समिति ९ वाट ७ बनाईएको । मनोनित गरिने व्यवस्था हटाईएको । ६.विदेशी शैक्षिक कार्यक्रम वा शिक्षण कोर्ष सञ्चालन सम्बन्धी प्रावधान थप गरिएको । ✍️ १ "विद्यालय" शब्दको सट्टामा अब "शैक्षिक संस्था" हुने ✍️ २ दफा २ को ट १ थप गरी त्यहाँ शैक्षिक कार्यक्रम भन्नाले शैक्षिक परामर्श सेवा, विदेशी विश्वविद्यालयबाट सम्बन्धन प्राप्त गरी विदेशी शैक्षिक कार्यक्रम वा शिक्षण कोर्ष सञ्चालन गर्ने शैक्षिक कार्यक्रम सम्झनुपर्छ। ✍️३ दफा ४८क (राष्ट्रिय परीक्षा बोर्ड) को उपदफा ४ र ५ मा ४ वर्षको पदावधि हटेको । ✍️ ४ दफा ७क (परिषद सम्बन्धी व्यवस्था) को उपदफा २ को झ र ज झिकेको भन्नाले राष्ट्रिय श...

Proposal for Thesis

 १. शोध शीर्षक  अध्ययन गर्न गइरहेको प्रस्तावित शोधपत्रको शीर्षक कक्षा ८ मा अध्ययनरत सर्लाही जिल्लाका सामुदायिक विद्यालयका अध्ययनरत तामाङ विद्यार्थीहरूको सस्वरपठन सीप अवस्थाको एक अध्ययन” रहने छ ।  २. शोधको प्रयोजन प्रस्तावित शोधपत्र त्रिभुवन विश्वविद्यालय शिक्षाशास्त्र सङ्काय, नेपाली भाषा शिक्षा विभागअन्तर्गत स्नातकोत्तर तह नेपाली दोस्रो वर्षको पाठ्यांश ५९८ को उद्देश्य पूरा गर्ने प्रयोजनका निमित्त रहने छ ।  ३. समस्था कथन  भाषा सञ्चार आदनप्रदान गर्ने मुख्य माध्यम हो । भाषाको विकासले नै वालबालिकाको सिकाइ क्षमतामा बृद्धि ल्याउँछ । भाषा विकासमा सुनाइ, बोलाइ, पढाइ र लेखाइ गरी चारवटा सीप विकास हुनु जरुरी हुन्छ । नेपालको सन्दर्भमा नेपाली भाषाको विकासलाई मुख्य जोड दिई सानै कक्षादेखि नै नेपाली भाषाको विषयलाई अनिवार्य गराइ पठनपाठन हुँदै आइरहेको छ । भाषाको विकासमा विभिन्न तत्वहरुले प्रभाव पार्दछ जसका कारणले भाषामा त्रुटि हुने गर्दछ ।  कुनै पनि भाषा सिकाइका क्रममा त्रुटि हुनुलाई स्वाभाविक प्रक्रिया मानिन्छ । त्रुटिले भाषा सिकाइमा सिकाइको प्रकृति तथा प्रवृत्...

Contact form

Name

Email *

Message *

Translate

Follow us:
facebook sharing button
twitter sharing button
instagram sharing button
youtube sharing button
messenger sharing button
blogger sharing button

Life Post

5/block/Health Beauty