शिक्षक कर्मचारी आवद्ध चार संगठनले विद्यालय तह सम्म सञ्चालनको अधिकार स्थानीय सरकार मातहत हुने संविधानको अनुसूची ८ को प्रावधान खारेजीको माग गर्दै गर्दा शिक्षक महासँघले मागहरु प्रस्तुत गरेको केही दिनमा केही नेपाल ऐनलाई संशोधन गर्न सरकारले गत आईतबार जारी गरेको शिक्षा ऐनको संशोधन अध्यादेशमा राष्ट्रिय शिक्षा परिषद् र जिल्ला शिक्षा समितिमा शिक्षक महासंघको प्रतिनिधित्वको व्यवस्थालाई खारेज गरिएको हो । ऐनको दफा ७ को उपदफा २ को खण्ड झ र ञ भिकिएको छ । जहाँ राष्ट्रिय शिक्षा परिषद्को सदस्यमा महासंघको प्रतिनिधित्व हुने व्यवस्था गरिएको थियो । उक्त दफामा शिक्षा सम्बन्धि नीति निर्धारण गर्न सरकारलाई सल्लाह सुझाव दिनका लागि परिषद्को व्यवस्था गरिएको छ । शिक्षा मन्त्री वा राज्य मन्त्रीको अध्यक्षतमा हुने परिषद्मा महासंघको अध्यक्ष सदस्य हुने खण्ड ञ मा व्यवस्था थियो । सोही दफाको खण्ड झ मा नेपाल प्राध्यापक संघको सभापति सदस्य हुने व्यवस्था थियो । ऐनको संशोधनले यी दुबै सदस्य हटाईएको छ । यसैगरी जिल्ला शिक्षा समितिको सदस्यका रुपमा हुने शिक्षक महासंघका...
काठमाडौंका खोला किनारामा घरटहरा बनाएर बसेकाहरूलाई अहिले विभिन्न स्थानको ‘होल्डिङ सेन्टर’मा राखिएको छ । नयाँ शैक्षिक सत्र हुँदा बालबालिका भने विद्यालय जान पाएका छैनन् विभिन्न स्थानमा बसोबास गरिरहेका सुकुम्वासी बस्तीका बालबालिका आफ्नो बासस्थाननजिकै रहेको विद्यालयमा पठनपाठनका लागि जान्थे । तर, सरकारले बस्ती हटाएर अन्यन्त्र सारेपछि होल्डिङ सेन्टरमा राखिएका विद्यार्थीहरूको पढाइमा बाधा परिरहको छ । । काठमाडौं महानगरपालिका अनुसार, चार देखि १६ वर्ष उमेर समूहका बालबालिका अभिभावकसँगै विभिन्न होल्डिङ सेन्टरमा छन् । दशरथ रंगशालामा रहेको दर्ता केन्द्रमा दर्ता भएअनुसार हालसम्म विद्यालय जाने उमेर समूहका ५९ बालबालिका छन् । वैशाख १४ गते ६ बालिबालिका दर्ताका लागि आएका थिए । त्यस्तै, १५ गते १९ जना, १८ गते २३ जना, १९ गते आठजना र २० गते तीन बालबालिकाको दर्ता भएको दर्ता सेन्टरले जनाएको छ । दर्ता हुन आएकाहरूलाई काठमाडौंको माछापोखरी, बोडे, चोभार, बसपार्क, सुन्धाराका होटेल, बालाजु, गोंगबुमा राखिएको छ । हालसम्म २८ सयभन्दा बढी सुकुम्वासीले नाम दर्ता गराएका छन् । यसमध्ये स्कुले ...