Simple Polls डोनाल्ड ट्रम्पले चिनियाँ राष्ट्रपति सी जिनपिङलाई किन दिए चीलको मूर्ति? यसको प्रतीकात्मक अर्थ के हो? Like or Dislike US President Donald Trump gifted Chinese President Xi Jinping a bald eagle statue because it is the official national symbol of the United States and represents America's "free and soaring spirit." अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ह्वाइट हाउसमा आयोजित राजकीय रात्रिभोजका क्रममा चिनियाँ राष्ट्रपति सी जिनपिङलाई उपहारस्वरूप अमेरिकी राष्ट्रिय प्रतीक बाल्ड इगल (Bald Eagle) को विशेष मूर्ति प्रदान गरेका छन्। करिब तीन फिट अग्लो उक्त मूर्ति अमेरिकाको राष्ट्रिय पहिचान, स्वतन्त्रता र गौरवको प्रतीकका रूपमा प्रस्तुत गरिएको थियो। 🦅 ट्रम्पले चीलको मूर्ति दिनुको कारण अमेरिकाको राष्ट्रिय प्रतीक: बाल्ड इगल उत्तर अमेरिकामा पाइने चरा हो। यो अमेरिकाको राष्ट्रिय प्रतीक हो र यसले अमेरिकी स्वतन्त्रता, शक्ति, गौरव तथा उचाइमा उड्ने स्वतन्त्र भावनाको प्रतिनिधि...
संवैधानिक परिषद्सम्बन्धी अध्यादेश किन फिर्ता भयो ? 
किस्ताबन्दीमा पठाएको अरु सातवटा अध्यादेश जारी गर्दैगर्दा संवैधानिक परिषद्सम्बन्धी अध्यादेश भनेराष्ट्रपतिले सरकारबाट फिर्ता भएको छ । वैशाख १४ गतेको मन्त्रिपरिषद्को निर्णयअनुसार संवैधानिक परिषद्सम्बन्धी सो अध्यादेश राष्ट्रपतिकहाँ पुर्याइएको थियो ।
संविधानको धारा ११४ अनुसार संघीय संसद्को दुवै सदनको अधिवेशन नचलेको अवस्थामा तत्काल केही गर्न आवश्यक परे मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले अध्यादेश जारी गर्न सक्ने व्यवस्था छ ।
संविधानले विधेयकका हकमा जस्तो अध्यादेशका विषयमा भने स्पष्ट गरेको छैन । संविधानको धारा ११३ अनुसार अर्थ विधेयकबाहेक अन्य विधेयक राष्ट्रपतिले एकपटक पुनर्विचारका लागि फिर्ता पठाउन सक्ने र संसद्ले पुनर्विचार गरेर पुनः पारित गरेर पठाएपछि राष्ट्रपतिले प्रमाणीकरण गर्नुपर्दछ ।
बालेन नेतृत्वको सरकारले संसद् अधिवेशन रोकेर अध्यादेश ल्याउन सिफारिस गरेको थियो । संसद् अधिवेशन आह्वानको भोलिपल्टै अधिवेशन स्थगित गरेको सरकारले अध्यादेशको बाटो रोजेको थियो ।
वैशाख ८ गतेको मन्त्रिपरिषद्को बैठकले संसद् अधिवेशन आह्वानका लागि राष्ट्रपतिसमक्ष सिफारिस गरेको थियो । सिफारिसअनुसार वैशाख ९ गते राष्ट्रपति पौडेलले वैशाख १७ गतेका लागि संसद्को अधिवेशन आह्वान गरेका थिए । तर, वैशाख १० गते नै सरकारले अधिवेशन स्थगनका लागि सिफारिस गर्यो । विशेष कारण देखाउँदै अधिवेशन अन्त्य गर्ने निर्णय गरेको थियो । सोहीअनुसार राष्ट्रपतिको कार्यालयबाट अधिवेशन स्थगनको सूचना जारी भएको थियो ।
अध्यादेशमा अध्यक्षसहित चारजना भए गणपूरक मानिने र त्यसको बहुमत अर्थात् तीनजनाबाटै निर्णय गर्न सकिने प्रावधान समेटिएको थियो । विगतमा स्थापित नजिर सम्झाउँदै पौडेलले अध्यादेश पुनर्विचारका लागि फिर्ता गरेका हुन् । राष्ट्रपतिले ०८२ असार २५ गते विधेयक फिर्ता पठाएको, मंसिरमा सरकारले पठाएको संवैधानिक परिषद्सम्बन्धी विधेयक जारी नगरेको स्मरण गराएका छन् । जुन कुरा राष्ट्रपतिको कार्यालयबाट जारी गरिएको विज्ञप्तिमा उल्लेख छ ।
अध्यादेश जारी नहुँदा संवैधानिक नियुक्ति नियुक्ति रोकिन्छ ?
राष्ट्रपतिले अध्यादेश जारी नगर्दैमा संवैधानिक नियुक्तिका लागि सिफारिस रोकिने छैन । संविधानविद् पूर्णमान शाक्य ०६६ कै ऐनअनुसार निर्णय गर्न मिल्ने बताउँछन् ।
“नियुक्तिमा रोकिँदैन । पहिलेकै कानुनअनुसार नियुक्ति गर्नुपर्छ,” कानुनअनुसार चारजना हुँदा निर्णय हुनसक्छ ।” संवैधानिक परिषद्ले कुनै पदाधिकारी नियुक्त सिफारिस गरेमा संसदीय सुनुवाइका लागि पठाउनुपर्छ ।
संवैधानिक नियुक्तिका लागि सिफारिस गर्ने संवैधानिक परिषद्मा ६ जना रहने व्यवस्था छ । जसमा प्रधानमन्त्री, सभामुख, उपसभामुख, राष्ट्रियसभाका अध्यक्ष, प्रधानन्यायधीश, विपक्षी दलका नेता रहन्छन् ।
संवैधानिक परिषद् ऐन २०६६ मा निर्णय सर्वसम्मत निर्णय गर्नुपर्ने व्यवस्था छ । सर्वसम्मत निर्णय हुन नसके अर्को बैठकमा सकेसम्म सहमति जुटाउनुपर्ने उल्लेख छ । नभए परिषद्का सम्पूर्ण सदस्यको बहुमतले निर्णय गर्ने कानुनी व्यवस्था छ ।
हाल प्रधानमन्त्री शाह, कामु प्रधानन्यायाधीशमा सपना प्रधान मल्ल, प्रतिनिधिसभाका सभामुख डोलप्रसाद (डीपी) अर्याल, उपसभामुख रूवी कुमारी, राष्ट्रियसभा अध्यक्ष नारायण दाहाल र प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता भीष्मराज आङ्देम्बे छन् । प्रधानन्यायाधीश नियुक्तिमा भने मल्ल बैठकमा बस्न मिल्दैन । त्यतिबेला कानुनमन्त्री पदेन सदस्य हुने व्यवस्था छ ।
डिजिटलको दुनियाँमा च्यातिएको हाजिरी रजिष्टर बोकेर बिद्यार्थीको हाजिर गरेर जागिर खाने दिन गयो ।
अब डिजिटल हाजिर मोबाइलबाटै
तपाईलाई यो सेवा हामी उपलब्ध गराउँछौ । यो लिङ्क मा जानुस र Try गर्नुस ln.run/DR0ah
सम्पर्क 9844087012
..................................................... अन्य सेवाको लागि https://ln.run/fXx6p




Comments
Post a Comment
Thank you !