Simple Polls डोनाल्ड ट्रम्पले चिनियाँ राष्ट्रपति सी जिनपिङलाई किन दिए चीलको मूर्ति? यसको प्रतीकात्मक अर्थ के हो? Like or Dislike US President Donald Trump gifted Chinese President Xi Jinping a bald eagle statue because it is the official national symbol of the United States and represents America's "free and soaring spirit." अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ह्वाइट हाउसमा आयोजित राजकीय रात्रिभोजका क्रममा चिनियाँ राष्ट्रपति सी जिनपिङलाई उपहारस्वरूप अमेरिकी राष्ट्रिय प्रतीक बाल्ड इगल (Bald Eagle) को विशेष मूर्ति प्रदान गरेका छन्। करिब तीन फिट अग्लो उक्त मूर्ति अमेरिकाको राष्ट्रिय पहिचान, स्वतन्त्रता र गौरवको प्रतीकका रूपमा प्रस्तुत गरिएको थियो। 🦅 ट्रम्पले चीलको मूर्ति दिनुको कारण अमेरिकाको राष्ट्रिय प्रतीक: बाल्ड इगल उत्तर अमेरिकामा पाइने चरा हो। यो अमेरिकाको राष्ट्रिय प्रतीक हो र यसले अमेरिकी स्वतन्त्रता, शक्ति, गौरव तथा उचाइमा उड्ने स्वतन्त्र भावनाको प्रतिनिधि...
शिक्षक कर्मचारी आवद्ध चार संगठनले विद्यालय तह सम्म सञ्चालनको अधिकार स्थानीय सरकार मातहत हुने संविधानको अनुसूची ८ को प्रावधान खारेजीको माग गर्दै गर्दा शिक्षक महासँघले मागहरु प्रस्तुत गरेको केही दिनमा केही नेपाल ऐनलाई संशोधन गर्न सरकारले गत आईतबार जारी गरेको शिक्षा ऐनको संशोधन अध्यादेशमा राष्ट्रिय शिक्षा परिषद् र जिल्ला शिक्षा समितिमा शिक्षक महासंघको प्रतिनिधित्वको व्यवस्थालाई खारेज गरिएको हो ।
ऐनको दफा ७ को उपदफा २ को खण्ड झ र ञ भिकिएको छ । जहाँ राष्ट्रिय शिक्षा परिषद्को सदस्यमा महासंघको प्रतिनिधित्व हुने व्यवस्था गरिएको थियो । उक्त दफामा शिक्षा सम्बन्धि नीति निर्धारण गर्न सरकारलाई सल्लाह सुझाव दिनका लागि परिषद्को व्यवस्था गरिएको छ । शिक्षा मन्त्री वा राज्य मन्त्रीको अध्यक्षतमा हुने परिषद्मा महासंघको अध्यक्ष सदस्य हुने खण्ड ञ मा व्यवस्था थियो । सोही दफाको खण्ड झ मा नेपाल प्राध्यापक संघको सभापति सदस्य हुने व्यवस्था थियो । ऐनको संशोधनले यी दुबै सदस्य हटाईएको छ । यसैगरी जिल्ला शिक्षा समितिको सदस्यका रुपमा हुने शिक्षक महासंघका जिल्ला अध्यक्षको प्रतिनिधित्व पनि ऐनले खारेज गरेको छ । जिल्ला भित्रका विद्यालयको रेखदेख र व्यवस्थापन गर्ने कामका लागि जिल्ला समन्वय समितिको प्रमुखको अध्यक्षतामा शिक्षा समिति गठन गर्ने ऐनमा व्यवस्था छ । तर, संशोधनले शिक्षक महासंघलाई भने यथावत राखेको छ । ऐनको दफा १६ को ङ मा महासंघको प्रावधान छ । सामुदायिक विद्यालयका शिक्षकहरुको पेशागत हक हितको सम्बन्धमा कार्य गर्न एक नेपाल शिक्षक महासंघ रहने ऐनमा व्यवस्था छ । उक्त व्यवस्थालाई अध्यादेशले चलाएको छैन ।शिक्षा क्षेत्रमा बढ्दो दलगत राजनीतिक प्रभावलाई निस्तेज पार्न शैक्षिक संस्थाहरुमा विद्यार्थी र शिक्षकका संगठनलाई निषेध गर्ने सरकारको योजना सार्वजनिक भएको छ ।
शिक्षक महासंघमा विभिन्न दल आवद्ध शिक्षकहरुको संगठन नै सदस्य हुन्छन् । यही आधारमा महासंघको प्रतिनिधित्व खारेज गरिए पनि महासंघ भने यथावत राखिएको छ । यसले ऐन निर्माणमा शिक्षा मन्त्रालयको अपरिपक्व शैली उजागर गरेको छ । ऐन निर्माणको काम मन्त्री एक्लैले गर्न असम्भव छ । त्यसैले, यसमा मन्त्रालयका उच्च कर्मचारीको अपरिपक्वता देखिएको छ । यस विषयमा मन्त्रालयको आधिकारिक प्रतिकृया भने सार्वजनिक भईसकेको छैन ।
मंगलबार विहान प्रधानमन्त्री बालेन्द्र शाहले शैक्षिक क्षेत्रबाट राजनीतिक दलका विद्यार्थी तथा कर्मचारी संगठन खारेज गर्नु पर्नाको कारण स्पष्ट पारेका छन् । स्टाटस लेखेर धारणा सार्वजनिक गर्ने आफ्नो चिरपरिचित शैलीमा उनले शैक्षिक संस्था र कर्मचारीतन्त्रमा वर्षौं देखि जरा गाढेर बसेको पार्टीकरणको अन्त्य गर्दै प्रणाली सुधारका लागि सरकारले राजनीतिक दलका संगठनहरु खारेज गरेको उल्लेख गरेका छन् । विद्यार्थी र कर्मचारी संगठन पेशागत हितभन्दा बढी दलका ‘स्लिपर सेल’ बनेको भन्दै उनले नयाँ निर्णय कर्मचारी, विद्यार्थी दुवैको हितका लागि भएको दावी गरेका छन् ।
जिटलको दुनियाँमा च्यातिएको हाजिरी रजिष्टर बोकेर बिद्यार्थीको हाजिर गरेर जागिर खाने दिन गयो । अब डिजिटल हाजिर मोबाइलबाटै तपाईलाई यो सेवा हामी उपलब्ध गराउँछौ । यो लिङ्क मा जानुस र Try गर्नुस
ln.run/DR0ah
अन्य सेवाको लागि https://ln.run/fXx6p
.....................................................
सम्पर्क 9844087012

Comments
Post a Comment
Thank you !