Skip to main content

संविधान विपरीत सरकार नै असुल्छ विद्यार्थीबाट पैसा

  संविधान विपरीत सरकार नै असुल्छ विद्यार्थीबाट पैसा News Summary Generated by OK AI. Editorially reviewed. सरकारले विद्यार्थीबाट उठाइरहेको शुल्क गैरकानूनी रहेको शिक्षा क्षेत्रका सरोकारवाला एवं विज्ञहरूको जिकिर छ । विद्यालय सञ्चालनको लागि कुनै न कुनै रूपमा शुल्क लिन बाध्य भएको प्रधानाध्यापकहरू स्वीकार्छन् । महालेखा परीक्षकको कार्यालयले विद्यार्थीबाट विभिन्न शीर्षकमा लिइरहेको शुल्कबारे प्रश्न उठाएको छ । ३० जेठ, काठमाडौं । सानोठिमीस्थित परीक्षा नियन्त्रण कार्यालयको कम्पाउण्डमा प्रत्येक दिन विद्यार्थीको लामो लाइन लाग्छ । बिहान १० नबज्दै लामबद्ध भएका विद्यार्थी कोही प्रमाणपत्र बनाउन, कोही हराएको प्रमाणपत्रको प्रतिलिपि लिन त्यहाँ पुगेका हुन् । त्यही लाइनमा थिए, बाराबाट आएका सुरेश सुनार । उनले भने, ‘एसईईको मूल प्रमाणपत्र हराएपछि प्रतिलिपि लिन आएको हुँ । ५०० रुपैयाँ शुल्क तिरें ।’ काठमाडौं कपनबाट प्रमाणपत्र प्रमाणीकरण गर्न गएकी निरुमाया श्रेष्ठले पनि १ हजार रुपैयाँ राजस्व बुझाइन् । प्रमाणपत्र सच्याउन सल्यानबाट आएका कमल चन्दले पनि ५०० राजस्व बुझाए । ‘शुल्क लाग्छ भनेपछि तिर्नै पर्‍यो नि’ उनी...

यी हुन् च्याट जिपिटीसँग शेयर गर्न नहुने कुराहरू

 

6.3KShares
facebook sharing button

यी हुन् च्याट जिपिटीसँग शेयर गर्न नहुने कुराहरू

NCELL

प्रविधिको तीव्र विकाससँगै मानिसहरूमा दिनप्रतिदिन कृत्रिम बुद्धिमत्ता अर्थात् एआई आधारित प्रविधिको प्रयोग बढिरहेको छ । त्यसमध्ये विश्वभर सबैभन्दा लोकप्रिय च्याटबटको रुपमा रहेको च्याट जिपिटीले हाम्रो जीवनशैलीमा नयाँ ढंगले प्रभाव पार्न तथा अन्तरक्रिया गर्न थालेको छ । तर कहिलेकाहीँ यससँगको अन्तरक्रियाले हाम्रो व्यक्तिगत गोपनीयता जोखिममा पार्न सक्ने चेतावनी विज्ञहरूले दिँदै आएका छन्।

च्याट जिपिटी : एआई हो तर पूर्ण सुरक्षा छैन

ओपन एआईद्वारा विकास गरिएको च्याट जिपिटी एक प्रकारको जेनेरेटिभ भाषा मोडेल हो । यसले प्रयोगकर्ताको प्रश्नको उत्तर स्वतः तयार पार्छ। यसले सामान्य ज्ञान, लेख, कथा, गीत, योजना, कानुनी सुझाव, स्वास्थ्य टिप्स आदि अनेक विषयमा सटिक जवाफ दिन सक्छ। तर, यो कुनै विवेकी मानिस होइन, न कुनै प्रमाणित डाक्टर वा वकिल। त्यसैले यससँगको अन्तरक्रियामा सधै सजगता अपनाउनु आवश्यक छ।

च्याट जिपिटीसँग कस्ता जानकारी शेयर गर्नु हुँदैन ?

१. व्यक्तिगत विवरणहरू : आफ्नो नाम, ठेगाना, मोबाइल नम्बर, पासपोर्ट नम्बर, नागरिकता, तथा अन्य परियचपत्रको विवरण, इमेल ठेगाना, जन्म मिति आदि गोप्य विवरण च्याट जिपिटीमा कहिल्यै पनि लेख्नु हुँदैन। च्याटबटमा शेयर गरिने यस्ता निजी जानकारीहरू अनधिकृत रुपमा गलत हातमा पुग्ने र व्यक्तिको पहिचान दुरुपयोग हुन सक्छ।

२. पासवर्ड वा लगइन विवरण : बैंक खाताको पासवर्ड, इमेल वा फेसबुक लगइन, टू फ्याक्टर अथेन्टिकेसन कोड जस्ता विवरणहरू एआई सिस्टममा राख्दा सर्भरमा स्टोर हुन सक्ने सम्भावना रहन्छ, जुन साइबर सुरक्षाको दृष्टिले घातक हुन सक्छ।

३. आधिकारिक वा व्यावसायिक गोप्य सूचना :  यदि तपाईं कुनै निजी संस्था, बैंक वा सरकारी निकायमा कार्यरत हुनुहुन्छ भने कम्पनीको रणनीति, ग्राहकको तथ्यांक, गोप्य प्रतिवेदन तथा भविष्यको परियोजना योजना जस्ता दस्तावेजहरु एआई च्याटबटसँग शेयर गर्नु हुँदैन । यसो गर्दा कम्पनीको व्यापारिक जासुसी हुने वा सूचना चुहावटको खतरा रहन्छ ।

४. स्वास्थ्यसम्बन्धी संवेदनशील जानकारी : एआईले सामान्य स्वास्थ्य टिप्स दिन सक्छ तर मेडिकल रिपोर्ट, मनोवैज्ञानिक अवस्था, औषधि प्रयोगको इतिहास, मानसिक समस्याका विस्तृत विवरण जस्ता विषय च्याट जिपिटीमा शेयर गरेर त्यसले दिने सुझावमा भर पर्नु हुँदैन । यस्ता विषयहरूमा वास्तविक चिकित्सक वा मनोचिकित्सकको सल्लाह लिनु उपयुक्त हुन्छ।

५. कानुनी विवाद वा संवेदनशील मामिला : च्याट जिपिटीलेले कानुनी प्रक्रियाबारे सामान्य जानकारी दिन सक्छ, तर मुद्दा विवरण, अदालतको पत्र, कानुनी सल्लाह वा मिसिल जस्ता संवेदनशील जानकारी यससँग शेयर गर्दा तपाईंको कानुनी गोपनीयता तथा स्थितिमा समस्या उत्पन्न हुनसक्छ.

६. भविष्य योजनाहरू र रणनीति : व्यक्तिगत, पारिवारिक वा व्यावसायिक योजना (जस्तैः नयाँ कम्पनीको अवधारणा, नवप्रवर्तनशील परियोजना तथा लगानी रणनीति आदि) पनि गोप्य राख्नुपर्छ। सार्वजनिक प्लेटफर्ममा यस्ता विचार चुहिदा आफ्नो प्रतिस्पर्धात्मक लाभ गुम्न सक्छ।

इन्टरनेट प्रयोगमा विशेष ध्यान दिनुपर्ने कुरा

  • स्मार्टवाच, फोन तथा ल्यापटप प्रयोग गर्दा सार्वजनिक वाइफाइमा च्याट जिपिटी प्रयोग नगर्नुहोस्
  • सधैं दुई तहको प्रमाणीकरण ‘टु फ्याक्टर अथेन्टिकेसन’ राख्नुहोस्
  • बालबालिकालाई एआई प्रयोग गराउँदा अभिभावकले आवश्यक निगरानी गर्नुहोस्
  • च्याट जिपिटीबाट शंकास्पद जवाफ आएमा प्रमाणिक स्रोतबाट पुष्टि गर्नुहोस्

वास्तवमा कृत्रिम बुद्धिमत्ता अर्थात् एआई शक्तिशाली प्रविधि हो, तर यसको प्रयोग सीमित र जिम्मेवारीपूर्वक गर्नु पर्दछ । यसले लेख लेख्न सक्छ, गणना गर्न सक्छ र सुझाव दिन सक्छ। तर, आवश्यक निर्णय लिने कुरा प्रयोगकर्ताकै विवेकमा भर पर्छ। च्याट जिपिटी भनेको सहायक हो, सल्लाहकार होइन । त्यसैले गोप्य वा संवेदनशील कुरा यससँग कहिल्यै बाँड्नु हुँदैन ।

Comments

Popular posts from this blog

नागरिक शिक्षा अर्थ आवश्यक्ता र महत्व

१ नागरिक शिक्षाको अर्थ  नागरिक भनेको कुनै राज्यको निश्चित भौगलिक क्षेत्रभित्र स्थायी बसोबास गर्ने अधिकार र कर्तव्यद्वारा राज्यसँग सम्बन्धित भएको राज्य वा समाजको एक अभिन्न सदस्य हो । नागरिक जसले कुनै राज्यको पहिचान बोकेको हुन्छ । नागरिक भएवापत उसले राज्यबाट नागरिकता प्राप्त गरेको हुन्छ । त्यो नागरिकता उसको राष्ट्रिय पहिचान दिने राष्ट्रिय परिचयपत्र हो तर त्यस नागरिकताले उसको तीन पुस्ते परिचय खुलाउने मात्र नभइ नागरिक राज्यको संबिधानप्रदत्त हक अधिकार र कर्तव्य सृजना गराउँछ । नागरिक अधिकारप्रति जागरुकता, सचेतना, आत्मसम्मान र आत्मनिर्णय जस्ता कुराहरु स्वःत सिर्जना गराई दिन्छ । यसको लागि नागरिकले नागरिकताको महत्व र अर्थ बुझ्न जरुरी छ हुन्छ । यसको अर्थ महत्व नबुझेर लामो समयसम्म ठालुबर्गले शोषण गरे नागरिक रैति र जनता भएर बाँचे ।  त्यसैले नागरिकहरुले आफूले पाएको नागरिकता अनुसार अथवा स्वतन्त्र राज्यको नागरिकको हैसियतले पाउने हक अधिकार कर्तव्य सचेत र जागरुक हुनैपर्छ यसका लागि नागरिक शिक्षाको खाँचो पर्दछ ।  नागरिकलाई संबिधान प्रदत्त हक अधिकार कर्तव्य र कानुनी उपचार बारे सचेत गराउने शि...

img & Video Gallery

आफुलाई कुन कक्षाको चाहिएको हो इमेजमा थिच्नुहोस । Veiw Gradesheet   

शिक्षा क्षेत्रमा २० प्रतिशत बजेट छुट्याउन अनेरास्ववियु क्रान्तिकारीको माग

काठमाडौं ।  नेकपा माओवादी निकट अखिल (क्रान्तिकारी) ले कुल बजेटको २० प्रतिशत शिक्षा क्षेत्रमा छुट्याउनु पर्ने माग गरेको छ । आगामी आर्थिक वर्षको बजेटमा युवा तथा विद्यार्थीबाट सुझाव मागेका अर्थमन्त्री जनार्दन शर्मालाई बिहीबार अखिल क्रान्तिकारीको तर्फबाट १७ बुँदे सुझाव बुझाइएको हो । सुझावमा आधारभूत शिक्षालाई अनिवार्य र निशुल्क गरिनुपर्ने, माध्यमिक शिक्षा निशुल्कको अधिकारलाई पूर्ण कार्यान्वयन गर्नुपर्ने, हरेक वर्ष एउटा आवासिय सुविधासहितको विद्यालय स्थापना गर्नुपर्ने, हरेक मावि तहको विद्यालयमा प्रयोगशाला हुनुपर्ने लगायतका सुझावहरु क्रान्तिकारीले दिएको छ ।  अनेरास्ववियु क्रान्तिकारीले अर्थमन्त्रीलाई बुझाएको सुझावपत्र यस्ताे छः माननीय अर्थमन्त्री ज्यू, अर्थ मन्त्रालय  सिंहदरबार काठमाडौं  बिषय : सुझाव सम्बन्धमा   उपरोक्त सम्बन्धमा माननीय अर्थमन्त्री द्वारा नयाँ आ.व. ०७९/०८० को लागि युवा विद्यार्थी बाट सुझाव संकलन कार्यक्रम राख्नुभएकोमा हाम्रो संगठन अखिल (क्रान्तिकारी) को तर्फबाट सराहना गर्दछौं । तपाईं कोभिड -१९ बाट थिलथिलो भएको अर्थतन्त्र, बदलिएको विश्व  परिवेश...

विद्यालयका कर्मचारीहरु फेरि आन्दोलनमा

विद्यालयका कर्मचारीहरु फेरि आन्दोलनमा सर्लाहीको लालबन्दी नगरपालिका-१६ स्थित श्री डिम जनता माध्यमिक विद्यालयका कार्यालय सहयोगी मात्र हुन्, ६२ वर्षीय धनबहादुर केसी । यतिबेला उनी विद्यालयमा हुनुपर्ने हो । तर, एक सातादेखि काठमाडौंको माइतीघर मण्डलामा तातो घाममा धर्नामा छन् । ०३५ सालदेखि कार्यालय सहयोगीका रूपमा काम गरेका धनबहादुरले न धन कमाउन सके, न जागिरको ग्यारेन्टी नै भयो । उल्टै पटक-पटक उनी विद्यालयबाट निकालिए । थमौती गर्दै बस्दै गरेर उनले ४३ वर्ष काम गरे । सुरुवाती चरणका तीन महिना त उनले निःशुल्क काम गरे । त्यसपछि महिनाको २५ रुपैयाँ पाउन थाले । हाल उनले महिनाको १५ हजार पाउँछन् । तर, उनको जागिर स्थायी भएन ।  हाल जागरिबाट अवकाश हुनेबेला भयो उनको । तर, रित्तो हात फर्कनु पर्ने बाध्यता सुनाउँछन् उनी । त्यसैले सेवा सुविधाको माग गर्दै उनी सिंहदरबारलाई घचघच्याउन काठमाडौं आइपुगेका हुन् । ‘कार्यालय सहयोगी भएरै पूरै जीवन बित्यो तर रित्तो हात कामबाट बिदा लिनुपर्ने स्थिति छ । राज्यले हामीलाई उपेक्षा गर्‍यो,’ सिंहदरबारतर्फ उनी औँला तेर्साउँदै भन्छन्, ‘एक साता भयो तातो घाममा बस...

Followers