Skip to main content

हामीले what पढाउछौ तर जिजेनहरु how सिक्न चाहन्छन् ।

घोक्ने होइन, बुझ्ने र व्यवहारमा उतार्ने शिक्षाको पक्षमा जेन–जी खासमा सन् १९९७ देखि २०१२ बिचमा जन्मिएका बालबालिकाहरु कक्षा १२ अध्ययन गर्ने उमेर समूहका विद्यार्थीहरु जी जेनका पुस्ता भन्ने गरिन्छ । अन्य क्षेत्रमा मात्र हैन सुचना प्रविधिमा पनि अब्बल छन् जी जेनका पुस्ताका  विद्यार्थीहरु । यस पुस्ताका विद्यार्थीहरुको सिकाई शैली आधुनिक, सोचाइ आधुनिक देखिन्छ तर हाम्रा शिक्षकहरु परम्परावादी, सिकाउने शैली परम्परगत सिकिने ज्ञान परम्परावादी देखिदैछन् । हामीले what पढाउछौ तर विद्यार्थी how खोज्छन् । हामी what is पढाउँछौं जस्तै शिक्षा भनेको, अर्थशास्त्र नाम सर्वनाम स्वास्थ्य बिज्ञान भनेको केहो ? यस्तै यस्तै अनि यसैको भए नभएको नालीबेली पढाएर भएनभए बिद्वानहरुको परिभाषा लेखाएर समय खर्च गर्छौं । नेपालमा अहिले पनि परम्परागत शैलीमार्फत नै पठनपाठन हुँदै आएको छ । यसको अर्थ परम्परागत पाठ्यक्रम परम्परागत पाठ्रयवस्तु  पठनपाठन हुँदै आएको छ । हामी घोकन्ते  शिक्षा मन पराउँछौं तर जेन–जी पुस्ता घोकन्ते शैलीप्रति हैरान देखिन्छ । हामीले किताबी ज्ञानभन्दा पनि व्यवहारिक ज्ञान दिन सकेनौं  । ...

म त म नै हो

के लख्नु, र के वाेल्नु, के गर्नु हाे म यस्तै छु । यस्तै भन्दा कही कतै म जुजुमान भन्ने कथा सर्सती याद हुन्छ अली सानैमा पढेकाे सायद ७, ८ कक्षामा । काे नै किन हुन पर्याे र म त म नै हु । आफु अरुकोही किन हुन सकिन। फलानो जस्ताे भन्ने किन भइन यस्तै कुराहरु आउछन मनमा तर फेरी उहि संम्झन पुग्छु म त म नै हु । अरुकाे डाह इर्ष्या छैन मलाई । हाे म भन्ने गर्छु सवैलाइ राम्राे वन है असल हुनपर्छ। तर सवै राम्राे मात्रै भएकाे भए नराम्राे याे शव्दकाेषमा कहावाट पर्याे ।यहि साेच्छु फेरी त्यही म त म नै हु । के गरिस के पढिस सवैले साेधछन तर के गरीनस के भएन कसैलाइ वास्ता हुन्न। के भयाे सवैलाइ चासाे छ । के भएन कसैलाइ छैन । विवाह भयाे सवैलाइ चासाे हुन्छ। भव्य हुन्छ। २ वर्षपछि वावु भइयाे कसैलाइ केही फरक पर्देन केवल पर्छ त छाेरा की छाेरीमा भन्नेमा । ४ वर्ष पछी छाेरी छ फेरी पनि छाेरी कस्ताे अभागी खाली छाेरी मात्रै । के याे भन्नु नराम्राे हाे वा राम्राे वुझेकाे छैन किनकी म त म नै हु । समय चलिरहन्छ मेरा लागी मात्र अडिदैन अली वर्ष सुख दुख चलिरहन्छ । अनी फेरी कती कमाइस सवैले भन्न थाल्छन । केही देखिन्छ ए गरेछ । कसरी गर्याे कसैलाइ मतलव हुन्न । हुन्छत केवल यसकाे श्रीमती त्यस्ती थिइ यस्ती भइछ । छाेरी कति ज्ञानी हाे । यस्तै केही देखिएन भने गयाे याे पनि केही नगरी जाने भयाे छाेरीलाइ कता देला दुलही हेरत दुिनयासग मस्किदै हिडछे यस्तै यस्तै अव याे नराम्राे भयाे नि तर राम्राे कसरी हुने त सल्लाह सवैले दिन थाल्छन वाहीरी आवरणमा रहेर त्यही सवैकाे कहानी उही हुन्छ । अव कता जाने । यी सवै कुरा किन लेखेछु किनकी म त म नै हाे । आफु नमरी स्वर्ग देखिदैन । अनी स्वर्ग देख्न भनी मरीहाल्न भएन याे नराम्राे हाे नि त राम्राे के ?वाचेर भाेग्नु । के भाेग्नु केही छैन सवै त गरीसकेछु नी फेरीपनि अलग हुन पर्छ अरुभन्दा कसरी हुने घरमा विहे गर्ने भाका छाेराछाेरी छन । श्रीमतीलाइ उसैकाे टेन्सन भएजस्तै देखिन्छ तर त्यस्ताे हुन्न यथार्थ अर्कै छ। उलाइ कसैकाे सहयाेग चाहिन्छ अनी सुरू गर्छे विन्ती गर्छे कसैकाेमा पुग्छे सुनुवाइ हुन्छ तत्कालीन केही आवस्यकता पुरा हुन्छन राहत हुन्छ परीवार वनेजस्ताे देखिन्छ कालान्तरमा त्याे एक सहयाेग जीवन नै तहसनहस हुन्छ । कसरी पक्कै भन्न नपर्ला अनी वेला श्रीमानकाे घर छाेड्याे कमाइ भयाे घर वन्याे अव वस्नी काे त काेही हुन्न छाेरीकाे विहे भयाे श्रीमती अर्कैकी भइसकी । अव राम्राे की नराम्राे म छुट्याउदिन किनकी म त म नै हाे । के घर वनाउनु मात्र राम्राे रहेछ त पक्कै हैन । तसर्थ म भन्छु राम्राे नराम्राे तपाइकाे आखा हो । जसलाइ जति साेच्न सक्ने क्षमता छ त्यसले त्यसरीनै साेच्छ । अरुकाे साेचाइले तपाइ काे भन्दापनि आफ्नाे साेचाइले म वन्न काेशिश गर्नुभयाे भने त्याे नै तपाइ हाे । याे संसारमा सवै छ त्याे सवै तपाइ हाे । राम्राे पनि म नराम्राे पनि म यसर्थ म म नै हो ।

Comments

Popular posts from this blog

shamser.info.np

shamser.info.np Site Map Call Now Admission मौसम विवरण × नेपाली पात्रो × ...

विद्यालय शिक्षा विधेयक अन्योलमै पिङ् खेल्दै कहिले मच्चिदै कहिले थच्चिदै

  विद्यालय शिक्षा विधेयक अन्योल :  ढिलाइ  किन ?  कृष्णसिंह धामीकृष्णसिंह धामी सोमबार, २६ जेठ २०८२, २० : ००   शिक्षा मन्त्रालय र नेपाल शिक्षक महासंघबिच वैशाख १७ गते भएको सहमतिअनुसार विधेयक सो म्यादभित्र पारित गरिनुपर्ने म्यान्डेट छ । तर प्रक्रिया ढिलो हुँदा विधेयक नै अलपत्र पर्ने सम्भावना देखिन थालेको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री रघुजी पन्तले जेठ ११ गते बसेको प्रतिनिधिसभाअन्तर्गतको शिक्षा समितिको बैठकमा एक साताको समय माग गरेका थिए । मन्त्रीले महासंघसँग छलफल र समन्वय गर्नुपर्ने भन्दै समय मागेपछि समितिले त्यो समय दिएको थियो । तर दिइएको १५ दिनभन्दा बढी समय बितिसक्दा पनि समिति बैठक बस्न सकेको छैन । यस्तो स्थितिमा विधेयक पारित गर्ने प्रक्रिया झन् अन्योल बनिरहेको छ । शिक्षा समितिका सभापति अम्मरबहादुर थापाले सरकारले समितिलाई पर्खामा राखेको र समय मागिरहेकाले बैठक बस्न नसकेको गुनासो गरे । ‘सुरुमा तीन दिनको समय मागियो, त्यसपछि सात दिन । अहिले अनिश्चितकालीन रूपमा पर्खिन भनेको छ,’ सभापति थापाले भने, ‘शिक्षामन्त्रीको उपस्थितिविना छलफल अघि बढ्न सक्दैन । तर मन्त...
Computer Science Quiz Computer Science Quiz Test your knowledge with 50 fundamental computer science questions Question 1 of 50 Score: 0 Explanation: Previous Next Quiz Completed! 0 Well done! Take Quiz Again

Followers