Skip to main content

AIartificial intelligence बारे बुझ्नैपर्ने ५१ कुराहरू

            कृत्रिम बुद्धिमत्ता (AI artificial intelligence ) बारे बुझ्नैपर्ने ५१ कुराहर What is Artificial intelligence (AI)? Artificial intelligence (AI) encompasses the fields of computer and data science focused on building machines with human intelligence to perform tasks like learning, reasoning, problem-solving, perception, and language understanding. Instead of relying on explicit instructions from a programmer, AI systems learn from data that enables them to handle complex problems and simple repetitive tasks, improving how they respond over time. AI handles many tasks faster with exceptional accuracy and reliability, freeing humans from repetitive and tedious chores. Businesses and organizations save time and money by automating and optimizing routine processes, using the technology to stay connected with customers and gain a competitive edge. AI is part of everyday life. If you've used a self-service kiosk to check in before a flight, typed key...

सर्वाेच्च अदालतद्वारा रिगलको कैद मिनाहा गर्ने ‘राष्ट्रपतिको निर्णय बदर’ ‘रिगलको रिहाइ कानुनविपरीत थियाे, सर्वाेच्चले सच्यायाे’…


सर्वोच्च अदालतले योगराज ढकाल (रिगल)को कैद मिनाह गरी आममाफी दिने सरकारको निर्णय कार्यान्वयन नगर्न परमादेश जारी गरेको छ। 
न्यायाधीशहरु ईश्वरप्रसाद खतिवडा, सपनाप्रधान मल्ल र कुमार चुडालको संयुक्त इजलासले आज (बिहीबार) गरेको फैसलामा यसरी गरिने निर्णयमा वस्तुगत आधार र उचित कारण अभिव्यक्तरुपमा खुलाएर मात्र निर्णय गर्ने गर्नु भनी प्रत्यर्थीका नाममा परमादेश जारी गरेको हो।


अदालतको फैसलामा भनिएको छ, ‘निज प्रत्यर्थी रिगल ढकाललाई तत्काल पक्राउ गरी कर्तव्य ज्यान मुद्दामा ठहर भएको जन्मकैदमध्ये ११ वर्ष ११ महिना पाँच दिन कैद निजलाई कारागारमा राखी कानुनबमोजिम असुल गर्नु भनी प्रत्यर्थीका नाममा परमादेश जारी हुने ठहर्छ।’
संविधान दिवसका अवसरमा गत असोज ३ मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिबाट योगराज ढकाल (रिगल)को कैद मिनाहा भएको थियो। उक्त निर्णयविरुद्ध रिगलद्वारा हत्या गरिएका चेतन मानन्धरका पत्नी भारती शेर्पाले सर्वोच्च अदालतमा रिट निवेदन दायर गरकी थिइन्। निवेदकका तर्फबाट वरिष्ठ अधिवक्ता बालकृष्ण न्याैपानेको नेतृत्वको टोलीले बहस गरेको थियो।
गत असोज २५ गते प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ, न्यायाधीशहरु डा.आनन्दमोहन भट्टराई र कुमार रेग्मीको पूर्ण इजलासमा सुनुवाइ प्रारम्भ भएपनि हेर्न नमिल्ने भएपनि सुनुवाइ सरेको थियो। त्यसअघि गत असोज १८ गते न्यायाधीश मनोजकुमार शर्माको एकल इजलासले रिगललाई आममाफी दिन सिफारिस गर्नुपर्नेको कारणसहितको सम्पूर्ण सक्कल मिसिल गत असोज २४ गतेभित्र झिकाउन आदेश गरेको थियो। साथै, अदालतले कानूनी प्रश्नको जटिलता र महत्वको विचार गर्दा पूर्ण इजलासमा पेश गर्नका लागि उपयुक्त देखिएकाले अर्को सुनुवाइका लागि पूर्ण इजलासमा पेशी व्यवस्थापन गर्न समेत आदेश दिएको थियो।
इजलासले सञ्चारमाध्यमको समेत ध्यानाकर्षण गराएको छ। ‘अदालतमा विवादले प्रवेश पाएपछि मुद्दा विचाराधीन रहेको अवस्थामा कतिपय विवादका सन्दर्भमा सर्वसाधारणमा अनावश्यक शंका उपशंका, भ्रम पैदा हुने गरी विभिन्न सञ्चारमाध्यमहरुमा समाचार सम्प्रेण हुने गरेको सिलसिला प्रस्तुत विवादका सन्दर्भमा पनि कायम रहेको देखिएको छ’, अदालतको आदेशमा भनिएको छ, ‘यसप्रकारणको प्रवृत्तिप्रति यस इजलासको ध्यानकर्षण भएको छ। न्यायिक प्रक्रियामा रहेका विषयमा अनावश्यक र भ्रमपूर्ण सूचना जानकारीहरु प्रचारप्रसार गरिएका विषयलाई कुनै सन्दर्भमा कानुनी दायरमा ल्याउनुपर्ने अवस्था समेत रहन सक्दछ, त्यसैले विचाराधीन मुद्दाको विषयबस्तुलाई लिएर अल्पसूचनाको आधारमा प्रकाशन र प्रशारण नगर्न नगराउन र अदालतको न्यायिक प्रक्रिया सहयोग गर्न सबै सञ्चारमाध्यमलाई अनुरोध गर्नु भनी सर्वोच्च अदालत प्रशासनका नाममा निर्देशनात्मक आदेश हुने ठहर्छ

Comments

Popular posts from this blog

AIartificial intelligence बारे बुझ्नैपर्ने ५१ कुराहरू

            कृत्रिम बुद्धिमत्ता (AI artificial intelligence ) बारे बुझ्नैपर्ने ५१ कुराहर What is Artificial intelligence (AI)? Artificial intelligence (AI) encompasses the fields of computer and data science focused on building machines with human intelligence to perform tasks like learning, reasoning, problem-solving, perception, and language understanding. Instead of relying on explicit instructions from a programmer, AI systems learn from data that enables them to handle complex problems and simple repetitive tasks, improving how they respond over time. AI handles many tasks faster with exceptional accuracy and reliability, freeing humans from repetitive and tedious chores. Businesses and organizations save time and money by automating and optimizing routine processes, using the technology to stay connected with customers and gain a competitive edge. AI is part of everyday life. If you've used a self-service kiosk to check in before a flight, typed key...

Proposal for Thesis

 १. शोध शीर्षक  अध्ययन गर्न गइरहेको प्रस्तावित शोधपत्रको शीर्षक कक्षा ८ मा अध्ययनरत सर्लाही जिल्लाका सामुदायिक विद्यालयका अध्ययनरत तामाङ विद्यार्थीहरूको सस्वरपठन सीप अवस्थाको एक अध्ययन” रहने छ ।  २. शोधको प्रयोजन प्रस्तावित शोधपत्र त्रिभुवन विश्वविद्यालय शिक्षाशास्त्र सङ्काय, नेपाली भाषा शिक्षा विभागअन्तर्गत स्नातकोत्तर तह नेपाली दोस्रो वर्षको पाठ्यांश ५९८ को उद्देश्य पूरा गर्ने प्रयोजनका निमित्त रहने छ ।  ३. समस्था कथन  भाषा सञ्चार आदनप्रदान गर्ने मुख्य माध्यम हो । भाषाको विकासले नै वालबालिकाको सिकाइ क्षमतामा बृद्धि ल्याउँछ । भाषा विकासमा सुनाइ, बोलाइ, पढाइ र लेखाइ गरी चारवटा सीप विकास हुनु जरुरी हुन्छ । नेपालको सन्दर्भमा नेपाली भाषाको विकासलाई मुख्य जोड दिई सानै कक्षादेखि नै नेपाली भाषाको विषयलाई अनिवार्य गराइ पठनपाठन हुँदै आइरहेको छ । भाषाको विकासमा विभिन्न तत्वहरुले प्रभाव पार्दछ जसका कारणले भाषामा त्रुटि हुने गर्दछ ।  कुनै पनि भाषा सिकाइका क्रममा त्रुटि हुनुलाई स्वाभाविक प्रक्रिया मानिन्छ । त्रुटिले भाषा सिकाइमा सिकाइको प्रकृति तथा प्रवृत्...

नक्कली भुटानी शरणार्थी प्रकरण: लहरो तान्दा पहरो गर्जियो, ८१ जना विरुद्ध किटानी जाहेरी

    मुख्य   अपराध    समाचार साभार deshsanchar.com नक्कली भुटानी शरणार्थी प्रकरण: लहरो तान्दा पहरो गर्जियो, ८१ जना विरुद्ध किटानी जाहेरी राधिका आचार्य बैशाख २०, २०८० 11.2k Shares फाइल तस्बिर। नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने कार्यमा संलग्न भएको आरोपमा इन्द्रजित राई मंगलबार पक्राउ परे। उनी तत्कालीन गृहमन्त्री रामबहादुर थापा बादलका सुरक्षा सल्लाहकारसमेत हुन्। राईलाई द्वन्द्वको विज्ञ भनेर पनि चिनिन्छन्।  उनी संविधानसभा सदस्य पनि थिए। राईलाई मंगलबार बिहान ललितपुरबाट पक्राउ गरिएको केन्द्रीय प्रहरी प्रवक्ता एवं सूचना अधिकारी कुवेर कडायतले जानकारी दिए। गृहमन्त्रीका सल्लाहकार डा. राईसँगको मिलेमत्तोमा कम्तीमा १४५ जना नेपालीको नाम भुटानी शरणार्थीका रुपमा बालकृष्ण पन्थी नेतृत्वको कार्यदलको प्रतिवेदनमा थप गरेको भेटिएको स्रोतले जनाएको छ। हालसम्म प्रहरीमा २१ जना भन्दा धेरैले उक्त गिरोहविरुद्ध जाहेरी दर्ता गराएको उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता सोमेन्द्र सिंह राठौरले जानकारी दिए। उनका अनुसार ८१ जना विरुद्ध किटानी जाहेरी दर्ता भएको छ। प्रहरीले बा...

प्रधानमन्त्रीसँग ओलीले भने– दोषी उम्किनुहुँदैन, निर्दोष फसाउन खोजिए सह्य छैन

     मुख्य   अपराध    समाचार साभार nayapatrikadaily.com शुरोजंग पाण्डे        काठमाडाैं प्रधानमन्त्रीसँग ओलीले भने– दोषी उम्किनुहुँदैन, निर्दोष फसाउन खोजिए सह्य छैन एमालेले नक्कली भुटानी शरणार्थीका नाममा भएको ठगी प्रकरणमा दोषी उम्किन नहुने, तर निर्दोषलाई नियोजित रूपमा फसाउन खोजिए सह्य नहुने चेतावनी दिएको छ । पार्टी सचिव टोपबहादुर रायमाझीलाई प्रहरीले पक्राउ गर्ने तयारी गरिरहेका वेला अध्यक्ष केपी ओलीले बिहीबार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेटेर चेतावनीसहित ध्यानाकर्षण गराएका हुन् । रायमाझीका विषयमा पार्टीले पनि आन्तरिक छानबिन सुरु गरिसकेको भन्दै ओलीले अध्ययन सकिएपछि निष्कर्ष सार्वजनिक गरिनेसमेत बताए । ‘यो तानिएको हो कि तनाइएको हो भनेर हामी अध्ययन गर्दै छौँ । अध्ययनपछि हामी निष्कर्ष सार्वजनिक गर्छौँ,’ प्रधानमन्त्री प्रचण्डसँगको भेटवार्तापछि ओलीले पत्रकारसँग भने, ‘अवश्य नै, निर्दोष पर्नुहुँदैन, दोषी उम्किनुहुँदैन । दोषी उम्क्याउने प्रयास हाम्रो हुँदैन, तर निर्दोष फसाउन खोजियो भने हामी सहँदैनौँ ।’ चार वर्षअघि काटेको चेक जसले...

Contact form

Name

Email *

Message *

Translate

Follow us:
facebook sharing button
twitter sharing button
instagram sharing button
youtube sharing button
messenger sharing button
blogger sharing button

Life Post

5/block/Health Beauty