Skip to main content

डोनाल्ड ट्रम्पले सी जिनपिङलाई किन चीलको मूर्ति (The bald eagle ) उपहार दिए ?

Simple Polls डोनाल्ड ट्रम्पले चिनियाँ राष्ट्रपति सी जिनपिङलाई किन दिए चीलको मूर्ति?  यसको प्रतीकात्मक अर्थ के हो? Like or Dislike US President Donald Trump gifted Chinese President Xi Jinping a bald eagle statue because it is the official national symbol of the United States and represents America's "free and soaring spirit." अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ह्वाइट हाउसमा आयोजित राजकीय रात्रिभोजका क्रममा चिनियाँ राष्ट्रपति सी जिनपिङलाई उपहारस्वरूप अमेरिकी राष्ट्रिय प्रतीक बाल्ड इगल (Bald Eagle) को विशेष मूर्ति प्रदान गरेका छन्। करिब तीन फिट अग्लो उक्त मूर्ति अमेरिकाको राष्ट्रिय पहिचान, स्वतन्त्रता र गौरवको प्रतीकका रूपमा प्रस्तुत गरिएको थियो। 🦅 ट्रम्पले चीलको मूर्ति दिनुको कारण अमेरिकाको राष्ट्रिय प्रतीक: बाल्ड इगल उत्तर अमेरिकामा पाइने चरा हो। यो अमेरिकाको राष्ट्रिय प्रतीक हो र यसले अमेरिकी स्वतन्त्रता, शक्ति, गौरव तथा उचाइमा उड्ने स्वतन्त्र भावनाको प्रतिनिधि...

 


विद्यालय कर्मचारीको तलबमान कायम गराउने सहमति

रासस

काठमाडौँ — शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयद्वारा शिक्षक–कर्मचारीका संगठनबीचको वार्तामा विद्यालय कर्मचारीको तलबमान कायम गर्ने विषयलाई संघीय शिक्षा ऐनमा समावेश गर्ने सहमति भएको छ ।

सेवा सुविधा वृद्धिसहित दरबन्दी कायम गर्न माग गर्दै दबाबमूलक कार्यक्रममा रहेका सामुदायिक विद्यालयका कर्मचारीले माइतीघरमा एक महिनादेखि रिले अनशन र वार्ता कार्य जारी राखेका थिए । विद्यालय कर्मचारी परिषद्का महासचिव शान्तिनाथ योगीले उक्त ऐन निर्माणका लागि सरकारले संघीय संसद्को यही अधिवेशनमा पेस गर्ने र ऐनमै तलबमान उल्लेख गर्ने सहमति भएको जानकारी दिए ।

तलबमान तय गर्दा लेखापाललाई खरिदार सरह र कार्यालय सहायकलाई श्रेणीविहीन सरहको सुविधा उल्लेख गर्ने सहमति भएको र उक्त सहमतिको प्रतिवेदन वार्ता समितिले शिक्षामन्त्री अशोककुमार राईलाई केहीबेर अघि बुझाएको छ ।

शिक्षा मन्त्रालयले सो प्रतिवेदनका आधारमा अर्थ मन्त्रालयलाई सिफारिस गर्नेछ । विद्यालय लेखापालले १३ हजार पाँच सय र कार्यालय सहायकले आठ हजार रुपैयाँ पाउँदै आएका छन् । ऐन आउन ढिलाइ भएमा सोही सरहको सुविधा सरकारले उपलब्ध गराउने र महँगी भत्ता पनि दिने सहमति भएको महासचिव योगीले बताए । वार्तामा नेपाल शिक्षक महासङ्घका पदाधिकारी पनि सहभागी छन् ।

मन्त्रालयले शिक्षा तथा मानव स्रोत विकास केन्द्रका महानिर्देशक चूडामणि पौडेलको नेतृत्वमा वार्ता समिति गठन गरेको थियो । पारिश्रमिकमा काम गर्नुपरेको, सर्वोच्च अदालतको २०६७ माघ २३ को आदेशबमोजिम कर्मचारीको सेवा, शर्त, सुविधा उल्लेख गरी सर्भिस ल बनाई कार्यान्वयन गर्न विद्यालय कर्मचारीले माग गर्दै आएका छन् ।

प्रकाशित : असार २६, २०८० १७:५२
प्रतिक्रिया
पठाउनुहोस्

मिलेमतोमा ब्याजदर निर्धारण हुँदा समस्या निम्तिन्छ : अर्थमन्त्री

'बैंकहरूले साना लगानीकर्तामा पुँजी प्रवाह नगर्ने प्रवृत्ति अन्त्य हुनुपर्छ'
कान्तिपुर संवाददाता

काठमाडौँ — अर्थमन्त्री प्रकाशशरण महतले मिलेमतोमा बैंक तथा वित्तीय संस्थाले ब्याजदर निर्धारण गर्न थालेमा समस्या निम्तिने बताएका छन् । हाल बैंकहरुले संघमार्फत नै निर्णय गरी बचतकर्तालाई दिने अधिकतम ब्याजदरमा एकरुपता कायम गर्दै आइरहेका बेला महतले यस्तो बताएका हुन् ।

मंगलबार नेपाल वित्तीय संस्था कर्मचारी संघ राष्ट्रिय समितिद्वारा आयोजित कार्यक्रममा बोल्दै अर्थमन्त्री महतले भने ‘ब्याजदर लगायत अन्य विषय मिलोमतोमा निर्धारण हुन थाल्यो भने ढिलोचाँडो त्यसले समस्या सिर्जना गर्छ । वित्तीय क्षेत्रमा स्वस्थ्य प्रतिस्पर्धा एकदमै जरुरी छ ।’ बैंक तथा वित्तीय संस्थाहरु पनि स्वनियममा रहनुपर्ने उनले बताए । ‘आफ्नो हितका लागि मात्र संघसंस्था बनेका होइनन्, आफ्ना सदस्यलाई जिम्मेवार र कर्तव्यनिष्ठ बनाउने भनेर संघसंस्था लागे भने यसले सकरात्मक नतिजा दिन्छ’ उनले भने ।

बैंकिङ तथा बिमा क्षेत्रमा अहिले निजी क्षेत्रको ठूलो उपस्थिति रहेको भन्दै उनले वित्तीय क्षेत्रको वृद्धि अन्य क्षेत्रको तुलनामा व्यापक रुपमा विस्तार भएको बताए । 'प्रविधिमा परिवर्तन आएकाले पारदर्शिता पनि धेरै विकसित भएको छ, यो सबैका लागि खुसीको कुरा हो’ महतले भने । कतिपय वित्तीय संस्था समस्यामा पर्दा राष्ट्र बैंकको सहयोगमा सुधार भएको महतले उल्लेख गरे । 'अहिले केही लघुवित्त र सहकारीका क्षेत्रमा केही समस्या देखिएको छ' उनले भने 'अहिले प्रस्तावित बजेटमा सहकारीलाई नियमन घेराभित्र ल्याउने निकायको स्थापना गर्ने प्रस्ताव गरिएको छ । यसलाई हामी छिट्टै कार्यान्वयनमा ल्याउँछाैं ।'

आगामी मौद्रिक नीति खुकुलो आउनेमा आफू विश्वस्त रहेको मन्त्री महतले बताए । 'मूल्यवृद्धिमा समस्या हुन्छ कि भन्ने राष्ट्र बैंकको चिन्ता थियो । तर पछिल्लो सूचांकले मौद्रिक नीति खुकुलो बनाउन सहयोग गर्छ भन्ने मलाई लागेको छ' उनले भने 'मूल्यवृद्धि नियन्त्रण गर्ने मात्र मौद्रिक नीतिको लक्ष्य होइन, समग्र अर्थतन्त्रको स्थायित्व र वृद्धि गराउने पनि लक्ष्य हो ।'

बैंकसँग तरलता भए पनि पुँजी प्रवाह नभएको अवस्थालाई मौद्रिक नीतिले सम्बोधन गर्नुपर्ने उनको सुझाव छ । 'बैंकिङ क्षेत्रले पनि आफ्नो तहबाट त्यहाँभित्र रहेको समस्याहरु समाधानको बाटो खोज्नुपर्छ' महतले भने 'ठूला लगानीकर्तामा मात्रै पुँजी प्रवाह गर्ने, मध्यम र साना लगानीकर्ताहरु पुँजी प्रवाह नगर्ने प्रवृत्ति अन्त्य हुनुपर्छ ।’

नेपालमा बैंकर्स र उद्योगी एउटै व्यक्ति हुने गरेको उल्लेख गर्दै उनले यस्तो संरचना परिवर्तन गर्नुपर्ने बताए । 'आफ्नै बैंकमा जम्मा भएको पुँजी आफ्नै उद्योगमा लगानी गर्ने परिस्थिति हामीकहाँ छ’ मन्त्री महतले भने, ‘आउँदा दिनमा त्यसलाई ध्यानमा राखेर लगानीको संरचनालाई परिवर्तन गरेर मध्यम र साना लगानीकर्तामा पुँजी प्रवाह हुनुपर्छ ।’



प्रकाशित : असार २६, २०८० १७:४१
पूरा पढ्नुहोस् 
प्रतिक्रिया
पठाउनुहोस्
×

Comments

Popular posts from this blog

रक्षा बम र ग्रेटा थुनबर्गको जलवायु न्यायसम्बन्धी सन्देश

जलवायु न्यायका लागि नेपालको आवाज · ब्लग 🌍 रक्षा बम · ग्रेटा थुनबर्ग · जलवायु न्याय जलवायु न्यायका लागि नेपालको आवाज रक्षा बमको अन्तर्राष्ट्रिय आवाज र ग्रेटा थुनबर्गको जलवायु न्यायसम्बन्धी सन्देश “हामीलाई दान होइन, न्याय र क्षतिपूर्ति चाहिन्छ।” — रक्षा बम, नोबेल शान्ति सम्मेलन, ओस्लो 🇳🇵 नेपाली आवाज रक्षा बम : अन्तर्राष्ट्रिय मञ्चमा नेपालको जलवायु न्यायको आवाज नर्वेको ओस्लोमा आयोजित नोबेल शान्ति सम्मेलनमा मन्तव्य राख्दै युवा जलवायु अभियन्ता रक्षा बम नोबेल पिस फोरममा रक्षा बमले राखेको यो अभिव्यक्ति नेपालको लागि विश्व समुदायमा प्रवेश गर्ने प्रस्थान बिन्दु हो। एक जना युवाले अन्तर्राष्ट्रिय फोरममा यति कुरा राख्नु नेपालको लागि अवसर हो। अब राज्य तहबाट नै यही आवाजका साथ विश्व फोरममा जानुपर्छ। नर्वेको ओस्लोमा आयोजित Nobel Peace Conference मा Read more...

विराटनगरकी अञ्जु खतिवडा जसको श्रीमान‍्को सपना पूरा गर्ने थियो त्यो सपना आकासमा नै बिलाएर गयो ।

विराटनगरकी अञ्जु खतिवडा जसको श्रीमान‍्को सपना पूरा गर्ने थियो त्यो सपना आकासमा नै बिलाएर गयो । विराटनगर । कास्कीको पोखरामा आइतबार दुर्घटनामा परेको यति एयरलाइन्सको विमानको को–पाइलट थिइन्, विराटनगरकी अञ्जु खतिवडा । खतिवडा २०६३ साल पछि पाइलट बन्ने ध्याउन्नमा लागेकी हुन् । त्यसअघि उनलाई अभिभावक (बुबा–आमा) ले नर्सिङ पढाउन चाहन्थे ।   त्यस बेला उनको श्रीमान् दीपक पोखरेल पाइलट थिए । पोखरेलले नेपाली सेनाको हेलिकप्टर उडाउँथे । जब उनलाई यति एयरलाइन्सले जागिर दिने अफर गर्‍यो उनले विमान चलाउन थाले । तर, २००६ मा जुम्लामा यति एयरलाइन्सको विमान दुर्घटना हुँदा पोखरेल सहित ९ जनाको ज्यान गयो ।  आफ्ना श्रीमानको सफल विमान चालक बन्ने सपना अधुरै रहेको ठानेर अञ्जुले श्रीमान्को सपना पूरा गर्ने निधो गरिन् । आफ्ना बुबा गोविन्द खतिवडा र आमा इन्दिरा खतिवडाले नर्सिङ अध्ययन गर्न भनेपनि उनी श्रीमानकै सपना पुरा गर्न भन्दै पाइलट बन्ने अभियानमा लागिन् । भारतमा प्लस टु पास गरेपछि उनले अमेरिकाबाट पाइलटको अध्ययन पूरा गरेर नेपाल आएकी थिइन् । यद्यपि उनले प्रशिक्षण उडान सम्पन्न गर्ने आजै अन्तिम दिन थियो ।  आज भ...

संयुक्त राष्ट्रसंघको ८१औँ महासभा (#UNGA81) मा परराष्ट्रमन्त्री माननीय शिशिर खनालको सम्बोधन

  Like or Dislike Facebook Facebook Facebook Facebook Facebook Facebook Facebook Facebook Facebook Facebook Facebook Facebook Facebook Facebook Facebook Facebook Facebook Facebook Facebook Facebook Facebook Facebook Facebook Facebook Facebook Facebook Facebook Facebook Facebook Facebook Facebook Facebook Facebook संयुक्त राष्ट्रसंघको मुख्यालयमा आज आयोजित Climate Action and Just Transition सम्बन्धी उच्चस्तरीय बैठकलाई सम्बोधन गर्दै परराष्ट्रमन्त्री माननीय शिशिर खनालले जलवायु परिवर्तनसम्बन्धी प्रतिबद्धतालाई अब निर्णायक रूपमा कार्यान्वयनमा रूपान्तरण गर्न अन्तर्राष्ट्रिय समुदायलाई आग्रह गर्नुभएको छ नेपालमा हालै आएको विनाशकारी बाढीलाई ‘Himalayan Tsunami’ का रूपमा उल्लेख गर्दै मन्त्री खनालले उक्त विपद्बाट ५ अर्ब अमेरिकी डलरभन्दा बढीको क्षति भएको र यो नेपालको कुल गार्हस्थ्य उत्पादन (GDP) को करिब १५ प्रतिशत बराबर रहेको जानकारी गराउनुभयो। विश्वव्यापी हरितगृह ग्यास उत्सर्जनमा नेपालको योगदान ०.१ प्रतिशतभन्दा कम भए पनि जलवायु संकटका असमान र गम्भीर प्...

Contact form

Name

Email *

Message *

Translate

Follow us:
facebook sharing button
twitter sharing button
instagram sharing button
youtube sharing button
messenger sharing button
blogger sharing button

Life Post

5/block/Health Beauty