Skip to main content

डोनाल्ड ट्रम्पले सी जिनपिङलाई किन चीलको मूर्ति (The bald eagle ) उपहार दिए ?

Simple Polls डोनाल्ड ट्रम्पले चिनियाँ राष्ट्रपति सी जिनपिङलाई किन दिए चीलको मूर्ति?  यसको प्रतीकात्मक अर्थ के हो? Like or Dislike US President Donald Trump gifted Chinese President Xi Jinping a bald eagle statue because it is the official national symbol of the United States and represents America's "free and soaring spirit." अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ह्वाइट हाउसमा आयोजित राजकीय रात्रिभोजका क्रममा चिनियाँ राष्ट्रपति सी जिनपिङलाई उपहारस्वरूप अमेरिकी राष्ट्रिय प्रतीक बाल्ड इगल (Bald Eagle) को विशेष मूर्ति प्रदान गरेका छन्। करिब तीन फिट अग्लो उक्त मूर्ति अमेरिकाको राष्ट्रिय पहिचान, स्वतन्त्रता र गौरवको प्रतीकका रूपमा प्रस्तुत गरिएको थियो। 🦅 ट्रम्पले चीलको मूर्ति दिनुको कारण अमेरिकाको राष्ट्रिय प्रतीक: बाल्ड इगल उत्तर अमेरिकामा पाइने चरा हो। यो अमेरिकाको राष्ट्रिय प्रतीक हो र यसले अमेरिकी स्वतन्त्रता, शक्ति, गौरव तथा उचाइमा उड्ने स्वतन्त्र भावनाको प्रतिनिधि...

प्रधानमन्त्रीसँग ओलीले भने– दोषी उम्किनुहुँदैन, निर्दोष फसाउन खोजिए सह्य छैन

  
  •  मुख्य 
  • अपराध  समाचार

    साभार nayapatrikadaily.com


    शुरोजंग पाण्डे      काठमाडाैं

    प्रधानमन्त्रीसँग ओलीले भने– दोषी उम्किनुहुँदैन, निर्दोष फसाउन खोजिए सह्य छैन

    एमालेले नक्कली भुटानी शरणार्थीका नाममा भएको ठगी प्रकरणमा दोषी उम्किन नहुने, तर निर्दोषलाई नियोजित रूपमा फसाउन खोजिए सह्य नहुने चेतावनी दिएको छ । पार्टी सचिव टोपबहादुर रायमाझीलाई प्रहरीले पक्राउ गर्ने तयारी गरिरहेका वेला अध्यक्ष केपी ओलीले बिहीबार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेटेर चेतावनीसहित ध्यानाकर्षण गराएका हुन् ।

    रायमाझीका विषयमा पार्टीले पनि आन्तरिक छानबिन सुरु गरिसकेको भन्दै ओलीले अध्ययन सकिएपछि निष्कर्ष सार्वजनिक गरिनेसमेत बताए । ‘यो तानिएको हो कि तनाइएको हो भनेर हामी अध्ययन गर्दै छौँ । अध्ययनपछि हामी निष्कर्ष सार्वजनिक गर्छौँ,’ प्रधानमन्त्री प्रचण्डसँगको भेटवार्तापछि ओलीले पत्रकारसँग भने, ‘अवश्य नै, निर्दोष पर्नुहुँदैन, दोषी उम्किनुहुँदैन । दोषी उम्क्याउने प्रयास हाम्रो हुँदैन, तर निर्दोष फसाउन खोजियो भने हामी सहँदैनौँ ।’



    चार वर्षअघि काटेको चेक जसले काटेको हो उसैसँग भेटिएकै विषयलाई आधार मानेर बहालवाला सांसद, पटक–पटक मन्त्री, उपप्रधानमन्त्री भइसकेको पार्टी नेतालाई प्रक्रिया पूरा नगरी षड्यन्त्रपूर्ण ढंगले बाटाबाटै समाउन खोज्नुले यस प्रकरणलाई सरकारले राजनीतिक रंग दिन खोजेको ओलीको आरोप छ । ‘चार वर्षअघि काटेको चेक, जसले काटेको हो उसै (पक्राउ परेको व्यक्ति)सँग फेला परेकै भरमा एउटा सांसद, पटक–पटक मन्त्री, उपप्रधानमन्त्री भइसकेको पार्टीको नेतालाई बाटामा हिँड्दाहिँड्दै षड्यन्त्रपूर्ण ढंगले समाउनु खोज्नु रहस्यपूर्ण छ, किनभने भागेर, उम्किएर कतै जाने खालको मान्छे त होइन, अहिलेको बहालवाला सांसद,’ उनको भनाइ थियो ।


    यो तानिएको हो कि तनाइएको हो भनेर हामी अध्ययन गर्दै छौँ । अध्ययनपछि हामी निष्कर्ष सार्वजनिक गर्छौँ । अवश्य नै, निर्दोष पर्नुहुँदैन, दोषी उम्किनुहुँदैन, दोषी उम्क्याउने प्रयास हाम्रो हुँदैन । तर, निर्दोष फसाउन खोजियो भने हामी सहँदैनौँ ।

    पक्राउ पुर्जी जारी भएपछि आफूले रायमाझीसँग संवाद गरेको र उनले काठमाडौं आएर सम्पर्क गर्ने बताइसकेपछि पनि कहिले समातेको, कहिले फरार भएकोजस्ता नियोजित हल्ला सरकारले नै चलाएको उनको आरोप छ । ‘तपाईंलाई पक्राउ पुर्जी जारी भएको सुन्छु नि, कुनै जानकारी छ भनेर बेलुका फोन गरेर सम्पर्क गरेको थिएँ, उहाँले आइजिपीलाई सोधेँ त्यस्तो होइन, कुरा के भएको हो एकपटक स्पष्टचाहिँ पारिदिनुपर्ला भन्ने जवाफ आएको छ, काठमाडौं आउँदै छु भोलि भन्नुभएको थियो । तर, अहिले समातेको भन्ने पनि सुन्छु, फरार भनेको पनि सुन्छु के हो थाहा छैन,’ ओलीले रायमाझीको बचाउ गर्दै भने ।

    आफू प्रधानमन्त्री भएकै वेला नेपालमा बाँकी रहेका भुटानी शरणार्थीको व्यवस्थापनबारे कार्यदल बनाएर तीन विकल्पमा अध्ययन अगाडि बढिरहेकै वेला नक्कली शरणार्थी खडा गरेर अनियमितता गर्ने प्रयासको सूचना आएको पनि ओलीले बताए । त्यतिवेलै सत्यतथ्य बुझेर तत्कालीन गृहमन्त्री रामबहादुर थापा ‘बादल’लाई रोक्न निर्देशन दिएको, तर सरकार फेरिएपछि त्यसबारे थप जानकारी नभएको पनि ओलीको भनाइ छ ।

    ‘पहिलो– भुटानसँग कुरा गरेर पुनर्स्थापना गर्ने, दोस्रो– तेस्रो मुलुकमा व्यवस्थापनका लागि कति संख्या हुन्छन् यकिन गर्ने र तेस्रो– त्यसपछि पनि बाँकी रहेकालाई नेपालले नै व्यवस्थापन गर्ने गरी अध्ययन भइरहेको थियो । त्यसपछि सुन्नमा आयो– केही नक्कली शरणार्थी खडा गर्ने कोसिस हुँदैछ रे,’ ओलीले आफूलाई प्राप्त सूचना र त्यतिवेला दिइएको निर्देशन उद्धृत गर्दै भने, ‘अनि मैले त्यतिवेलै गृहमन्त्रीलाई बोलाएर यस्तो सुन्दै छु, के हो कुरा बुझेर रोक्नुस् । अनुसन्धान विभागलाई पनि बोलाएर राम्रोसँग खोजीनिती गर्न निर्देशन दिएको थिएँ, तर लगत्तै सरकारबाट हट्यौँ । त्यसपछिका कुरा के–के भए मलाई जानकारी भएन ।’

    भुटानी शरणार्थीलाई तेस्रो मुलुकमा व्यवस्थापनको सम्झौता गर्ने पहिलो व्यक्ति नै आफू भएको भन्दै ओलीले बाँकी दुई–चार हजारको पनि व्यवस्थापन गर्ने गरी अन्तर्राष्ट्रिय कमिटीसँग कुरा गरेरै त्यतिवेला अध्ययनको काम अगाडि बढेको सुनाए ।

    ‘भुटानी शरणार्थीलाई तेस्रो मुलुकमा व्यवस्थापन गर्नेबारे नेगोसियसन गरेकै मैले हो । अमेरिकी सरकारसँग कुरा गरेर तेस्रो मुलुकमा व्यवस्थापन गर्न पठाइयो, त्यसपछि अहिले बाँकी भएका दुई–चार हजारलाई पनि के गर्ने भन्ने विषयमा अन्तर्राष्ट्रिय कमिटीसँग हाम्रो छलफल भएको थियो । त्यसक्रममा दुई–तीनवटा विकल्प दिइएको थियो,’ उनले भने, ‘एउटा विकल्प– आफ्नै देश भुटानमा पुनर्स्थापना गर्ने, उनीहरू आफ्नै मुलुकमा फर्कन पाउने । त्यस्तो नहुँदा तेस्रो मुलुकमा व्यवस्थापन गर्ने । कुनै प्रमाण फेला नपरेकालाई नेपालले नै व्यवस्थापन गराउने ।’

    उता, एमाले उपमहासचिव विष्णु रिमालले भुटानी शरणार्थी प्रकरणमा कसैलाई पनि उन्मुक्ति दिन नहुने, तर यस्ता घटनालाई राजनीतीकरण गर्न नहुने पार्टीको धारणा रहेको बताएका छन् । ‘भुटानी शरणार्थी प्रकरणमा होस् वा अन्य कुनै, कानुनभन्दा माथि कोही हुँदैनन् । उन्मुक्ति कसैलाई पनि हुनुहुन्न,’ सामाजिक सञ्जालमा रिमालले भनेका छन्, ‘निर्दोष नफसून्, कोही दोषी नउम्किऊन् । छानबिन हुनुपर्छ, छानबिनमा सबैले सहयोग गर्नुपर्छ । यस्ता घटनालाई राजनीतीकरण गर्नुहुन्न । कानुनको पालना सबैले गर्नुपर्छ ।’

    Comments

    Popular posts from this blog

    रित्तो हात लिएर जागरिबाट अवकाश पाएका

        रित्तो हात लिएर जागरिबाट अवकाश पाएका धनबहादुर केसी पटकपटक थमैतीमा परेका सर्लाहीको लालबन्दी नगरपालिका-१६ स्थित श्री डिम जनता माध्यमिक विद्यालयका कार्यालय सहयोगी मात्र हुन्, ६२ वर्षीय धनबहादुर केसी । यतिबेला उनी विद्यालयमा हुनुपर्ने हो । तर, एक सातादेखि काठमाडौंको माइतीघर मण्डलामा तातो घाममा धर्नामा छन् । ०३५ सालदेखि कार्यालय सहयोगीका रूपमा काम गरेका धनबहादुरले न धन कमाउन सके, न जागिरको ग्यारेन्टी नै भयो । उल्टै पटक-पटक उनी विद्यालयबाट अवकास पाए । अदालतको आदेशमा थमौती गर्दै बस्दै गरेर उनले ४३ वर्ष काम गरे । सुरुवाती चरणका तीन महिना त उनले निःशुल्क काम गरे । त्यसपछि महिनाको २५ रुपैयाँ पाउन थाले । हाल उनले महिनाको १५ हजार पाउँछन् । तर, उनको जागिर स्थायी भएन । हाल जागरिबाट अवकाश हुनेबेला भयो उनको । तर, रित्तो हात फर्कनु पर्ने बाध्यता सुनाउँछन् उनी । त्यसैले सेवा सुविधाको माग गर्दै उनी सिंहदरबारलाई घचघच्याउन काठमाडौं आइपुगेका हुन् । ‘कार्यालय सहयोगी भएरै पूरै जीवन बित्यो तर रित्तो हात कामबाट बिदा लिनुपर्ने स्थिति छ । राज्यले हामीलाई उपेक्षा गर्‍यो,’ सिंहदरबारतर्फ उनी औँला तेर्सा...

    नागरिकहरूको राय-सुझावहरू सिधै प्रधानमन्त्रीको सचिवालयसम्म

     शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय - नेपाल प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले आगामी आर्थिक वर्षको नीति, कार्यक्रम तथा बजेट तर्जुमा गर्ने प्रक्रियामा आम नागरिकको प्रत्यक्ष सहभागिता सुनिश्चित गर्न 'सुझाव संकलन पोर्टल' सञ्चालनमा ल्याएको छ। आगामी सोमबार सार्वजनिक हुने नीति तथा कार्यक्रममा जनताका वास्तविक आवश्यकता र मौलिक अपेक्षाहरूलाई समेट्दै शासन व्यवस्थालाई थप पारदर्शी र जनमुखी बनाउने उद्देश्यले यो डिजिटल प्लेटफर्मको सुरुवात गरिएको हो।  यस पोर्टलका माध्यमबाट देश-विदेशमा रहनुभएका सम्पूर्ण नेपाली नागरिक, विषयविज्ञ र नीति निर्माताहरूले बजेट निर्माण र विकासका प्राथमिकताका सम्बन्धमा आफ्ना महत्वपूर्ण राय-सुझावहरू सिधै सरकारसमक्ष पेश गर्न सक्नुहुनेछ। प्रेस तथा अनुसन्धान विज्ञ दीपा दाहालका अनुसार सरकारको नीति निर्माण प्रक्रियालाई प्रशासनिक घेरामा मात्र सीमित नराखी आम जनताको भावना र विज्ञतालाई कदर गर्ने प्रधानमन्त्रीज्यूको मुख्य योजना अनुरूप यो कदम चालिएको हो। दाहालले यो पोर्टलले नागरिक र राज्यबीचको दूरी मेटाउँदै सुशासनको नयाँ अभ्यास स्थापित गर्ने र प्राप्त भएका सुझावहरूलाई...

    सामाजिक सञ्जालमा Deepfake र Black PR को बढ्दो खतरा ! विशेषगरी युवा पुस्ता र बालबालिका बढी प्रभावित

    ⚠️ संवेदनशील सामग्री चेतावनी (Sensitive Content Warning): यस पोस्टमा डिजिटल अपराध, नक्कली सामग्री (Deepfake), चरित्र हत्या, र साइबर दुर्व्यवहारका घटनाहरूको चर्चा गरिएको छ। यसले केही पाठकहरूमा असहजता, चिन्ता, वा पीडादायी सम्झनाहरू जगाउन सक्छ। कृपया विवेकपूर्वक पढ्नुहोला। यदि तपाईं यस्तो कुनै घटनाको पीडित हुनुहुन्छ भने, पोस्टको अन्त्यमा उल्लेखित सहायताका उपायहरू उपयोगी हुन सक्छन्। सामाजिक सञ्जालमा Deepfake र Black PR को बढ्दो खतरा डिजिटल युगको नयाँ चुनौती जब म मोबाइल स्क्रोल गर्छु, मेरो Facebook, TikTok, YouTube Shorts र रिलहरूमा अनावश्यक फोटो, भिडियो र स्टाटसहरू आइरहन्छन्। आफूलाई मनपर्ने नेता वा चर्चित व्यक्तिको नाम र फोटो प्रयोग गरिएको उस्तै नक्कली आईडीबाट अचम्म लाग्ने स्टाटस पोस्ट गरिएको देखिन्छ। कतै कसैको चरित्र हत्या गर्ने edited तस्वीर हुन्छ, कतै अपमानजनक भिडियो, कतै भ्रामक समाचार। आज सामाजिक सञ्जालमा यस्ता सामग्री यति धेरै देखिन थालेका छन् कि सत्य र झुट छुट्याउनै कठिन हुने अवस्था सिर्जना भएको छ। Artificial Intelligence (AI) का नयाँ उपकरणहरूको प्र...

    संयुक्त राष्ट्रसंघको ८१औँ महासभा (#UNGA81) मा परराष्ट्रमन्त्री माननीय शिशिर खनालको सम्बोधन

      Like or Dislike Facebook Facebook Facebook Facebook Facebook Facebook Facebook Facebook Facebook Facebook Facebook Facebook Facebook Facebook Facebook Facebook Facebook Facebook Facebook Facebook Facebook Facebook Facebook Facebook Facebook Facebook Facebook Facebook Facebook Facebook Facebook Facebook Facebook संयुक्त राष्ट्रसंघको मुख्यालयमा आज आयोजित Climate Action and Just Transition सम्बन्धी उच्चस्तरीय बैठकलाई सम्बोधन गर्दै परराष्ट्रमन्त्री माननीय शिशिर खनालले जलवायु परिवर्तनसम्बन्धी प्रतिबद्धतालाई अब निर्णायक रूपमा कार्यान्वयनमा रूपान्तरण गर्न अन्तर्राष्ट्रिय समुदायलाई आग्रह गर्नुभएको छ नेपालमा हालै आएको विनाशकारी बाढीलाई ‘Himalayan Tsunami’ का रूपमा उल्लेख गर्दै मन्त्री खनालले उक्त विपद्बाट ५ अर्ब अमेरिकी डलरभन्दा बढीको क्षति भएको र यो नेपालको कुल गार्हस्थ्य उत्पादन (GDP) को करिब १५ प्रतिशत बराबर रहेको जानकारी गराउनुभयो। विश्वव्यापी हरितगृह ग्यास उत्सर्जनमा नेपालको योगदान ०.१ प्रतिशतभन्दा कम भए पनि जलवायु संकटका असमान र गम्भीर प्...

    Contact form

    Name

    Email *

    Message *

    Translate

    Follow us:
    facebook sharing button
    twitter sharing button
    instagram sharing button
    youtube sharing button
    messenger sharing button
    blogger sharing button

    Life Post

    5/block/Health Beauty