कृत्रिम बुद्धिमत्ता (AI artificial intelligence ) बारे बुझ्नैपर्ने ५१ कुराहर What is Artificial intelligence (AI)? Artificial intelligence (AI) encompasses the fields of computer and data science focused on building machines with human intelligence to perform tasks like learning, reasoning, problem-solving, perception, and language understanding. Instead of relying on explicit instructions from a programmer, AI systems learn from data that enables them to handle complex problems and simple repetitive tasks, improving how they respond over time. AI handles many tasks faster with exceptional accuracy and reliability, freeing humans from repetitive and tedious chores. Businesses and organizations save time and money by automating and optimizing routine processes, using the technology to stay connected with customers and gain a competitive edge. AI is part of everyday life. If you've used a self-service kiosk to check in before a flight, typed key...
साभार nayapatrikadaily.com

शुरोजंग पाण्डे काठमाडाैंप्रधानमन्त्रीसँग ओलीले भने– दोषी उम्किनुहुँदैन, निर्दोष फसाउन खोजिए सह्य छैन
प्रधानमन्त्रीसँग ओलीले भने– दोषी उम्किनुहुँदैन, निर्दोष फसाउन खोजिए सह्य छैन
एमालेले नक्कली भुटानी शरणार्थीका नाममा भएको ठगी प्रकरणमा दोषी उम्किन नहुने, तर निर्दोषलाई नियोजित रूपमा फसाउन खोजिए सह्य नहुने चेतावनी दिएको छ । पार्टी सचिव टोपबहादुर रायमाझीलाई प्रहरीले पक्राउ गर्ने तयारी गरिरहेका वेला अध्यक्ष केपी ओलीले बिहीबार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेटेर चेतावनीसहित ध्यानाकर्षण गराएका हुन् ।
रायमाझीका विषयमा पार्टीले पनि आन्तरिक छानबिन सुरु गरिसकेको भन्दै ओलीले अध्ययन सकिएपछि निष्कर्ष सार्वजनिक गरिनेसमेत बताए । ‘यो तानिएको हो कि तनाइएको हो भनेर हामी अध्ययन गर्दै छौँ । अध्ययनपछि हामी निष्कर्ष सार्वजनिक गर्छौँ,’ प्रधानमन्त्री प्रचण्डसँगको भेटवार्तापछि ओलीले पत्रकारसँग भने, ‘अवश्य नै, निर्दोष पर्नुहुँदैन, दोषी उम्किनुहुँदैन । दोषी उम्क्याउने प्रयास हाम्रो हुँदैन, तर निर्दोष फसाउन खोजियो भने हामी सहँदैनौँ ।’
चार वर्षअघि काटेको चेक जसले काटेको हो उसैसँग भेटिएकै विषयलाई आधार मानेर बहालवाला सांसद, पटक–पटक मन्त्री, उपप्रधानमन्त्री भइसकेको पार्टी नेतालाई प्रक्रिया पूरा नगरी षड्यन्त्रपूर्ण ढंगले बाटाबाटै समाउन खोज्नुले यस प्रकरणलाई सरकारले राजनीतिक रंग दिन खोजेको ओलीको आरोप छ । ‘चार वर्षअघि काटेको चेक, जसले काटेको हो उसै (पक्राउ परेको व्यक्ति)सँग फेला परेकै भरमा एउटा सांसद, पटक–पटक मन्त्री, उपप्रधानमन्त्री भइसकेको पार्टीको नेतालाई बाटामा हिँड्दाहिँड्दै षड्यन्त्रपूर्ण ढंगले समाउनु खोज्नु रहस्यपूर्ण छ, किनभने भागेर, उम्किएर कतै जाने खालको मान्छे त होइन, अहिलेको बहालवाला सांसद,’ उनको भनाइ थियो ।
यो तानिएको हो कि तनाइएको हो भनेर हामी अध्ययन गर्दै छौँ । अध्ययनपछि हामी निष्कर्ष सार्वजनिक गर्छौँ । अवश्य नै, निर्दोष पर्नुहुँदैन, दोषी उम्किनुहुँदैन, दोषी उम्क्याउने प्रयास हाम्रो हुँदैन । तर, निर्दोष फसाउन खोजियो भने हामी सहँदैनौँ ।
पक्राउ पुर्जी जारी भएपछि आफूले रायमाझीसँग संवाद गरेको र उनले काठमाडौं आएर सम्पर्क गर्ने बताइसकेपछि पनि कहिले समातेको, कहिले फरार भएकोजस्ता नियोजित हल्ला सरकारले नै चलाएको उनको आरोप छ । ‘तपाईंलाई पक्राउ पुर्जी जारी भएको सुन्छु नि, कुनै जानकारी छ भनेर बेलुका फोन गरेर सम्पर्क गरेको थिएँ, उहाँले आइजिपीलाई सोधेँ त्यस्तो होइन, कुरा के भएको हो एकपटक स्पष्टचाहिँ पारिदिनुपर्ला भन्ने जवाफ आएको छ, काठमाडौं आउँदै छु भोलि भन्नुभएको थियो । तर, अहिले समातेको भन्ने पनि सुन्छु, फरार भनेको पनि सुन्छु के हो थाहा छैन,’ ओलीले रायमाझीको बचाउ गर्दै भने ।
आफू प्रधानमन्त्री भएकै वेला नेपालमा बाँकी रहेका भुटानी शरणार्थीको व्यवस्थापनबारे कार्यदल बनाएर तीन विकल्पमा अध्ययन अगाडि बढिरहेकै वेला नक्कली शरणार्थी खडा गरेर अनियमितता गर्ने प्रयासको सूचना आएको पनि ओलीले बताए । त्यतिवेलै सत्यतथ्य बुझेर तत्कालीन गृहमन्त्री रामबहादुर थापा ‘बादल’लाई रोक्न निर्देशन दिएको, तर सरकार फेरिएपछि त्यसबारे थप जानकारी नभएको पनि ओलीको भनाइ छ ।
‘पहिलो– भुटानसँग कुरा गरेर पुनर्स्थापना गर्ने, दोस्रो– तेस्रो मुलुकमा व्यवस्थापनका लागि कति संख्या हुन्छन् यकिन गर्ने र तेस्रो– त्यसपछि पनि बाँकी रहेकालाई नेपालले नै व्यवस्थापन गर्ने गरी अध्ययन भइरहेको थियो । त्यसपछि सुन्नमा आयो– केही नक्कली शरणार्थी खडा गर्ने कोसिस हुँदैछ रे,’ ओलीले आफूलाई प्राप्त सूचना र त्यतिवेला दिइएको निर्देशन उद्धृत गर्दै भने, ‘अनि मैले त्यतिवेलै गृहमन्त्रीलाई बोलाएर यस्तो सुन्दै छु, के हो कुरा बुझेर रोक्नुस् । अनुसन्धान विभागलाई पनि बोलाएर राम्रोसँग खोजीनिती गर्न निर्देशन दिएको थिएँ, तर लगत्तै सरकारबाट हट्यौँ । त्यसपछिका कुरा के–के भए मलाई जानकारी भएन ।’
भुटानी शरणार्थीलाई तेस्रो मुलुकमा व्यवस्थापनको सम्झौता गर्ने पहिलो व्यक्ति नै आफू भएको भन्दै ओलीले बाँकी दुई–चार हजारको पनि व्यवस्थापन गर्ने गरी अन्तर्राष्ट्रिय कमिटीसँग कुरा गरेरै त्यतिवेला अध्ययनको काम अगाडि बढेको सुनाए ।
‘भुटानी शरणार्थीलाई तेस्रो मुलुकमा व्यवस्थापन गर्नेबारे नेगोसियसन गरेकै मैले हो । अमेरिकी सरकारसँग कुरा गरेर तेस्रो मुलुकमा व्यवस्थापन गर्न पठाइयो, त्यसपछि अहिले बाँकी भएका दुई–चार हजारलाई पनि के गर्ने भन्ने विषयमा अन्तर्राष्ट्रिय कमिटीसँग हाम्रो छलफल भएको थियो । त्यसक्रममा दुई–तीनवटा विकल्प दिइएको थियो,’ उनले भने, ‘एउटा विकल्प– आफ्नै देश भुटानमा पुनर्स्थापना गर्ने, उनीहरू आफ्नै मुलुकमा फर्कन पाउने । त्यस्तो नहुँदा तेस्रो मुलुकमा व्यवस्थापन गर्ने । कुनै प्रमाण फेला नपरेकालाई नेपालले नै व्यवस्थापन गराउने ।’
उता, एमाले उपमहासचिव विष्णु रिमालले भुटानी शरणार्थी प्रकरणमा कसैलाई पनि उन्मुक्ति दिन नहुने, तर यस्ता घटनालाई राजनीतीकरण गर्न नहुने पार्टीको धारणा रहेको बताएका छन् । ‘भुटानी शरणार्थी प्रकरणमा होस् वा अन्य कुनै, कानुनभन्दा माथि कोही हुँदैनन् । उन्मुक्ति कसैलाई पनि हुनुहुन्न,’ सामाजिक सञ्जालमा रिमालले भनेका छन्, ‘निर्दोष नफसून्, कोही दोषी नउम्किऊन् । छानबिन हुनुपर्छ, छानबिनमा सबैले सहयोग गर्नुपर्छ । यस्ता घटनालाई राजनीतीकरण गर्नुहुन्न । कानुनको पालना सबैले गर्नुपर्छ ।’

Comments
Post a Comment
Thank you !